Saturday, October 28, 2017

विविध कार्यक्रमसहित दिपावली तथा 
न्हू दँ ने.सं. ११३८ को भव्य स्वागत
कीर्तिपुर । न्हु दँ ११३८ नेपाल सम्बतको स्वागतार्थ तथा स्वन्ती नखः तिहार चाड मनाउनको लागि देशैभरि नेवार लगायत विभिन्न समुदायले विविध कार्यक्रमका साथ यस वर्ष पनि धुमधाम् मनाए ।
विशेषगरी कीर्तिपुर क्ष्ँेत्रका विभिन्न क्ष्ँेत्रमा नयाँ वर्ष नेपाल सम्वतको स्वागतार्थ ¥याली र विविध कार्यक्रमका साथ मनाइए ।
यसक्रममा पाँगामा आयोजक लूनिभा मिसाः पुचःले सहभागी सवैलाई नेवारी परम्पराअनुसार टिका, फूल, अण्डाको सगुन दिई ¥यालीको नेतृत्व सहित स्वागत गरेका थिए ।
¥यालीलाई सो क्षेत्रका विभिन्न क्षेत्रहरु परिक्रमा गराई धुसि टोल पा“गामै ल्याएर सभामा परिणत गरिएको थियो । कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जनको प्रमुख आतिथ्य तथा आयोजक समूहका अध्यक्ष विष्णुनानी महर्जनको सभाध्यक्षतामा गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि मेयरद्वारा पानसमा बत्तीबाली उद्घाटन गरिएको थियो ।
पुरी तरकारी ग्रहणसँगै शुभारम्भ भएको सो कार्यक्रममा बाजागाजा समूहलाई केपूवापतको प्रशंसा प्रदान गरिएको थियो । सोही कार्यक्रममा आर्थिक भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई अतिथिहरु डा. देवकाजी डंगोल, टोलका उमेर वरिष्ठ द्वारिकाभाइ महर्जन र पूर्वराज्यमन्त्री दिलिप महर्जनमार्फत मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
आयोजक मिसा पुचःका विष्णुनानी महर्जनले आगामी वर्षको लागि भनी पाँगा बालकुमारी महिला समूह क का विष्णुकुमारी महर्जनलाई पालो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रमेश महर्जनले शंखधर साख्वाःको योगदानबारे चर्चा गरे ।  उनले गरिबहरुलाई ऋण मुक्त गरिदिने साख्वाः बुद्धकै अनुयायी हुनुपर्ने तर्क राखे । निर्णायकको तर्फबाट जीवनकुमार महर्जनले प्रतियोगितामा सामेल भएका मध्ये मण्डप, ¥याली र ढोकामा क्रमशः सिकुछें मण्डप, न्हूजः मिसा पुचः दउखेल र धोकासी टोललाई  प्रथम घोषणा गरेका थिए ।
कीर्तिपुर र नगाउँमा भने संयुक्त रुपमा ¥यालीको आयोजना भई परम्परागत रुटमै ¥यालीले परिक्रमा ग¥यो । 
समल टोलको आयोजनामा भएको उक्त साँस्कृतिक ¥यालीमा विभिन्न महिला समूह, क्लब र संघसंस्था तथा गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
टोलटोलमा आकर्षक मण्डपद्वारा सजायमान कीर्तिपुर क्षेत्रमा ¥यालीको स्वागतार्थ टोलबासीको सक्रियतामा सडकसमेत चोख्याउने र तामा र पित्तलका गाग्रीबाट सजाइने गरिएको थियो ।
¥यालीपछि गरिएको औपचारिक कार्यक्रममा सहयोगी हातहरुलाई वडाध्यक्ष राजेन्द्र महर्जनसहित मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्कासमेतले प्रशंसापत्र प्रदान गरेका थिए ।
मन्तव्यको क्रममा मेयर रमेश महर्जनले नेपाल सम्वत र दीपावलीको अवसरमा सवैलाई भिन्तुनाको सन्देश दिंदै शंखधर साख्वाःको योगदानको चर्चा गरेका थिए । हुन पनि साख्वाःको योगदान नेपाली भूमीका लागि अविस्मरणीय र मननयोग्य भएकोले वर्तमान सन्दर्भमा त्यस्ता व्यक्तित्वको अझै अपरिहार्य भएको महशुस गर्न सकिन्छ ।
राज्यद्वारा भाषा हक हित र अधिकारका लागि गत वर्षहरुमै कानूनी रुपमा नेपालभाषाको लागि आवश्यक पहल भैसकेको हुनाले अबका दिनमा सवैपक्षबाट मात्र कार्यान्वयनको जरुरत परेको ठान्न सकिन्छ । 
कार्यक्रममा वडाध्यक्ष राजेन्द्र महर्जनले पनि भाषा संस्कृतिका लागि आफूहरुमार्फत सवै पक्षले आवश्यक सहयोगी कार्यक्रमलाई भव्य बनाइदिनुभएकोमा धन्यवाद व्यक्त गर्दै भिन्तुना आभार प्रकट समेत गरे । अर्काे वर्षका लागि जिम्मेवारी हस्तान्तरणस्वरुप कीर्तिपुरमा देवढोका परिवारलाई दिइएको थियो ।
कीर्तिपुर गाम्चामा देवकोटाको स्मरण
कीर्तिपुर । सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपाल (२०६८) ले  महाकवि लक्ष्मीप्रसाद देवकोटको १०९ औं जन्मजयन्ती गाम्चाको भागवत कुटीमा कार्तिक २ गते लक्ष्मीपूजाको दिन सम्पन्न गरेको छ ।
प्रमुख अतिथि सिनासका लेखक पेशल निरौलाले सो अवसरमा नेवार,  लिम्बु, मगर, खस आदिको संस्कृति हरायो भने नेपालको संस्कृति नपुग हुने बताए । उनले जनता जागरण गराउनु नै देवकोटाको सम्मान गर्नु भनी स्पष्ट पारे । कार्यक्रममा छिमेकी देश भारत बेलायत र मुगलबाट बलात्कृत भई शासित भएको देश भन्दै नेपाल काली, सरस्वती र कुमारीबाट रक्षार्थ भई कुमारीत्व जोगाएको स्वाधिन देश भएको दावी गरे । नेपाली राष्ट्रियताको लागि अब पनि विभिन्न जातिहरुलाई उठाउन नसके देश पराधिन हुन सक्ने संकेत गरे । 
राष्ट्रिय एकताको लागि पृथ्वीनारायण शाहको जातिय विविधता र अनेकतामा सवैको एकता गाँसिएको देशलाई संस्कृतिले बचाउन सक्ने तर्क राखेका थिए  । उक्त कार्यक्रममा अर्जुन महर्जन, पवन बुढाथोकी, विष्णु रुपाखेती र त्रिलोचन समस्त जस्ता सहभागीहरुले महाकवि देवकोटाको बारेमा कविता वाचन गरेर स्मरण गरेका थिए ।
संयोजक ध्रुव वस्नेतले सो अवसरमा नेपाल सम्वत, तिहार, छठको शुभकामना दिंदै हिमाल पहाड र तराईलाई एकताको सुत्रमा बाँड्ने पृथ्वीनारायण शाहको योगदानलाई सम्झन राष्ट्रिय एकताका लागि देवकोटा मात्र होइन अन्य सवै पक्षका व्यक्तित्वहरुलाई समेत एकैठाउँमा जोरजाम् गरी व्यवस्था गर्न अनुरोध गरेका थिए । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बाँनियाको समेत उपस्थिति रहेको थियो ।
मधुसुदन ढुंगानाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा सभालाई समापन मन्तव्य दिंदै एकताको महत्वबारे बोल्नुभएको थियो । उहाँले सद्भावको आवश्यकता र आजको सन्देशबारे स्पष्ट पार्नुभएको थियो ।

