Sunday, September 23, 2018



प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न


महेन्द्रराज सिंह
२०७५ असोज ६ गते शनिबार 
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी  भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गरेकी छन् । 
प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र सोही वरावर  राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमशः वरिष्ठ पत्रकार युवराज घिमिरे 
(काठमाडौं) र राजबहादुर गुरुङ्  (कास्की) पुरस्कृत भए । त्यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियो दोलखा, डोटेली भाषाको गुगुल्डी मासिक र कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता  पुरस्कार, प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमशः बृजकुमार यादब धनुषा, डा.अमर गिरी दाङ,  पुण्य पौडेल तनहुँ,  मिमबहादुर रावल कालिकोटलाई प्रदान गरिएको छ । बिधागत पत्रकारिता 
पुरस्कार अन्तर्गत पदमसागर कक्षपति र अविन श्रेष्ठ, युवा सशक्तिकरणतर्फ सागर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशी पत्रकारितातर्फ 
रिता मोक्तान, गोपाल परियार, सुरेश यादव महिला सशक्तिकरणतर्फ नानीमैयाँ बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत भएका छन् । 
सो अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारजगतलाई मर्यादित बनाउने, नियमन गर्ने एकमात्र अधिकारसम्पन्न आधिकारिक निकाय प्रेस काउन्सिलले पछिल्ला दिनहरूमा आफ्नो कार्यक्षेत्र तथा कार्यक्षमता दुबैमा उल्लेख्य विस्तार गर्दै विश्व प्रेस काउन्सिलमा नेपालको उपस्थितिको साथै दक्षिण एशियाली प्रेस काउन्सिल गठनमा अग्रणी भूमिका निभाएकोमा खुशी व्यक्त  गरे । स्वतन्त्रता निरपेक्ष नहुने भन्दै मूल्य, मान्यता र आचारसंहिताभित्र रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले नेपालको 
राजनीतिक परिवर्तनमा नेपाली मिडियाले खेलेको भूमिकाको प्रशंसा गरिन् । न्युज ब्रेकको नाममा सत्यतथ्य परीक्षण नगरी सम्प्रेषण गर्ने, प्रायोजित समाचार, कपोलकल्पित श्रोतका नाममा व्यक्तिलाई खुइल्याउने, मानमर्दन गर्ने प्रवृत्तिले पत्रकारिता जगत्को स्वच्छता र निष्पक्षतामाथि प्रश्नचिन्ह खडा गरेको उनको धारणा थियो । सूचनामा यति शक्ति हुन्छ कि यसले मर्दै गरेको मान्छेको ज्यान बचाउन सक्छ भने कहिलेकाँही गलत सूचना सम्पे्रषण भएमा निर्दोष व्यक्तिलाई मृत्युको मुखमा पु¥याउन पनि सक्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै पत्रकारिता पेशालाई मर्यादित, अनुशासित र जवाफदेही बनाउने प्रक्रियामा प्रेस काउन्सिल नेपालले २६ वर्ष पुरानो ऐनको सहारामा जे जति कार्य गर्दैछ, त्यो निकै प्रशंसनीय रहेको उल्लेख गरिन्  । 
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विभिन्न आन्दोलनबाट आएका दलहरुबाट प्रेस स्वतन्त्रता हनन् गर्छन भन्ने भन्ने भ्रममा नपर्न आग्रह गर्दै मिडिया काउन्सिल बनाउँदैछौं, पत्रकारिता क्षेत्र नियमनमा बस्नैपर्ने र पूर्ण प्रेस स्वतन्त्रता विश्वमा कतै नभएको  धारणा राख्नुहुँदैै मन्त्री बाँस्कोटाले सम्मानित तथा पुरस्कृत सवैलाई हार्दिक बधाई दिए ।
प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझाले सञ्चालन गरेको उक्त कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडियाले गल्ती सच्याउने तत्परता देखाउनु महान् कर्म हुने भन्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षणको अग्रसर रहँदै आएको पत्रकारहरुको अभिभावक संस्थाको भूमिकामा सदैव रहने  धारणा ब्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा योगदान दिएका महत्वपूर्ण व्यक्तिहरुको सम्मान गरेकोमा काउन्सिललाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, सरकारी निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार रु. एक लाख ५ हजार राशी विजेता
युवराज घिमिरे, काठमाडौं 
वरिष्ठ पत्रकार तथा विश्लेषक  युवराज घिमिरेले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेपाल– भारत मामिलामा विशेष जानकार घिमिरेले सन् २००० मा कान्तिपुर दैनिकको सम्पादक रही करिव डेढ बर्ष काम गरे भने अन्नपूर्ण पोष्ट दैनिकमा ३ बर्ष प्रधान सम्पादकको जिम्मेवारीमा सम्हाले । यसअघि सन् १९८३ देखि १९९१ सम्म दि टेलिग्राफ दैनिक (कलकत्ता संस्करण), सन् १९९२ देखि १९९५ सम्म इण्डिया टुडेको विशेष संवाददाताको साथै इण्डियन एक्सप्रेसको कार्यकारी सम्पादक रही एक बर्ष कार्यानुभाव संगालेका घिमिरेले पत्रकारितासम्वन्धी अनुसन्धान तथा खोजमूलक थुप्रै प्रकाशन गरेका छन् । जसमध्ये शून्य समय, नेपालमा जातीय संघीयता, नेपालको शान्ति प्रक्रियामा मास मिडिया  रहेकाछन् । 
हाल देशसञ्चार मल्टिमिडियाको सम्पादक रहनुभएका घिमिरे इण्डियन एक्सप्रेसको स्तम्भ लेखक हुन् । बीबीसी नेपाली सेवामा कार्यक्रम उत्पादकको रुपमा दुई बर्ष काम गर्नुभएका घिमिरेले जर्मनी, युके, 
अमेरिकालगायतका देशको भ्रमण गरी थुप्रै अनुभव बटुलेका छन् ।
पत्रकारितामा महत्वपूर्ण योगदान गरेबापत यसबर्षको प्रेस काउन्सिल गोपालदास 
पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार रु. एक लाख ५ हजार राशी विजेता
राजबहादुर गुरुङ्, कास्की 
राजबहादुर गुरुङ्को जन्म २०३० साल  पुस १२ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा भएको हो । पत्रकारितामा डिप्लोमा  राजबहादुरले जनसत्ता साप्ताहिकबाट २०५१ सालदेखि पत्रकारिता शुरु गर्र्नुभएको हो  । सूचना, देशान्तर, बिमर्श, तरुण, घटना र विचार, जनमन्थन साप्ताहिक, युनाइटेड, सन्ध्याकालीन दैनिक, सगरमाथा टेलिभिजन लगायतमा काम गर्नुभई पत्रकारितासम्वन्धी विशेष अनुभव बटुलेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखा, प्रेस युनियन, आदिवासी जनजाति पत्रकार महासंघ, 
रिपोटर्स क्लब कास्कीमा स्थापनाकालदेखि आवद्ध रहँदै आउनुभएको छ । गजेन्द्र 
भण्डारी पत्रकारिता पुरस्कार, तमु  पत्रकारिता पुरस्कार, पार्वता पत्रकारिता 
पुरस्कारबाट सम्मानित राजबहादुरले युनाइटेड खबर डट कमको सम्पादकको जिम्मेवारीमा रहँदै विकास निर्माण तथा सामाजिक सेवामूलक संस्थाहरुमा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन् । 
सुन्दर नगरी पोखराबाट दुई दशकदेखि पत्रकारिता र समाजसेवामार्फत महत्वपूर्ण योगदान गरेबापत यसबर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । 

