Monday, December 25, 2017

सोफेस नेपालको चौधौं साधारणसभा सम्पन्न
छात्रवृत्तिको सट्टा विद्यालयलाई खेलसामग्री प्रदान गरिने
14th AGM inaugurating by prof.dr. krishna prasas gautam (dean)

कीर्तिपुर । सोफेस नेपालले  आगामी वर्षदेखि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुको सट्टा विद्यालयलाई खेलकूद सामग्री प्रदान गरिने भएको छ ।
आइतबार कीर्तिपुर माविको हलमा भएको सोफेस नेपालको चौधौं वार्षिक साधारणसभामा उक्त निर्णय भएको हो । सभाले समाजको यथेष्ट कोषको निर्माणभएपछि नेपालका विभिन्न विकट जिल्लाहरुमा समेत खेलकूद सामगी वितरण गर्ने योजना बनाउने भएका छन् । त्यसको लागि इच्छुक दाताहरुको खोजी कार्य गर्दै प्रायोजन अनुसारको ठाउँ छनौटको आधारमा सामग्रीहरु आफना सदस्यहरुमार्फत नै वितरण गरिने बताइएको छ । सोही सभामा अध्यक्ष प्रा.डा.रामकृष्ण महर्जनको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन्दकुमारी महर्जनको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
खुल्ला शेशनमा प्रमुख अतिथि प्रा.डा. कृष्णप्रसाद गौतमले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्दै सोफेस नेपालको छात्रवृत्तिको नगद रकम विभिन्न विद्यालयका प्रिन्सिपलहरुलाई हस्तान्तरण गर्नुका साथै अंक १३ सोफेस स्मारिकाको विमोचन समेत गरेका थिए । वितरित स्मारिकामा सोफेस गतिविधिसहित दुई नेपाली र दशवटा अंग्रेजी रचनासहित कूल वाह््रवटा रचना समावेश गरिएको छ ।
प्रमुख अतिथि गौतमले सो अवसरमा मन्तव्य राख्दै सोफेस नेपालको कार्यक्रम आफूलाई अति महत्वपूर्ण लागेकोले विषम परिस्थितिका वावजुद पनि आफू सहभागी हुन आएको र संस्थाद्वारा संचालित कार्यक्रमले आफूलाई निकै प्रभावित र खुशी 
पारेको बताए । उनले समाजको कार्यक्रम सानो भैकन पनि उत्कृष्ट, स्वच्छ र पारदर्शी भएको प्रतिकृया दिए । साथै उनलेछात्रवृत्ति पाउने विद्यार्थी तथा विद्यालयलाई शुभकामनासहित बधाई ज्ञापन समेत गरेका थिए ।
स्वागत मन्तव्यको क्रममा कीर्तिपुरमाविका प्रअ बद्रीप्रसाद खनालले सोफेसद्वारा गर्दै आइरहेको शारीरिक शिक्षा तथा खेलकूदसम्वन्धी कार्यक्रमले वरिपरिका विद्यालयले फाइदा पाइरहेको सन्दर्भमा निरन्तरता हुनुपर्नेमा जोड दिंदै सवैलाई स्वागत गरे । उनले आफनो विद्यालयको अवस्था साँघुरोको वावजुद पनि विगतदेखि वर्तमानसम्म सोफेसले विभिन्न खेलकुद सामाग्री प्रदान गर्दै आइरहेको उल्लेख गर्दै यसवर्ष पनि टेबलटेनिस बोर्ड, बल ब्याट प्रदान गरिएकोमा धन्यवाद ज्ञापन समेत गरे ।
मन्तव्यको क्रममा विशेष अतिथि इ. दुर्कमान महर्जनले सोफेस नेपालको कार्यक्रमले स्वास्थ्य तथा शारीरिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई निकै आकर्षण बढाएको छ भन्दै कार्यक्रमको निरन्तरतामा आफू हरदम सहयोगी बन्न तत्पर रहेको बताए । उनले समाजको सहयोगी कार्यक्रमको निरन्तरतामा अन्य विषयकालाई पनि समेट्न सके अझै राम्रो हुने अपेक्षा गर्दै आफू प्राविधिक तर्फको विद्यार्थी भैकन पनि आपनो स्वास्थ्यप्रति सजग रहनुपर्ने वर्तमान समयमा सोफेस नेपालको अझ महत्व बढिरहेको तर्क प्रस्तुत गरे ।
संस्थाका सल्लाहकारहरु माधवलाल महर्जन, प्रा.डा. हुमवहादुर बरुवाल र सुजितकुमार श्रेष्ठले सो अवसरमा पालैपालो प्रमुख अतिथि गौतम, सहनियन्त्रकद्वय विष्णु वाग्ले र पशुपति अधिकारीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सोफेस लिला छात्रवृत्ति प्रा.डा. लोकेन्द्र शेरचनमार्फत सल्लाहकार माधबलाल महर्जन, सोफेस छात्रृवृत्ति दाताहरु नन्दुमारी श्रेष्ठ, विजयकुमार महर्जन, अन्जना थापा, रसता श्रेष्ठ राज्यलक्ष्मी नकर्मी, पुष्प महर्जन, कुलनारायण पुनमाया छात्रवृत्तिका तर्फबाट सुरज महर्जन, प्रभा महर्जन, सुर्जदेवी महर्जन, नन्दकुमारी महर्जनलगायतले वितरण गरको थिए ।
सोही कार्यक्रममा सानुबुक्स एण्ड स्टेशनरी पाँगाका तर्फबाट अमिता महर्जनले एसइइ परीक्षामा औसत सर्वाेत्कृष्ट अंक ल्याउने विद्यालय जनसेवा माविलाई खेलकूद पुरस्कार प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले सरोकार सवै पक्षलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनको कार्यक्रमहरु समेत प्रस्ताव गरे । अध्यक्ष प्रा.डा. महर्जनले आफनो संस्थामार्फत छात्रवृत्ति वितरण, खेलकूद सामग्री वितरण, टेबलटेनिस प्रतियोगिता र वार्षिकरुपमा सोफेस स्मारिका प्रकाशन समेत गर्दै आइरहेको जानकारीसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

छात्रवृत्ति प्राप्त विद्यार्थी तथा विद्यालयहरु
१. अन्जली बल, कीर्तिपुर मावि, कक्षा ९
२. अनिल पुलामी मगर, कीर्तिपुर मावि, कक्षा ९
३. विनोद बोहरा, कीर्तिपुर मावि, कक्षा १०
४. शिला कुमाल, कीर्तिपुर मावि, कक्षा १०
५. अम्बेस्वरी चौधरी, कीर्तिपुर मावि, कक्षा १०
६. रोशन तोलाङगी, गोरखनाथ मावि, कक्षा ९
७. अनिता मगर, गोरखनाथ मावि, कक्षा ९
८. अनिस लम्जेल, गोरखनाथ मावि, कक्षा १०
९. कुस्मिता तामाङ, गोरखनाथ मावि, कक्षा १०
१०. जोनिशा श्रेष्ठ, गोरखनाथ मावि, कक्षा १०
११. सलिना राई, जनसेवा मावि, कक्षा ९
१२. सुरेस मगर, जनसेवा मावि, कक्षा ९
१३. अनिता रुम्बा, जनसेवा मावि, कक्षा १०
१४. विशाल बस्नेत, जनसेवा मावि, कक्षा १०
१५. कोपिला कार्की, जनसेवा मावि कक्षा ११
गठ बन्धन किन गन् गन् भैरहेछ ?
जनताको इच्छा चाहना वमोजिम् जनादेश दिइसकेपछि मनोवैज्ञानिक रुपले दवाव सिर्जना भैरहेको बेलामा शिर्षस्थ नेताहरुवीचको समयाभावलाई आधार मानेर विपक्षीहरुले आतंकित गरिरहेको सन्दर्भमा गठबन्धन एक हिसाबले गन् गन्को स्थितिमा पुगेको आंकलन गर्न सकिन्छ । यथार्थ नहोला किन भने शिर्षस्थ नेताहरुले यतिबेला आ–आफनो तर्फबाट स्पष्टिकरण दिइरहेको छ भने छिट्टै पार्टी एकताको कुरालाई अगाडि बढाइने प्रतिबद्धता पनि  गरिरहेको छ । यही प्रतिबद्धतालाई आधार मान्ने हो भने जनअपेक्षालाई साकार पार्न जनदवावको अतिरिक्त कार्यकर्ताको तर्फबाट पनि नेताहरुलाई दवाव दिनुपर्ने बेला आएको छ । आ–आफनो ठाउँबाट दवाव दिन सके मात्र नेकपा एमाले र नेकपा माओवादी पार्टीको 
एकीकरण प्रक्रियाले मूर्त रुप लिने संभावना रहन्छ । अन्यथा चुनाव अघि गरेको प्रतिबद्धतामा शंकाको घेरा नबन्ला भन्न सकिन्न ।
दूरदर्शी नेताहरु त्यतिबेला मान्न सकिन्छ जतिवेला जनताको चाहना र इच्छा अनुसार विशेषतः नेकपा एमाले र नेकपा माओवादी समर्थित जनताको आँकाक्षा पूरा हुन्छन् । चुनाव भएर महिनौ वित्न लाग्दा पनि गन् गन्को समाचार मात्र बाहिरिंदा जनताको मनमा चिसो पसेको हो । त्यसैले अबको दिनमा कार्यकर्ताको दवावको आवश्यकता जरुरी छ , आआफनो ठाउँबाट वाचा 
गरेको पार्टी एकताको काम छिटो  छरिटो गरी स्थायी सरकार गठनमा जोड दिए मात्र भावी यात्रा सहज र सरल हुने जनताको ठहर छ ।
Read the full issue at:
https://drive.google.com/open?id=1nlVWcbTNEm0z9OKAijO5JXcLBvc4nZ1X

Monday, December 18, 2017

प्राविधिकको प्रदर्शनीले जनसेवामा आकर्षण थर्पिदै
rocket launching
कीर्तिपुर । जनसेवा माविका इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरु प्रदर्शनीका लागि लामो समय अभ्यास गर्दै आखिरपुरै एक दिन प्रदर्शनीका दिन खुव हौसिए र रमाए । कारण थियो आफनो मेहनत र प्रतिभा आफनै साथीहरु र अतिथिहरुका अगाडि निर्धक्क प्रस्तुत गर्न पाएकोमा । भविष्यका कर्णधार इन्जिनियरका रुपमा विविध संरचनाको निर्माण गर्दै आफनो मेहनतलाई सवैका सामु बयान गर्दा , मेडियाका अगाडि प्रस्तुत गर्दा साँच्चिकै ज्ञान, धारणा र सीपले सुसज्जित विद्यार्थीका रुपमा लायक देखिन्थे ।
दोश्रो टेक्निकल प्रदर्शनी कार्यक्रमको उद्घाटनस्वरुप कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले 
रिबन काटेको लगतै रकेट उडाएका थिए भने पाविकेका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पनि जनसेवामै रकेट उडाएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरुले प्रदर्शनी अवलोकन गरेका थिए । त्यसैगरी विभिन्न संघसंस्थाका अतिथिहरुको पनि उपस्थिति रहेको थियो भने विनि मोतिराज खनाल र श्रोतव्यक्ति वासुदेव काफ्लेले पनि विहानै 
सवेरैदेखि विद्यार्थीहरुको कामलाई हौसला दिन विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत अवसर दिनेगरी सूचना आदान प्रदानमा तल्लीन रहेका थिए । सवैले प्रदर्शनी राम्रो भएको टिप्पणी गरे ।
प्रदर्शनीपछि प्रथम तीन स्टललाई उत्कृष्ट घोषणाका लागि भोटिङको व्यवस्था समेत गरिएको प्रदर्शनीका संयोजक शिव श्रेष्ठले बताए ।
विजेता हुने मातिने र हार्ने आत्तिने गर्नु हु“दैन
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी परिणाम आइसकेपछि देश अब समृद्ध राष्ट्रको संघारमा गएको आभाष छ र सवैले आभाषलाई आफनो गन्तव्य बनाउँदै सवैतर्फबाट आ–आफूले सकेको सर–सहयोग गर्ने बानी बसाल्न सक्नुपर्छ । यसो गर्नाले हामी समृद्ध राष्ट्रको पंक्तिमा अवश्य पुग्नेछ ।
यति बेला विजेता हुने मातिने र हार्ने पक्ष आतिने गर्नु हुँदैन । दुवै पक्षकाहरुलाई समायोजन गर्दै आ–आफनो दायित्व सम्झेर सकेसम्म जनतालाई सुखी समृद्धि पु¥याउने लक्ष्यका साथ अघि बढेमा मात्र वाचा गरिएका सवै लक्ष्य उदेश्य हासिल गर्न सक्ने हुन्छ । अन्यथा ५ वर्ष भनेको केही होइन । जुनसुकै पक्षको जीतमा पनि योजना र कार्यान्वयन पक्षलाई बलियो बनाउन सके मात्र विकासको लाइनमा जान सक्छ । 
विकासको आधारमा पक्ष र विपक्षको आपसी छलफलबाट योजनाबद्ध ढंगले अघि बढने हो भने कुनै अवरोध सिर्जना नहुने पक्का हुन्छ । नेपालीको खुट्टा तान्ने प्रवृतिले विकासमा वाधा पुगिरहेको विगतको तीतो अनुभवलाई अबका दिनमा चटक्कै छोड्न सक्नुपर्छ ।
जित्ने र हार्ने पक्षको चुनौति भनेकै जनताको साथमा संगै वसिरहने सक्ने शक्ति संचय हो । यसका लागि जनताको सुखदुखमा साथ दिनु हो । हर क्रियाकलापमा साथ दिएर संयमित बन्न सक्ने नेता नै वास्तवमा जनताको मनमा बस्न सक्ने सच्चा नेता हुनेछ । हैनमा चुनावी नेता मात्र भएर देश विकास कदापी नहोला ।
Read the full issue at:
https://drive.google.com/open?id=1qHc-W6eXax8VywIHM5d_wOUiOeUijgha