सम्पादकीय
कीर्तिपुरमा अनुगमन निरन्तरताको प्रश्न
देशको संघीय संरचनाको माहोलमा हरेक नयाँ कदमहरु जनताका लागि नौलो हुने र त्यो नौलो कामबाट नौलो आशा पलाउने स्वभाविक प्रक्रिया हो । 
चाडपर्वको बेलामा गरिने फाट्टफुट्ट अनुगमनले व्यापारीहरुलाई एकछिनको सजगता ल्याएता पनि कालान्तरमा यस्तै त हो नि भन्ने प्रभाव परिसकेको सन्दर्भमा कीर्तिपुरमा हालै गरिएको अनुगमनको सह््राहना गर्दै जनसमुदायले निरन्तरताको माग गरेको छ ।
अनुगमनको निरन्तरताबाट जनसमुदायलाई धेरै कुरामा फाइदा हुनेछ ।
व्यापारीहरुले म्याद नाघेको सामग्रीलाई विक्री गर्ने र राम्रो गुणस्तरीय सामानमा नराम्रो चीजको मिसावटबाट फाइदा लिने नराम्रो प्रथाको अन्त्यको लागि अनुगमन निकै 
प्रभावकारी कदम हो । यसो हुँदा हुँदै पनि सम्वन्धित पक्षले एकचोटी त हो नि भनी प्रशय दिने बानी गर्दै जाँदा भविष्यमा नराम्रो असर पर्ने संभावनालाई ध्यानमा राख्दै अनुगमनको नीति बनाइनु पर्ने हुन्छ ।

जनताको अगुवाई र कीर्तिपुर नगरपालिकाको समन्वयमा यस्ता काम कार्यवाहीलाई अगाडि बढाउने हो भने अनुगमन थप प्रभावकारी हुनेमा दुई मत नहोला । यसमा थप सक्रियता भने अझै खाँचोछ ।
Read the full issue at:
https://drive.google.com/open?idhttps://drive.google.com/open?id=0B9JEXlAZ63G1WjFhQm5ZNFlpZVk=0B9JEXlAZ63G1WjFhQm5ZNFlpZVk