विज्ञान संग्रहालयलाई पर्यटकीय गन्तव्य बनाऔं

प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख प्रा.डा. धर्मराज डंगोलले स्वयम्भुस्थित प्राकृतिक विज्ञान संग्रहालयलाई पर्यटकीय गन्तव्य बनाइनु पर्ने विचार सार्वजनिक गरेका छन् । उनले यसको निम्ति सरकारले विशेष महत्व दिनुपर्ने तर्क राखे । नेपालमा भएका विविधतालाई झल्काउन र प्रत्यक्ष अवलोकन गर्न स्वदेशी तथा विदेशी सवैलाई सहज माध्यमको रुपमा रहेको प्राकृतिक विज्ञान संग्रहालयमा ट्याक्सीडर्मीको सहयोगबाट जनावरलाई संरक्षित गर्ने, विभिन्न प्रकारका अवशेषहरुको संकलन गर्ने र अध्ययनको क्रममा विद्वानहरुबाट संकलित त्यस्ता सम्वन्धित सामग्री समेत उपहारको रुपमा संरक्षित गरिँदै आएको उक्त संग्रहालय मा हाल अन्तक्र्रिया कोठा, अर्थाेपोडा कोठा, हर्वेरियम कोठा, लेउ र झ्याउ कोठा, पुतली अनुसन्धान कोठा, चराचुरङगी कोठा, उभयचर तथा सरिसृप कोठा जीवावशेष कोठा र ठूलो हल समेत उपलब्ध छन् ।
शनिवार महानगरपालिका १५ वडा र संग्रहालयको संयुक्त आयोजनामा भएको  स्वयम्भु पर्यटन विकास र प्रवद्र्धनमा प्राकृतिक विज्ञान संग्रहालयको भूमिका विषयक गोष्ठीमा प्रदेश नं. ३ का पर्यटनमन्त्री अरुण नेपाल, क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
Read the full issue at:
https://drive.google.com/open?id=1UUDJdKdQt6UZA6-xCY4Kw4pwfky2KAaI

