Monday, December 25, 2017

सोफेस नेपालको चौधौं साधारणसभा सम्पन्न
छात्रवृत्तिको सट्टा विद्यालयलाई खेलसामग्री प्रदान गरिने
14th AGM inaugurating by prof.dr. krishna prasas gautam (dean)

कीर्तिपुर । सोफेस नेपालले  आगामी वर्षदेखि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुको सट्टा विद्यालयलाई खेलकूद सामग्री प्रदान गरिने भएको छ ।
आइतबार कीर्तिपुर माविको हलमा भएको सोफेस नेपालको चौधौं वार्षिक साधारणसभामा उक्त निर्णय भएको हो । सभाले समाजको यथेष्ट कोषको निर्माणभएपछि नेपालका विभिन्न विकट जिल्लाहरुमा समेत खेलकूद सामगी वितरण गर्ने योजना बनाउने भएका छन् । त्यसको लागि इच्छुक दाताहरुको खोजी कार्य गर्दै प्रायोजन अनुसारको ठाउँ छनौटको आधारमा सामग्रीहरु आफना सदस्यहरुमार्फत नै वितरण गरिने बताइएको छ । सोही सभामा अध्यक्ष प्रा.डा.रामकृष्ण महर्जनको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन्दकुमारी महर्जनको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
खुल्ला शेशनमा प्रमुख अतिथि प्रा.डा. कृष्णप्रसाद गौतमले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्दै सोफेस नेपालको छात्रवृत्तिको नगद रकम विभिन्न विद्यालयका प्रिन्सिपलहरुलाई हस्तान्तरण गर्नुका साथै अंक १३ सोफेस स्मारिकाको विमोचन समेत गरेका थिए । वितरित स्मारिकामा सोफेस गतिविधिसहित दुई नेपाली र दशवटा अंग्रेजी रचनासहित कूल वाह््रवटा रचना समावेश गरिएको छ ।
प्रमुख अतिथि गौतमले सो अवसरमा मन्तव्य राख्दै सोफेस नेपालको कार्यक्रम आफूलाई अति महत्वपूर्ण लागेकोले विषम परिस्थितिका वावजुद पनि आफू सहभागी हुन आएको र संस्थाद्वारा संचालित कार्यक्रमले आफूलाई निकै प्रभावित र खुशी 
पारेको बताए । उनले समाजको कार्यक्रम सानो भैकन पनि उत्कृष्ट, स्वच्छ र पारदर्शी भएको प्रतिकृया दिए । साथै उनलेछात्रवृत्ति पाउने विद्यार्थी तथा विद्यालयलाई शुभकामनासहित बधाई ज्ञापन समेत गरेका थिए ।
स्वागत मन्तव्यको क्रममा कीर्तिपुरमाविका प्रअ बद्रीप्रसाद खनालले सोफेसद्वारा गर्दै आइरहेको शारीरिक शिक्षा तथा खेलकूदसम्वन्धी कार्यक्रमले वरिपरिका विद्यालयले फाइदा पाइरहेको सन्दर्भमा निरन्तरता हुनुपर्नेमा जोड दिंदै सवैलाई स्वागत गरे । उनले आफनो विद्यालयको अवस्था साँघुरोको वावजुद पनि विगतदेखि वर्तमानसम्म सोफेसले विभिन्न खेलकुद सामाग्री प्रदान गर्दै आइरहेको उल्लेख गर्दै यसवर्ष पनि टेबलटेनिस बोर्ड, बल ब्याट प्रदान गरिएकोमा धन्यवाद ज्ञापन समेत गरे ।