Saturday, October 21, 2017

पाँगा महिला बचत अब स्वावलम्बन बन्दै
कीर्तिपुर महिला सहकारीको नेतृत्व लिन मेयर र उपमेयरको सल्लाह
पाँगा बचत तथा ऋण सहकारीद्वारा आयोजित समारोहमा मेयर उपमेयरसँगै सम्मानित व्यक्तित्वहरु
गरिन्छ । विश्व जेष्ठ नागरिक दिवस मनाउनुको मुख्य उदेश्य जे
कीर्तिपुर । मेयर रमेश महर्जनले प्रेरणास्वरुप बोल्दै पाँगा बचत तथा ऋण सहकारी संस्थालाई कीर्तिपुरकै नेतृत्वदायी संस्थाका रुपमा आउन सल्लाह दिए । उपमेयर सरस्वती खड्काको इच्छा पनि त्यस्तै रहयो । मन्तव्यका क्रममा मेयर महर्जनले आफूलाई वाँसुरीको धुनबाट स्वागत गर्ने दुवै खलःलाई पेशाकै रुपमा बाँसुरी अपनाए अझै राम्रो हुने सल्लाह दिए । उनले आफू पनि थाँबाहा दाफा खलःको तर्फबाट पेशागत रुपमै 
बाँसुरी बजाउँदै हिंडेको स्मरण गरे । नेपाल सरकारसँग सहकारी कर उठाउन पाउने अधिकार प्राप्त भए सहकारीसँग लिएको कर फिर्ता गर्ने बचन दिंदै पाँगा महिलालाई नपाबाट सहयोग रहने बचन समेत दिए ।
विशेष अतिथि उपमेयर खड्काले पनि कीर्तिपुर नगरपालिकाद्वारा गरिरहेका विविध क्रियाकलापबारे जानकारी दिइन् । उनले सामाजिक र भौतिक विकासका लागि कीर्तिपुर नपा तयार रहेको बताइन् । कार्यक्रममा हाकुपतासी र रातो ब्लाउजमा सजिएका पाँगाका महिलाहरु आ–आफना बचत संस्थाहरुको प्रतिनिधित्व गर्दै यही शनिवार पाँगा पार्टी भेन्युमा भेला भएका थिए । उनीहरु सवैजसो ११ समूहका महिला प्रतिनिधिहरु हुन् । आर्थिक संकलनका सवालमा ज्वजलपा महिला समूहका १३९ जना, लूःनिभा मिसा पुचःका ८० जना, पवित्र महिला समूहका १३७ जना, न्हूजः आमा समूहका ९१ जना, जयसन्तोषी माँका ६० जना, पलिस्था मिसाः पुचःका ५१ जना, बालकुमारी महिला समूह “ख”का ५८ जना,  बालकुमारी महिला समूह “क”का २७ जना, हिसी मिसा पुचःका १०९ जना, शंखापुर माँः पुचःका ४३ जना, विष्णुदेवी महिला समूहका ४० जना, र्कीिर्तपुर आवास महिला समूहका १४ जना र महिला सुरक्षित स्थानका १८ जना गरी जम्मा ८६७ जना महिलाहरु का कारोवार गर्दै आएका पाँगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको दशौं वर्ष पार गर्दै दशमीकै तिथि पारेर विशेषत पाँगाका ११ समूहका महिलाहरुलाई एकैठाउँमा भेला गराउन सफल भए ।
उनीहरुले यसपालि संस्थालाई स्वाबलम्वन बनाउने नीतिलाई घोषणा गरे । संस्थाको आफ्नै स्वामित्वको जग्गाका लागि २० लाख बैनासमेत दिइसकेको अध्यक्ष विना महर्जनले जानकारी दिइन् । उनीद्वारा प्रस्तुत प्रतिवेदनमा संस्था आर्थिक, सामाजिक र साँस्कृतिक पक्षको विकासका लागि स्थापना भएको भन्दै आ.व. २०७३÷०७४ मा गरिएका विविध कार्यक्रमहरु उल्लेख गरिएका थिए । साथै अध्यक्ष महर्जनले सदस्य तथा समुदायका लागि स्वास्थ्यसम्वन्धी कार्य गर्ने, तालिम संचालन गर्ने, आर्थिक उपार्जनका लागि विविध कारोवारका कार्यक्रमहरुसहित संस्थाको 
आन्तरिक व्यवस्थापन समेतको कार्ययोजनाकालाई भावी कार्यदिशाको रुपमा प्रस्तुत गरिन् ।
चन्द्रमाया महर्जनको उद्घोषण तथा मनदेवी महर्जनको स्वागतमा भएको उक्त साधारणसभाको पहिलो चरणमा ढोकासी र देउखेलका बाँसुरी खलःको संलग्नतामा मंगलधुन बजाउँदै कीर्तिपुर नगर प्रमुख एवं प्रमुख अतिथि रमेश महर्जन र विशेष अतिथि सरस्वती खड्काद्वारा पानस बाली कार्यक्रमको उद्घाटन गरिएको थियो ।
साधारणसभामा संस्थाद्वारा ६ फरक फरक विधामा सम्मानित गरिएको थियो । पाँगा देउखेल निवासी ८८ वर्षिय गोविन्द महर्जनलाई सो अवसरमा बाँसुरीको मंगलधुन बजाएर प्रमुख अतिथि, विशेष अतिथि र पदेन सल्लाहकार तथा संस्थाका अध्यक्षसहितको संलग्नतामा सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरिए । त्यसैगरी स्थानीयतहमा निर्वाचित सोही संस्थाका सदस्यहरु सानुमैया महर्जन, सरस्वती परियार, रुकु विकलाई पनि कार्यकालको सफलताको कामनाकासाथ पदेन सल्लाहकार मेनुका महर्जन र अध्यक्ष विना महर्जनले सम्मान गरेका थिए । सोही कार्यक्रममा पवित्र महिला समूहका गणेशमाया महर्जनलाई जेष्ठताको आधारमा प्रायोजक एवं अध्यक्ष विना महर्जनले सम्मान गरिन् । एसइइ परीक्षामा उत्कृष्ट हुने दुई विद्यार्थीलाई दिइने पुरस्कार अन्तर्गत यस वर्ष छात्रतर्फ सदिन महर्जन र छात्रातर्फ पलिस्था महर्जनलाई पुरस्कृत गरिएको थियो । सोहीसभामा खुत्रुके बचततर्फ विमला महर्जन र रुपेश महर्जन सम्मानित भएका थिए ।
साधारणसभाको  सफलताको लागि उपस्थित अतिथि एवं सल्लाहकारहरु कीर्तिपुर फोहर व्यवस्थापनका निर्देशक सरबकुमार महर्जन, पाँगा माविका निर्देशक रमेशमान महर्जन र प्राचार्य श्यामसुन्दर महर्जन, वातावरण संरक्षण समाजका शंकर डंगोल,   ब्लु वेस्टका निर्देशक नविनविकास महर्जन , फेक्ट नेपालका डा. भरत प्रधान, सामुदायिक महिला सहकारी मंचका सुदर्शन दर्शन धारी, होमनेट नेपालका ओम थपलिया र कीर्तिपुर नपा वडा नं. ८ का वडाध्यक्ष विनोद महर्जनले शुभकामना मन्तव्य दिएका थिए ।