Tuesday, March 20, 2018

कीर्तिपुरमा १ घण्टामा १० टन फोहर संकलन, विसर्जन कसरी कहाँ ?

कीर्तिपुर । चैत्र ३ गते शनिवार कीर्तिपुर क्षेत्रमा वृहत सरसफाई अभियान कार्यक्रमको शुरुवात भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन तथा उपमेयर सरस्वती खड्का लगायतका पदाधिकारीहरु समेत उपस्थिति रहेको सो कार्यक्रममा उनीहरुले सडकमा भएका फोहर टिपेर अभियानलाई साथ दिएका थिए ।

कार्यक्रम सफल पार्न कीर्तिपुर नगरपालिका स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनामा संयोजक एवं वडाध्यक्ष हर्ष महर्जनले विहिवार चैत्र १ गते नेवाः लहनामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए । उनीहरुले १ घण्टामा १०० रोपनीमा फोहर सफा गर्ने वृहत्त सरसफाई अभियानबारे जानकारी दिदैं पर्यटकीय नगरीको रुपमा विकास गर्न कीर्तिपुरमा नमुना सरसफाई अभियान संचालनको पहिलो पाइला हुने प्रतिकृया दिएका थिए । सफाई कार्यक्रमलाई विद्यालय, कलेज एवं संघ संस्थाले कीर्तिपुरको गेटदेखि दीखुसम्म समेट्न भएको थियो ।
कुनै पनि कार्यक्रम दिंदा त्यो कार्यक्रमलाई दीर्घकालिन तरिकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भनी योजना बनाउनु जरुरी हुन्छ । क्षणिक कार्यले उत्प्रेरणाको काम नहुने होइन । तै पनि आफनो क्षेत्रको पहिचानको लागि राज्यको जनशक्तिलाई सहि सदुपयोग गर्दै उपयोगी नीति लिन सके अझ प्रभावकारी हुने निश्चित छ । यतिबेला सर्वाङिगण विकासका लागि आमूल परिवर्तनको जरुरी छ । जनतामा निराशा छाउनबाट जोगाउनु जरुरी छ ।
चेतनाका नाउँमा घण्टौ समय बरबाद गरेर हामीले फेरि पनि अनुउत्पादनकार्यमा लागि रह्यौं भने देश विकास हुन अझ समय लाग्न सक्छ । अतः अहिलेको बढी भन्दा बढी समय नीति निर्माण र विकास निर्माणमा विताउनु जरुरी छ ।
कार्यक्रमले सफलता र असफलता लेला तर त्यसैलाई जनताको जीवनमा भिज्ने गरी समस्या समाधान हुनेगरी गहिराई सम्म जान सक्यौं भने विगतका हाम्रा कतिपय भूलहरु सच्याउन सक्ने हुन्छौं कि ?
घनिभूत छलफल, भेटघाट र कार्यान्वयन तह कहाँबाट गर्ने गरौं, विकासको सवालमा व्यवस्थित, दूरगामी कसरी हुन्छ चिन्तन मनन गरौं  कार्यान्वयन पक्षलाई ध्यान दिऔं ।

