कीर्तिपुरमा १ घण्टामा १० टन फोहर संकलन, विसर्जन कसरी कहाँ ?
कीर्तिपुर । चैत्र ३ गते शनिवार कीर्तिपुर क्षेत्रमा वृहत सरसफाई अभियान कार्यक्रमको शुरुवात भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन तथा उपमेयर सरस्वती खड्का लगायतका पदाधिकारीहरु समेत उपस्थिति रहेको सो कार्यक्रममा उनीहरुले सडकमा भएका फोहर टिपेर अभियानलाई साथ दिएका थिए ।
कार्यक्रम सफल पार्न कीर्तिपुर नगरपालिका स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनामा संयोजक एवं वडाध्यक्ष हर्ष महर्जनले विहिवार चैत्र १ गते नेवाः लहनामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए । उनीहरुले १ घण्टामा १०० रोपनीमा फोहर सफा गर्ने वृहत्त सरसफाई अभियानबारे जानकारी दिदैं पर्यटकीय नगरीको रुपमा विकास गर्न कीर्तिपुरमा नमुना सरसफाई अभियान संचालनको पहिलो पाइला हुने प्रतिकृया दिएका थिए । सफाई कार्यक्रमलाई विद्यालय, कलेज एवं संघ संस्थाले कीर्तिपुरको गेटदेखि दीखुसम्म समेट्न भएको थियो ।
कुनै पनि कार्यक्रम दिंदा त्यो कार्यक्रमलाई दीर्घकालिन तरिकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भनी योजना बनाउनु जरुरी हुन्छ । क्षणिक कार्यले उत्प्रेरणाको काम नहुने होइन । तै पनि आफनो क्षेत्रको पहिचानको लागि राज्यको जनशक्तिलाई सहि सदुपयोग गर्दै उपयोगी नीति लिन सके अझ प्रभावकारी हुने निश्चित छ । यतिबेला सर्वाङिगण विकासका लागि आमूल परिवर्तनको जरुरी छ । जनतामा निराशा छाउनबाट जोगाउनु जरुरी छ ।
चेतनाका नाउँमा घण्टौ समय बरबाद गरेर हामीले फेरि पनि अनुउत्पादनकार्यमा लागि रह्यौं भने देश विकास हुन अझ समय लाग्न सक्छ । अतः अहिलेको बढी भन्दा बढी समय नीति निर्माण र विकास निर्माणमा विताउनु जरुरी छ ।
कार्यक्रमले सफलता र असफलता लेला तर त्यसैलाई जनताको जीवनमा भिज्ने गरी समस्या समाधान हुनेगरी गहिराई सम्म जान सक्यौं भने विगतका हाम्रा कतिपय भूलहरु सच्याउन सक्ने हुन्छौं कि ?
घनिभूत छलफल, भेटघाट र कार्यान्वयन तह कहाँबाट गर्ने गरौं, विकासको सवालमा व्यवस्थित, दूरगामी कसरी हुन्छ चिन्तन मनन गरौं कार्यान्वयन पक्षलाई ध्यान दिऔं ।

कृषि पेशामा गौरब गर्ने कृषकहरु
नेपाल कृषि प्रधान देश हो । यस पेशामा गर्व गर्न सिक्यौ भने मात्र देशको विकास हुने पक्का छ । स्वदेशी कामलाई हेयको दृष्टिले हेर्ने र विदेशको जुनसुकै काम गर्ने नेपाली प्रवृतिलाई त्यागी स्वदेशमै कृषि पेशा अपनाउने हो भने हामी हाम्रो देशप्रति निकै गौरव गर्न सक्ने हुन्छौं ।
कीर्तिपुर क्षेत्रमा कृषि पेशामा लागेका अधिकांश कृषकहरुले आफनो पेशाप्रति निकै गौरव गरेका छन् । घर प्युठान भई हाल कीर्तिपुरमा गाई र कुकुर पालन पेशामा लाग्दै आएका दामोदर घिमिरेले आफनो पेशाप्रति गौरव गर्दै स्वतन्त्रताको पेशा अनि सहज र सजिलो आम्दानी हुने पेशाका रुपमा बताएका छन । उनका अनुसार विदेशमा जाँदा तनाव हुने र परिवारसँग टाढा रहनुपर्ने वाध्यता हुन्छ । आफूहरुको काम ४ वर्ष भैसकेको सवै परिवार मिलेर काम गरिरहेको उनीहरुको भनाइ रहेका छन् । उनीहरुले आफूहरुको पेशामा प्रोत्साहन स्वरुप सरकारले सहयोग गर्ने हो भने कृषकहरु हौसिएर पेशा अझ दीगो हुने बताउँछन् । कृषक घिमिरेले खर्च घटाएर आफनो आम्दानी वर्षको ३०–४० हजार भएको बताए ।