कीर्तिपुरमा दृष्टि दिवस मनाइयो
कीर्तिपुर । त्रिभुवन विस्वविद्यालय र नेपाल नेत्रज्योती संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र ताहाल्चा तिनकुनेको संयुक्त आयोजनामा यही २६ गते विहिवार अस्पताल परिसरमा विस्व दृष्टि दिवस २०१७ मनाइयो ।
विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कीर्तिपुरका विद्यालयका प्रिन्सिपलहरुको उपस्थितिमा संघका महासचिव श्यामकुमार पोखरेलको सभाध्यक्षतामा दृष्टिको महत्वसम्वन्धी जानकारी गरिएको थियो । सभाध्यक्ष पोखरेलले दृष्टिको महत्व बताउन विद्यालयबाट सचेतना कार्यक्रम शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
सचिव भरतचन्दद्वारा स्वागत गरिएको सो कार्यक्रममा दृष्टिकोे महत्वलाई उजागर गर्न विद्यालयका विद्यार्थीबाट थालनी गर्नुपर्नेमा जोड दिइएको थियो । 
कार्यक्रममा महासचिव शैलेसकुमार वस्नेतले अस्पतालसम्म विरामीलाई ल्याउन चुनौति भैरहेको बारे जानकारी दिए । उनले दृष्टिको महत्व बुझौं यसवर्षको दृष्टि दिवसको नारा भन्दै सरकारी निकायको तुलनामा निजीमार्फत आँखा क्षेत्रमा राम्रो योगदान भैरहेको तथ्य पनि उजागर गरे । भारतले समेत प्रशंसा गर्दै आइरहेको आँखा उपचार पक्षलाई नमूना बनाउनको लागि थप प्रयास गर्नुपर्नेमा महासचिव वस्नेतको जोड थियो ।
शुभकामना दिने क्रममा जनसेवा माविका निमित्त प्रअ दुर्गावहादुर महर्जनले विद्यालयमा वेला बेलामा दृष्टिसम्वन्धी कार्यक्रम भैरहेकोमा अझै थप कार्यक्रमको आवश्यकता रहेको औंल्याए । त्यसैगरी लायन्स क्लबको तर्फबाट रविन्द्रवहादुर प्रधानले विगतमा आँखासम्वन्धी थुप्रै शिविरहरु सम्पन्न गरिसकेको र अझै पनि योगदान दिन तयार रहेको बताए ।
सोही अस्पतालका डा. विनिता शर्माले समुदायको सहयोगबाट मात्रै आँखासम्वन्धी समस्या समाधान गर्न सक्ने बताइन् । उनले अन्य क्षेत्रमा भन्दा कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रमा कीर्तिपुरवासीका लागि सर्वसुलभ सेवा हुने बताइन् । 
संघका प्रा.डा. घनश्याम भट्टराईले दृष्टिको सवालमा कीर्तिपुरलाई पहिलो प्राथमिकता दिएको भन्दै समुदायबाट सहयोग गर्न आव्हान गरे । आँखाको चोट सहेर बस्न नहुने, बेलैमा अस्पताल ल्याउनुपर्ने भन्दै उनले अस्पतालबाट कार्डको व्यवस्था गरेर औषधि उपचारको सेवाका साथै विरामीसम्वन्धी अध्ययन गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा पाँगा मावि, हिलटाउन मावि र उज्ज्वल शिशु निकेतनका प्रिन्सिपलहरुसमेत उपस्थित 
रहेका थिए ।
कीर्तिपुरमा मुटु प्रतिष्ठानबारे छलफल
 नेपाल हृदयरोग निवारण प्रतिष्ठान कीर्तिपुर शाखाको पहलमा यही शनिवार कृष्ण क्याटरिङको गोदावरी हलमा दीपावली चियापानको आयोजना गर्दै हृदयरोग प्रतिष्ठानका विविध पक्षहरुबारे छलफल गरियो ।
संयोजक निलकण्ठ अमात्यले सो अवसरमा कीर्तिपुरमा हृदयरोग प्रतिष्ठानको आवश्यकता र महत्वबारे बोल्दै सहभागीहरुलाई दीपावलीको शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा प्रा.डा.रामकृष्ण महर्जनले शुभकामना मन्तव्यको क्रममा मुटु रोगबाट कसरी बचाउन सकिन्छ भन्नेबारे सुझाव पेश गरेका थिए । त्यसैगरी पूर्वराज्यमन्त्री दिलिप महर्जनले पनि आवश्यकता हुँदा हुँदै पनि निरन्तरताको खाँचोमा बढी सजग हुनु पर्ने बताए । ९ नं. वडाध्यक्ष गंगाराम महर्जनले आफनो वडामा मुटुको प्रतिष्ठान हुन लागेकोमा खुशी व्यक्त गर्दै जनचेतनाको लागि थप पहल गर्न सुझाव राखे । मुटु रोगसँग चिरपरिचित रत्नवहादुर महर्जनले प्रतिष्ठानको थप महत्व स्पष्ट पार्दै आफनो जीवनभर कुनै तरिकाले प्रतिष्ठानको सहयोगको लागि प्रतिवद्धता जनाए । साथै उनले नयाँबजार क्लबको एम्बुलेन्स पनि आफ्नै नेतृत्वपालामा समुदायबाट रु. १०० को दरले उठाएर संचालन मा ल्याएको स्मरण गरे ।
सोही कार्यक्रममा सावित्री महर्जनले विगतमा आफनो पितालाई भएको मुटुको समस्याको घटना सुनाउँदै विद्यालयका विद्यार्थीहरुलाई जनचेतना फैलाउनु पर्नेमा जोड दिइन् । केशमुनी बज्राचार्यले पनि स्काउटको बेलामा विद्यार्थीहरुलाई सिकाउन पनि जनचेतना आवश्यक रहने बताए । इ. दुर्कमान महर्जनले सवैलाई डाक्टर बनाउने अभियान थाल्न सके मुटु रोगबाट बेलैमा बचाउन सकिने धारणा राखे । लिला साहीले उपचारै महंगो हुने मुटु रोगको सजगताको लागि कीर्तिपुरमा प्रतिष्ठान आउनु स्वागतयोग्य भएको बताए ।
कीर्तिपुर बास्केटबल एकेडेमीद्वारा आयोजित वडास्तरीय बास्केटबलको मेयर रमेश महर्जनद्वारा उद्घाटन