Monday, December 11, 2017

गठबन्धनको पक्षमा बहुमत
काठमाडौं १० मा लोकतान्त्रिकका राजन केसीको जीत
newly elected PM Rajan KC
कीर्तिपुर । सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणाममा देशैभरी बामगठबन्धनको पक्षमा मत जारी भएपछि जीतको समाचार लगातारप्रकाशित भैरहँदा काठमाठौं क्षेत्र नं. १० लगायत १, ४ र ६ मा समेत काँग्रेस पार्टीले विजयी हासिल गरेका छन् । विगतदेखि बहुपरिचित निर्वाचन क्षेत्र नं. १० यसपालि पनि नेपाली काँग्रेसका राजन केसीले आफनो पक्षमा पार्न सफल भएका छन् । उनको विपक्षीमा बामगठबन्धनका हितमान शाक्यले केसीको भन्दा २२८३ मत कम पाएका थिए । 
चुनाव प्रचारको क्रममा बुद्धिजीवीहरुले विगतको चुनावको आधारमा अर्थात स्थानीय चुनावको आधारमा हिसाबमा बामपक्षको बढी मत प्राप्त हुने आँकलन गरेका थिए । तर नतिजा आँकलन भन्दा फरक आएपछि वामलगायत अन्य पक्षमा थप उत्सुकता जागेको बताइएको छ ।
राजनीतिमा लाग्ने होस या नलाग्ने सवै प्रकारका जनसमुदायमा नतिजाका कारण खुलदुली हुनु स्वाभाविक हो । यसैसन्दर्भमा कीर्तिपुर दर्पणले स्थानीय व्यक्तित्वहरुसँग उनीहरुको टिप्पणी लिने क्रममा आ–आफना तर्कहरु प्रस्तुत गरेको पाएको छ भने यहाँ निर्वाचनको अन्तिम मत परिणामबारे जनसमुदायद्वारा व्यक्त गरिएको समीक्षात्मक टिप्पणीलाई प्रस्तुत गरिएको छ ।


कीर्तिपुरका रामकृष्ण महर्जनका अनुसार बामहरु त्यसमा पनि माओबादीका नेताहरु प्रतिनिधि भएर गइसकेपछि पनि लोकल र  स्थानीयको आवश्यकताबारे 
जानकारी लिन सम्म चेस्टा नगरेका नेताहरू त्यतिबेला कार्यकर्ताहरुको मात्र भरनपोसनमा लागेको आरोप समेत सुन्ने गरेको, बिगतमा स्थानीय टोलकै संजय सिंहलाई चेतावनी मात्रै दिंदा हुनेमा हत्या गराउन समेत लगाएको, आदि इत्यादिका कारणले बामपंथीहरुको १० नं. मा हार भएको देखिन्छ । जित्नेले जितिसकेपछि  पछिल्लो पटक राजेन्द्र केसीले आफ्नो ठाउँ नबिर्सिकन विभिन्न क्षेत्रमा विकासको कार्यक्रम ल्याउन सफल भएकोले पनि जनताको मन र मतदान राजेन्द्र केसीतर्फ गएको देखिन्छ ।

यसैगरी मतपरिणामका बारेमा आफनो धारणा प्रस्तुत गर्दै चोभारका खेमनाथ सिटौलाले नेपाली काँग्रेसका राजन केसीको जीतमा गठबन्धनको नेतृत्ववर्गको कमजोरीको फाइदा उठाएको टिप्पणी छ भने दुवै पार्टीको साँगठनिक स्थिति यो बेला कमजोर भएकोले होकि भनी पनि उनले आँकलन गरे । उनले  गठबन्धनको समिश्रणलगायत दुवैले एक अर्कामा गर्नुपर्ने सूचना आदानप्रदानमा समेत केही कमिकमजोरी भएको औंंल्याए ।


अधिवक्ता सुजिन्द्र महर्जनका अनुसार मत परिणाम जे हुनुपर्ने हो त्यो नभएको जे नहुनुपर्ने हो त्यो भएको प्रतिकृया छ । उनले प्राविधिक रुपले कीर्तिपुर क्षेत्रमा बामगठबन्धनको पक्षमा केही त्रुटि भएको हुन सक्ने संकेत गरे । यसबाहेक उनले अन्य थुप्रै कारणले गर्दा पनि बाम पक्षमा मत कम आएको आशंका गरे । देशैभरी बामपक्षमा लहर आइरहेको सन्दर्भमा कीर्तिपुर १० नं. क्षेत्रमा कम लहर आएको टिप्पणी समेत उनले गरे ।
कतिपय नाम उल्लेख नगर्ने सर्तमा आफनो टिप्पणी गर्ने व्यक्तिले १० नं. क्षेत्रमा बाम पराजित हुनुको कारणमध्ये सूर्य चिन्ह नहुनु,  प्रचार समयमा नहुनु, बाह्य उम्मेदवार भनी प्रचार गर्नु, बढी विस्वास गर्नु, विपक्षीद्वारा आर्थिक चलखेल बढी गर्नु आदिलाई मानेका छन् ।
हुन त चुनाव अपेक्षित र अनुपेक्षित हुने बेलामा तर्क र वितर्कहरु धेरै हुन सक्दछन् । तर स्थायी राजनीतिको लागि यस्ता वहस दुवै पार्टीका लागि हितकर अवश्य हुनेछन् । अबका दिनमा पनि सोझो राजनीतिबाट माथि उठेर पेशागत राजनीति गरेनौ भने राजनीतिबाट वितृष्णा नहोला भन्न सकिन्न । त्यसैले पार्टीको आधारशिला प्रक्रिया बनाएर मजबुत गर्ने र स्थायी राजनीति गर्ने व्यक्तिको चयन र छनौट गर्दै अगाडि बढेमा मात्र देशको विकास हुने संभावना छ । अन्यथा आंशिक राजनीतिको केही भर नहुने हुन सक्दछ र स्थायी राजनीति गर्नेलाई पनि हतोत्साही हुने संभावना रहन्छ ।
बामगठबन्धनको गलत भूमिकाका कारण नै क्षेत्र १० मा पराजित भएको हो । डा. चन्द्रमान बज्राचार्य 
क्षेत्र नं १० मा पहिलो पटक नेपालभाषामा पी.एच.डी. उपाधि प्राप्त गर्ने, नेपालभाषा साहित्य, संस्कृति, धर्म, राजनीति आदि क्षेत्रमा आलोचनात्मक दृष्टि राख्ने, किन पिरोल्छ भारत नेपाललाई?, आफन्तीका कथा, भिजिट कीर्तिपुर आदि पुस्तक लगायत दर्जनौं पुस्तकका लेखक एवं क्षेत्र नं. १० मै परिचित व्यक्तित्व प्रा.डा.चन्द्रमान वज्राचार्यसित भर्खर सम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनावलगायत समसामयिक विषयबारे उनको धारणा प्रस्तुत गरिएको छ । – सं.)

१. काठमाडौं क्षेत्र नं १० मा लोकतान्त्रिक पार्टीको विजय र वामपन्थी गठबन्धनको हार भयो, यसमा यहाँको दृष्टिकोण के हो ?
– नेपालमा सैद्धान्तिक मूल्य–मान्यताको आधारमा राजनीतिक अभ्यास गर्ने राजनैतिक पार्टी नै छैन । तसर्थ सैद्धान्तिक रुपमा कसको विजय र कसको पराजय भन्ने प्रश्न उचित देखिंदैन । कसैले लोकतन्त्रको मुकुण्डो लगाएका छन् भने कसैले कम्युनिष्टको मुकुण्डो लगाएका छन् । 
राजनैतिक शक्ति प्राप्तिका होडबाजीको क्रममा हितमान शाक्यको पराजय र राजन के.सी.को विजय भएको अर्थात् राजनैतिक पार्टीको हिसाबमा माओवादी केन्द्रको हार र नेपाली कांग्रेसको जित भएको मात्र हो ।
२. राजन केसीको विजयी हुनुका कारण के जस्तो लाग्छ ?
– हितमान शाक्यको पराजय नै केसीको विजय हो ।
३. हितमान शाक्यको पराजयको कारण नि ?
– धेरै छन् । १. हितमान शाक्य यो क्षेत्रका जनतासित पूर्णत अपरिचित व्यक्तित्व हो । 
परिचित गराउने कुनै कार्यक्रम नै ल्याइएन । २. वाम–गठबन्धन हो । यो वाम–गठबन्धनले कतै सकारात्मक भूमिका खेलेको देखिन्छ भने कीर्तिपुरमा यसको असर नकारात्मक देखियो । यो भनेको कीर्तिपुरमा एमाले शक्तिले बाहिर र भित्र गरी द्वैध चरित्र देखाएको भन्ने आम जन समुदायको आरोप लागेको छ यतिखेर । तसर्थ अन्यत्र वाम–गठबन्धनबाट उम्मेदवार विजयी हुने अवसर जुटेको देखिन्छ भने कीर्तिपुर क्षेत्रमा उल्टो वाम उम्मेदवार हारेको दृष्टान्त मिल्दछ । वाम गठबन्धन नभएको भए एमाले कार्यकर्ता उम्मेदवार बनिन्थ्यो होला, जितिन्थ्यो होला । तर वाम गठबन्धनले एमाले उम्मेदवार हुन बञ्चित गरायो र यस्तो दुर्घटना भयो ।
४. यस्तो दुर्घटना हुनुको कारण के हो त ?
– यसको कारक–तत्वमा वाम–गठबन्धन पार्टीका प्रमुख नेताहरू नै जिम्मेवार छन् । प्रतिनिधि सभा तर्पmका उम्मेदवार हितमान शाक्य र प्रदेश सभा तर्पmका उम्मेदवार दिलीप महर्जन दुवै माओवादी केन्द्र तर्पmका भए, तर एमाले तर्पmबाट विशेष गरी कीर्तिपुर (डाँडो)का नेताहरूको कुनै स्थान भएन । दुवै सभामा माओवादी केन्द्रका हुनु तर एमालेको तर्पmबाट कीर्तिपुर क्षेत्रकै उम्मेदवारको चयन नगर्नु प्रमुख नेताहरूको कमजोरी र कीर्तिपुरकै स्थानीय नेताहरूको विरोधको चर्को स्वर नहुनु, प्रमुख नेताहरूकै ईशारामा असन्तुष्टिलाई मनभित्र पालेर अन्ततः गठबन्धनको सिद्धान्तलाई अँध्यारोमा लात हान्नु नै हितमान शाक्य र दिलिप महर्जनको दुर्घटना हुनुका प्रमुख कारणहरू हुन् । हितमान शाक्यसित यस क्षेत्रका जनताको परिचित नै नहुनु र परिचित 
गराउनु पर्ने शक्तिभित्रबाट नै अन्तर्घात भएपछि त दुर्घटना त हुने नै भयो ।
अर्को कुरा, तुलनात्मक रुपमा राजन केसीको स्थानीय जनताका राम्रो प्रभाव पनि परेको छ । 
राजन केसीलाई टुरिष्ट उम्मेदवारको रुपमा हेरिएन बरु सहयोगीको रुपमा हेरे यहाँका जनताले । टुरिष्ट उम्मेदवारकै कारण र केही सहयोगी भूमिका नखेलेकै कारण प्रचण्ड जस्तो राष्ट्रिय राजनैतिक खेलाडी नै हारेको इतिहास साक्षी छँदाछँदै पुनः हितमान शाक्यलाई यो क्षेत्रमा उम्मेदवार बनाउनु भनेको वाम–गठबन्धनका प्रमुख नेताहरूको अपरिपक्व विचार, गैर–जिम्मेवारी, लापरवाही, जनविरोधी चरित्र बाहेक अरु केही होइन । आखिर हितमान शाक्य यिनै प्रमुख नेताहरूबाट बलिको बोको भए । 
५. यो चुनावबाट उपलब्धि हुने के हुने भयो त अब ?
– बीसौं अर्ब खर्चेर गरेको यो चुनावबाट हुने उपलब्धि भनेको देश अब संघीय गणतान्त्रिक मुलुक हुने भयो, बामपन्थी– गठबन्धनबाट बहुमतीय सरकार हुने भयो, सात प्रदेशमा सात मुख्य मन्त्रीहरू एक प्रधानमन्त्री रहने भयो ।
६. बहुमतीय स्थायी सरकार पनि त हुने भयो नि ?
– बहुमतीय सरकार हँुदैमा स्थायी सरकार हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । सर्वप्रथमतः 
सरकारको चरित्रमा यो कुराको निर्भर रहन्छ । साँच्चै नै अब बनिने बहुमतीय सरकार जनताकै जन–सरकार बन्यो भने यसले स्थायीत्व पाउन सक्ला, अन्यथा बहुमतीय सरकारको नाममा जनतामारा सरकारको चरित्र देखाएमा दुई दिन टिक्न पनि मुश्किल पर्छ ।
७. स्थायी सरकार बन्ला जस्तो लाग्छ र ?
–‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने हाम्रो लोकोक्ति छ । नेताहरूलाई ठगहरूको रुपमा तमाम जनताले चिनिसकेका छन् । यिनै नेताहरूलाई मतदान गर्नुपर्ने बाध्यात्मक परिस्थितिकै 
कारणले मात्र मतदान गरेका छन् । धेरै नै ठग नेताहरूलाई यसपाली जनताले राष्ट्रिय राजनीतिबाट पाखा लगाइदिएका छन् । जसको चरित्र नै भ्रष्ट छ, उसबाट आशा गर्ने के ? चुनावका कयौं करोड खर्च गरेर विजय हासिल गरेकाहरु स्वच्छ छविको हुनै सक्दैन । पद, पैसा र प्रतिष्ठाका लागि जेपनि गर्न तयार यिनीहरूबाट बन्ने सरकार स्वच्छ छविको हुने कुरामा आशा गर्न सकिन्न । भ्रष्टहरूको सरकार स्थायी सरकार बन्न सत्तैmन ।
८. यहाँको रिटार्यड जीवनमा यहाँको पनि त उम्मेदवारी हुनुपर्दथ्यो, जसको छुट्टै 
राजनैतिक दृष्टिकोण मात्र होइन, राजनैतिक अनुभव पनि छ, जन–समुदायसित दुःख–सुखको गहिरो सम्बन्ध छ, होइन र ?
– उम्मेदवार हुने इच्छा मात्र भएर भएन, राजनैतिक पार्टीको टिकट चाहियो, राजनैतिक पार्टी भएर मात्र पुगेन ठूलै पार्टी चाहियो, स्वतन्त्र उम्मेदवारी भएर चुनावमा जितिंदैन, आम–जनसमुदायबाट नै आवश्यकताको आह्वान भएको अवस्थामा उम्मेदवार हुने अर्कै कुरो हो । हेरौं पछिका दिनहरूमा कस्तो परिस्थिति आउँछ । देश र जनताको लागि समर्पित भएरै आएको छु, यसरी नै जीवन बिताउने अठोट छ ।
९. अन्तमा केही कुराहरू बाँकी छ कि ?
– राजन के.सी.को विजय यात्रा हेर्दा उनी आप्mनै बल–बुद्धिको कारणले विजय भएको भन्नु भन्दा पनि प्रतिद्वन्द्वीहरूको गलत भूमिकाको कारण भएको र कठिनतम परिस्थितिसित जुध्न नपरेको स्थितिको बोध हुन्छ । वाम–गठबन्धनको यस्ता क्रिया–प्रतिक्रियाको कारण आउँदा दिनहरूमा क्षेत्र नं १० मा राजन केसीका लागि परिस्थिति झनै सरल र सहज हुने निश्चित देखिन्छ ।