मन्तव्यको क्रममा विशेष अतिथि इ. दुर्कमान महर्जनले सोफेस नेपालको कार्यक्रमले स्वास्थ्य तथा शारीरिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई निकै आकर्षण बढाएको छ भन्दै कार्यक्रमको निरन्तरतामा आफू हरदम सहयोगी बन्न तत्पर रहेको बताए । उनले समाजको सहयोगी कार्यक्रमको निरन्तरतामा अन्य विषयकालाई पनि समेट्न सके अझै राम्रो हुने अपेक्षा गर्दै आफू प्राविधिक तर्फको विद्यार्थी भैकन पनि आपनो स्वास्थ्यप्रति सजग रहनुपर्ने वर्तमान समयमा सोफेस नेपालको अझ महत्व बढिरहेको तर्क प्रस्तुत गरे ।
संस्थाका सल्लाहकारहरु माधवलाल महर्जन, प्रा.डा. हुमवहादुर बरुवाल र सुजितकुमार श्रेष्ठले सो अवसरमा पालैपालो प्रमुख अतिथि गौतम, सहनियन्त्रकद्वय विष्णु वाग्ले र पशुपति अधिकारीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सोफेस लिला छात्रवृत्ति प्रा.डा. लोकेन्द्र शेरचनमार्फत सल्लाहकार माधबलाल महर्जन, सोफेस छात्रृवृत्ति दाताहरु नन्दुमारी श्रेष्ठ, विजयकुमार महर्जन, अन्जना थापा, रसता श्रेष्ठ राज्यलक्ष्मी नकर्मी, पुष्प महर्जन, कुलनारायण पुनमाया छात्रवृत्तिका तर्फबाट सुरज महर्जन, प्रभा महर्जन, सुर्जदेवी महर्जन, नन्दकुमारी महर्जनलगायतले वितरण गरको थिए ।
सोही कार्यक्रममा सानुबुक्स एण्ड स्टेशनरी पाँगाका तर्फबाट अमिता महर्जनले एसइइ परीक्षामा औसत सर्वाेत्कृष्ट अंक ल्याउने विद्यालय जनसेवा माविलाई खेलकूद पुरस्कार प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले सरोकार सवै पक्षलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनको कार्यक्रमहरु समेत प्रस्ताव गरे । अध्यक्ष प्रा.डा. महर्जनले आफनो संस्थामार्फत छात्रवृत्ति वितरण, खेलकूद सामग्री वितरण, टेबलटेनिस प्रतियोगिता र वार्षिकरुपमा सोफेस स्मारिका प्रकाशन समेत गर्दै आइरहेको जानकारीसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

छात्रवृत्ति प्राप्त विद्यार्थी तथा विद्यालयहरु
१. अन्जली बल, कीर्तिपुर मावि, कक्षा ९
२. अनिल पुलामी मगर, कीर्तिपुर मावि, कक्षा ९
३. विनोद बोहरा, कीर्तिपुर मावि, कक्षा १०
४. शिला कुमाल, कीर्तिपुर मावि, कक्षा १०
५. अम्बेस्वरी चौधरी, कीर्तिपुर मावि, कक्षा १०
६. रोशन तोलाङगी, गोरखनाथ मावि, कक्षा ९
७. अनिता मगर, गोरखनाथ मावि, कक्षा ९
८. अनिस लम्जेल, गोरखनाथ मावि, कक्षा १०
९. कुस्मिता तामाङ, गोरखनाथ मावि, कक्षा १०
१०. जोनिशा श्रेष्ठ, गोरखनाथ मावि, कक्षा १०
११. सलिना राई, जनसेवा मावि, कक्षा ९
१२. सुरेस मगर, जनसेवा मावि, कक्षा ९
१३. अनिता रुम्बा, जनसेवा मावि, कक्षा १०
१४. विशाल बस्नेत, जनसेवा मावि, कक्षा १०
१५. कोपिला कार्की, जनसेवा मावि कक्षा ११
गठ बन्धन किन गन् गन् भैरहेछ ?