https://drive.google.com/open?id=0B9JEXlAZ63G1elpIekYwYmliVmM
Read the full issue at:
https://drive.google.com/open?id=0B9JEXlAZ63G1elpIekYwYmliVmM

Wednesday, October 11, 2017

पाँगामा जेष्ठ नागरिकहरुको सम्मानका साथ
सहयोगीदातालाई प्रमाणपत्र वितरण
Senior citizens of Ward 5 and 8 of Kirtipur Municipality honored in Panga, Kirtipur

हरेक अगस्ट २१ का दिन अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । हुन त सन् १९८८ को समयदेखि नै यस विषयमा चर्चा हुँदै आएको हो । अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनको पालामा यस विषयलाई मुख्य विषयका रुपमा चर्चा गरिएको हो ।
सन् १९९० को १४ तारिखमा पहिलोपटक यस सवाललाई संयुक्त 
राष्ट्र संघको साधारणसभामा प्रस्तावित गरिएको थियो । सन् १९९१ को अक्टोवर १ देखि विदा समेत मनाइएको थियो । वास्तवमा यो दिन जेष्ठ नागरिकका विविध सवालहरुको बारेमा चिन्तन मनन गर्दै चेतना प्रवाह गर्ने दिनका रुपमा मनाइन्छ ।
यस दिन जेष्ठ नागरिकका उत्कृष्ट योगदानहरू र उनीहरुका विविध समस्यामा केन्द्रित रहेर समाधानका उपायहरु समेत सुल्झाउने प्रयास 
गरिन्छ । विश्व जेष्ठ नागरिक दिवस मनाउनुको मुख्य उदेश्य जेष्ठ नागरिकको अवस्थाबारे चेतना फैलाउनु हो । यस प्रयासले एकातिर जेष्ठ नागरिकहरुको समस्या पहिचान भै समाधानका बाटाहरु निकाल्न मदत मिल्नेछन् । साथै जेष्ठ नागरिकहरुले सन्तानका निम्ति गरेका राम्रा कामका लागि धन्यवाद दिन र अरुलाई समेत प्रेरित तुल्याउन लाभदायी हुनेछन् । परिवारमा आपसमा भएको माया ममता र श्रद्धा भक्तिका साथै राज्यको  वृद्धवृद्धाहरुप्रतिको दायित्वबारे स्मरण गराउनु पनि विश्व जेष्ठ नागरिक दिवस मनाउनुको उदेश्य हो ।
हरेक वर्ष जेष्ठ नागरिक दिवस मनाउँदा कुनै न कुनै उदेश्यका साथ मनाइने गरिन्छ । सन् २०१७ मा वृद्धहरुको सहभागिता र योगदानको पहिचान गर्दै भविष्य उन्मुख होऔं भन्ने नारा तय गरिएको थियो भने सन् २०१८ को नारा विद्यमान समाज÷समुदायमा जेष्ठ नागरिकहरुको योगदान र सक्रियता अनि त्यसलार्ई विस्तार गर्नु हो । यसैकारण विभिन्न संघ संस्थाहरुको सहयोगमा त्यस्ता वृद्ध वृद्धाहरुको रेखदेखलाई ध्यानमा राख्दै दिवा सेवा केन्द्र होस् या जेष्ठ नागरिक सेवा केन्द्र होस् आ–आफनो ठाउँबाट सेवा गर्न कदापी चुकाउनु हुँदैन । उनीहरुको अनुभव समाज, परिवार र राष्ट्रका लागि निकै नै उपयोगी हुने कुरामा दुईमत नहोला । बरु उनीहरुको यावत पक्षबारे अनुसन्धान नै गर्न सके राष्ट्रका लागि बलियो टेवा मिल्ने विश्वास गर्न सकिन्छ ।
विभिन्न देशमा भिन्न भिन्न तरिकाले मनाइने सन्दर्भमा नेपालमा पनि विभिन्न संघसंस्थाहरुले आ–आफनै 
तरिकाले विश्व जेष्ठ 
नागरिक दिवस मनाएका छन् । कीर्तिपुर पाँगास्थित जेष्ठ नागरिक सेवा केन्द्रले असोज १५ गते एक भव्य कार्यक्रमको आयोजना गरी वडा नं. ५ र ८ का निश्चित भिम
रथारोहण गरिसकेका 
(आजिवन सदस्य मात्र) लाई सम्मान गरेको हो ।
प्रमुख अतिथि बनेका खेलकूद मन्त्री राजनकुमार केसी र कीर्तिपुर नगरपालिका उपप्रमुख सरस्वती खड्काको उपस्थितिमा जेष्ठ नागरिकहरु २१० जनाको सम्मान र भ्रमणमा लाने १३ जना सहयोगीलाई प्रमाणपत्र 
वितरण गरिएको हो ।
प्रमुख अतिथि केसीले सो अवसरमा एक लाख नगदबाट वृद्धहरुका निम्ति कसरत उपयोगी सामग्रीको व्यवस्था गरि दिने प्रतिबद्धता व्यक्त 
गरेका थिए भने उपप्रमुख खड्काले बजेट व्यवस्थापनका लागि सूचिकृत गर्न सुझाव 