कीर्तिपुर दर्पण अब १५ वर्षमा प्रवेश
कीर्तिपुर दर्पण साप्ताहिक अब १४ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण लेखकवर्ग, विज्ञापनदाता, ग्राहक वर्ग र शुभचिन्तक महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छांैं । यहा“हरुको अपार माया र सहयोगी भावनाले जुन खालको सफलता कीर्तिपुर दर्पण साप्ताहिकले पाइरहेको छ र भविष्यमा पनि पाइरहने छ भन्ने अभिलाषाका साथ सवैप्रति आभार समेत व्यक्त गर्दछौं । 
विचार पृष्ठमा विचार लेख्नु हुने विद्वतवर्गहरुलाई धन्यवादका साथै स्तम्भकारहरुप्रति पनि कृतज्ञता व्यक्त गर्दछौंै । विक्री वितरण प्रणालीलाई अझ व्यवस्थित गर्दै वितरकहरु थप्ने कार्यमा जोड दिंदै आएका छौं । पत्रिकाको नियमिततालाई कायमै राखी दशैं र तिहारमा समेत प्रकाशनलाई निरन्तरता दिई आएका छौं । पाठकहरुको सल्लाह सुझाव बमोजिम् पाठकमुखी, विज्ञापनमुखी, रचनामुखी विगतमा झै बनाइरहने प्रतिबद्धता व्यक्त गर्दछौं । मूलरुपमा हामी राष्ट्रिय स्तरका दैनिक तथा साप्ताहिक पत्रिकाहरुले कीर्तिपुरको स्थानीय खबरलाई उठाउन नसकिरहेको अवस्थामा आफनो स्थानीय समाचारलाई नै बढावा दिंदै ठाउ“ दिइरहेका छौं । त्यस्तै स्थानीय लेखकहरुलाई पनि बढावा दिंदै प्रोत्साहन गर्ने कार्यमा अघि बढिरहेका छौं । 

सवैतिरको सहयोग र सरसल्लाहले कीर्ति मिडिया अन्तर्गतको कीर्तिपुर दर्पणलाई निरन्तरता दिने कार्यमा प्रयासरत छ । आगामी दिनहरुमा स्थानीय मुद्दालाई अझ विशेष चासोका साथ उत्थान गर्ने जमर्काे गर्नेछौं । अहिले संघीय संरचना र प्रदेशसभाको चुनावको परिणाम आइरहेको सन्दर्भमा पछिल्ला दिनहरुमा हुने सूचना संप्रेष्णको भूमिकालाई समय सान्दर्भिक बनाइनुपर्ने अवस्थाप्रति पनि हामी सजग र सतर्क छौं । आफनो कर्तव्यलाई शिरोपर गर्दै अहोरात्र लाग्ने प्रतिबद्धताका साथ निरन्तरता दिइरहेको यस कीद पत्रिकाको आयश्रोत भनेको विज्ञापन नै हो ।  यसको लागि विशेष भूमिका खेल्नु हुने कर्मचारी साथीहरु र विज्ञापन उपलब्ध गराउन महत्वपूर्ण सहयोग गर्नु हुने विज्ञापनदाताहरु, एजेन्सीहरु, सवैलाई कीर्तिपुर दर्पणको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गरिरहने छ । आगामी दिनहरुमा पत्रिकालाई अझ परिस्कृत गर्दै पाठकको मन जित्न सदैव तयार रहने बचनबद्धता व्यक्त गर्न चाहन्छौं ।
Read the full issue at:
https://drive.google.com/open?id=15aDmwSjvDPKjmqVd7Yd83uS450PRQD_R

Sunday, November 26, 2017

कीर्तिपुर माविमा नयाँ भवनको शिलान्यास
kirtipur ma vi ko yo bhavan pachhadi naya bhavan ko silanyas

कीर्तिपुर । कीर्तिपुर माविमा नयाँ भवनको शिलान्यास गरिएको छ । सो अवसरमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रमुख अतिथिको मन्तव्य दिंदै शिक्षा क्षेत्रको विकासमा नगरपालिकाको छुट्टै भूमिका हुने धारणा राख्दै जिल्ला आयोजना कोषबाट भवन निर्माण हुन लागेकोमा सरोकारपक्षलाई धन्यवाद समेत ज्ञापन गरे ।
सल्लाहकार प्रा.डा. रामकृष्ण महर्जनले आफूले नजिकबाट सहयोग गरिरहेको विद्यालयमा नयाँ भवन निर्माण हुन लागेकोमा खुशी प्रकट गरे । गुण
स्तरीय शिक्षाको लागि भौतिक संरचनाको आवश्यकता हुने उनले 
बताए । सोफेस नेपालको गृह विद्यालयको रुपमा रहेकोले उनले टेबलटेनिस प्रशिक्षणमा सहयोग रहने बताए ।
जिल्ला आयोजनाका कार्यकारी गणेश ढकालले योजना २०७५ माघसम्ममा सम्पन्न गर्नुपर्ने जानकारी दिंदै नयाँ भवन भुकम्प प्रतिरोधी हुनेभएकाले विद्यार्थीहरुले ढुक्कसँग अध्ययन गर्न पाउने बताए ।
कीर्तिपुर नगरपालिकाका शिक्षा तर्फका दिनानाथ पन्थीले शुभकामना दिंदै अभिभावक र विद्यार्थीका लागि भवन आकर्षक हुने बताए । 
त्यसैगरी पुष्पसदन आमाविका संस्थापक प्रिन्सिपल महेश श्रेष्ठले आफनो तर्फबाट जुनसुकै प्रकारको सहयोग रहने बताए ।
भवन निर्माण शिलान्यास कार्यक्रममा कीर्तिपुर माविका प्रअ बद्रिप्रसाद खनालले स्वागत मन्तव्यको क्रममा २०७२ सालको भुकुम्पले गर्दा रातो स्टिकर पाएको विद्यालयले आगामी दिनमा १ करोड ७ लाखको लागतमा ८ कोठे नयाँ भवन निर्माण हुन लागेकोले सवैलाई सहयोग गरिदिन आग्रह गरे ।
यही आइतबार सम्पन्न भएको शिलान्यास कार्यक्रममा छिमेकी विद्यालयका प्रिन्सिपलहरु, वडाध्यक्ष गंगाराम महर्जन, श्रोतव्यक्ति बासुदेव रेग्मी, विद्यालय निरीक्षक मोतिराज खनाललगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
फुर्सदको समयमा मनाइने सात गाउँले जात्रा 
DR Maharjan


वातावरण चिसिंदै गएको छ । देशमा चुनाव माहोल पनि तातिंदै गएको छ । यसवीचमा कीर्तिपुरमा भने सात गाउ“ले जात्राको शुरुवात भैसकेको छ । स्थानीय उम्मेदवारहरु आ–आफनो प्रचारकै क्रममा चाडवाड बनाउने गरी योजनामा रहेका छन् भने स्थानीय जनता आफनो सा“स्कृतिक परम्परालाई व्यवस्थापन गर्नेतिर पनि व्यस्त छन् । एककिसिमले खेतवारीको कामबाट फुर्सद पाएको समयको सदुपयोग गर्दै सात गाउ“ले जात्राको आगमन हुन्छ र काठमाडौंको दक्ष्ँिणपश्चिममा रहेका सात गाउ“हरु पा“गा, नगाउ“, कीर्तिपुर, बोसीगाउ“, सतुङगल, ल्व“कोट र मच्छेगाउ“ एकमुष्ट जात्रामा आवद्ध रहन जान्छन् । आजभोलि जनसंख्याको वृद्धिस“गै थप नया“ बस्तीहरु समेत यस जात्रामा आवद्ध हुने स्थिति पनि बढ्दो छ । विशेषगरी सात गाउ“ले जात्राको सम्वन्ध तीनथाना गाविसको बखु अर्थात बल्खु खोला नजिक रहेको पीठस“ग 
रहेको छ ।
पौराणिक किंवदन्ती अनुसार काठमाडौंमा भएको होम यज्ञबाट छुटेर उड्दै आएका एकजोडी परेवा कीर्तिपुरको पश्चिमपट्टिको बल्खु पीठमा आएर अन्त्य भएको हुनाले तिनै परेवाको अन्त्यको हिसाबले नेपालभाषामा बखुमद अर्थात परेवाको दाहसंस्कारभयो भन्ने अर्थमा यस जात्रालाई लिइन्छ । नेपालभाषामा परेवालाई बखुं र अन्त्य (समाप्त)लाई मन्त भनिन्छ । यस अर्थमा बखुमन्त अपभ्रंस भएर बखु मरः वा बखु मलः भएको मानिन्छ । तालपत्रको आधारमा कुरा गर्दा बखुमरःको अर्थ हुन्छ, खोला किनारको जात्रा । यहा“ बखुको अर्थ खोला किनार र मरःयाको अर्थ जात्रा हो । मुःया, सिन्ह्याको रुपमा मनाइने यस सात गाउ“ले जात्रालाई वैदिक तान्त्रिक पूजास“ग जोड्ने हो भने अष्टमात्रिकाको जय जयकारको रुपमा लिने गरिन्छ । रुद्रायणी, ब्रम्हायणी, माहेस्वरी, वैष्णवी, महालक्ष्मी, इन्द्रायणी, कौमारी र सरस्वतीलाई अष्टमात्रिकाको रुपमा पूजा गर्ने चलन छ । यसैगरी भोजको सिलसिलामा गणपूजा गर्ने चलन पनि छ । गणेश, गंगा, काली, सिघिनी र व्याघिनीजस्ता पंचतत्वको प्रतीकका रुपमा अदुवा, बारा, खेपी, चपी, हिंला र प“ला राख्ने गरिन्छ । 
सात गाउ“ले जात्रा खास गरेर अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइने गरिन्छ । पूर्वजको भनाइ अनुसार कीर्तिपुरको पूर्व खोकना, दक्ष्ँिणकाली, क्वार (हाल) बाट शुरु हु“दै आउने जात्राको क्रम सात गाउ“ले जात्राको रुपमा विशेषगरी कीर्तिपुरमा नगाउ“, पा“गा र कीर्तिपुर गरी सातभन्दा बढी गाउ“हरुमा सम्पन्न हुन्छ । नेवार वस्तीमा सम्पन्न गरिने यो जात्रा मल्लकालदेखि शुरु भएको भनाई छ ।
नगाउ“ जात्राः
कीर्तिपुर र पा“गावीच अवस्थित सानो गाउ“ नगाउ“मा मनाइने जात्रा माटोका भा“डा समाई काम्ने जात्रा हो । सप्तमीमा छोयलाभू (पोलेको छोयला खाई भोज) गरिसकेपछि 
औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ र भोलिपल्ट अष्टमीको दिन लाछिमा राखेको बालकुमारीमा पूजाआजा गर्ने गरिन्छ । बेलुकीपखः बाजागाजाका साथ खटमा 
राखी बालकुमारीलाई पीठमा पु¥याइन्छ र राती बलिकासाथ विधिपूर्वक होमयज्ञ गरिन्छ । हरेक वर्ष यो जात्रामा एकपटकमा ५ जना गुठियारहरुलाई पंच तत्वको 
प्रतिकारात्मक रक्सी, दूध, रगत, दही र जल राखेको भा“डो समाउन लगाइन्छ । यसरी भा“डो समाएकाहरुलाई बन्धन धागोले चक्र बनाई गुभाजुले विभिन्न मन्त्रवाचन गरेपछि विस्तारै विस्तारै तिनीहरु भ“ाडोसहित काम्न थाल्छन् । मध्यराती गरिने यो जात्रा जाडोका कारणले कामेको हो वा मन्त्रको कारणले कामेको हो सोध गर्न बा“की नै छ । तर तान्त्रिक अनुसार गुभाजुले जब उनीहरुको हातको भा“डो लिने र धागोको बन्धनबाट छुट्टयाउ“छ, नकाम्ने विश्वास गरिन्छ । अचम्मको कुरा त यो छ कि दूधको भा“डो बोक्ने एकजना मात्र काम्दैनन् । भोलिपल्ट पूजाआजा गरिसकेपछि बेलुकीपख बाल
कुमारीलाई बाजागाजासहित पुनः आफनै ठाउ“मा ल्याउने गरिन्छ र सवैमिलेर पंक्तिभोजमा सामेल हुन्छ । दशमीको दिन भने गुठियारहरुवीच निर्णय गर्नुपर्ने कुरामा छलफल गर्ने र नया“ सदस्यहरु थप्ने कार्यमा व्यस्त हुन्छन् ।
पा“गा जात्राः
जात्रा पीठस“ग सम्वन्धित भएकोले जात्राको संचालन कार्यमा सना गुठी सक्रिय हुन्छन् । पा“गामा दुवाल गुठी १, महर्जन गुठी ३ (तः गुथि, चि गुथि र दे गुथि), खड्गी गुठी १ र कपाली गुठी १ 
रहेका छन् । स्थानीय जात्रा कार्यमा गुठिहरुको आ–आफनै खालका जिम्मेवारीहरु रहेका हुन्छन् । विशेषगरी मूर्ति 
सुरक्ष्ाँ व्यवस्थापनमा कपाली, जात्रा संचालनमा महर्जन गुठी, गणपूजामा दुवाल गुठी, बलिपूजामा खड्गी गुठि सक्रिय रहदै आएका छन् । सप्तमी छोयलाभूको दिन बालकुमारी पीठ देउखेलमा मण्ड म्ये (सानो रा“गो) बलि दिने र गुठिहरुले प्रसादस्वरुप मासु भाग लिने, त्यस लगतै पा“गा लाछि अवस्थित विष्णुदेवी र बालकुमारी मूर्तिलाई खटमा 
राखिन्छ र बालकुमारी खटलाई सोही दिन वाजागाजासहित देउखेलस्थित पीठमा लाने 
गरिन्छ र रातभरी आगोबाली जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट अष्टमीको दिन दुवै खटमा विहान सवेरैदेखि पूजा आजा गरिन्छ र सा“झपख विष्णुदेवी खटलाई पनि भाजंगलस्थित पीठमा बाजागाजासाथ पु¥याइन्छ । सोही राती श्रेष्ठहरुद्वारा गणपूजा गरिसकेपछि दुवै पीठबाट पा“गाको देफल्चामा कसैले चाल नपाउनेगरी विना आवाज सो खटलाई ल्याई पु¥याइन्छ । विहान सवेरैदेखि उक्त ठाउ“मा नवमीको दिन सिन्ह्याको रुपमा दर्शनार्थीहरुको भीड जम्मा हुन्छन् । गाउ“भरीका विभिन्न समूहहरुको वाजागाजासहितको लामवद्ध पूजाआजा र गुन्जायमानले जात्राको रौनक बढाउ“छ, यस दिन पनि बलि दिन चाहनेले बलि दिने गर्दछन् । करिव विहानको १२ बजेसम्ममा द्वारेपूजाको व्यवस्था हुन्छ, मतलब 
द्वारेपूजालाई अन्तिमपूजाको रुपमा मानिन्छ । त्यसपछि सो ठाउ“बाट खट उठाई ढोकासीमा ल्याई पु¥याउने चलन छ । यसपछि खटलाई गाउ“को विभिन्न टोलटोलमा घुमाइन्छ र अन्त्यमा पा“गा लाछिमा सा“झ मूर्तिवाहेक सम्पूर्ण सजावत विगार्ने काम हुन्छ । त्यसस“गै खटयात्राको समाप्ती हुन्छ ।
कीर्तिपुर जात्राः
पा“गामा जस्तै सप्तमीको दिन छोयलाभू गरी अष्टमीको दिन कीर्तिपुर वडा नं. १ स्थित देवढोका पीठमा इन्द्रायणी र गणेशको खट लैजाने गरिन्छ । खटमा राखेको इन्द्रायणी र गणेशलाई विहानसवेरैदेखि पूजाआजा गरिसकेपछि सिन्हःयाको दिन बाजागाजासहित लस्करद्वारा टोल टोलमा घुमाइन्छ । हरेक साल गुठियारहरुको एकता र सक्रियताका कारण खटयात्रा बोक्ने जिम्मेवारी टोलटोलले वहन गर्दछन । परिणाम त कीर्तिपुरका विभिन्न टोल बाजागाजासहित परिक्रमा गर्न कुनै कठिनाइ हु“दैन । जात्रा हेर्नेको भीड हुन्छ ।
नैकाप, सतुङगल, बोसिगाउ“ र मच्छेगाउ“ जात्राः
कीर्तिपुरको पश्चिमतिरको बल्खुखोला नजिक रहेको तीनथाना गाविसमा पर्ने दोभान पीठमा सात गाउ“ले जात्राको प्रतीकका रुपमा जात्रा संचालन हुन्छ । दशमीको दिन सिन्हयाको रुपमा अघिल्लो दिन आ–आफनो ठाउ“बाट ल्याई पु¥याएका खट तथा भा“डाका मूर्तिलाई विधिपूर्वक पूजाआजापछि आ–आफनै गाउ“ (क्षेत्र)मा फिर्ता लाने चलन छ । बाजागाजाका साथ फिर्ता लगिएको आ–आफना खटसहित (घ्याम्पो) मूर्तिलाई सम्वन्धित क्षेत्रका विभिन्न टोलहरुको परिक्रमापछि जात्रा समाप्त हुन्छ र मूर्तिलाई विधिपूर्वक पुनः पहिलेकै ठाउ“मा प्रतिस्थापन गर्ने गरिन्छ । 
बल्खुको जात्राको एउटा विशेषता के हो भने बाजाको तालमा खटलाई नचाउने र आफूपनि सोही तालमा नाच्ने  र समूहका अन्य सहभागीहरु पनि त्यसैगरी नृत्यमा सहभागी हुने गरिन्छ । यसो गर्दा दर्शकहरु पनि मनोरञ्जन लिन व्यस्त भैरहेका हुन्छन् ।
Read the full issue at:
https://drive.google.com/open?id=1QRRFc8d3kk6Pd3GVuP9fQUeJvv46pJtT

