Monday, March 6, 2023

Friday, March 3, 2023

नेपाल राष्ट्रिय ज्ञानमाला भजनद्वारा १ दिने सम्मेलन

 नेपाल राष्ट्रिय ज्ञानमाला समिति, कीर्तिपुर चन्द्रागिरी क्षेत्रीय उपसमितिको आयोजना र गौतम बुद्ध विहार, ज्ञानमाला भजनखलः पाँगा धुसीको व्यवस्थापनमा यही १३ गते शनिवार पाँगा धुसी टोलमा भएको कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकाली नगरपालिका स्तरीय प्रतियोगितात्मक “चौथो वृहत ज्ञानमाला भजन प्रस्तुति २०७९” एक दिने सम्मेलन भव्य रुपले सम्पन्न भयो ।

कार्यक्रममा भावार्थतर्फ पालुवा कीर्तिपुर ज्ञानमाला भजनखलः, गायनतर्फ मच्छेगाउँ र संगीत तर्फ गौतम बुद्ध ज्ञानमाला भजनखलःलाई उत्कृष्टताको लागि मायाको चिनोसहित सम्मान गरिएको 

थियो । साथै सोही कार्यक्रममा सहयोगी हातहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. १० ख का प्रदेश सांसद रमा आलेमगर, दक्षिण नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ती डंगोल, कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य, कीर्तिपुर वडा नं. ५ का वडाअध्यक्ष 

राजेन्द्र कुमार महर्जन, वडा नं. ८ का वडाध्यक्ष सानुमैंया महर्जन, प्रमुख अतिथि भिक्षु पियदस्सी स्थविर, नेपाली 

राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष श्रीमती रमना श्रेष्ठ, बरिष्ठ गायिका ज्ञानु 

राणा, सतिस महर्जन लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

भैरबनाथ तः गुथिद्वारा गुथियारहरुलाई प्रमाणपत्र वितरण



भैरबनाथ तः गुथिले गुथियारहरुलाई प्रमाणपत्र वितरण गर्न यही १२ गते शुक्रवार एक कार्यक्रमको आयोजना ग¥यो ।

गुथिका सचिव हिरावहादुर महर्जनको स्वागत तथा बद्रिलाल महर्जनको सभाध्यक्षतामा भएको सो कार्यक्रममा वागमती प्रदेशका सभासद पुकार महर्जनले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । टिका र कोखाले सम्मानित सदस्यहरुको अगाडि प्रमुख अतिथि महर्जनले नेवाः गुथि परम्पराको संरक्षण र संवद्र्धनका लागि आपूmबाट सक्दो सहयोग हुने बताएका थिए ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यका साथै गुथिका नाइकेहरुको पनि सुखद उपस्थिति रहेको थियो ।– निभा महर्जन (प्रशिक्षार्थी)


Leave us a comment