दिएका थिए । साथै उनले जेष्ठ नागरिकका लागि निःशुल्क औषधि वितरण गर्न लागेकोबारे जानकारी दिइन् ।
कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाकुमारी महर्जनको सभाध्यक्षता र हिरादेवी महर्जनको स्वागतमा पूर्व
राज्यमन्त्री दिलिप महर्जन, डेढलाख नगद दिने बचन दिएकी सभासद् रुपा महर्जन, सुलक्षण विहारका डा. अनोजा गुरुमा, एक लाख नगद दिने अक्षयकोष दाता कृष्णहरि महर्जनलगायतका अतिथिहरुबाट शुभकामना मन्तव्यका साथ कार्यक्रम सम्पन्न गरिएको थियो ।
विदेशको कुरा गर्दा भारतमा नेपालमा जस्तै विभिन्न संघसंस्थाहरुको सक्रियतामा जेष्ठ नागरिकहरुको सम्मानको लागि कार्यक्रमको आयोजना गर्ने र सम्मान गर्ने अनि सरकारको तर्फबाट योगदान पु¥याउने विशिष्ट महानुभावहरुको कदर गर्ने गरिन्छ । त्यसैगरि विद्यालयतिर जेष्ठनागरिकहरुलाई निमन्त्रणा गरी सम्मानका साथ भोजन गराउने चलन छ ।
अमेरिकामा भने छुट्टिएर बसेका सवै परिवारजन एकै ठाउँमा भेला भएर जेष्ठनागरिकको सम्मान गर्ने र राष्ट्रका निम्ति पु¥याउन सक्ने योगदानबारे छलफल गर्ने 
गरिन्छ ।
अस्ट्रेलियामा जेष्ठनागरिक दिवस मनाइँदा भोजनका साथसाथै उनीहरुलाई वर्षाैसम्म हेरविचार गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्ने र सद्भाव प्रकट गर्ने गरिन्छ ।
आयरलैण्डमा सो दिन बालबालिकाहरुलाई वृद्धहरुको सम्मानबारे शिक्षा दिइन्छ भने भोजनका साथ चन्दा प्रदान गर्ने र जेष्ठ नागरिक नभएका 
परिवारजनप्रति भाव प्रकट गर्ने समेत गरिन्छ । साथै वृद्धवृद्धाहरुका निम्ति उपहारहरु प्रदान पनि गर्ने गरिन्छ ।
समग्र समाज विकासका लागि भनी वृद्धहरुको सम्मानमा विभिन्न शुभकामना कार्ड प्रदान गर्दै, पिकनिकको आयोजना गर्दै दक्षिण अफ्रिकामा विस्व जेष्ठ नागरिक दिवस मनाइने गरिन्छ । यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरी एक आपसमा शुभकामना साट्दै ठूलाप्रति सद्भाव प्रकट गरिन्छ ।
न्युजिलैण्डमा वृद्धहरुको सम्मानार्थ कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गर्ने र रमाइला कार्यक्रमसमेत सम्पन्न गर्ने गरिन्छ ।
युकेमा पनि वृद्धहरुको सम्मानमा गिफ्टहरु प्रदान गर्ने र शुभकामना साट्दै भोजनको व्यवस्था गर्दै विश्व वृद्ध दिवस मनाइने गरिन्छ ।
जेष्ठनागरिकको सम्मानमा सामुहिक भोजनको व्यवस्थाले उनीहरुमा एक खालको उत्पे्ररणा जाग्छ । अनि त्यही मौकामा उनीहरुको विद्वताको प्रयोगलाई ख्याल गर्नुपर्ने हुन्छ । नयाँ पिढींका लागि उनीहरुको सन्देश निकै फलदायी हुन सक्छ । सामुहिकताले एक्लोपनको हिन भाव टाढा भाग्छ अनि उनीहरुलाई गरिने मायालु वातावरणले सम्वन्धमा थप गाढापन बढ्ने हुन्छ ।
वर्तमान समयमा एकात्मक 
परिवारको विगविगले जेष्ठनागरिकको हेरचाहको खाँचो थप पुष्टि भएको छ । उनीहरुको सुखदुखमा रमाउन सक्ने स्वयंसेवकहरुको संख्या निकै नगन्य हुन्छ । जसले 
जसरी सेवामा आवद्ध भएका छन्, तिनीहरु साँच्चिकै महान् हुन्, उनीहरुको जयजयकार अवश्य गर्नेछन् । व्यवहारिक जीवन निकै कठिन छ । आर्थिक लाभ नै सवथोक होइन तर आर्थिक नभई पनि हुँदैन । हुनेले वा सक्नेले गच्छे अनुसार सहयोग गर्ने बानी भयो भने अक्षयकोष स्थापना गरेर हुन्छ वा अन्य अनुदान प्राप्त गरेर हुन्छ वा सदस्यबाटै उपलब्ध गराएर हुन्छ, सेवा केन्द्रको निरन्तरतामा खुशी, माया, एकता, समाज, समुदाय, मनोरञ्जन सवै उपलब्ध हुन्छ । एकदिनको सम्मान र मनोरञ्जन भन्दा पनि वर्षैदिन उनीहरुका लागि विशेष दिन गर्न सके सच्चा श्रद्धा र सम्मान हुन जान्छ ।