Tuesday, November 21, 2017

हितमानद्वारा जनउत्तरदायित्व बन्ने घोषणा गर्दै कम्युनिष्टको पक्षमा भोट हाल्न आग्रह
gathbandan chunab prachar ko kram ma pangama antarkriya gardai

कीर्तिपुर । बामगठबन्धनका उम्मेदवार हितमान शाक्यले पाँगामा भएको चियापानमा आफनो मन्तव्य राख्दै आफनो नाममा नभई कम्युनिष्टको नाममा भोट हाल्न जनतासँग आग्रह गरे ।
उनले यसपटकको चुनाव संघियताका लागि ऐतिहासिक भएकोले व्यक्तिको नाम नहेरी कम्युनिष्ट पार्टीको जनसरकार बनाउने अभियानमा साथ दिन आग्रह गरेका थिए ।
काँग्रेसले जनतालाई झुक्याएर भोट माग्ने तर बहुमतको सरकार बनाउँदा पनि जनपक्षिय काम गर्न नसकेको भन्दै उनले पटक पटक आलोचना गरे । आफनो कुनै स्वार्थ नभएको भन्दै उनले बामगठबन्धनको दुईतिहाइसमेतको सरकार बनाउन सवैको सहयोग आवश्यक रहने भएकोले यसपटक कसैगरी पनि कम्युनिष्टलाई जिताउनुपर्ने तर्क अघि सारे ।
प्रदेश क का उम्मेदवार दिलिप महर्जनले काँग्रेसका राजन केसीले जनताको पानीको समस्यामा ध्यान नदिएको बरु आफनो दुनो मात्र सोझो बनाएको आरोप लगाए । गठबन्धनको सरकारले जनताको लागि राम्रो काम गर्ने बन्दै उनले यसपालिको चुनावमा आफनोे पट्टिको कम्युनिष्ट उम्मेदवाहरुलाई भोट दिन आग्रह गरे ।
बुद्धिजीवी रमेशमान महर्जनले कम्युनिष्टहरुको सरकारले जनपक्षीय कार्यमा धेरै टेवा पु¥याउने भएकोले सवैले सहयोग गर्नुपर्ने बताए ।
पाँगा जेष्ठ नागरिक क्लबका सचिव अर्जुन महर्जनले जेष्ठनागरिकका लागि कम्युनिष्ट सरकारले हरेक कार्यमा सहयोगी भूमिका निर्वाह हुने भएकाले जेष्ठनागरिकहरुको मत कम्युनिष्ट उम्मेदवारलाई जानुपर्ने तर्क राखे । एमालेका समानुपातिकतर्फका उम्मेदवार सुरेन्द्र मानन्धरले कम्युनिष्ट सरकारको आवश्यकताबारे बुंदागत स्पष्ट पारे । उनले एमालेको जीतपछि कीर्तिपुर नगरपालिकाले जेष्ठनागरिकहरुका लागि निःशुल्क औषधिवितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भैरहेको जानकारी दिए ।
बैकुण्ठ महर्जनको स्वागतमा सरबकुमार महर्जनद्वारा संचालित उक्त चियापान एवं अन्तत्र्रिmया कार्यक्रममा विभिन्न क्षेत्रबाट आमश्रोताहरुको उपस्थिति रहेको थियो ।

सम्पादकीय
मृत्यु गह््रौ बनाऔं
मृत्यु पहाड भन्दा पनि गह्रौं हुन्छ्न् जसले राष्ट्र र जनताका लागि सेवा गरेका हुन्छन् । मृत्यु निश्चित छ ढिला वा चाँडो, फरक यति मात्र छ, कृति छोडेर मर्ने वा एक्लै आफनै शरीर लिएर मर्ने । जीवनका विभिन्न क्षणहरुमा गरिने उनका व्यवहार र योगदान नै वास्तवमा मृत्युका समयमा गरिने अत्यावश्यक मूल्याङकन हुन् । सवैको क्रियाकलाप उस्तै हुँदैनन्, सवैको सेवा उस्तै पनि हँुदैनन् । तर समाजका यावत व्यक्तिहरुको दिनचर्यामा आघात नपर्ने गरी राष्ट्र सेवा र समुदायको सेवाको कुनै सानो कार्य मात्र गरेको भएता पनि स्वर्गिय व्यक्तिको मृतात्माको पूण्य कुराको बखानमा सहजता मिल्न जान्छ । त्यही योगदानको कदर गर्दै मृत्युको परिचायक बन्छ । जन्मपछि मृत्यु हुने कुरा उमेर पुगेका जो कोही व्यक्तिले मनन गर्न सक्दछन् । तर मरण कति बेला, कुन समय, यकिन भने गर्न कठिन छ । मानिसको पलपलमा जैविक मृत्युको संभावना छ तैपनि जीवन जीउने आशामा उ स्वार्थी भएर लम्किरहेका हुन्छन् । समाजका असल कार्यहरुलाई पनि कुनै प्रशंसा विना विरोध र अवरोधका प्रयासहरु गरिरहन्छन् । आफनो दृष्टिकोणलाई क्षणिक बनाई संकुचित भावका कार्यहरु गर्दै समय व्यतित गरिरहेका हुन्छन् । पाप धुरीबाट कराउँछ भने जस्तै एक दिन त्यस्ताको मूल्याँकन ईस्वरले पनि सही गरेर देखाउँछन् । त्यसैले हामी मानव बुद्धिमानी भनिएका व्यक्तिहरु असल बनी सवैको भलो चिताउँदै समाज उत्थान कार्यमा लाग्नुपर्छ नकि आफनो स्वार्थमा मात्र रुमलिएर जीन्दगी व्यतित गर्ने हो । सानो परिवारमा समेत परिवारका सदस्यहरुलाई माया गर्दै अघि बढ्ने हो भने त्यस्ताको मृत्युमा सहानुभूति व्यक्त गर्नेको घुइँचो लाग्छ । अन्यथा राम राम सिवाय् अरु के भन्ला ?


Read the full issue at:
https://drive.google.com/open?id=1wfDhZ6vQnbHQZs39bjMJfUtdGFOLt060

