Saturday, October 28, 2017

विविध कार्यक्रमसहित दिपावली तथा 
न्हू दँ ने.सं. ११३८ को भव्य स्वागत
कीर्तिपुर । न्हु दँ ११३८ नेपाल सम्बतको स्वागतार्थ तथा स्वन्ती नखः तिहार चाड मनाउनको लागि देशैभरि नेवार लगायत विभिन्न समुदायले विविध कार्यक्रमका साथ यस वर्ष पनि धुमधाम् मनाए ।
विशेषगरी कीर्तिपुर क्ष्ँेत्रका विभिन्न क्ष्ँेत्रमा नयाँ वर्ष नेपाल सम्वतको स्वागतार्थ ¥याली र विविध कार्यक्रमका साथ मनाइए ।
यसक्रममा पाँगामा आयोजक लूनिभा मिसाः पुचःले सहभागी सवैलाई नेवारी परम्पराअनुसार टिका, फूल, अण्डाको सगुन दिई ¥यालीको नेतृत्व सहित स्वागत गरेका थिए ।
¥यालीलाई सो क्षेत्रका विभिन्न क्षेत्रहरु परिक्रमा गराई धुसि टोल पा“गामै ल्याएर सभामा परिणत गरिएको थियो । कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जनको प्रमुख आतिथ्य तथा आयोजक समूहका अध्यक्ष विष्णुनानी महर्जनको सभाध्यक्षतामा गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि मेयरद्वारा पानसमा बत्तीबाली उद्घाटन गरिएको थियो ।
पुरी तरकारी ग्रहणसँगै शुभारम्भ भएको सो कार्यक्रममा बाजागाजा समूहलाई केपूवापतको प्रशंसा प्रदान गरिएको थियो । सोही कार्यक्रममा आर्थिक भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई अतिथिहरु डा. देवकाजी डंगोल, टोलका उमेर वरिष्ठ द्वारिकाभाइ महर्जन र पूर्वराज्यमन्त्री दिलिप महर्जनमार्फत मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
आयोजक मिसा पुचःका विष्णुनानी महर्जनले आगामी वर्षको लागि भनी पाँगा बालकुमारी महिला समूह क का विष्णुकुमारी महर्जनलाई पालो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रमेश महर्जनले शंखधर साख्वाःको योगदानबारे चर्चा गरे ।  उनले गरिबहरुलाई ऋण मुक्त गरिदिने साख्वाः बुद्धकै अनुयायी हुनुपर्ने तर्क राखे । निर्णायकको तर्फबाट जीवनकुमार महर्जनले प्रतियोगितामा सामेल भएका मध्ये मण्डप, ¥याली र ढोकामा क्रमशः सिकुछें मण्डप, न्हूजः मिसा पुचः दउखेल र धोकासी टोललाई  प्रथम घोषणा गरेका थिए ।
कीर्तिपुर र नगाउँमा भने संयुक्त रुपमा ¥यालीको आयोजना भई परम्परागत रुटमै ¥यालीले परिक्रमा ग¥यो । 
समल टोलको आयोजनामा भएको उक्त साँस्कृतिक ¥यालीमा विभिन्न महिला समूह, क्लब र संघसंस्था तथा गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
टोलटोलमा आकर्षक मण्डपद्वारा सजायमान कीर्तिपुर क्षेत्रमा ¥यालीको स्वागतार्थ टोलबासीको सक्रियतामा सडकसमेत चोख्याउने र तामा र पित्तलका गाग्रीबाट सजाइने गरिएको थियो ।
¥यालीपछि गरिएको औपचारिक कार्यक्रममा सहयोगी हातहरुलाई वडाध्यक्ष राजेन्द्र महर्जनसहित मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्कासमेतले प्रशंसापत्र प्रदान गरेका थिए ।
मन्तव्यको क्रममा मेयर रमेश महर्जनले नेपाल सम्वत र दीपावलीको अवसरमा सवैलाई भिन्तुनाको सन्देश दिंदै शंखधर साख्वाःको योगदानको चर्चा गरेका थिए । हुन पनि साख्वाःको योगदान नेपाली भूमीका लागि अविस्मरणीय र मननयोग्य भएकोले वर्तमान सन्दर्भमा त्यस्ता व्यक्तित्वको अझै अपरिहार्य भएको महशुस गर्न सकिन्छ ।
राज्यद्वारा भाषा हक हित र अधिकारका लागि गत वर्षहरुमै कानूनी रुपमा नेपालभाषाको लागि आवश्यक पहल भैसकेको हुनाले अबका दिनमा सवैपक्षबाट मात्र कार्यान्वयनको जरुरत परेको ठान्न सकिन्छ । 
कार्यक्रममा वडाध्यक्ष राजेन्द्र महर्जनले पनि भाषा संस्कृतिका लागि आफूहरुमार्फत सवै पक्षले आवश्यक सहयोगी कार्यक्रमलाई भव्य बनाइदिनुभएकोमा धन्यवाद व्यक्त गर्दै भिन्तुना आभार प्रकट समेत गरे । अर्काे वर्षका लागि जिम्मेवारी हस्तान्तरणस्वरुप कीर्तिपुरमा देवढोका परिवारलाई दिइएको थियो ।
कीर्तिपुर गाम्चामा देवकोटाको स्मरण
कीर्तिपुर । सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपाल (२०६८) ले  महाकवि लक्ष्मीप्रसाद देवकोटको १०९ औं जन्मजयन्ती गाम्चाको भागवत कुटीमा कार्तिक २ गते लक्ष्मीपूजाको दिन सम्पन्न गरेको छ ।
प्रमुख अतिथि सिनासका लेखक पेशल निरौलाले सो अवसरमा नेवार,  लिम्बु, मगर, खस आदिको संस्कृति हरायो भने नेपालको संस्कृति नपुग हुने बताए । उनले जनता जागरण गराउनु नै देवकोटाको सम्मान गर्नु भनी स्पष्ट पारे । कार्यक्रममा छिमेकी देश भारत बेलायत र मुगलबाट बलात्कृत भई शासित भएको देश भन्दै नेपाल काली, सरस्वती र कुमारीबाट रक्षार्थ भई कुमारीत्व जोगाएको स्वाधिन देश भएको दावी गरे । नेपाली राष्ट्रियताको लागि अब पनि विभिन्न जातिहरुलाई उठाउन नसके देश पराधिन हुन सक्ने संकेत गरे । 
राष्ट्रिय एकताको लागि पृथ्वीनारायण शाहको जातिय विविधता र अनेकतामा सवैको एकता गाँसिएको देशलाई संस्कृतिले बचाउन सक्ने तर्क राखेका थिए  । उक्त कार्यक्रममा अर्जुन महर्जन, पवन बुढाथोकी, विष्णु रुपाखेती र त्रिलोचन समस्त जस्ता सहभागीहरुले महाकवि देवकोटाको बारेमा कविता वाचन गरेर स्मरण गरेका थिए ।
संयोजक ध्रुव वस्नेतले सो अवसरमा नेपाल सम्वत, तिहार, छठको शुभकामना दिंदै हिमाल पहाड र तराईलाई एकताको सुत्रमा बाँड्ने पृथ्वीनारायण शाहको योगदानलाई सम्झन राष्ट्रिय एकताका लागि देवकोटा मात्र होइन अन्य सवै पक्षका व्यक्तित्वहरुलाई समेत एकैठाउँमा जोरजाम् गरी व्यवस्था गर्न अनुरोध गरेका थिए । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बाँनियाको समेत उपस्थिति रहेको थियो ।
मधुसुदन ढुंगानाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा सभालाई समापन मन्तव्य दिंदै एकताको महत्वबारे बोल्नुभएको थियो । उहाँले सद्भावको आवश्यकता र आजको सन्देशबारे स्पष्ट पार्नुभएको थियो ।