जनताको इच्छा चाहना वमोजिम् जनादेश दिइसकेपछि मनोवैज्ञानिक रुपले दवाव सिर्जना भैरहेको बेलामा शिर्षस्थ नेताहरुवीचको समयाभावलाई आधार मानेर विपक्षीहरुले आतंकित गरिरहेको सन्दर्भमा गठबन्धन एक हिसाबले गन् गन्को स्थितिमा पुगेको आंकलन गर्न सकिन्छ । यथार्थ नहोला किन भने शिर्षस्थ नेताहरुले यतिबेला आ–आफनो तर्फबाट स्पष्टिकरण दिइरहेको छ भने छिट्टै पार्टी एकताको कुरालाई अगाडि बढाइने प्रतिबद्धता पनि  गरिरहेको छ । यही प्रतिबद्धतालाई आधार मान्ने हो भने जनअपेक्षालाई साकार पार्न जनदवावको अतिरिक्त कार्यकर्ताको तर्फबाट पनि नेताहरुलाई दवाव दिनुपर्ने बेला आएको छ । आ–आफनो ठाउँबाट दवाव दिन सके मात्र नेकपा एमाले र नेकपा माओवादी पार्टीको 
एकीकरण प्रक्रियाले मूर्त रुप लिने संभावना रहन्छ । अन्यथा चुनाव अघि गरेको प्रतिबद्धतामा शंकाको घेरा नबन्ला भन्न सकिन्न ।
दूरदर्शी नेताहरु त्यतिबेला मान्न सकिन्छ जतिवेला जनताको चाहना र इच्छा अनुसार विशेषतः नेकपा एमाले र नेकपा माओवादी समर्थित जनताको आँकाक्षा पूरा हुन्छन् । चुनाव भएर महिनौ वित्न लाग्दा पनि गन् गन्को समाचार मात्र बाहिरिंदा जनताको मनमा चिसो पसेको हो । त्यसैले अबको दिनमा कार्यकर्ताको दवावको आवश्यकता जरुरी छ , आआफनो ठाउँबाट वाचा 
गरेको पार्टी एकताको काम छिटो  छरिटो गरी स्थायी सरकार गठनमा जोड दिए मात्र भावी यात्रा सहज र सरल हुने जनताको ठहर छ ।
Read the full issue at:
https://drive.google.com/open?id=1nlVWcbTNEm0z9OKAijO5JXcLBvc4nZ1X

Monday, December 18, 2017

प्राविधिकको प्रदर्शनीले जनसेवामा आकर्षण थर्पिदै
rocket launching
कीर्तिपुर । जनसेवा माविका इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरु प्रदर्शनीका लागि लामो समय अभ्यास गर्दै आखिरपुरै एक दिन प्रदर्शनीका दिन खुव हौसिए र रमाए । कारण थियो आफनो मेहनत र प्रतिभा आफनै साथीहरु र अतिथिहरुका अगाडि निर्धक्क प्रस्तुत गर्न पाएकोमा । भविष्यका कर्णधार इन्जिनियरका रुपमा विविध संरचनाको निर्माण गर्दै आफनो मेहनतलाई सवैका सामु बयान गर्दा , मेडियाका अगाडि प्रस्तुत गर्दा साँच्चिकै ज्ञान, धारणा र सीपले सुसज्जित विद्यार्थीका रुपमा लायक देखिन्थे ।
दोश्रो टेक्निकल प्रदर्शनी कार्यक्रमको उद्घाटनस्वरुप कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले 
रिबन काटेको लगतै रकेट उडाएका थिए भने पाविकेका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पनि जनसेवामै रकेट उडाएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरुले प्रदर्शनी अवलोकन गरेका थिए । त्यसैगरी विभिन्न संघसंस्थाका अतिथिहरुको पनि उपस्थिति रहेको थियो भने विनि मोतिराज खनाल र श्रोतव्यक्ति वासुदेव काफ्लेले पनि विहानै 
सवेरैदेखि विद्यार्थीहरुको कामलाई हौसला दिन विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत अवसर दिनेगरी सूचना आदान प्रदानमा तल्लीन रहेका थिए । सवैले प्रदर्शनी राम्रो भएको टिप्पणी गरे ।
प्रदर्शनीपछि प्रथम तीन स्टललाई उत्कृष्ट घोषणाका लागि भोटिङको व्यवस्था समेत गरिएको प्रदर्शनीका संयोजक शिव श्रेष्ठले बताए ।