Tuesday, November 14, 2017

मंगल माविमा सरसफाई सम्मेलन र सामाजिक परीक्षण सम्पन्न
कीर्तिपुर । मंगल माविले आफनो विद्यालयको प्रथम सरसफाई सम्मेलन यही शुक्रबार सम्पन्न गरेका छन् ।
अतिथिहरुद्वारा सम्मेलनको अवसरमा विभिन्न रंगका सात झण्डालाई विद्यालयको मूल्याङकन नतिजा बमोजिम् झण्डोत्तोलन गरिएको थियो । अब विद्यालयमा हरेक सूचकका झण्डाले सम्वन्धित क्षेत्रमा के कस्तो अवस्थामा रहेको सूचना प्रदान गर्नेछन् र निरन्तर त्यसको निगरानी गर्दै सरसफाईमा खबरदारी रहिरहनेछन् । कार्यक्रममा प्रत्येक झण्डाको सूचकबारे विद्यार्थी क्याप्टेनहरुले परिचय दिएका थिए । सो अवसरमा म र मेरो विद्यालय शिर्षकको नाटक प्रस्तुत गर्दै सरसफाईसम्वन्धी सन्देश दिइएको थियो । 
सम्मेलन कार्यक्रममा विद्यालयमा गठन भएको सफा क्लवको कोषमा एकै दिन ३७ हजार एक सय रुपैयाँ जम्मा भएको जानकारी दिइएको थियो । सफा क्लवको कोषमा यसअघि विद्यार्थीले खाजा खर्चबाट जोगाएर ७ हजार ४ सय ९२ रुपैयाँ जम्मा गरिएका थिए । उक्त 
रकम सहकारी खातामा जम्मा गरिएको फोकल शिक्षक सावित्री महर्जनले जानकारी गराइन् ।
कोषका लागि योगदान पु¥याउने महानुभावहरुमा अतिथि एवं सरसफाई विज्ञ नमस्तेलाल श्रेष्ठको १२,०००।–, डा. सुदनराज पन्थी, विश्व स्वास्थ्य संगठन ११,०००।– (गीत प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो पुरस्कारका लागि ६ हजार सहित), मंगल बहुमुखी क्याम्पसका प्रदीप महर्जन, ५,०००।–, लोकलाल महर्जन, मंगल मावि प्रअ  ५,०००।–, सिद्धिबहादुर महर्जन १५००।–, प्रा.डा. शिवशरण महर्जन, विव्यस पूर्व अध्यक्ष १,०००।–, सरसफाई गीत प्रतियोगिताका प्रथम र द्वितीय टोलीमध्ये प्रत्येकबाट १,०००।–, अमन महर्जन, विव्यस अध्यक्ष १०००।–, रमा पौडेल शिक्षिका ५००।–, महेन्द्र महर्जन, शिक्षक ५००।–, रकि महर्जन शिक्षक ४००।–, निलकण्ठ महर्जन ५००।–, लक्ष्मी महर्जन २००।– र विद्यालय व्यवस्थापन समितिको तर्फबाट सरसफाई कोषमा मासिक १ हजार रुपैयाँ जम्मा गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनको प्रतिबद्धतासहित रहेका छन् । 
कोषमा जम्मा भएको रकमलाई सफा क्लव मार्फत परिचालन गरिने क्लवकी संयोजक श्रृष्टि तामाङले बताइन् । विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन, महिनावारी र सरसफाईसम्बन्धी धारणा र बानी व्यहोरामा परिवर्तन ल्याउन प्रयोग गरिने उनले बताइन् । ‘हाम्रो विद्यालयमा शौचालयको पर्याप्त व्यवस्था छैन, महिनावारी हुँदा लगाएको सेनेटरी प्याड जलाउन नमिल्ने भएपनि यहाँ जलाउने गरिएको छ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि हामी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौ’ उनले बताइन् ।
विद्यालयमा महिलाका लागि ६ वटा शौचालय छन् । विद्यालयमा हाल ११७८ जना विद्यार्थी अध्ययनरत छन् ।
सफाई सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनको सभाध्यक्षतामा प्रमुख अतिथि एवं शिक्षा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले उद्घाटन मन्तव्य दिंदै सरसफाई जस्तो महत्वपूर्ण कार्यक्रम जीवनको सवैभन्दा महत्वपूर्ण पक्ष हुने बताए । कार्यक्रमले विद्यालयको उदाहरणीय पक्षलाई उजागर पार्न मदत पु¥याउने उनले बताए । प्रमुख अतिथि पन्थीले सामुदायिक विद्यालयमा विभिन्न प्रकारका समस्या हुने बताउँदै त्यसका वावजुद पनि आफूले उद्घाटन गरेको कार्यक्रमको सफलताको शुभसन्देश सवैतिर सुनाउन पाउँ भनी इच्छा व्यक्त गरे ।
कार्यक्रममा प्रिन्सिपल लोकलाल महर्जनले स्वागत मन्तव्य व्यक्त गर्दै  हरेक हिसाबबाट सफल भएको आफनो विद्यालयमा कक्षा कोठाको समस्या भोग्दै आएको बताए । उनले आइसीटीलगायतको सुविधा प्रदान गर्दै हाल क्याम्पससम्म पु¥याउन सफल भएको दावी गरे । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सन्दर्भमा राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएको उनले कार्यक्रममा बताए ।
विशेष अतिथि नमस्तेलाल श्रेष्ठले सरसफाई विना केही नहुने बताए । उनले विद्यालयको मात्र नभई सिंगो ऐतिहासिक शहर कीर्तिपुरको सफाइमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए । उनले विद्यार्थीका निम्ति पढाइका अलावा अतिरिक्त क्रियाकलापको आवश्यकता रहेको औंल्याए ।
त्यसैगरी विस्व स्वास्थ्य संघका प्रोफेश्नल अफिसर डा. सुदन
राज पन्थीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई ५, ३ र १ हजारका दरले पुरस्कृत गरेका थिए । कसैको सहयोग बिना नै मंगल माध्यमिक विद्यालयले सात झण्डे पूर्ण सरसफाई कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै उनले विद्यालयकै सक्रियतामा अगाडि बढाएको सरसफाइ कार्यक्रमलाई साकोसान सम्मेलनमा पेश गरिने बताए । यसअघि उनले पाँगास्थित जनसेवा माध्यमिक विद्यालयले गरेको पहिलो सरसफाई सम्मेलनमा बुबाको मुख हेर्ने दिन छोरीबाट प्राप्त भएको ५० हजार रुपैयाँ विद्यालयको सफाइ कोषमा जम्मा गरेका थिए । 
विशेष अतिथि एवं कीर्तिपुर नपा शिक्षा प्रमुख दीनानाथ शर्माले विद्यार्थीहरुलाई सचेत नागरिक बनाउने काममा विद्यालयले आर्थिक पारदर्शिता बनाउँदै अगाडि बढाउन सकून भनी शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यालयको तर्फबाट आर्थिक बर्ष २०७३÷०७४ को १ करोड ३६ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष सन्जय ज्ञवालीले विद्यालयको संख्याको अनुपातमा शौचालय कम भएको र छात्राका लागि सेनेटरी प्याड फेर्ने सुविधा सहितको शौचालय आवश्यक 
रहेकोमा जोड दिए ।
सम्पादकीय
समाजवाद उन्मुख राजनीति
मुलुक निर्वाचनमय भएको छ ।  पार्टी घोषणापत्र जारी भएका छन् ।  उम्मेदवार र पार्टी नेता मत माग्न व्यस्त छन् ।  जित र हारका आँकलन भइरहेका छन् । यही क्रममा दुई ठूला दलहरु बामगठबन्धन पार्टी र नेपाली काँग्रेसवीच जुहारी पनि चल्न थालेका छन् । कम्युनिष्ट शासनको विपक्षमा उभिएर नेपाली काँग्रेसका उम्मेदवारहरु खुलेर लागेका छन् भने उता एमाले र माओवादी केन्द्र त्यसको रक्षा गर्दै कम्युनिष्ट शासन नेपाली जनताका लागि एक मात्र उपयुक्त र सुहाउँदो शासन भनी जनतालाई सम्झाई बुझाई गरिरहेका छन् । वास्तवमा चुनावको माध्यमबाट जनतालाई सचेतना जगाई आफनो पक्षमा ल्याउन सक्नु नै लोकतन्त्रको राम्रो पक्ष हो ।
घोषणापत्रका अधिकांश अनुच्छेदमा समाजवादको उल्लेख गरेको एमाले र माओवादीको पहिलो संयुक्त घोषणापत्रमा “स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार ! सुशासन र समृद्धिका लागि वामपन्थी सरकार !!” उल्लेख छ ।  एमाले र माओवादी गठबन्धनले मागेको दुई तिहाईले समाजवाद उन्मुख नेपाललाई विश्वकै नमूना देशमा परिणत गर्ने अभिलाषाका साथ बामपन्थी नेताहरु सक्रिय भैरहेको स्थितिमा कार्यान्वयनमा जानका लागि सवै पक्षले सहयोग गर्नै पर्छ । भनाइ र गराइ फरक पर्ने हुनाले हामीले फलाम तातेको बेलामा हिर्काउने गरी सहयोग गर्न सकेमा यतिबेला जनताको पक्षमा केही परिवर्तन गर्न अवश्य कर लाग्ने छन् ।
प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता, कानुनको राज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, शक्ति पृथकीकरण, धर्म्निरपेक्षता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय र राज्यका अङ्गमा समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषय नेपाली समाजवादका विशेषताका रूपमा भैरहदा कोही पनि नेपाली जनतालाई टाउको दुखाउनुपर्ने स्थिति देखिंदैन । सत्य कुराको पछि लाग्दा सवैको हित हुन्छ । यतिबेला  काँग्रेसको “अधिनायकवाद” को आक्रमणको पत्यार गर्ने वा नगर्ने नेपाली जनताले पटक पटकको चुनावबाट बुझिसकेको अवस्था छ । त्यसैले नेता भन्दा जनता बाठा भैसकेको वर्तमान परिप्रेक्ष्यमा परिवर्तनका वाहक जनता स्वतः डटेर अघि बढ्नेमा कुनै शंका लिन नपर्ला ।
चुनावमा जुनसुकै दलले पनि आफनो पक्षमा मत ल्याउन घोषणा पत्रलाई आधार मानी काम गर्ने हुनाले जानकार पक्षका सवै सरोकारले इतिहासका विभिन्न कालखण्डमा हुँदै भएका कारक तत्वहरुको व्याख्या गर्दै र बुझदै आफनो मताधिकार सक्षम र सत्यताको पक्षमा उभिनुपर्ने हुन्छ । अन्यथा इतिहासका धरोधर पक्षहरु एकातिर जाने र देश परम्परामा चल्ने कुरामा दुई मत 
नहोला ।
Read the full issue at:
https://drive.google.com/open?id=1uk4kbBHgQP_y7Oh0WbeKtEHPv-sRojJH
 सामुदायिक विद्यालयका सरोकार पक्ष् 
असल अभ्यासहरु गर्न तत्पर
janasewa secondary school, panga
mangal secondary school, kirtipur











कीर्तिपुर । सामुदायिक विद्यालयका सरोकार पक्षधरहरुले असल अभ्यास गर्न आफूहरु तत्पर रहेको बताएका छन् ।
कीर्तिपुर नगरपालिका नगर शिक्षा समितिद्वारा जनसेवा माविमा आयोजित उक्त कार्यशाला गोष्ठीमा प्रमुख अतिथि नपा प्रमुख रमेश महर्जनले शिक्षालाई जिल्ला शिक्षाको कार्य भन्दा पृथक तरिकाले लैजान लागेको र विद्यालय व्यवस्थापन समितिलाई स्वायत्त अधिकार दिँदै अघि बढ्ने योजना रहेको बताए । उनले शिक्षाका लागि २५ लाख रुपैंया विनियोजन भएको जानकारी दिए । साथै नगर प्रमुख महर्जनले कम्प्युटर र इन्टरनेट व्यवस्था समेत गरिदिने बताए ।
उपप्रमुख सरस्वती खड्कालाई विशेष अतिथि र १० वटै वडाका वडाध्यक्षहरुलाई अतिथि बनाइएको सो कार्याशाला गोष्ठीमा नगर शिक्षा समितिका पदाधिकारीसहित शिक्षक, पिटिए अध्यक्ष, विव्यस अध्यक्षको उपस्थिति रहेको थियो ।
नगरपालिकाको तर्फबाट उपसचिव दिनानाथ पन्थीले कीर्तिपुर नगरपालिकाको  शिक्षासम्बन्धी उदेश्य, रणनीति, दूरदृष्टि, लक्ष्यसहित भावी योजना समेत प्रस्तुत गरे । उनका अनुसार भावी योजनामा कीर्तिपुर नगरपालिका अन्तर्गतका विद्यालयहरुलाई शिक्षक दरबन्दी मिलान तथा विद्यालय मर्ज जस्ता कामहरुलाई प्राथमिकता दिने, आवश्यकताको आधारमा गणित, विज्ञान र कम्प्युटरलाई वढावा दिने रअभिभावक शिक्षा कार्यक्रम संचालन गर्ने समावेश रहेका छन् । त्यसैगरी भावी योजनामा नगर शिक्षा योजना तयार गर्ने, विषयगत शैक्षिक उपलब्धि वृद्धि गर्ने, ज्ञान सीप र अभिवृद्धि विकासका लागि तालिम संचालन गर्ने आदि समावेश गरिएका छन् ।
विद्यालय निरीक्षक मोतिराज खनालले संचालन गरेको सो कार्यशाला गोष्ठीमा मंगल, आदिनाथ र जनसेवा मावि 
गरी ३ वटा विद्यालयका प्रिन्सिपलहरुलाई आ–आफना विद्यालयका असल अभ्यासहरु के कस्ता छन् भनी प्रस्तुत गर्न लगाएका थिए । नगर शिक्षा समितिका कार्यक्रम संयोजक प्रा.डा. रामकृष्ण महर्जनले सो अवसरमा सकारात्मक चिन्तन, आत्मविस्वास र जीवनोपयोगी सीपहरुसम्वन्धी प्रस्तुतिका साथै नेपालका विभिन्न विद्यालयले गरेका असल अभ्यासहरुबारे पनि प्रस्तुत 
गरेका थिए । समग्र कार्यक्रममाथि पूर्वभिसी एवं प्रा.डा. हिरावहादुर महर्जन र उपसचिव दिनानाथ पन्थीद्वारा समिक्षा गरिएको थियो । साथै केही समयका लागि फ्लोर अपन गरी जिज्ञासाहरु राख्न दिइएको थियो । जिज्ञासालाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवं जनसेवा मावि, विव्यसका अध्यक्ष माधवलाल महर्जनले सवैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले प्राचार्य नन्दकुमारी महर्जनले छुटाएका केही बुंदाहरु भन्दै आफनो विद्यालयमा असल अभ्यासका रुपमा होस्ट एण्ड गेस्ट, शिक्षक कर्मचारी कल्याणकारी कोषका कुराहरुलाई थप प्रस्ट्याएकाथिए ।
सम्पादकीय
अबको राजनीति जनताका लागि
जनता सार्वभौम सत्ता प्राप्तीका लागि दिनरात मेहनत गर्छन् अनि सीमित व्यक्तिले अधिकारको नाममा फाइदा उठाउने प्रवृत्तिलाई पुरै मिल्काएर गणतन्त्र पश्चात दोश्रो चरणको चुनाव भैरहेको सन्दर्भमा अबको राजनीति जनताको पक्षमा हुनै पर्छ ।
जनता, राष्ट्रियता, अधिकार अनि सार्वभौम सवै कुरा एक अर्काका परिपुृरक हुन् । जबसम्म जनता आफनो जीवनमा सुखी अनुभूति गर्ने वातावरणमा हुर्कन सक्दैनन्, त्यहा“का जनताले अपेक्षा गरेको कुनै कुराको सहज प्रँप्ती गर्न सक्ने अवस्थामा हु“दैन । जीन्दगीभरको मेहनतले पनि आफनो इच्छा चाहना अनुसारको जीवन व्यतित गर्न सकेनौ भने अर्थात सामुहिक उन्नति र सहकारी सिद्धान्तमा लाग्न सकेनौ भने राजनीति अझै पनि व्यर्थ हुने निश्चित छ । त्यसैले जसले जसले भोटको मात्र राजनीति गर्दछन् अनि आफनो सीमित घेराको स्वार्थको लागि राजनीति गर्दछन् अबका दिनमा तिरस्कार र बहिस्कार गर्न सक्नुपर्दछ । जनता स्वयंले पनि आफनो अधिकारका लागि सत्यको पक्षमा रहनु पर्दछ नकि उही पुरानै पार्टी भन्दै पिछलग्गु भएर लाग्ने हो परिवर्तन संभव छैन । हुन त नेताहरुले परिवर्तन गरेर देखाइरहेका छन् आजभोलि यताउता आफनो स्वार्थका लागि तर जनता त्यस्तो तरिकाले पक्कै पनि होइन ।
Read the full issue at:
https://drive.google.com/open?id=0B9JEXlAZ63G1aVg5azREYm5LZXM