कृषि पेशामा गौरब गर्ने कृषकहरु

नेपाल कृषि प्रधान देश हो । यस पेशामा गर्व गर्न सिक्यौ भने मात्र देशको विकास हुने पक्का छ । स्वदेशी कामलाई हेयको दृष्टिले हेर्ने र विदेशको जुनसुकै काम गर्ने नेपाली प्रवृतिलाई त्यागी स्वदेशमै कृषि पेशा अपनाउने हो भने हामी हाम्रो देशप्रति निकै गौरव गर्न सक्ने हुन्छौं ।
कीर्तिपुर क्षेत्रमा कृषि पेशामा लागेका अधिकांश कृषकहरुले आफनो पेशाप्रति निकै गौरव गरेका छन् । घर प्युठान भई हाल कीर्तिपुरमा गाई र कुकुर पालन पेशामा लाग्दै आएका दामोदर घिमिरेले आफनो पेशाप्रति गौरव गर्दै  स्वतन्त्रताको पेशा अनि सहज र सजिलो आम्दानी हुने पेशाका रुपमा बताएका छन । उनका अनुसार विदेशमा जाँदा तनाव हुने र परिवारसँग टाढा रहनुपर्ने वाध्यता हुन्छ । आफूहरुको काम ४ वर्ष भैसकेको सवै परिवार मिलेर काम गरिरहेको उनीहरुको भनाइ रहेका छन् । उनीहरुले आफूहरुको पेशामा प्रोत्साहन स्वरुप सरकारले सहयोग गर्ने हो भने कृषकहरु हौसिएर पेशा अझ दीगो हुने बताउँछन् । कृषक घिमिरेले खर्च घटाएर आफनो आम्दानी वर्षको ३०–४० हजार भएको बताए ।
अर्का कृषक तरकारी खेती गर्दै आएका दशरथ ठगुन्नाले अर्काको गाली खान नपर्ने, अन्य काममा भन्दा कृषिमा कम दुख हुने भएकोले आफूले कृषि पेशा रोजेको बताउँछन् ।
उनका अनुसार कृषि पेशामा लाग्नेहरुलाई सरकारले तालिम, वीउविजन र औषधि औजारको व्यवस्था गर्नु पर्दछ । १२–१३ लाख खर्च गरेर आफनो पेशा शुरु गरेकोमा अहिले आफनो परिवार सजिलै चलाउन आम्दानी पुगिरहेको उनको दावी छ । उनले विदेशमा गएर दुख खानु भन्दा स्वदेशमै बसेर कृषि पेशा अपनाउन पनि सवैलाई अनुरोध गरे ।
दाङ घर भएका जीतवहादुर पुनमगरले कीर्तिपुरमै आएर कुखुरा पालनको पेशा अपनाउँदै आएका छन् । उनले पनि विदेशमा गएर दुख खेप्नु भन्दा आफनो देशमा मेहनत गर्नु निकै फाइदा भएको बताए । उनले आफनो पेशाबाट मासिक ४०–५० हजार मात्र आम्दानी भएपनि वार्षिक १–२ लाख फाइदा गरेको बताए । कहिलेकाँहि घाटा भएपनि आफनो पेशाप्रति वितृष्णा नभएको उनको ठहर छ । हाल आफनै परिवार विशेषत बुढाबुढी मिलेर काम गरिरहेको यस पेशालाई सरकारले पनि प्रोत्साहनस्वरुप केही गरिदिए ऋणबाट डुवेका बेलामा केही भएपनि राहत हुने उनको विचार थियो ।
त्यसैगरी काभ्रे घर भई कीर्तिपुर आई गाईभैसी र कुखुरापालन गरिरहेका अम्बिका सापकोटाले आफूले औपचारिक शिक्षा प्राप्त नगरेका कारण विगतदेखि नै बाँच्ने आधारका रुपमा गाईभैसी पालन पेशा अपनाएको बताए । मासिक ६५ हजार भाडा तिरेर बाँकी भएको आम्दानीबाट परिवार चलाइरहेको उनको दावी छ । उनले दूध बेचेर जीवन चलाइरहेको तर्क गरे । सहयोगी समेतको सहयोगले आफनो पेशा चलिरहेको दावी गर्ने सापकोटाले सफा हुन नपाइने, फोहरमा डुब्नुपर्ने दुखेसो भएतापनि कसैसँग ऋण माग्न नपरेका कारण भने पेशाप्रति सन्तुष्टि रहेको बताए । उनका अनुसार आफैले मेहनत गरे राष्ट्रलाई समेत फाइदा पुग्ने उनको दावी छ ।
गाई पालनमा व्यस्त सिन्धुलीका सरोज भण्डारीले गाईपालन सहजताको लागि सरकारले दानामा सस्तो मूल्य गर्नुपर्ने बताएका छन् । उनका अनुसार पेशाले ४–५ जना साथीहरुलाई फाइदा भैरहेको छ । खर्च कटाएर ४०–५० हजार बचेको बताउने भण्डारीले गाईले एकदिनमा १०–२० लिटर दूध समेत दिने गरेको बताए । यो पेशाले मानिसलाई सहज जीवन जीउन सक्ने उनको सुझाव रहेको छ ।
रसुवा घर बताउने कुखुरा पालनमा व्यस्त अर्का कृषक लारी तामाङले ठ्याक्कै फाइदा भन्न नसकेपनि मेहनत आवश्यक भएको उनको भनाई रहेको छ । सरकारी तबरबाट कृषकहरुलाई प्रोत्साहनस्वरुप केही राहत भए यस पेशाप्रति सकारात्मक हुने उनको सुझाव रहेको छ । उनीहरुले आफनो पेशा संचालन झन्डै २ वर्षजति मात्र भएको बताए ।
(ललिता अधिकारी, सुनिल बोहरा, ग्युसी सुनुवार र तारावहादुर रिजालले गरेको
कुराकानीमा आधारित)