विजेता हुने मातिने र हार्ने आत्तिने गर्नु हु“दैन
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी परिणाम आइसकेपछि देश अब समृद्ध राष्ट्रको संघारमा गएको आभाष छ र सवैले आभाषलाई आफनो गन्तव्य बनाउँदै सवैतर्फबाट आ–आफूले सकेको सर–सहयोग गर्ने बानी बसाल्न सक्नुपर्छ । यसो गर्नाले हामी समृद्ध राष्ट्रको पंक्तिमा अवश्य पुग्नेछ ।
यति बेला विजेता हुने मातिने र हार्ने पक्ष आतिने गर्नु हुँदैन । दुवै पक्षकाहरुलाई समायोजन गर्दै आ–आफनो दायित्व सम्झेर सकेसम्म जनतालाई सुखी समृद्धि पु¥याउने लक्ष्यका साथ अघि बढेमा मात्र वाचा गरिएका सवै लक्ष्य उदेश्य हासिल गर्न सक्ने हुन्छ । अन्यथा ५ वर्ष भनेको केही होइन । जुनसुकै पक्षको जीतमा पनि योजना र कार्यान्वयन पक्षलाई बलियो बनाउन सके मात्र विकासको लाइनमा जान सक्छ । 
विकासको आधारमा पक्ष र विपक्षको आपसी छलफलबाट योजनाबद्ध ढंगले अघि बढने हो भने कुनै अवरोध सिर्जना नहुने पक्का हुन्छ । नेपालीको खुट्टा तान्ने प्रवृतिले विकासमा वाधा पुगिरहेको विगतको तीतो अनुभवलाई अबका दिनमा चटक्कै छोड्न सक्नुपर्छ ।
जित्ने र हार्ने पक्षको चुनौति भनेकै जनताको साथमा संगै वसिरहने सक्ने शक्ति संचय हो । यसका लागि जनताको सुखदुखमा साथ दिनु हो । हर क्रियाकलापमा साथ दिएर संयमित बन्न सक्ने नेता नै वास्तवमा जनताको मनमा बस्न सक्ने सच्चा नेता हुनेछ । हैनमा चुनावी नेता मात्र भएर देश विकास कदापी नहोला ।
Read the full issue at:
https://drive.google.com/open?id=1qHc-W6eXax8VywIHM5d_wOUiOeUijgha

Monday, December 11, 2017

गठबन्धनको पक्षमा बहुमत
काठमाडौं १० मा लोकतान्त्रिकका राजन केसीको जीत
newly elected PM Rajan KC
कीर्तिपुर । सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणाममा देशैभरी बामगठबन्धनको पक्षमा मत जारी भएपछि जीतको समाचार लगातारप्रकाशित भैरहँदा काठमाठौं क्षेत्र नं. १० लगायत १, ४ र ६ मा समेत काँग्रेस पार्टीले विजयी हासिल गरेका छन् । विगतदेखि बहुपरिचित निर्वाचन क्षेत्र नं. १० यसपालि पनि नेपाली काँग्रेसका राजन केसीले आफनो पक्षमा पार्न सफल भएका छन् । उनको विपक्षीमा बामगठबन्धनका हितमान शाक्यले केसीको भन्दा २२८३ मत कम पाएका थिए । 
चुनाव प्रचारको क्रममा बुद्धिजीवीहरुले विगतको चुनावको आधारमा अर्थात स्थानीय चुनावको आधारमा हिसाबमा बामपक्षको बढी मत प्राप्त हुने आँकलन गरेका थिए । तर नतिजा आँकलन भन्दा फरक आएपछि वामलगायत अन्य पक्षमा थप उत्सुकता जागेको बताइएको छ ।
राजनीतिमा लाग्ने होस या नलाग्ने सवै प्रकारका जनसमुदायमा नतिजाका कारण खुलदुली हुनु स्वाभाविक हो । यसैसन्दर्भमा कीर्तिपुर दर्पणले स्थानीय व्यक्तित्वहरुसँग उनीहरुको टिप्पणी लिने क्रममा आ–आफना तर्कहरु प्रस्तुत गरेको पाएको छ भने यहाँ निर्वाचनको अन्तिम मत परिणामबारे जनसमुदायद्वारा व्यक्त गरिएको समीक्षात्मक टिप्पणीलाई प्रस्तुत गरिएको छ ।


कीर्तिपुरका रामकृष्ण महर्जनका अनुसार बामहरु त्यसमा पनि माओबादीका नेताहरु प्रतिनिधि भएर गइसकेपछि पनि लोकल र  स्थानीयको आवश्यकताबारे 