Saturday, October 28, 2017

विविध कार्यक्रमसहित दिपावली तथा 
न्हू दँ ने.सं. ११३८ को भव्य स्वागत
कीर्तिपुर । न्हु दँ ११३८ नेपाल सम्बतको स्वागतार्थ तथा स्वन्ती नखः तिहार चाड मनाउनको लागि देशैभरि नेवार लगायत विभिन्न समुदायले विविध कार्यक्रमका साथ यस वर्ष पनि धुमधाम् मनाए ।
विशेषगरी कीर्तिपुर क्ष्ँेत्रका विभिन्न क्ष्ँेत्रमा नयाँ वर्ष नेपाल सम्वतको स्वागतार्थ ¥याली र विविध कार्यक्रमका साथ मनाइए ।
यसक्रममा पाँगामा आयोजक लूनिभा मिसाः पुचःले सहभागी सवैलाई नेवारी परम्पराअनुसार टिका, फूल, अण्डाको सगुन दिई ¥यालीको नेतृत्व सहित स्वागत गरेका थिए ।
¥यालीलाई सो क्षेत्रका विभिन्न क्षेत्रहरु परिक्रमा गराई धुसि टोल पा“गामै ल्याएर सभामा परिणत गरिएको थियो । कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जनको प्रमुख आतिथ्य तथा आयोजक समूहका अध्यक्ष विष्णुनानी महर्जनको सभाध्यक्षतामा गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि मेयरद्वारा पानसमा बत्तीबाली उद्घाटन गरिएको थियो ।
पुरी तरकारी ग्रहणसँगै शुभारम्भ भएको सो कार्यक्रममा बाजागाजा समूहलाई केपूवापतको प्रशंसा प्रदान गरिएको थियो । सोही कार्यक्रममा आर्थिक भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई अतिथिहरु डा. देवकाजी डंगोल, टोलका उमेर वरिष्ठ द्वारिकाभाइ महर्जन र पूर्वराज्यमन्त्री दिलिप महर्जनमार्फत मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
आयोजक मिसा पुचःका विष्णुनानी महर्जनले आगामी वर्षको लागि भनी पाँगा बालकुमारी महिला समूह क का विष्णुकुमारी महर्जनलाई पालो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रमेश महर्जनले शंखधर साख्वाःको योगदानबारे चर्चा गरे ।  उनले गरिबहरुलाई ऋण मुक्त गरिदिने साख्वाः बुद्धकै अनुयायी हुनुपर्ने तर्क राखे । निर्णायकको तर्फबाट जीवनकुमार महर्जनले प्रतियोगितामा सामेल भएका मध्ये मण्डप, ¥याली र ढोकामा क्रमशः सिकुछें मण्डप, न्हूजः मिसा पुचः दउखेल र धोकासी टोललाई  प्रथम घोषणा गरेका थिए ।
कीर्तिपुर र नगाउँमा भने संयुक्त रुपमा ¥यालीको आयोजना भई परम्परागत रुटमै ¥यालीले परिक्रमा ग¥यो । 
समल टोलको आयोजनामा भएको उक्त साँस्कृतिक ¥यालीमा विभिन्न महिला समूह, क्लब र संघसंस्था तथा गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
टोलटोलमा आकर्षक मण्डपद्वारा सजायमान कीर्तिपुर क्षेत्रमा ¥यालीको स्वागतार्थ टोलबासीको सक्रियतामा सडकसमेत चोख्याउने र तामा र पित्तलका गाग्रीबाट सजाइने गरिएको थियो ।
¥यालीपछि गरिएको औपचारिक कार्यक्रममा सहयोगी हातहरुलाई वडाध्यक्ष राजेन्द्र महर्जनसहित मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्कासमेतले प्रशंसापत्र प्रदान गरेका थिए ।
मन्तव्यको क्रममा मेयर रमेश महर्जनले नेपाल सम्वत र दीपावलीको अवसरमा सवैलाई भिन्तुनाको सन्देश दिंदै शंखधर साख्वाःको योगदानको चर्चा गरेका थिए । हुन पनि साख्वाःको योगदान नेपाली भूमीका लागि अविस्मरणीय र मननयोग्य भएकोले वर्तमान सन्दर्भमा त्यस्ता व्यक्तित्वको अझै अपरिहार्य भएको महशुस गर्न सकिन्छ ।
राज्यद्वारा भाषा हक हित र अधिकारका लागि गत वर्षहरुमै कानूनी रुपमा नेपालभाषाको लागि आवश्यक पहल भैसकेको हुनाले अबका दिनमा सवैपक्षबाट मात्र कार्यान्वयनको जरुरत परेको ठान्न सकिन्छ । 
कार्यक्रममा वडाध्यक्ष राजेन्द्र महर्जनले पनि भाषा संस्कृतिका लागि आफूहरुमार्फत सवै पक्षले आवश्यक सहयोगी कार्यक्रमलाई भव्य बनाइदिनुभएकोमा धन्यवाद व्यक्त गर्दै भिन्तुना आभार प्रकट समेत गरे । अर्काे वर्षका लागि जिम्मेवारी हस्तान्तरणस्वरुप कीर्तिपुरमा देवढोका परिवारलाई दिइएको थियो ।
कीर्तिपुर गाम्चामा देवकोटाको स्मरण
कीर्तिपुर । सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपाल (२०६८) ले  महाकवि लक्ष्मीप्रसाद देवकोटको १०९ औं जन्मजयन्ती गाम्चाको भागवत कुटीमा कार्तिक २ गते लक्ष्मीपूजाको दिन सम्पन्न गरेको छ ।
प्रमुख अतिथि सिनासका लेखक पेशल निरौलाले सो अवसरमा नेवार,  लिम्बु, मगर, खस आदिको संस्कृति हरायो भने नेपालको संस्कृति नपुग हुने बताए । उनले जनता जागरण गराउनु नै देवकोटाको सम्मान गर्नु भनी स्पष्ट पारे । कार्यक्रममा छिमेकी देश भारत बेलायत र मुगलबाट बलात्कृत भई शासित भएको देश भन्दै नेपाल काली, सरस्वती र कुमारीबाट रक्षार्थ भई कुमारीत्व जोगाएको स्वाधिन देश भएको दावी गरे । नेपाली राष्ट्रियताको लागि अब पनि विभिन्न जातिहरुलाई उठाउन नसके देश पराधिन हुन सक्ने संकेत गरे । 
राष्ट्रिय एकताको लागि पृथ्वीनारायण शाहको जातिय विविधता र अनेकतामा सवैको एकता गाँसिएको देशलाई संस्कृतिले बचाउन सक्ने तर्क राखेका थिए  । उक्त कार्यक्रममा अर्जुन महर्जन, पवन बुढाथोकी, विष्णु रुपाखेती र त्रिलोचन समस्त जस्ता सहभागीहरुले महाकवि देवकोटाको बारेमा कविता वाचन गरेर स्मरण गरेका थिए ।
संयोजक ध्रुव वस्नेतले सो अवसरमा नेपाल सम्वत, तिहार, छठको शुभकामना दिंदै हिमाल पहाड र तराईलाई एकताको सुत्रमा बाँड्ने पृथ्वीनारायण शाहको योगदानलाई सम्झन राष्ट्रिय एकताका लागि देवकोटा मात्र होइन अन्य सवै पक्षका व्यक्तित्वहरुलाई समेत एकैठाउँमा जोरजाम् गरी व्यवस्था गर्न अनुरोध गरेका थिए । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बाँनियाको समेत उपस्थिति रहेको थियो ।
मधुसुदन ढुंगानाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा सभालाई समापन मन्तव्य दिंदै एकताको महत्वबारे बोल्नुभएको थियो । उहाँले सद्भावको आवश्यकता र आजको सन्देशबारे स्पष्ट पार्नुभएको थियो ।

सम्पादकीय
कीर्तिपुरमा अनुगमन निरन्तरताको प्रश्न
देशको संघीय संरचनाको माहोलमा हरेक नयाँ कदमहरु जनताका लागि नौलो हुने र त्यो नौलो कामबाट नौलो आशा पलाउने स्वभाविक प्रक्रिया हो । 
चाडपर्वको बेलामा गरिने फाट्टफुट्ट अनुगमनले व्यापारीहरुलाई एकछिनको सजगता ल्याएता पनि कालान्तरमा यस्तै त हो नि भन्ने प्रभाव परिसकेको सन्दर्भमा कीर्तिपुरमा हालै गरिएको अनुगमनको सह््राहना गर्दै जनसमुदायले निरन्तरताको माग गरेको छ ।
अनुगमनको निरन्तरताबाट जनसमुदायलाई धेरै कुरामा फाइदा हुनेछ ।
व्यापारीहरुले म्याद नाघेको सामग्रीलाई विक्री गर्ने र राम्रो गुणस्तरीय सामानमा नराम्रो चीजको मिसावटबाट फाइदा लिने नराम्रो प्रथाको अन्त्यको लागि अनुगमन निकै 
प्रभावकारी कदम हो । यसो हुँदा हुँदै पनि सम्वन्धित पक्षले एकचोटी त हो नि भनी प्रशय दिने बानी गर्दै जाँदा भविष्यमा नराम्रो असर पर्ने संभावनालाई ध्यानमा राख्दै अनुगमनको नीति बनाइनु पर्ने हुन्छ ।

जनताको अगुवाई र कीर्तिपुर नगरपालिकाको समन्वयमा यस्ता काम कार्यवाहीलाई अगाडि बढाउने हो भने अनुगमन थप प्रभावकारी हुनेमा दुई मत नहोला । यसमा थप सक्रियता भने अझै खाँचोछ ।
Read the full issue at:
https://drive.google.com/open?idhttps://drive.google.com/open?id=0B9JEXlAZ63G1WjFhQm5ZNFlpZVk=0B9JEXlAZ63G1WjFhQm5ZNFlpZVk