सम्पादकीय
कीर्तिपुरमा अनुगमन निरन्तरताको प्रश्न
देशको संघीय संरचनाको माहोलमा हरेक नयाँ कदमहरु जनताका लागि नौलो हुने र त्यो नौलो कामबाट नौलो आशा पलाउने स्वभाविक प्रक्रिया हो । 
चाडपर्वको बेलामा गरिने फाट्टफुट्ट अनुगमनले व्यापारीहरुलाई एकछिनको सजगता ल्याएता पनि कालान्तरमा यस्तै त हो नि भन्ने प्रभाव परिसकेको सन्दर्भमा कीर्तिपुरमा हालै गरिएको अनुगमनको सह््राहना गर्दै जनसमुदायले निरन्तरताको माग गरेको छ ।
अनुगमनको निरन्तरताबाट जनसमुदायलाई धेरै कुरामा फाइदा हुनेछ ।
व्यापारीहरुले म्याद नाघेको सामग्रीलाई विक्री गर्ने र राम्रो गुणस्तरीय सामानमा नराम्रो चीजको मिसावटबाट फाइदा लिने नराम्रो प्रथाको अन्त्यको लागि अनुगमन निकै 
प्रभावकारी कदम हो । यसो हुँदा हुँदै पनि सम्वन्धित पक्षले एकचोटी त हो नि भनी प्रशय दिने बानी गर्दै जाँदा भविष्यमा नराम्रो असर पर्ने संभावनालाई ध्यानमा राख्दै अनुगमनको नीति बनाइनु पर्ने हुन्छ ।

जनताको अगुवाई र कीर्तिपुर नगरपालिकाको समन्वयमा यस्ता काम कार्यवाहीलाई अगाडि बढाउने हो भने अनुगमन थप प्रभावकारी हुनेमा दुई मत नहोला । यसमा थप सक्रियता भने अझै खाँचोछ ।
Read the full issue at:
https://drive.google.com/open?idhttps://drive.google.com/open?id=0B9JEXlAZ63G1WjFhQm5ZNFlpZVk=0B9JEXlAZ63G1WjFhQm5ZNFlpZVk

Leave us a comment