अर्का कृषक तरकारी खेती गर्दै आएका दशरथ ठगुन्नाले अर्काको गाली खान नपर्ने, अन्य काममा भन्दा कृषिमा कम दुख हुने भएकोले आफूले कृषि पेशा रोजेको बताउँछन् ।
उनका अनुसार कृषि पेशामा लाग्नेहरुलाई सरकारले तालिम, वीउविजन र औषधि औजारको व्यवस्था गर्नु पर्दछ । १२–१३ लाख खर्च गरेर आफनो पेशा शुरु गरेकोमा अहिले आफनो परिवार सजिलै चलाउन आम्दानी पुगिरहेको उनको दावी छ । उनले विदेशमा गएर दुख खानु भन्दा स्वदेशमै बसेर कृषि पेशा अपनाउन पनि सवैलाई अनुरोध गरे ।
दाङ घर भएका जीतवहादुर पुनमगरले कीर्तिपुरमै आएर कुखुरा पालनको पेशा अपनाउँदै आएका छन् । उनले पनि विदेशमा गएर दुख खेप्नु भन्दा आफनो देशमा मेहनत गर्नु निकै फाइदा भएको बताए । उनले आफनो पेशाबाट मासिक ४०–५० हजार मात्र आम्दानी भएपनि वार्षिक १–२ लाख फाइदा गरेको बताए । कहिलेकाँहि घाटा भएपनि आफनो पेशाप्रति वितृष्णा नभएको उनको ठहर छ । हाल आफनै परिवार विशेषत बुढाबुढी मिलेर काम गरिरहेको यस पेशालाई सरकारले पनि प्रोत्साहनस्वरुप केही गरिदिए ऋणबाट डुवेका बेलामा केही भएपनि राहत हुने उनको विचार थियो ।
त्यसैगरी काभ्रे घर भई कीर्तिपुर आई गाईभैसी र कुखुरापालन गरिरहेका अम्बिका सापकोटाले आफूले औपचारिक शिक्षा प्राप्त नगरेका कारण विगतदेखि नै बाँच्ने आधारका रुपमा गाईभैसी पालन पेशा अपनाएको बताए । मासिक ६५ हजार भाडा तिरेर बाँकी भएको आम्दानीबाट परिवार चलाइरहेको उनको दावी छ । उनले दूध बेचेर जीवन चलाइरहेको तर्क गरे । सहयोगी समेतको सहयोगले आफनो पेशा चलिरहेको दावी गर्ने सापकोटाले सफा हुन नपाइने, फोहरमा डुब्नुपर्ने दुखेसो भएतापनि कसैसँग ऋण माग्न नपरेका कारण भने पेशाप्रति सन्तुष्टि रहेको बताए । उनका अनुसार आफैले मेहनत गरे राष्ट्रलाई समेत फाइदा पुग्ने उनको दावी छ ।
गाई पालनमा व्यस्त सिन्धुलीका सरोज भण्डारीले गाईपालन सहजताको लागि सरकारले दानामा सस्तो मूल्य गर्नुपर्ने बताएका छन् । उनका अनुसार पेशाले ४–५ जना साथीहरुलाई फाइदा भैरहेको छ । खर्च कटाएर ४०–५० हजार बचेको बताउने भण्डारीले गाईले एकदिनमा १०–२० लिटर दूध समेत दिने गरेको बताए । यो पेशाले मानिसलाई सहज जीवन जीउन सक्ने उनको सुझाव रहेको छ ।
रसुवा घर बताउने कुखुरा पालनमा व्यस्त अर्का कृषक लारी तामाङले ठ्याक्कै फाइदा भन्न नसकेपनि मेहनत आवश्यक भएको उनको भनाई रहेको छ । सरकारी तबरबाट कृषकहरुलाई प्रोत्साहनस्वरुप केही राहत भए यस पेशाप्रति सकारात्मक हुने उनको सुझाव रहेको छ । उनीहरुले आफनो पेशा संचालन झन्डै २ वर्षजति मात्र भएको बताए ।
(ललिता अधिकारी, सुनिल बोहरा, ग्युसी सुनुवार र तारावहादुर रिजालले गरेको
कुराकानीमा आधारित)

Read the full issue at:
https://drive.google.com/open?id=1Cxch7yXfhPqf8Wx7C99kHb7_cWnGSuCy