दशैं एक विचार भावना अनेक
कीर्तिपुर । दशैं नेपालीहरुको महान् चाडको रुपमा लिने गरिएको सर्वाधिक लामो विदा हुने पर्व हो । यसैलाई लक्षित गर्दै आजभोलि परम्परा भन्दा फरक तरिकाले दशैंलाई मनाउने गर्दै आएका छन् । दशैंसम्वन्धी विचार पनि आ–आफनै खालको रहेको हुनाले यस सम्वन्धी विभिन्न व्यक्तित्वहरुको विचार संकलन गर्ने काम कीदले यस हप्ता प्रयास गरेको छ ।
जनक साउद (विद्यार्थी)
उपत्यका बाहिरबाट कीर्तिपुरमा आई लामो समयदेखि अध्ययन गरिरहेको छु । यसपालिको दशैंमा घर गइन । यतै साथी भाइहरुसँग मिलेर दशैं मनाइयो । रमाइलै भयो । गाउँमा भए आफन्तकहाँ गइन्थ्यो । यहाँ त्यस्तो भएन । कीर्तिपुरको दशैं मेलामै 
रम्यौं ।

ललेन्द्र शाक्य (पत्रकार)
दशैं मनाउने सन्दर्भमा खासै परिवर्तन छैन । दशैं मनाइँरहदा हुने खाने र नहुनेवीचको खाडल बढिरहेको अनुभव गर्न सकिन्छ । हुने खानेको घमण्डी व्यवहारले नहुने वर्गलाई अलि 
अप्ठेरो पार्दै लगिरहेको अनुभव गर्न सकिन्छ ।
वास्तवमा दशैं अराजक बन्ने कुनै साधन होइन तर राज्य झैं जनता पनि अराजक हुँदै आएको देखिन्छ । आउँदा दिनहरुमा जनताले यस 
कुरामा पक्के सचेतता अपनाउनु पर्ने देखिन्छ ।

विना महर्जन (शिक्षक)
दशैं यसपालि राम्रो भएको छ । परिवारसँगको घुमघामले निकै रमाइलो भएको छ । हुन त दशैं भनेकै परिवारजनसँगको भेटघाटको समय हो ।

अर्जुन महर्जन (समाजसेवी)
फुर्सदको समयमा सवै मिलेर खुशियाली छाउने गरी शक्तिको आराधना गरी मनाउने पर्व नै दशैं हो । यस अवसरमा सवैलाई सुख, शान्ति र समृद्धिका साथै सद्बुद्धिको लागि आशिर्वादको कामना गर्न चाहन्छु ।