Read the full issue at:
https://drive.google.com/open?id=1Cxch7yXfhPqf8Wx7C99kHb7_cWnGSuCy

Saturday, February 17, 2018

जनसेवा स्पोर्टस मिट २०७४ सम्पन्न

कीर्तिपुर । जनसेवा मावि र जनाधार सामुदायिक क्याम्पसको संयुक्त आयोजनामा भएको जनसेवा स्पोर्टस मिट माघ २६ गते सम्पन्न भएको 

छ ।
माघ २४ देखि ३ दिनसम्म संचालन भएको सो प्रतियोगिताको अन्तिम दिन पुरस्कार वितरण तथा समापनमा प्रमुख अतिथि क्षेत्र नं. ३ काठमाडौंका प्रदेशसभासद पुकार महर्जनले  बधाई ज्ञापनका साथ पुरस्कार वितरण गरे भने विशेष अतिथि एवं कीर्तिपुर खेलकूद विकास समाजका अध्यक्ष प्रदिप महर्जनले कोर्डिेनेटरहरुलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका 
थिए ।
प्रमुख अतिथि प्रदेशसभासद पुकार महर्जनले सो अवसरमा शुभकामना मन्तव्य दिंदै आफू सभासद भएपछि जनसेवालाई गर्नुपर्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विजेतालाई बधाई ज्ञापन गर्दै 
पराजित हुनेलाई पनि धैर्य भएर अगाडि बढ्न सुझाव दिए । उनले विद्यालयको प्रगतिमा प्राचार्य नन्दकुमारी महर्जनको ठूलो हात रहेको बताए । साथै उनले विद्यालय नमूनारुपमा अघि बढिरहेकोमा पनि सन्तुष्ट व्यक्त गरे ।
समापन कार्यक्रममा स्वागत गर्दै प्राचार्य नन्दकुमारी महर्जनले प्रतियोगितामा हरतरह मेहनत गर्ने शिक्षक, विद्यार्थी, कर्मचारी सवैलाई धन्यवाद व्यक्त गरिन् । स्वागतको क्रममा उनले जनसेवा स्पोर्टस मिट सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरिन् । साथै विद्यालयको प्रमुख उद्देश्य भनेको गुणस्तरीय शिक्षा भएको बताइन् ।
समापन कार्यक्रमका विशेष अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनले प्रमुख अतिथि महर्जनलाई मायाको चिनो समेत प्रदान गरे । उनले आज विद्यालयबाट खेल्ने विद्यार्थी खेलाडीहरु भोलि राष्ट्रका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने विस्वास व्यक्त गरे । उनले स्पोर्टस मिट विद्यार्थीका लागि सुवर्ण अवसर भएको बताए । साथै स्पोर्टसलाई विद्यालयको पहिचान बनाएकोमा खुशी प्रकट गरे ।
समापनका सभापति एवं खेलकूद विज्ञ प्रा.डा. रामकृष्ण महर्जनले खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै स्पोर्टस मिटमा विजेता शिक्षिकाहरुलाई प्रमाणपत्र तथा पदक समेत वितरण गरे ।
पहिलो दिन भएको उद्घाटन समारोहमा डा. सोनेलाल साहले शुभकामना मन्तव्य दिंदै विद्यार्थीहरुलाई खेल अनुशासित तरिकाले खेल्न सल्लाह दिएका थिए । त्यसैगरी सहायक प्राचार्य दुर्गावहादुर महर्जनले पनि खेलाडीहरुलाई अनुशासित वातावरणमा उत्कृष्ट खेल प्रदर्शन गर्नगर्ने प्रतिवद्धता व्यक्त गरे । विजेतालाई बधाई ज्ञापन गर्दै 
पराजित हुनेलाई पनि धैर्य भएर अगाडि बढ्न सुझाव दिए । उनले विद्यालयको प्रगतिमा प्राचार्य नन्दकुमारी महर्जनको ठूलो हात रहेको बताए । साथै उनले विद्यालय नमूनारुपमा अघि बढिरहेकोमा पनि सन्तुष्ट व्यक्त गरे ।
समापन कार्यक्रममा स्वागत गर्दै प्राचार्य नन्दकुमारी महर्जनले प्रतियोगितामा हरतरह मेहनत गर्ने शिक्षक, विद्यार्थी, कर्मचारी सवैलाई धन्यवाद व्यक्त गरिन् । स्वागतको क्रममा उनले जनसेवा स्पोर्टस मिट सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरिन् । साथै विद्यालयको प्रमुख उद्देश्य भनेको गुणस्तरीय शिक्षा भएको बताइन् ।
समापन कार्यक्रमका विशेष अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनले प्रमुख अतिथि महर्जनलाई मायाको चिनो समेत प्रदान गरे । उनले आज विद्यालयबाट खेल्ने विद्यार्थी खेलाडीहरु भोलि राष्ट्रका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने विस्वास व्यक्त गरे । उनले स्पोर्टस मिट विद्यार्थीका लागि सुवर्ण अवसर भएको बताए । साथै स्पोर्टसलाई विद्यालयको पहिचान बनाएकोमा खुशी प्रकट गरे ।
समापनका सभापति एवं खेलकूद विज्ञ प्रा.डा. रामकृष्ण महर्जनले खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै स्पोर्टस मिटमा विजेता शिक्षिकाहरुलाई प्रमाणपत्र तथा पदक समेत वितरण गरे ।
पहिलो दिन भएको उद्घाटन समारोहमा डा. सोनेलाल साहले शुभकामना मन्तव्य दिंदै विद्यार्थीहरुलाई खेल अनुशासित तरिकाले खेल्न सल्लाह दिएका थिए । त्यसैगरी सहायक प्राचार्य दुर्गावहादुर महर्जनले पनि खेलाडीहरुलाई अनुशासित वातावरणमा उत्कृष्ट खेल प्रदर्शन गर्न  सुझाव राखे ।
क्रिएटिभद्वारा आइटिसी सर्टिफिकेशन 