जानकारी लिन सम्म चेस्टा नगरेका नेताहरू त्यतिबेला कार्यकर्ताहरुको मात्र भरनपोसनमा लागेको आरोप समेत सुन्ने गरेको, बिगतमा स्थानीय टोलकै संजय सिंहलाई चेतावनी मात्रै दिंदा हुनेमा हत्या गराउन समेत लगाएको, आदि इत्यादिका कारणले बामपंथीहरुको १० नं. मा हार भएको देखिन्छ । जित्नेले जितिसकेपछि  पछिल्लो पटक राजेन्द्र केसीले आफ्नो ठाउँ नबिर्सिकन विभिन्न क्षेत्रमा विकासको कार्यक्रम ल्याउन सफल भएकोले पनि जनताको मन र मतदान राजेन्द्र केसीतर्फ गएको देखिन्छ ।

यसैगरी मतपरिणामका बारेमा आफनो धारणा प्रस्तुत गर्दै चोभारका खेमनाथ सिटौलाले नेपाली काँग्रेसका राजन केसीको जीतमा गठबन्धनको नेतृत्ववर्गको कमजोरीको फाइदा उठाएको टिप्पणी छ भने दुवै पार्टीको साँगठनिक स्थिति यो बेला कमजोर भएकोले होकि भनी पनि उनले आँकलन गरे । उनले  गठबन्धनको समिश्रणलगायत दुवैले एक अर्कामा गर्नुपर्ने सूचना आदानप्रदानमा समेत केही कमिकमजोरी भएको औंंल्याए ।


अधिवक्ता सुजिन्द्र महर्जनका अनुसार मत परिणाम जे हुनुपर्ने हो त्यो नभएको जे नहुनुपर्ने हो त्यो भएको प्रतिकृया छ । उनले प्राविधिक रुपले कीर्तिपुर क्षेत्रमा बामगठबन्धनको पक्षमा केही त्रुटि भएको हुन सक्ने संकेत गरे । यसबाहेक उनले अन्य थुप्रै कारणले गर्दा पनि बाम पक्षमा मत कम आएको आशंका गरे । देशैभरी बामपक्षमा लहर आइरहेको सन्दर्भमा कीर्तिपुर १० नं. क्षेत्रमा कम लहर आएको टिप्पणी समेत उनले गरे ।
कतिपय नाम उल्लेख नगर्ने सर्तमा आफनो टिप्पणी गर्ने व्यक्तिले १० नं. क्षेत्रमा बाम पराजित हुनुको कारणमध्ये सूर्य चिन्ह नहुनु,  प्रचार समयमा नहुनु, बाह्य उम्मेदवार भनी प्रचार गर्नु, बढी विस्वास गर्नु, विपक्षीद्वारा आर्थिक चलखेल बढी गर्नु आदिलाई मानेका छन् ।
हुन त चुनाव अपेक्षित र अनुपेक्षित हुने बेलामा तर्क र वितर्कहरु धेरै हुन सक्दछन् । तर स्थायी राजनीतिको लागि यस्ता वहस दुवै पार्टीका लागि हितकर अवश्य हुनेछन् । अबका दिनमा पनि सोझो राजनीतिबाट माथि उठेर पेशागत राजनीति गरेनौ भने राजनीतिबाट वितृष्णा नहोला भन्न सकिन्न । त्यसैले पार्टीको आधारशिला प्रक्रिया बनाएर मजबुत गर्ने र स्थायी राजनीति गर्ने व्यक्तिको चयन र छनौट गर्दै अगाडि बढेमा मात्र देशको विकास हुने संभावना छ । अन्यथा आंशिक राजनीतिको केही भर नहुने हुन सक्दछ र स्थायी राजनीति गर्नेलाई पनि हतोत्साही हुने संभावना रहन्छ ।
बामगठबन्धनको गलत भूमिकाका कारण नै क्षेत्र १० मा पराजित भएको हो । डा. चन्द्रमान बज्राचार्य 
क्षेत्र नं १० मा पहिलो पटक नेपालभाषामा पी.एच.डी. उपाधि प्राप्त गर्ने, नेपालभाषा साहित्य, संस्कृति, धर्म, राजनीति आदि क्षेत्रमा आलोचनात्मक दृष्टि राख्ने, किन पिरोल्छ भारत नेपाललाई?, आफन्तीका कथा, भिजिट कीर्तिपुर आदि पुस्तक लगायत दर्जनौं पुस्तकका लेखक एवं क्षेत्र नं. १० मै परिचित व्यक्तित्व प्रा.डा.चन्द्रमान वज्राचार्यसित भर्खर सम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनावलगायत समसामयिक विषयबारे उनको धारणा प्रस्तुत गरिएको छ । – सं.)

