Saturday, October 21, 2017

पाँगा महिला बचत अब स्वावलम्बन बन्दै
कीर्तिपुर महिला सहकारीको नेतृत्व लिन मेयर र उपमेयरको सल्लाह
पाँगा बचत तथा ऋण सहकारीद्वारा आयोजित समारोहमा मेयर उपमेयरसँगै सम्मानित व्यक्तित्वहरु
गरिन्छ । विश्व जेष्ठ नागरिक दिवस मनाउनुको मुख्य उदेश्य जे
कीर्तिपुर । मेयर रमेश महर्जनले प्रेरणास्वरुप बोल्दै पाँगा बचत तथा ऋण सहकारी संस्थालाई कीर्तिपुरकै नेतृत्वदायी संस्थाका रुपमा आउन सल्लाह दिए । उपमेयर सरस्वती खड्काको इच्छा पनि त्यस्तै रहयो । मन्तव्यका क्रममा मेयर महर्जनले आफूलाई वाँसुरीको धुनबाट स्वागत गर्ने दुवै खलःलाई पेशाकै रुपमा बाँसुरी अपनाए अझै राम्रो हुने सल्लाह दिए । उनले आफू पनि थाँबाहा दाफा खलःको तर्फबाट पेशागत रुपमै 
बाँसुरी बजाउँदै हिंडेको स्मरण गरे । नेपाल सरकारसँग सहकारी कर उठाउन पाउने अधिकार प्राप्त भए सहकारीसँग लिएको कर फिर्ता गर्ने बचन दिंदै पाँगा महिलालाई नपाबाट सहयोग रहने बचन समेत दिए ।
विशेष अतिथि उपमेयर खड्काले पनि कीर्तिपुर नगरपालिकाद्वारा गरिरहेका विविध क्रियाकलापबारे जानकारी दिइन् । उनले सामाजिक र भौतिक विकासका लागि कीर्तिपुर नपा तयार रहेको बताइन् । कार्यक्रममा हाकुपतासी र रातो ब्लाउजमा सजिएका पाँगाका महिलाहरु आ–आफना बचत संस्थाहरुको प्रतिनिधित्व गर्दै यही शनिवार पाँगा पार्टी भेन्युमा भेला भएका थिए । उनीहरु सवैजसो ११ समूहका महिला प्रतिनिधिहरु हुन् । आर्थिक संकलनका सवालमा ज्वजलपा महिला समूहका १३९ जना, लूःनिभा मिसा पुचःका ८० जना, पवित्र महिला समूहका १३७ जना, न्हूजः आमा समूहका ९१ जना, जयसन्तोषी माँका ६० जना, पलिस्था मिसाः पुचःका ५१ जना, बालकुमारी महिला समूह “ख”का ५८ जना,  बालकुमारी महिला समूह “क”का २७ जना, हिसी मिसा पुचःका १०९ जना, शंखापुर माँः पुचःका ४३ जना, विष्णुदेवी महिला समूहका ४० जना, र्कीिर्तपुर आवास महिला समूहका १४ जना र महिला सुरक्षित स्थानका १८ जना गरी जम्मा ८६७ जना महिलाहरु का कारोवार गर्दै आएका पाँगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको दशौं वर्ष पार गर्दै दशमीकै तिथि पारेर विशेषत पाँगाका ११ समूहका महिलाहरुलाई एकैठाउँमा भेला गराउन सफल भए ।
उनीहरुले यसपालि संस्थालाई स्वाबलम्वन बनाउने नीतिलाई घोषणा गरे । संस्थाको आफ्नै स्वामित्वको जग्गाका लागि २० लाख बैनासमेत दिइसकेको अध्यक्ष विना महर्जनले जानकारी दिइन् । उनीद्वारा प्रस्तुत प्रतिवेदनमा संस्था आर्थिक, सामाजिक र साँस्कृतिक पक्षको विकासका लागि स्थापना भएको भन्दै आ.व. २०७३÷०७४ मा गरिएका विविध कार्यक्रमहरु उल्लेख गरिएका थिए । साथै अध्यक्ष महर्जनले सदस्य तथा समुदायका लागि स्वास्थ्यसम्वन्धी कार्य गर्ने, तालिम संचालन गर्ने, आर्थिक उपार्जनका लागि विविध कारोवारका कार्यक्रमहरुसहित संस्थाको 
आन्तरिक व्यवस्थापन समेतको कार्ययोजनाकालाई भावी कार्यदिशाको रुपमा प्रस्तुत गरिन् ।
चन्द्रमाया महर्जनको उद्घोषण तथा मनदेवी महर्जनको स्वागतमा भएको उक्त साधारणसभाको पहिलो चरणमा ढोकासी र देउखेलका बाँसुरी खलःको संलग्नतामा मंगलधुन बजाउँदै कीर्तिपुर नगर प्रमुख एवं प्रमुख अतिथि रमेश महर्जन र विशेष अतिथि सरस्वती खड्काद्वारा पानस बाली कार्यक्रमको उद्घाटन गरिएको थियो ।