कीर्तिपुर । क्रिएटिभ एकाडेमीद्वारा आइटिसी सर्टिफिकेशन सम्पन्न गरिएको छ । माघ २७ गते शनिवार होटल हिलसाइडमा आयोजना गरिएको उक्त सर्टिफिकेशनमा प्रमुख अतिथि प्रा.डा.रामकृष्ण महर्जनले क्रिएटिभ एकाडेमीको कार्यप्रति सन्तुष्ट व्यक्त गर्दै भित्री मनदेखि प्रशंसा गरे । उनले आइटीसीसम्बन्धी अझ धेरै सिक्न पाए अत्यन्त खुशी हुने राय व्यक्त गर्दै विद्यार्थीका सिकाइका लागि शिक्षकहरुले सिकाईका थप प्रयत्नका उपायहरु अवलम्वन गर्नुपर्ने बताए । प्रमुख अतिथि महर्जनले मन्तव्यको क्रममा नयाँ कदमका लागि बधाई समेत व्यक्त गरेका थिए । विद्यालयका प्रिन्सिपल विएन पौडलले स्वागत गर्दै कार्यक्रममा नयाँ ल्याइएको आइटिसी कार्यक्रमलाई निडरका साथ कार्यान्वयनमा ल्याउन शिक्षकहरुलाई प्रेरणादायी निर्देशन दिए । साथै उनले प्रशिक्षकलाई समेत धन्यवाद दिए ।
विद्यालयका अध्यक्ष मर्जिमान सिंहले सभापतित्व ग्रहण गरेको सो कार्यक्रममा शिक्षकहरुको पाँचवटा समूहले आइटिसीसम्वन्धी आफूहरुले सिकेका विविध विधिहरु प्रस्तुत गरेका थिए । उनीहरुले विद्यार्थीहरुलाई भिडियोमार्फत गणित शिक्षण गर्नेतरिका, मोबाइलमार्फत शिक्षण, गुगल चलाउने तरिका, अनलाइन कार्य र इ लर्निङसम्वन्धी प्रस्तुत गरेका थिए । सभापति सिंहले सो अवसरमा आफनो विद्यालयलाई डिजिटलाइज बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गरे । साथै उनले निरन्तर सीप विकासका लागि शिक्षक टिम तयार हुनु पर्ने बताए ।
प्रशिक्षक सगुन ढुंगानाले एक अर्कालाई सिकाउँदै अगाडि बढ्न आग्रह गरे भने माइक्रोसफ्टका भुटानका प्रतिनिधि दिपेन्द्र बज्राचार्यले शिक्षकलाई दिइएको आइटिसी प्रशिक्षण विद्यार्थीहरुलाई समेत दिनुपर्ने बताए ।
शुभकामना दिने क्रममा प्रा.डा. प्रमोद ढुुंगानाले क्रियाकलापमा संलग्न शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Read the full issue at:
https://drive.google.com/open?id=15FDDA3hGBfUjpGW6So6KY0f8LCmhACu1