Saturday, October 21, 2017

पाँगा महिला बचत अब स्वावलम्बन बन्दै
कीर्तिपुर महिला सहकारीको नेतृत्व लिन मेयर र उपमेयरको सल्लाह
पाँगा बचत तथा ऋण सहकारीद्वारा आयोजित समारोहमा मेयर उपमेयरसँगै सम्मानित व्यक्तित्वहरु
गरिन्छ । विश्व जेष्ठ नागरिक दिवस मनाउनुको मुख्य उदेश्य जे
कीर्तिपुर । मेयर रमेश महर्जनले प्रेरणास्वरुप बोल्दै पाँगा बचत तथा ऋण सहकारी संस्थालाई कीर्तिपुरकै नेतृत्वदायी संस्थाका रुपमा आउन सल्लाह दिए । उपमेयर सरस्वती खड्काको इच्छा पनि त्यस्तै रहयो । मन्तव्यका क्रममा मेयर महर्जनले आफूलाई वाँसुरीको धुनबाट स्वागत गर्ने दुवै खलःलाई पेशाकै रुपमा बाँसुरी अपनाए अझै राम्रो हुने सल्लाह दिए । उनले आफू पनि थाँबाहा दाफा खलःको तर्फबाट पेशागत रुपमै 
बाँसुरी बजाउँदै हिंडेको स्मरण गरे । नेपाल सरकारसँग सहकारी कर उठाउन पाउने अधिकार प्राप्त भए सहकारीसँग लिएको कर फिर्ता गर्ने बचन दिंदै पाँगा महिलालाई नपाबाट सहयोग रहने बचन समेत दिए ।
विशेष अतिथि उपमेयर खड्काले पनि कीर्तिपुर नगरपालिकाद्वारा गरिरहेका विविध क्रियाकलापबारे जानकारी दिइन् । उनले सामाजिक र भौतिक विकासका लागि कीर्तिपुर नपा तयार रहेको बताइन् । कार्यक्रममा हाकुपतासी र रातो ब्लाउजमा सजिएका पाँगाका महिलाहरु आ–आफना बचत संस्थाहरुको प्रतिनिधित्व गर्दै यही शनिवार पाँगा पार्टी भेन्युमा भेला भएका थिए । उनीहरु सवैजसो ११ समूहका महिला प्रतिनिधिहरु हुन् । आर्थिक संकलनका सवालमा ज्वजलपा महिला समूहका १३९ जना, लूःनिभा मिसा पुचःका ८० जना, पवित्र महिला समूहका १३७ जना, न्हूजः आमा समूहका ९१ जना, जयसन्तोषी माँका ६० जना, पलिस्था मिसाः पुचःका ५१ जना, बालकुमारी महिला समूह “ख”का ५८ जना,  बालकुमारी महिला समूह “क”का २७ जना, हिसी मिसा पुचःका १०९ जना, शंखापुर माँः पुचःका ४३ जना, विष्णुदेवी महिला समूहका ४० जना, र्कीिर्तपुर आवास महिला समूहका १४ जना र महिला सुरक्षित स्थानका १८ जना गरी जम्मा ८६७ जना महिलाहरु का कारोवार गर्दै आएका पाँगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको दशौं वर्ष पार गर्दै दशमीकै तिथि पारेर विशेषत पाँगाका ११ समूहका महिलाहरुलाई एकैठाउँमा भेला गराउन सफल भए ।
उनीहरुले यसपालि संस्थालाई स्वाबलम्वन बनाउने नीतिलाई घोषणा गरे । संस्थाको आफ्नै स्वामित्वको जग्गाका लागि २० लाख बैनासमेत दिइसकेको अध्यक्ष विना महर्जनले जानकारी दिइन् । उनीद्वारा प्रस्तुत प्रतिवेदनमा संस्था आर्थिक, सामाजिक र साँस्कृतिक पक्षको विकासका लागि स्थापना भएको भन्दै आ.व. २०७३÷०७४ मा गरिएका विविध कार्यक्रमहरु उल्लेख गरिएका थिए । साथै अध्यक्ष महर्जनले सदस्य तथा समुदायका लागि स्वास्थ्यसम्वन्धी कार्य गर्ने, तालिम संचालन गर्ने, आर्थिक उपार्जनका लागि विविध कारोवारका कार्यक्रमहरुसहित संस्थाको 
आन्तरिक व्यवस्थापन समेतको कार्ययोजनाकालाई भावी कार्यदिशाको रुपमा प्रस्तुत गरिन् ।
चन्द्रमाया महर्जनको उद्घोषण तथा मनदेवी महर्जनको स्वागतमा भएको उक्त साधारणसभाको पहिलो चरणमा ढोकासी र देउखेलका बाँसुरी खलःको संलग्नतामा मंगलधुन बजाउँदै कीर्तिपुर नगर प्रमुख एवं प्रमुख अतिथि रमेश महर्जन र विशेष अतिथि सरस्वती खड्काद्वारा पानस बाली कार्यक्रमको उद्घाटन गरिएको थियो ।
साधारणसभामा संस्थाद्वारा ६ फरक फरक विधामा सम्मानित गरिएको थियो । पाँगा देउखेल निवासी ८८ वर्षिय गोविन्द महर्जनलाई सो अवसरमा बाँसुरीको मंगलधुन बजाएर प्रमुख अतिथि, विशेष अतिथि र पदेन सल्लाहकार तथा संस्थाका अध्यक्षसहितको संलग्नतामा सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरिए । त्यसैगरी स्थानीयतहमा निर्वाचित सोही संस्थाका सदस्यहरु सानुमैया महर्जन, सरस्वती परियार, रुकु विकलाई पनि कार्यकालको सफलताको कामनाकासाथ पदेन सल्लाहकार मेनुका महर्जन र अध्यक्ष विना महर्जनले सम्मान गरेका थिए । सोही कार्यक्रममा पवित्र महिला समूहका गणेशमाया महर्जनलाई जेष्ठताको आधारमा प्रायोजक एवं अध्यक्ष विना महर्जनले सम्मान गरिन् । एसइइ परीक्षामा उत्कृष्ट हुने दुई विद्यार्थीलाई दिइने पुरस्कार अन्तर्गत यस वर्ष छात्रतर्फ सदिन महर्जन र छात्रातर्फ पलिस्था महर्जनलाई पुरस्कृत गरिएको थियो । सोहीसभामा खुत्रुके बचततर्फ विमला महर्जन र रुपेश महर्जन सम्मानित भएका थिए ।
साधारणसभाको  सफलताको लागि उपस्थित अतिथि एवं सल्लाहकारहरु कीर्तिपुर फोहर व्यवस्थापनका निर्देशक सरबकुमार महर्जन, पाँगा माविका निर्देशक रमेशमान महर्जन र प्राचार्य श्यामसुन्दर महर्जन, वातावरण संरक्षण समाजका शंकर डंगोल,   ब्लु वेस्टका निर्देशक नविनविकास महर्जन , फेक्ट नेपालका डा. भरत प्रधान, सामुदायिक महिला सहकारी मंचका सुदर्शन दर्शन धारी, होमनेट नेपालका ओम थपलिया र कीर्तिपुर नपा वडा नं. ८ का वडाध्यक्ष विनोद महर्जनले शुभकामना मन्तव्य दिएका थिए ।
कीर्तिपुरमा दृष्टि दिवस मनाइयो
कीर्तिपुर । त्रिभुवन विस्वविद्यालय र नेपाल नेत्रज्योती संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र ताहाल्चा तिनकुनेको संयुक्त आयोजनामा यही २६ गते विहिवार अस्पताल परिसरमा विस्व दृष्टि दिवस २०१७ मनाइयो ।
विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कीर्तिपुरका विद्यालयका प्रिन्सिपलहरुको उपस्थितिमा संघका महासचिव श्यामकुमार पोखरेलको सभाध्यक्षतामा दृष्टिको महत्वसम्वन्धी जानकारी गरिएको थियो । सभाध्यक्ष पोखरेलले दृष्टिको महत्व बताउन विद्यालयबाट सचेतना कार्यक्रम शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
सचिव भरतचन्दद्वारा स्वागत गरिएको सो कार्यक्रममा दृष्टिकोे महत्वलाई उजागर गर्न विद्यालयका विद्यार्थीबाट थालनी गर्नुपर्नेमा जोड दिइएको थियो । 
कार्यक्रममा महासचिव शैलेसकुमार वस्नेतले अस्पतालसम्म विरामीलाई ल्याउन चुनौति भैरहेको बारे जानकारी दिए । उनले दृष्टिको महत्व बुझौं यसवर्षको दृष्टि दिवसको नारा भन्दै सरकारी निकायको तुलनामा निजीमार्फत आँखा क्षेत्रमा राम्रो योगदान भैरहेको तथ्य पनि उजागर गरे । भारतले समेत प्रशंसा गर्दै आइरहेको आँखा उपचार पक्षलाई नमूना बनाउनको लागि थप प्रयास गर्नुपर्नेमा महासचिव वस्नेतको जोड थियो ।
शुभकामना दिने क्रममा जनसेवा माविका निमित्त प्रअ दुर्गावहादुर महर्जनले विद्यालयमा वेला बेलामा दृष्टिसम्वन्धी कार्यक्रम भैरहेकोमा अझै थप कार्यक्रमको आवश्यकता रहेको औंल्याए । त्यसैगरी लायन्स क्लबको तर्फबाट रविन्द्रवहादुर प्रधानले विगतमा आँखासम्वन्धी थुप्रै शिविरहरु सम्पन्न गरिसकेको र अझै पनि योगदान दिन तयार रहेको बताए ।
सोही अस्पतालका डा. विनिता शर्माले समुदायको सहयोगबाट मात्रै आँखासम्वन्धी समस्या समाधान गर्न सक्ने बताइन् । उनले अन्य क्षेत्रमा भन्दा कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रमा कीर्तिपुरवासीका लागि सर्वसुलभ सेवा हुने बताइन् । 
संघका प्रा.डा. घनश्याम भट्टराईले दृष्टिको सवालमा कीर्तिपुरलाई पहिलो प्राथमिकता दिएको भन्दै समुदायबाट सहयोग गर्न आव्हान गरे । आँखाको चोट सहेर बस्न नहुने, बेलैमा अस्पताल ल्याउनुपर्ने भन्दै उनले अस्पतालबाट कार्डको व्यवस्था गरेर औषधि उपचारको सेवाका साथै विरामीसम्वन्धी अध्ययन गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा पाँगा मावि, हिलटाउन मावि र उज्ज्वल शिशु निकेतनका प्रिन्सिपलहरुसमेत उपस्थित 
रहेका थिए ।
कीर्तिपुरमा मुटु प्रतिष्ठानबारे छलफल
 नेपाल हृदयरोग निवारण प्रतिष्ठान कीर्तिपुर शाखाको पहलमा यही शनिवार कृष्ण क्याटरिङको गोदावरी हलमा दीपावली चियापानको आयोजना गर्दै हृदयरोग प्रतिष्ठानका विविध पक्षहरुबारे छलफल गरियो ।
संयोजक निलकण्ठ अमात्यले सो अवसरमा कीर्तिपुरमा हृदयरोग प्रतिष्ठानको आवश्यकता र महत्वबारे बोल्दै सहभागीहरुलाई दीपावलीको शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा प्रा.डा.रामकृष्ण महर्जनले शुभकामना मन्तव्यको क्रममा मुटु रोगबाट कसरी बचाउन सकिन्छ भन्नेबारे सुझाव पेश गरेका थिए । त्यसैगरी पूर्वराज्यमन्त्री दिलिप महर्जनले पनि आवश्यकता हुँदा हुँदै पनि निरन्तरताको खाँचोमा बढी सजग हुनु पर्ने बताए । ९ नं. वडाध्यक्ष गंगाराम महर्जनले आफनो वडामा मुटुको प्रतिष्ठान हुन लागेकोमा खुशी व्यक्त गर्दै जनचेतनाको लागि थप पहल गर्न सुझाव राखे । मुटु रोगसँग चिरपरिचित रत्नवहादुर महर्जनले प्रतिष्ठानको थप महत्व स्पष्ट पार्दै आफनो जीवनभर कुनै तरिकाले प्रतिष्ठानको सहयोगको लागि प्रतिवद्धता जनाए । साथै उनले नयाँबजार क्लबको एम्बुलेन्स पनि आफ्नै नेतृत्वपालामा समुदायबाट रु. १०० को दरले उठाएर संचालन मा ल्याएको स्मरण गरे ।
सोही कार्यक्रममा सावित्री महर्जनले विगतमा आफनो पितालाई भएको मुटुको समस्याको घटना सुनाउँदै विद्यालयका विद्यार्थीहरुलाई जनचेतना फैलाउनु पर्नेमा जोड दिइन् । केशमुनी बज्राचार्यले पनि स्काउटको बेलामा विद्यार्थीहरुलाई सिकाउन पनि जनचेतना आवश्यक रहने बताए । इ. दुर्कमान महर्जनले सवैलाई डाक्टर बनाउने अभियान थाल्न सके मुटु रोगबाट बेलैमा बचाउन सकिने धारणा राखे । लिला साहीले उपचारै महंगो हुने मुटु रोगको सजगताको लागि कीर्तिपुरमा प्रतिष्ठान आउनु स्वागतयोग्य भएको बताए ।
कीर्तिपुर बास्केटबल एकेडेमीद्वारा आयोजित वडास्तरीय बास्केटबलको मेयर रमेश महर्जनद्वारा उद्घाटन

https://drive.google.com/open?id=0B9JEXlAZ63G1elpIekYwYmliVmM
Read the full issue at:
https://drive.google.com/open?id=0B9JEXlAZ63G1elpIekYwYmliVmM

Wednesday, October 11, 2017

पाँगामा जेष्ठ नागरिकहरुको सम्मानका साथ
सहयोगीदातालाई प्रमाणपत्र वितरण
Senior citizens of Ward 5 and 8 of Kirtipur Municipality honored in Panga, Kirtipur