साधारणसभामा संस्थाद्वारा ६ फरक फरक विधामा सम्मानित गरिएको थियो । पाँगा देउखेल निवासी ८८ वर्षिय गोविन्द महर्जनलाई सो अवसरमा बाँसुरीको मंगलधुन बजाएर प्रमुख अतिथि, विशेष अतिथि र पदेन सल्लाहकार तथा संस्थाका अध्यक्षसहितको संलग्नतामा सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरिए । त्यसैगरी स्थानीयतहमा निर्वाचित सोही संस्थाका सदस्यहरु सानुमैया महर्जन, सरस्वती परियार, रुकु विकलाई पनि कार्यकालको सफलताको कामनाकासाथ पदेन सल्लाहकार मेनुका महर्जन र अध्यक्ष विना महर्जनले सम्मान गरेका थिए । सोही कार्यक्रममा पवित्र महिला समूहका गणेशमाया महर्जनलाई जेष्ठताको आधारमा प्रायोजक एवं अध्यक्ष विना महर्जनले सम्मान गरिन् । एसइइ परीक्षामा उत्कृष्ट हुने दुई विद्यार्थीलाई दिइने पुरस्कार अन्तर्गत यस वर्ष छात्रतर्फ सदिन महर्जन र छात्रातर्फ पलिस्था महर्जनलाई पुरस्कृत गरिएको थियो । सोहीसभामा खुत्रुके बचततर्फ विमला महर्जन र रुपेश महर्जन सम्मानित भएका थिए ।
साधारणसभाको  सफलताको लागि उपस्थित अतिथि एवं सल्लाहकारहरु कीर्तिपुर फोहर व्यवस्थापनका निर्देशक सरबकुमार महर्जन, पाँगा माविका निर्देशक रमेशमान महर्जन र प्राचार्य श्यामसुन्दर महर्जन, वातावरण संरक्षण समाजका शंकर डंगोल,   ब्लु वेस्टका निर्देशक नविनविकास महर्जन , फेक्ट नेपालका डा. भरत प्रधान, सामुदायिक महिला सहकारी मंचका सुदर्शन दर्शन धारी, होमनेट नेपालका ओम थपलिया र कीर्तिपुर नपा वडा नं. ८ का वडाध्यक्ष विनोद महर्जनले शुभकामना मन्तव्य दिएका थिए ।
कीर्तिपुरमा दृष्टि दिवस मनाइयो
कीर्तिपुर । त्रिभुवन विस्वविद्यालय र नेपाल नेत्रज्योती संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र ताहाल्चा तिनकुनेको संयुक्त आयोजनामा यही २६ गते विहिवार अस्पताल परिसरमा विस्व दृष्टि दिवस २०१७ मनाइयो ।
विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कीर्तिपुरका विद्यालयका प्रिन्सिपलहरुको उपस्थितिमा संघका महासचिव श्यामकुमार पोखरेलको सभाध्यक्षतामा दृष्टिको महत्वसम्वन्धी जानकारी गरिएको थियो । सभाध्यक्ष पोखरेलले दृष्टिको महत्व बताउन विद्यालयबाट सचेतना कार्यक्रम शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
सचिव भरतचन्दद्वारा स्वागत गरिएको सो कार्यक्रममा दृष्टिकोे महत्वलाई उजागर गर्न विद्यालयका विद्यार्थीबाट थालनी गर्नुपर्नेमा जोड दिइएको थियो । 
कार्यक्रममा महासचिव शैलेसकुमार वस्नेतले अस्पतालसम्म विरामीलाई ल्याउन चुनौति भैरहेको बारे जानकारी दिए । उनले दृष्टिको महत्व बुझौं यसवर्षको दृष्टि दिवसको नारा भन्दै सरकारी निकायको तुलनामा निजीमार्फत आँखा क्षेत्रमा राम्रो योगदान भैरहेको तथ्य पनि उजागर गरे । भारतले समेत प्रशंसा गर्दै आइरहेको आँखा उपचार पक्षलाई नमूना बनाउनको लागि थप प्रयास गर्नुपर्नेमा महासचिव वस्नेतको जोड थियो ।