१. काठमाडौं क्षेत्र नं १० मा लोकतान्त्रिक पार्टीको विजय र वामपन्थी गठबन्धनको हार भयो, यसमा यहाँको दृष्टिकोण के हो ?
– नेपालमा सैद्धान्तिक मूल्य–मान्यताको आधारमा राजनीतिक अभ्यास गर्ने राजनैतिक पार्टी नै छैन । तसर्थ सैद्धान्तिक रुपमा कसको विजय र कसको पराजय भन्ने प्रश्न उचित देखिंदैन । कसैले लोकतन्त्रको मुकुण्डो लगाएका छन् भने कसैले कम्युनिष्टको मुकुण्डो लगाएका छन् । 
राजनैतिक शक्ति प्राप्तिका होडबाजीको क्रममा हितमान शाक्यको पराजय र राजन के.सी.को विजय भएको अर्थात् राजनैतिक पार्टीको हिसाबमा माओवादी केन्द्रको हार र नेपाली कांग्रेसको जित भएको मात्र हो ।
२. राजन केसीको विजयी हुनुका कारण के जस्तो लाग्छ ?
– हितमान शाक्यको पराजय नै केसीको विजय हो ।
३. हितमान शाक्यको पराजयको कारण नि ?
– धेरै छन् । १. हितमान शाक्य यो क्षेत्रका जनतासित पूर्णत अपरिचित व्यक्तित्व हो । 
परिचित गराउने कुनै कार्यक्रम नै ल्याइएन । २. वाम–गठबन्धन हो । यो वाम–गठबन्धनले कतै सकारात्मक भूमिका खेलेको देखिन्छ भने कीर्तिपुरमा यसको असर नकारात्मक देखियो । यो भनेको कीर्तिपुरमा एमाले शक्तिले बाहिर र भित्र गरी द्वैध चरित्र देखाएको भन्ने आम जन समुदायको आरोप लागेको छ यतिखेर । तसर्थ अन्यत्र वाम–गठबन्धनबाट उम्मेदवार विजयी हुने अवसर जुटेको देखिन्छ भने कीर्तिपुर क्षेत्रमा उल्टो वाम उम्मेदवार हारेको दृष्टान्त मिल्दछ । वाम गठबन्धन नभएको भए एमाले कार्यकर्ता उम्मेदवार बनिन्थ्यो होला, जितिन्थ्यो होला । तर वाम गठबन्धनले एमाले उम्मेदवार हुन बञ्चित गरायो र यस्तो दुर्घटना भयो ।
४. यस्तो दुर्घटना हुनुको कारण के हो त ?
– यसको कारक–तत्वमा वाम–गठबन्धन पार्टीका प्रमुख नेताहरू नै जिम्मेवार छन् । प्रतिनिधि सभा तर्पmका उम्मेदवार हितमान शाक्य र प्रदेश सभा तर्पmका उम्मेदवार दिलीप महर्जन दुवै माओवादी केन्द्र तर्पmका भए, तर एमाले तर्पmबाट विशेष गरी कीर्तिपुर (डाँडो)का नेताहरूको कुनै स्थान भएन । दुवै सभामा माओवादी केन्द्रका हुनु तर एमालेको तर्पmबाट कीर्तिपुर क्षेत्रकै उम्मेदवारको चयन नगर्नु प्रमुख नेताहरूको कमजोरी र कीर्तिपुरकै स्थानीय नेताहरूको विरोधको चर्को स्वर नहुनु, प्रमुख नेताहरूकै ईशारामा असन्तुष्टिलाई मनभित्र पालेर अन्ततः गठबन्धनको सिद्धान्तलाई अँध्यारोमा लात हान्नु नै हितमान शाक्य र दिलिप महर्जनको दुर्घटना हुनुका प्रमुख कारणहरू हुन् । हितमान शाक्यसित यस क्षेत्रका जनताको परिचित नै नहुनु र परिचित 
गराउनु पर्ने शक्तिभित्रबाट नै अन्तर्घात भएपछि त दुर्घटना त हुने नै भयो ।
अर्को कुरा, तुलनात्मक रुपमा राजन केसीको स्थानीय जनताका राम्रो प्रभाव पनि परेको छ । 
राजन केसीलाई टुरिष्ट उम्मेदवारको रुपमा हेरिएन बरु सहयोगीको रुपमा हेरे यहाँका जनताले । टुरिष्ट उम्मेदवारकै कारण र केही सहयोगी भूमिका नखेलेकै कारण प्रचण्ड जस्तो राष्ट्रिय राजनैतिक खेलाडी नै हारेको इतिहास साक्षी छँदाछँदै पुनः हितमान शाक्यलाई यो क्षेत्रमा उम्मेदवार बनाउनु भनेको वाम–गठबन्धनका प्रमुख नेताहरूको अपरिपक्व विचार, गैर–जिम्मेवारी, लापरवाही, जनविरोधी चरित्र बाहेक अरु केही होइन । आखिर हितमान शाक्य यिनै प्रमुख नेताहरूबाट बलिको बोको भए । 
५. यो चुनावबाट उपलब्धि हुने के हुने भयो त अब ?