हरेक अगस्ट २१ का दिन अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । हुन त सन् १९८८ को समयदेखि नै यस विषयमा चर्चा हुँदै आएको हो । अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनको पालामा यस विषयलाई मुख्य विषयका रुपमा चर्चा गरिएको हो ।
सन् १९९० को १४ तारिखमा पहिलोपटक यस सवाललाई संयुक्त 
राष्ट्र संघको साधारणसभामा प्रस्तावित गरिएको थियो । सन् १९९१ को अक्टोवर १ देखि विदा समेत मनाइएको थियो । वास्तवमा यो दिन जेष्ठ नागरिकका विविध सवालहरुको बारेमा चिन्तन मनन गर्दै चेतना प्रवाह गर्ने दिनका रुपमा मनाइन्छ ।
यस दिन जेष्ठ नागरिकका उत्कृष्ट योगदानहरू र उनीहरुका विविध समस्यामा केन्द्रित रहेर समाधानका उपायहरु समेत सुल्झाउने प्रयास 
गरिन्छ । विश्व जेष्ठ नागरिक दिवस मनाउनुको मुख्य उदेश्य जेष्ठ नागरिकको अवस्थाबारे चेतना फैलाउनु हो । यस प्रयासले एकातिर जेष्ठ नागरिकहरुको समस्या पहिचान भै समाधानका बाटाहरु निकाल्न मदत मिल्नेछन् । साथै जेष्ठ नागरिकहरुले सन्तानका निम्ति गरेका राम्रा कामका लागि धन्यवाद दिन र अरुलाई समेत प्रेरित तुल्याउन लाभदायी हुनेछन् । परिवारमा आपसमा भएको माया ममता र श्रद्धा भक्तिका साथै राज्यको  वृद्धवृद्धाहरुप्रतिको दायित्वबारे स्मरण गराउनु पनि विश्व जेष्ठ नागरिक दिवस मनाउनुको उदेश्य हो ।
हरेक वर्ष जेष्ठ नागरिक दिवस मनाउँदा कुनै न कुनै उदेश्यका साथ मनाइने गरिन्छ । सन् २०१७ मा वृद्धहरुको सहभागिता र योगदानको पहिचान गर्दै भविष्य उन्मुख होऔं भन्ने नारा तय गरिएको थियो भने सन् २०१८ को नारा विद्यमान समाज÷समुदायमा जेष्ठ नागरिकहरुको योगदान र सक्रियता अनि त्यसलार्ई विस्तार गर्नु हो । यसैकारण विभिन्न संघ संस्थाहरुको सहयोगमा त्यस्ता वृद्ध वृद्धाहरुको रेखदेखलाई ध्यानमा राख्दै दिवा सेवा केन्द्र होस् या जेष्ठ नागरिक सेवा केन्द्र होस् आ–आफनो ठाउँबाट सेवा गर्न कदापी चुकाउनु हुँदैन । उनीहरुको अनुभव समाज, परिवार र राष्ट्रका लागि निकै नै उपयोगी हुने कुरामा दुईमत नहोला । बरु उनीहरुको यावत पक्षबारे अनुसन्धान नै गर्न सके राष्ट्रका लागि बलियो टेवा मिल्ने विश्वास गर्न सकिन्छ ।
विभिन्न देशमा भिन्न भिन्न तरिकाले मनाइने सन्दर्भमा नेपालमा पनि विभिन्न संघसंस्थाहरुले आ–आफनै 
तरिकाले विश्व जेष्ठ 
नागरिक दिवस मनाएका छन् । कीर्तिपुर पाँगास्थित जेष्ठ नागरिक सेवा केन्द्रले असोज १५ गते एक भव्य कार्यक्रमको आयोजना गरी वडा नं. ५ र ८ का निश्चित भिम
रथारोहण गरिसकेका 
(आजिवन सदस्य मात्र) लाई सम्मान गरेको हो ।
प्रमुख अतिथि बनेका खेलकूद मन्त्री राजनकुमार केसी र कीर्तिपुर नगरपालिका उपप्रमुख सरस्वती खड्काको उपस्थितिमा जेष्ठ नागरिकहरु २१० जनाको सम्मान र भ्रमणमा लाने १३ जना सहयोगीलाई प्रमाणपत्र 
वितरण गरिएको हो ।
प्रमुख अतिथि केसीले सो अवसरमा एक लाख नगदबाट वृद्धहरुका निम्ति कसरत उपयोगी सामग्रीको व्यवस्था गरि दिने प्रतिबद्धता व्यक्त 
गरेका थिए भने उपप्रमुख खड्काले बजेट व्यवस्थापनका लागि सूचिकृत गर्न सुझाव 
दिएका थिए । साथै उनले जेष्ठ नागरिकका लागि निःशुल्क औषधि वितरण गर्न लागेकोबारे जानकारी दिइन् ।
कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाकुमारी महर्जनको सभाध्यक्षता र हिरादेवी महर्जनको स्वागतमा पूर्व
राज्यमन्त्री दिलिप महर्जन, डेढलाख नगद दिने बचन दिएकी सभासद् रुपा महर्जन, सुलक्षण विहारका डा. अनोजा गुरुमा, एक लाख नगद दिने अक्षयकोष दाता कृष्णहरि महर्जनलगायतका अतिथिहरुबाट शुभकामना मन्तव्यका साथ कार्यक्रम सम्पन्न गरिएको थियो ।
विदेशको कुरा गर्दा भारतमा नेपालमा जस्तै विभिन्न संघसंस्थाहरुको सक्रियतामा जेष्ठ नागरिकहरुको सम्मानको लागि कार्यक्रमको आयोजना गर्ने र सम्मान गर्ने अनि सरकारको तर्फबाट योगदान पु¥याउने विशिष्ट महानुभावहरुको कदर गर्ने गरिन्छ । त्यसैगरि विद्यालयतिर जेष्ठनागरिकहरुलाई निमन्त्रणा गरी सम्मानका साथ भोजन गराउने चलन छ ।
अमेरिकामा भने छुट्टिएर बसेका सवै परिवारजन एकै ठाउँमा भेला भएर जेष्ठनागरिकको सम्मान गर्ने र राष्ट्रका निम्ति पु¥याउन सक्ने योगदानबारे छलफल गर्ने 
गरिन्छ ।
अस्ट्रेलियामा जेष्ठनागरिक दिवस मनाइँदा भोजनका साथसाथै उनीहरुलाई वर्षाैसम्म हेरविचार गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्ने र सद्भाव प्रकट गर्ने गरिन्छ ।
आयरलैण्डमा सो दिन बालबालिकाहरुलाई वृद्धहरुको सम्मानबारे शिक्षा दिइन्छ भने भोजनका साथ चन्दा प्रदान गर्ने र जेष्ठ नागरिक नभएका 
परिवारजनप्रति भाव प्रकट गर्ने समेत गरिन्छ । साथै वृद्धवृद्धाहरुका निम्ति उपहारहरु प्रदान पनि गर्ने गरिन्छ ।
समग्र समाज विकासका लागि भनी वृद्धहरुको सम्मानमा विभिन्न शुभकामना कार्ड प्रदान गर्दै, पिकनिकको आयोजना गर्दै दक्षिण अफ्रिकामा विस्व जेष्ठ नागरिक दिवस मनाइने गरिन्छ । यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरी एक आपसमा शुभकामना साट्दै ठूलाप्रति सद्भाव प्रकट गरिन्छ ।
न्युजिलैण्डमा वृद्धहरुको सम्मानार्थ कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गर्ने र रमाइला कार्यक्रमसमेत सम्पन्न गर्ने गरिन्छ ।
युकेमा पनि वृद्धहरुको सम्मानमा गिफ्टहरु प्रदान गर्ने र शुभकामना साट्दै भोजनको व्यवस्था गर्दै विश्व वृद्ध दिवस मनाइने गरिन्छ ।
जेष्ठनागरिकको सम्मानमा सामुहिक भोजनको व्यवस्थाले उनीहरुमा एक खालको उत्पे्ररणा जाग्छ । अनि त्यही मौकामा उनीहरुको विद्वताको प्रयोगलाई ख्याल गर्नुपर्ने हुन्छ । नयाँ पिढींका लागि उनीहरुको सन्देश निकै फलदायी हुन सक्छ । सामुहिकताले एक्लोपनको हिन भाव टाढा भाग्छ अनि उनीहरुलाई गरिने मायालु वातावरणले सम्वन्धमा थप गाढापन बढ्ने हुन्छ ।
वर्तमान समयमा एकात्मक 
परिवारको विगविगले जेष्ठनागरिकको हेरचाहको खाँचो थप पुष्टि भएको छ । उनीहरुको सुखदुखमा रमाउन सक्ने स्वयंसेवकहरुको संख्या निकै नगन्य हुन्छ । जसले 
जसरी सेवामा आवद्ध भएका छन्, तिनीहरु साँच्चिकै महान् हुन्, उनीहरुको जयजयकार अवश्य गर्नेछन् । व्यवहारिक जीवन निकै कठिन छ । आर्थिक लाभ नै सवथोक होइन तर आर्थिक नभई पनि हुँदैन । हुनेले वा सक्नेले गच्छे अनुसार सहयोग गर्ने बानी भयो भने अक्षयकोष स्थापना गरेर हुन्छ वा अन्य अनुदान प्राप्त गरेर हुन्छ वा सदस्यबाटै उपलब्ध गराएर हुन्छ, सेवा केन्द्रको निरन्तरतामा खुशी, माया, एकता, समाज, समुदाय, मनोरञ्जन सवै उपलब्ध हुन्छ । एकदिनको सम्मान र मनोरञ्जन भन्दा पनि वर्षैदिन उनीहरुका लागि विशेष दिन गर्न सके सच्चा श्रद्धा र सम्मान हुन जान्छ ।

दशैं एक विचार भावना अनेक
कीर्तिपुर । दशैं नेपालीहरुको महान् चाडको रुपमा लिने गरिएको सर्वाधिक लामो विदा हुने पर्व हो । यसैलाई लक्षित गर्दै आजभोलि परम्परा भन्दा फरक तरिकाले दशैंलाई मनाउने गर्दै आएका छन् । दशैंसम्वन्धी विचार पनि आ–आफनै खालको रहेको हुनाले यस सम्वन्धी विभिन्न व्यक्तित्वहरुको विचार संकलन गर्ने काम कीदले यस हप्ता प्रयास गरेको छ ।
जनक साउद (विद्यार्थी)
उपत्यका बाहिरबाट कीर्तिपुरमा आई लामो समयदेखि अध्ययन गरिरहेको छु । यसपालिको दशैंमा घर गइन । यतै साथी भाइहरुसँग मिलेर दशैं मनाइयो । रमाइलै भयो । गाउँमा भए आफन्तकहाँ गइन्थ्यो । यहाँ त्यस्तो भएन । कीर्तिपुरको दशैं मेलामै 
रम्यौं ।

ललेन्द्र शाक्य (पत्रकार)
दशैं मनाउने सन्दर्भमा खासै परिवर्तन छैन । दशैं मनाइँरहदा हुने खाने र नहुनेवीचको खाडल बढिरहेको अनुभव गर्न सकिन्छ । हुने खानेको घमण्डी व्यवहारले नहुने वर्गलाई अलि 
अप्ठेरो पार्दै लगिरहेको अनुभव गर्न सकिन्छ ।
वास्तवमा दशैं अराजक बन्ने कुनै साधन होइन तर राज्य झैं जनता पनि अराजक हुँदै आएको देखिन्छ । आउँदा दिनहरुमा जनताले यस 
कुरामा पक्के सचेतता अपनाउनु पर्ने देखिन्छ ।

विना महर्जन (शिक्षक)
दशैं यसपालि राम्रो भएको छ । परिवारसँगको घुमघामले निकै रमाइलो भएको छ । हुन त दशैं भनेकै परिवारजनसँगको भेटघाटको समय हो ।

अर्जुन महर्जन (समाजसेवी)
फुर्सदको समयमा सवै मिलेर खुशियाली छाउने गरी शक्तिको आराधना गरी मनाउने पर्व नै दशैं हो । यस अवसरमा सवैलाई सुख, शान्ति र समृद्धिका साथै सद्बुद्धिको लागि आशिर्वादको कामना गर्न चाहन्छु ।

धर्म महर्जन (व्यापारी)
परिवारका साथ घुमेर साइक्लिङ्ग  गरेर दशैं मनाएँ । पहिला भए तास खेलिन्थ्यो तर यसपालि फरक ढंगले मनाइयो ।
कीर्तिपुरमा कृषि ज्ञान बाँड्दै प्रोलिन्नोभा
कीर्तिपुर । प्रोलिन्नोभा नेपाल एक गैरसरकारी संस्था हो । यस संस्थाको समन्वयमा सिक्ने र सिकाउने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम गर्दै सरोकार सवैपक्षसँग कृषि ज्ञान हस्तान्तरण प्रक्रियामा विगत लामो समयदेखि स्थानीय कृषि अन्वेषणको कार्यमा लाग्दै कीर्तिपुरमा दोश्रो पल्ट यही १९ गते राराहिल मेमोरियल स्कूल कीर्तिपुर र प्रोलिन्नोभा नेपालको संयुक्त आयोजनामा नेपालमा कृषि शिक्षा र कृषि विकासको लागि स्थानीय अन्वेषण विषयक सेमिनार सम्पन्न भएको छ ।
प्रोलिन्नोभा नेपालका कन्ट्रि कोर्डिनेटर एवं कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. धर्मराज डंगोलले कार्यक्रमको बारेमा स्पष्ट पार्दै आपसी सचेतनामा कृषि ज्ञानको प्रचारप्रसारलाई सवै पक्षसँग पु¥याउन सके मात्र विषयवस्तुको महत्व अझ फराकिलो हुने बताए । उनले आ–आफनो पहलमा कृषि ज्ञानलाई रुपान्तरण गर्न सके आपसी सम्वन्ध बढ्ने र एक आपसको चिनाजानीको लागि पनि उक्त कार्य आवश्यक भएको औंल्याए । कीर्तिपुरमा कृषिसम्वन्धी आँकडा नभएकै कारण पहलको 
जरुरी भएको भन्दै उनले कलंकीमा अब हिकासको कार्यालय आएपछि कृषिसम्वन्धी थप कार्य गर्न सहज हुने बताए । साथै आफूले पनि सकेको सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा कृषि शिक्षासम्वन्धी सरिना महर्जनले र स्थानीय कृषि अन्वेषणसम्वन्धी दिक्षा महर्जनले प्रस्तुत गरेका अध्ययन प्रतिवेदनमाथि सहभागीहरुले आ–आफना विचार समेत पोखेका थिए । यसरी विचार पोख्नेहरुमा शेषनारायण, नारायण महर्जन, जुजुभाइ महर्जन, जगत महर्जन, सुरेसचन्द्र गिरी, शिव गिरी, देवराज महर्जन र दिपक डंगोल रहे ।
वरिष्ठ पत्रकार एवं समालोचक   राजेन्द्र महर्जनले आफू पनि लामो समय कृषिसँग सम्वद्ध रहेको बताउँदै फरक पेशा अपनाउन वाध्य भएको बताए । उनले कृषि पेशालाई समाज र राज्यले राखेको प्राथमिकताको आधारमा निरन्तरता हुने वा नहुने भन्ने टुंगो लाग्ने बताए । कृषि ज्ञानलाई विद्यालय र क्याम्पसमा भित्र्याउने वा शिक्षकका रुपमा भूमिका निभाई लेक्चरको माध्यमबाट कृषिशिक्षा हस्तान्तरण गर्न सकिने बताए । यस सन्दर्भमा समालोचक महर्जनले 
राराहिल स्कूल र प्रोलिन्नोभाको पहल सकारात्मक भएको भन्दै माटो भन्नासाथ मानिसको सोचाई मा फोहर भन्ने चिन्तनलाई हटाई त्यसको उर्वरता एवं उत्पादनको महत्व बुझाउन सके कृषिको महत्व पनि त्यसैगरी बढ्न जाने तर्क राखे ।
विद्यालयका अध्यक्ष तुलसीदास महर्जनको सभाध्यक्षतामा भएको सो कृषि ज्ञान रुपान्तरण कार्यक्रममा उनले नयाँ पुस्ताद्वारा थालनी गरिएको कृषि ज्ञानलाई अब निर्वाहमुखी भन्दा पनि व्यवसायिकतामा बदल्दै अगाढि बढ्नुपर्नेमा जोड दिए । कृषि पेशामा अद्यावधि चुनौति भएको स्विकार्दै स्वस्थ जीवनका लागि कौशी खेती गर्नुपर्ने बताए  परिवर्तित राजनीतिक सन्दर्भमा राज्यको काम लगानी र प्रविधितर्फ हुनुपर्ने भन्दै अध्यक्ष महर्जनले आफनो विद्यालय कृषि शिक्षाका लागि हरदम तयार भएको प्रतिबद्धता जनाए । साथै उनले दबाव दिनकै लागि भएपनि संस्थाको आवश्यकता भएको स्विकारे ।
कार्यक्रमको संचालनमा दिपा महर्जनले सहयोग गरिन् भने बालकृष्ण महर्जनले भौतिक सहयोग गरेका थिए ।

Read the full issue at:
https://drive.google.com/open?https://drive.google.com/open?id=0B9JEXlAZ63G1UVJpYmpoTFVGRGchttps://drive.google.com/open?id=0B9JEXlAZ63G1UVJpYmpoTFVGRGc

Leave us a comment