Monday, January 29, 2018

जनसेवामा शैक्षिक र छात्रवासको भवन शिलान्यास

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले जनसेवा मावि पाँगाको भवन शिलान्यास गर्दै सफलताको शुभकामना दिए ।
शिलान्यास शुभकामना मन्तव्यमा उनले नेवारी उखान भन्दै आफूले गजुर राख्न आएको बताउदै कीर्तिपुरनगरपालिकाका विभिन्न वडाका वडाध्यहरुसमेत उपस्थित कार्यक्रममा सफलताको शुभकामना दिन पाउँदा खुशी भएको बताए ।
त्यसैगरी सिएलपिआइयुका प्रमुख गणेश ढकालले पनि कामको सफलता सवैको प्रयासबाट हुने विस्वास गरे । उनले शैक्षिक संस्थाको भवन निर्माणमा सवैले सक्दो सहयोग गर्नुपर्ने विचार समेत व्यक्त गरे ।
जनसेवा माविका अध्यक्ष माधवलाल महर्जनले उपस्थित सम्पूर्ण स्थानीय जनता, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, महिलासमूह, शिक्षक विद्यार्थी, युवाहरुलाई धन्यवाद ज्ञापन गर्दै जनसेवा २००४ सालमा स्थापना भएको ऐतिहासिक विद्यालय भएको बताए ।
ऐतिहासिक विद्यालय भएकै कारण धेरै भन्दा 
धेरै स्थानीय व्यक्तित्वहरुको योगदान रहिसकेको भन्दै उनले भवन शिलान्यासमा उल्लासमय उपस्थिति जनाएकोमा सवैप्रति खुशीका साथ आभार प्रकट गरे ।
शिलान्यास कार्यक्रममा प्राचार्य नन्दकुमारी महर्जनले समेत पूजामा सहभागिता जनाएका थिए । उनले गुभाजु  बज्राचार्यको विधिवतपूजापछि सहभागी सवैलाई टिकासहित कोखा प्रदान गर्दै सम्मान गरेका थिए । अब जनसेवा माविमा  भुकम्प प्रतिरोधी भवनसहित कक्षाकोठा र छात्रवास हुनेछ । साथै यसलगतै ८ कोठे रेट्रोफिटिङ कार्य पनि भैहाल्ने विद्यालयले जानकारी दिएको छ ।
निर्माण कार्यको जिम्मेवारी भ्याली कन्स्ट्रक्सनले लिएको छ भने आर्थिक लगानी नेपाल सरकार र वैदेशिक ऋण सहयोगबाट हुने बताइएको छ ।
चोभारमा रत्नन्यास पूजा सम्पन्न