– बीसौं अर्ब खर्चेर गरेको यो चुनावबाट हुने उपलब्धि भनेको देश अब संघीय गणतान्त्रिक मुलुक हुने भयो, बामपन्थी– गठबन्धनबाट बहुमतीय सरकार हुने भयो, सात प्रदेशमा सात मुख्य मन्त्रीहरू एक प्रधानमन्त्री रहने भयो ।
६. बहुमतीय स्थायी सरकार पनि त हुने भयो नि ?
– बहुमतीय सरकार हँुदैमा स्थायी सरकार हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । सर्वप्रथमतः 
सरकारको चरित्रमा यो कुराको निर्भर रहन्छ । साँच्चै नै अब बनिने बहुमतीय सरकार जनताकै जन–सरकार बन्यो भने यसले स्थायीत्व पाउन सक्ला, अन्यथा बहुमतीय सरकारको नाममा जनतामारा सरकारको चरित्र देखाएमा दुई दिन टिक्न पनि मुश्किल पर्छ ।
७. स्थायी सरकार बन्ला जस्तो लाग्छ र ?
–‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने हाम्रो लोकोक्ति छ । नेताहरूलाई ठगहरूको रुपमा तमाम जनताले चिनिसकेका छन् । यिनै नेताहरूलाई मतदान गर्नुपर्ने बाध्यात्मक परिस्थितिकै 
कारणले मात्र मतदान गरेका छन् । धेरै नै ठग नेताहरूलाई यसपाली जनताले राष्ट्रिय राजनीतिबाट पाखा लगाइदिएका छन् । जसको चरित्र नै भ्रष्ट छ, उसबाट आशा गर्ने के ? चुनावका कयौं करोड खर्च गरेर विजय हासिल गरेकाहरु स्वच्छ छविको हुनै सक्दैन । पद, पैसा र प्रतिष्ठाका लागि जेपनि गर्न तयार यिनीहरूबाट बन्ने सरकार स्वच्छ छविको हुने कुरामा आशा गर्न सकिन्न । भ्रष्टहरूको सरकार स्थायी सरकार बन्न सत्तैmन ।
८. यहाँको रिटार्यड जीवनमा यहाँको पनि त उम्मेदवारी हुनुपर्दथ्यो, जसको छुट्टै 
राजनैतिक दृष्टिकोण मात्र होइन, राजनैतिक अनुभव पनि छ, जन–समुदायसित दुःख–सुखको गहिरो सम्बन्ध छ, होइन र ?
– उम्मेदवार हुने इच्छा मात्र भएर भएन, राजनैतिक पार्टीको टिकट चाहियो, राजनैतिक पार्टी भएर मात्र पुगेन ठूलै पार्टी चाहियो, स्वतन्त्र उम्मेदवारी भएर चुनावमा जितिंदैन, आम–जनसमुदायबाट नै आवश्यकताको आह्वान भएको अवस्थामा उम्मेदवार हुने अर्कै कुरो हो । हेरौं पछिका दिनहरूमा कस्तो परिस्थिति आउँछ । देश र जनताको लागि समर्पित भएरै आएको छु, यसरी नै जीवन बिताउने अठोट छ ।
९. अन्तमा केही कुराहरू बाँकी छ कि ?