शुभकामना दिने क्रममा जनसेवा माविका निमित्त प्रअ दुर्गावहादुर महर्जनले विद्यालयमा वेला बेलामा दृष्टिसम्वन्धी कार्यक्रम भैरहेकोमा अझै थप कार्यक्रमको आवश्यकता रहेको औंल्याए । त्यसैगरी लायन्स क्लबको तर्फबाट रविन्द्रवहादुर प्रधानले विगतमा आँखासम्वन्धी थुप्रै शिविरहरु सम्पन्न गरिसकेको र अझै पनि योगदान दिन तयार रहेको बताए ।
सोही अस्पतालका डा. विनिता शर्माले समुदायको सहयोगबाट मात्रै आँखासम्वन्धी समस्या समाधान गर्न सक्ने बताइन् । उनले अन्य क्षेत्रमा भन्दा कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रमा कीर्तिपुरवासीका लागि सर्वसुलभ सेवा हुने बताइन् । 
संघका प्रा.डा. घनश्याम भट्टराईले दृष्टिको सवालमा कीर्तिपुरलाई पहिलो प्राथमिकता दिएको भन्दै समुदायबाट सहयोग गर्न आव्हान गरे । आँखाको चोट सहेर बस्न नहुने, बेलैमा अस्पताल ल्याउनुपर्ने भन्दै उनले अस्पतालबाट कार्डको व्यवस्था गरेर औषधि उपचारको सेवाका साथै विरामीसम्वन्धी अध्ययन गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा पाँगा मावि, हिलटाउन मावि र उज्ज्वल शिशु निकेतनका प्रिन्सिपलहरुसमेत उपस्थित 
रहेका थिए ।
कीर्तिपुरमा मुटु प्रतिष्ठानबारे छलफल
 नेपाल हृदयरोग निवारण प्रतिष्ठान कीर्तिपुर शाखाको पहलमा यही शनिवार कृष्ण क्याटरिङको गोदावरी हलमा दीपावली चियापानको आयोजना गर्दै हृदयरोग प्रतिष्ठानका विविध पक्षहरुबारे छलफल गरियो ।
संयोजक निलकण्ठ अमात्यले सो अवसरमा कीर्तिपुरमा हृदयरोग प्रतिष्ठानको आवश्यकता र महत्वबारे बोल्दै सहभागीहरुलाई दीपावलीको शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा प्रा.डा.रामकृष्ण महर्जनले शुभकामना मन्तव्यको क्रममा मुटु रोगबाट कसरी बचाउन सकिन्छ भन्नेबारे सुझाव पेश गरेका थिए । त्यसैगरी पूर्वराज्यमन्त्री दिलिप महर्जनले पनि आवश्यकता हुँदा हुँदै पनि निरन्तरताको खाँचोमा बढी सजग हुनु पर्ने बताए । ९ नं. वडाध्यक्ष गंगाराम महर्जनले आफनो वडामा मुटुको प्रतिष्ठान हुन लागेकोमा खुशी व्यक्त गर्दै जनचेतनाको लागि थप पहल गर्न सुझाव राखे । मुटु रोगसँग चिरपरिचित रत्नवहादुर महर्जनले प्रतिष्ठानको थप महत्व स्पष्ट पार्दै आफनो जीवनभर कुनै तरिकाले प्रतिष्ठानको सहयोगको लागि प्रतिवद्धता जनाए । साथै उनले नयाँबजार क्लबको एम्बुलेन्स पनि आफ्नै नेतृत्वपालामा समुदायबाट रु. १०० को दरले उठाएर संचालन मा ल्याएको स्मरण गरे ।
सोही कार्यक्रममा सावित्री महर्जनले विगतमा आफनो पितालाई भएको मुटुको समस्याको घटना सुनाउँदै विद्यालयका विद्यार्थीहरुलाई जनचेतना फैलाउनु पर्नेमा जोड दिइन् । केशमुनी बज्राचार्यले पनि स्काउटको बेलामा विद्यार्थीहरुलाई सिकाउन पनि जनचेतना आवश्यक रहने बताए । इ. दुर्कमान महर्जनले सवैलाई डाक्टर बनाउने अभियान थाल्न सके मुटु रोगबाट बेलैमा बचाउन सकिने धारणा राखे । लिला साहीले उपचारै महंगो हुने मुटु रोगको सजगताको लागि कीर्तिपुरमा प्रतिष्ठान आउनु स्वागतयोग्य भएको बताए ।
कीर्तिपुर बास्केटबल एकेडेमीद्वारा आयोजित वडास्तरीय बास्केटबलको मेयर रमेश महर्जनद्वारा उद्घाटन

https://drive.google.com/open?id=0B9JEXlAZ63G1elpIekYwYmliVmM
Read the full issue at:
https://drive.google.com/open?id=0B9JEXlAZ63G1elpIekYwYmliVmM

Leave us a comment