कीर्तिपुर । काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नं. १० का प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले मञ्जुश्रीको प्रतिमा स्थापनाका लागि रत्नन्यास पूजा कार्यक्रममा सहभागी भई सम्पन्न यही माघ ८ गते चोभार सहित कीर्तिपुरको सम्वृद्धिको यात्राका लागि मञ्जुश्री प्रतिमा एक कोशेढुङ्गा सावित हुने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री के.सी.ले राजनीतिक विभेदका मुद्दा अब समाप्त भई सकेको हुँदा सवै जनप्रतिनिधीहरु अब सम्वृद्धिको यात्रामा लाग्नु पर्ने कुरामा जोड दिए । साथै उनले प्रतिमा निर्माण कार्यका लागि केन्द्रिय सरकार तथा आफ्नो सांसद विकास कोषवाट समेत यथासक्य सहयोगको लागि प्रतिवद्धता जनाए । साथै सुख्खा बन्दरगाह, वाहिरी चक्रपथ, जारी मञ्जुश्री प्रतिमा निर्माणसहितका स्थानीय गतिविधिले यस क्षेत्रलाई चाँडै एउटा धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने विश्वस्त गराए ।
जलविनायक सामुदायिक वन उपभोक्ता समूहवाट जारी ३३ फिटको मञ्जुश्रीको प्रस्तर प्रतिमा निर्माण योजना अन्तर्गत रत्नन्यास कार्यक्रम सम्पन्न भएको
हो । समूहका अध्यक्ष इन्द्रवहादुर महर्जनको अध्यक्षतामा कीर्तिपुर नगरपालिका वडा नं. ६, चोभार स्थित प्रतिमा निर्माण स्थलमा सो दिन भएको उक्त कार्यक्रममा प्रतिमा निर्माणमा हालसम्म भएको आय व्यय एवं निर्माण सम्वन्धी प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।
 कार्यक्रममा विशिष्ट अतिथी महिला, वालवालिका तथा समाजकल्याण मन्त्री विक्रम वहादुर थापाले कार्यक्रमको गरिमा धेरै उच्च रहेको र जारी योजना सम्पन्न गर्न आफ्नो तर्फवाट ४ लाख रुपैयाँको सहयोगसहित थप सहयोगको प्रतिबद्धता जनाएका थिए ।
प्रतिमा निर्माणका लागि विशेष सहयोग गर्ने विश्व शान्तीका अभियन्ता, युरेशिया रेयुकाईका संस्थापक अध्यक्ष याशुन मासुनागाले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा ज्ञानको अपार भण्डार वोधिसत्व मञ्जुश्रीको ज्ञान मार्फत चोभार मात्र हैन समग्र नेपाल मात्र हैन सम्पूर्ण विश्वलाई डोर्याउने थलोका रुपमा विकास होस् भन्ने कामना गरे भने प्रतिमा निर्माणका लागि थप सहयोगको समेत प्रतिवद्धता व्यक्त गरे । साथै मासुनागालाई ८४ वर्ष नाघेको अवसरमा नेवारी परम्परा अनुसार सगुन दिई सम्मान गरिएको थियो भने कदरपत्र प्रदान गरी दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । गुठी संस्थानका पूर्व अध्यक्ष तथा प्रशासक पञ्चलाल महर्जनले स्थानीय स्तरमा राजनैतिक आस्थाका आधारमा नभई स्थानीय विकासको लागि सवै एक जुट भई अगाडि वढेमा चोभार क्षेत्र दु्रत गतिमा नमूना विकासका थप परियोजनाहरु अगाडि वढाउन सकिने
धारणा राखे । उनले केन्द्रीय तथा स्थानीय सरकारले चोभार क्षेत्रको विकास र मञ्जुश्री लगायतका जारी योजनाहरु सम्पन्न गर्न आवश्यक न्युनतम पनि सहयोग पुर्याउन नसेकेको तथ्य स्पष्ट पारे । यसका लागि आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न कार्यक्रमका प्रमुख अतिथि एवं युवा तथा खेलकुद मन्त्रीलाई अपील पनि गरे । कार्यक्रममा वौद्ध विद्वान तथा गुरुहरुवाट धार्मिक विधि अनुसार रत्नन्यास पूजा गरिएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ, एशिया प्याशिफिक क्षेत्रिय कमिटीका अध्यक्ष किरण विक्रम थापा, प्रा.डा. गोपाल शिवाकोटी (चिन्तन) ले एक एक लाख तथा चोभार सुलक्षण कीर्ति विहारका अध्यक्ष डा. अनोजा गुरुमाले प्रतिमा निर्माणका लागि थप १० हजारको आर्थिक सहयोगको प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा समूहका कोषाध्यक्ष एवं मञ्जुश्री प्रतिमा निर्माण समितिका संयोजक सुजिन्द्र महर्जनले प्रतिमा निर्माणका लागि हाल सम्म लागेको खर्च जम्मा करीव १ करोड पचास लाख  तथा सहयोग संकलन अर्थात आम्दानी करीव ७० लाख रहेको विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिमाको वरपर वाहेक प्रतिमा निर्माणका लागि मात्र अझ एक करोड लाग्ने अनुमान निर्माण संयोजक महर्जनले बताए । संस्थाका उपाध्यक्ष दिपक महर्जलने स्वागत तथा कार्य समिति सदस्य अम्कन कर्माचार्यले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रम सचिव सुनिता (शुभलक्ष्मी) शाक्यले संचालन गरेकी हुन् ।

Read the full issue at:
https://drive.google.com/open?id=1mOw9-kF895hzSdVp2aHk9yyI2VWYmMFS

Leave us a comment