धर्म महर्जन (व्यापारी)
परिवारका साथ घुमेर साइक्लिङ्ग  गरेर दशैं मनाएँ । पहिला भए तास खेलिन्थ्यो तर यसपालि फरक ढंगले मनाइयो ।
कीर्तिपुरमा कृषि ज्ञान बाँड्दै प्रोलिन्नोभा
कीर्तिपुर । प्रोलिन्नोभा नेपाल एक गैरसरकारी संस्था हो । यस संस्थाको समन्वयमा सिक्ने र सिकाउने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम गर्दै सरोकार सवैपक्षसँग कृषि ज्ञान हस्तान्तरण प्रक्रियामा विगत लामो समयदेखि स्थानीय कृषि अन्वेषणको कार्यमा लाग्दै कीर्तिपुरमा दोश्रो पल्ट यही १९ गते राराहिल मेमोरियल स्कूल कीर्तिपुर र प्रोलिन्नोभा नेपालको संयुक्त आयोजनामा नेपालमा कृषि शिक्षा र कृषि विकासको लागि स्थानीय अन्वेषण विषयक सेमिनार सम्पन्न भएको छ ।
प्रोलिन्नोभा नेपालका कन्ट्रि कोर्डिनेटर एवं कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. धर्मराज डंगोलले कार्यक्रमको बारेमा स्पष्ट पार्दै आपसी सचेतनामा कृषि ज्ञानको प्रचारप्रसारलाई सवै पक्षसँग पु¥याउन सके मात्र विषयवस्तुको महत्व अझ फराकिलो हुने बताए । उनले आ–आफनो पहलमा कृषि ज्ञानलाई रुपान्तरण गर्न सके आपसी सम्वन्ध बढ्ने र एक आपसको चिनाजानीको लागि पनि उक्त कार्य आवश्यक भएको औंल्याए । कीर्तिपुरमा कृषिसम्वन्धी आँकडा नभएकै कारण पहलको 
जरुरी भएको भन्दै उनले कलंकीमा अब हिकासको कार्यालय आएपछि कृषिसम्वन्धी थप कार्य गर्न सहज हुने बताए । साथै आफूले पनि सकेको सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा कृषि शिक्षासम्वन्धी सरिना महर्जनले र स्थानीय कृषि अन्वेषणसम्वन्धी दिक्षा महर्जनले प्रस्तुत गरेका अध्ययन प्रतिवेदनमाथि सहभागीहरुले आ–आफना विचार समेत पोखेका थिए । यसरी विचार पोख्नेहरुमा शेषनारायण, नारायण महर्जन, जुजुभाइ महर्जन, जगत महर्जन, सुरेसचन्द्र गिरी, शिव गिरी, देवराज महर्जन र दिपक डंगोल रहे ।
वरिष्ठ पत्रकार एवं समालोचक   राजेन्द्र महर्जनले आफू पनि लामो समय कृषिसँग सम्वद्ध रहेको बताउँदै फरक पेशा अपनाउन वाध्य भएको बताए । उनले कृषि पेशालाई समाज र राज्यले राखेको प्राथमिकताको आधारमा निरन्तरता हुने वा नहुने भन्ने टुंगो लाग्ने बताए । कृषि ज्ञानलाई विद्यालय र क्याम्पसमा भित्र्याउने वा शिक्षकका रुपमा भूमिका निभाई लेक्चरको माध्यमबाट कृषिशिक्षा हस्तान्तरण गर्न सकिने बताए । यस सन्दर्भमा समालोचक महर्जनले 
राराहिल स्कूल र प्रोलिन्नोभाको पहल सकारात्मक भएको भन्दै माटो भन्नासाथ मानिसको सोचाई मा फोहर भन्ने चिन्तनलाई हटाई त्यसको उर्वरता एवं उत्पादनको महत्व बुझाउन सके कृषिको महत्व पनि त्यसैगरी बढ्न जाने तर्क राखे ।
विद्यालयका अध्यक्ष तुलसीदास महर्जनको सभाध्यक्षतामा भएको सो कृषि ज्ञान रुपान्तरण कार्यक्रममा उनले नयाँ पुस्ताद्वारा थालनी गरिएको कृषि ज्ञानलाई अब निर्वाहमुखी भन्दा पनि व्यवसायिकतामा बदल्दै अगाढि बढ्नुपर्नेमा जोड दिए । कृषि पेशामा अद्यावधि चुनौति भएको स्विकार्दै स्वस्थ जीवनका लागि कौशी खेती गर्नुपर्ने बताए  परिवर्तित राजनीतिक सन्दर्भमा राज्यको काम लगानी र प्रविधितर्फ हुनुपर्ने भन्दै अध्यक्ष महर्जनले आफनो विद्यालय कृषि शिक्षाका लागि हरदम तयार भएको प्रतिबद्धता जनाए । साथै उनले दबाव दिनकै लागि भएपनि संस्थाको आवश्यकता भएको स्विकारे ।
कार्यक्रमको संचालनमा दिपा महर्जनले सहयोग गरिन् भने बालकृष्ण महर्जनले भौतिक सहयोग गरेका थिए ।

Read the full issue at:
https://drive.google.com/open?https://drive.google.com/open?id=0B9JEXlAZ63G1UVJpYmpoTFVGRGchttps://drive.google.com/open?id=0B9JEXlAZ63G1UVJpYmpoTFVGRGc

Leave us a comment