– राजन के.सी.को विजय यात्रा हेर्दा उनी आप्mनै बल–बुद्धिको कारणले विजय भएको भन्नु भन्दा पनि प्रतिद्वन्द्वीहरूको गलत भूमिकाको कारण भएको र कठिनतम परिस्थितिसित जुध्न नपरेको स्थितिको बोध हुन्छ । वाम–गठबन्धनको यस्ता क्रिया–प्रतिक्रियाको कारण आउँदा दिनहरूमा क्षेत्र नं १० मा राजन केसीका लागि परिस्थिति झनै सरल र सहज हुने निश्चित देखिन्छ ।


कीर्तिपुर दर्पण अब १५ वर्षमा प्रवेश
कीर्तिपुर दर्पण साप्ताहिक अब १४ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण लेखकवर्ग, विज्ञापनदाता, ग्राहक वर्ग र शुभचिन्तक महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छांैं । यहा“हरुको अपार माया र सहयोगी भावनाले जुन खालको सफलता कीर्तिपुर दर्पण साप्ताहिकले पाइरहेको छ र भविष्यमा पनि पाइरहने छ भन्ने अभिलाषाका साथ सवैप्रति आभार समेत व्यक्त गर्दछौं । 
विचार पृष्ठमा विचार लेख्नु हुने विद्वतवर्गहरुलाई धन्यवादका साथै स्तम्भकारहरुप्रति पनि कृतज्ञता व्यक्त गर्दछौंै । विक्री वितरण प्रणालीलाई अझ व्यवस्थित गर्दै वितरकहरु थप्ने कार्यमा जोड दिंदै आएका छौं । पत्रिकाको नियमिततालाई कायमै राखी दशैं र तिहारमा समेत प्रकाशनलाई निरन्तरता दिई आएका छौं । पाठकहरुको सल्लाह सुझाव बमोजिम् पाठकमुखी, विज्ञापनमुखी, रचनामुखी विगतमा झै बनाइरहने प्रतिबद्धता व्यक्त गर्दछौं । मूलरुपमा हामी राष्ट्रिय स्तरका दैनिक तथा साप्ताहिक पत्रिकाहरुले कीर्तिपुरको स्थानीय खबरलाई उठाउन नसकिरहेको अवस्थामा आफनो स्थानीय समाचारलाई नै बढावा दिंदै ठाउ“ दिइरहेका छौं । त्यस्तै स्थानीय लेखकहरुलाई पनि बढावा दिंदै प्रोत्साहन गर्ने कार्यमा अघि बढिरहेका छौं । 

सवैतिरको सहयोग र सरसल्लाहले कीर्ति मिडिया अन्तर्गतको कीर्तिपुर दर्पणलाई निरन्तरता दिने कार्यमा प्रयासरत छ । आगामी दिनहरुमा स्थानीय मुद्दालाई अझ विशेष चासोका साथ उत्थान गर्ने जमर्काे गर्नेछौं । अहिले संघीय संरचना र प्रदेशसभाको चुनावको परिणाम आइरहेको सन्दर्भमा पछिल्ला दिनहरुमा हुने सूचना संप्रेष्णको भूमिकालाई समय सान्दर्भिक बनाइनुपर्ने अवस्थाप्रति पनि हामी सजग र सतर्क छौं । आफनो कर्तव्यलाई शिरोपर गर्दै अहोरात्र लाग्ने प्रतिबद्धताका साथ निरन्तरता दिइरहेको यस कीद पत्रिकाको आयश्रोत भनेको विज्ञापन नै हो ।  यसको लागि विशेष भूमिका खेल्नु हुने कर्मचारी साथीहरु र विज्ञापन उपलब्ध गराउन महत्वपूर्ण सहयोग गर्नु हुने विज्ञापनदाताहरु, एजेन्सीहरु, सवैलाई कीर्तिपुर दर्पणको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गरिरहने छ । आगामी दिनहरुमा पत्रिकालाई अझ परिस्कृत गर्दै पाठकको मन जित्न सदैव तयार रहने बचनबद्धता व्यक्त गर्न चाहन्छौं ।
Read the full issue at:
https://drive.google.com/open?id=15aDmwSjvDPKjmqVd7Yd83uS450PRQD_R

Leave us a comment