पाँगामा जेष्ठ नागरिकहरुको सम्मानका साथ
सहयोगीदातालाई प्रमाणपत्र वितरण
सहयोगीदातालाई प्रमाणपत्र वितरण
Senior citizens of Ward 5 and 8 of Kirtipur Municipality honored in Panga, Kirtipur |
हरेक अगस्ट २१ का दिन अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । हुन त सन् १९८८ को समयदेखि नै यस विषयमा चर्चा हुँदै आएको हो । अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनको पालामा यस विषयलाई मुख्य विषयका रुपमा चर्चा गरिएको हो ।
सन् १९९० को १४ तारिखमा पहिलोपटक यस सवाललाई संयुक्त
राष्ट्र संघको साधारणसभामा प्रस्तावित गरिएको थियो । सन् १९९१ को अक्टोवर १ देखि विदा समेत मनाइएको थियो । वास्तवमा यो दिन जेष्ठ नागरिकका विविध सवालहरुको बारेमा चिन्तन मनन गर्दै चेतना प्रवाह गर्ने दिनका रुपमा मनाइन्छ ।
यस दिन जेष्ठ नागरिकका उत्कृष्ट योगदानहरू र उनीहरुका विविध समस्यामा केन्द्रित रहेर समाधानका उपायहरु समेत सुल्झाउने प्रयास
गरिन्छ । विश्व जेष्ठ नागरिक दिवस मनाउनुको मुख्य उदेश्य जेष्ठ नागरिकको अवस्थाबारे चेतना फैलाउनु हो । यस प्रयासले एकातिर जेष्ठ नागरिकहरुको समस्या पहिचान भै समाधानका बाटाहरु निकाल्न मदत मिल्नेछन् । साथै जेष्ठ नागरिकहरुले सन्तानका निम्ति गरेका राम्रा कामका लागि धन्यवाद दिन र अरुलाई समेत प्रेरित तुल्याउन लाभदायी हुनेछन् । परिवारमा आपसमा भएको माया ममता र श्रद्धा भक्तिका साथै राज्यको वृद्धवृद्धाहरुप्रतिको दायित्वबारे स्मरण गराउनु पनि विश्व जेष्ठ नागरिक दिवस मनाउनुको उदेश्य हो ।
हरेक वर्ष जेष्ठ नागरिक दिवस मनाउँदा कुनै न कुनै उदेश्यका साथ मनाइने गरिन्छ । सन् २०१७ मा वृद्धहरुको सहभागिता र योगदानको पहिचान गर्दै भविष्य उन्मुख होऔं भन्ने नारा तय गरिएको थियो भने सन् २०१८ को नारा विद्यमान समाज÷समुदायमा जेष्ठ नागरिकहरुको योगदान र सक्रियता अनि त्यसलार्ई विस्तार गर्नु हो । यसैकारण विभिन्न संघ संस्थाहरुको सहयोगमा त्यस्ता वृद्ध वृद्धाहरुको रेखदेखलाई ध्यानमा राख्दै दिवा सेवा केन्द्र होस् या जेष्ठ नागरिक सेवा केन्द्र होस् आ–आफनो ठाउँबाट सेवा गर्न कदापी चुकाउनु हुँदैन । उनीहरुको अनुभव समाज, परिवार र राष्ट्रका लागि निकै नै उपयोगी हुने कुरामा दुईमत नहोला । बरु उनीहरुको यावत पक्षबारे अनुसन्धान नै गर्न सके राष्ट्रका लागि बलियो टेवा मिल्ने विश्वास गर्न सकिन्छ ।
विभिन्न देशमा भिन्न भिन्न तरिकाले मनाइने सन्दर्भमा नेपालमा पनि विभिन्न संघसंस्थाहरुले आ–आफनै
तरिकाले विश्व जेष्ठ
नागरिक दिवस मनाएका छन् । कीर्तिपुर पाँगास्थित जेष्ठ नागरिक सेवा केन्द्रले असोज १५ गते एक भव्य कार्यक्रमको आयोजना गरी वडा नं. ५ र ८ का निश्चित भिम
रथारोहण गरिसकेका
(आजिवन सदस्य मात्र) लाई सम्मान गरेको हो ।
प्रमुख अतिथि बनेका खेलकूद मन्त्री राजनकुमार केसी र कीर्तिपुर नगरपालिका उपप्रमुख सरस्वती खड्काको उपस्थितिमा जेष्ठ नागरिकहरु २१० जनाको सम्मान र भ्रमणमा लाने १३ जना सहयोगीलाई प्रमाणपत्र
वितरण गरिएको हो ।
प्रमुख अतिथि केसीले सो अवसरमा एक लाख नगदबाट वृद्धहरुका निम्ति कसरत उपयोगी सामग्रीको व्यवस्था गरि दिने प्रतिबद्धता व्यक्त
गरेका थिए भने उपप्रमुख खड्काले बजेट व्यवस्थापनका लागि सूचिकृत गर्न सुझाव
दिएका थिए । साथै उनले जेष्ठ नागरिकका लागि निःशुल्क औषधि वितरण गर्न लागेकोबारे जानकारी दिइन् ।
कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाकुमारी महर्जनको सभाध्यक्षता र हिरादेवी महर्जनको स्वागतमा पूर्व
राज्यमन्त्री दिलिप महर्जन, डेढलाख नगद दिने बचन दिएकी सभासद् रुपा महर्जन, सुलक्षण विहारका डा. अनोजा गुरुमा, एक लाख नगद दिने अक्षयकोष दाता कृष्णहरि महर्जनलगायतका अतिथिहरुबाट शुभकामना मन्तव्यका साथ कार्यक्रम सम्पन्न गरिएको थियो ।
विदेशको कुरा गर्दा भारतमा नेपालमा जस्तै विभिन्न संघसंस्थाहरुको सक्रियतामा जेष्ठ नागरिकहरुको सम्मानको लागि कार्यक्रमको आयोजना गर्ने र सम्मान गर्ने अनि सरकारको तर्फबाट योगदान पु¥याउने विशिष्ट महानुभावहरुको कदर गर्ने गरिन्छ । त्यसैगरि विद्यालयतिर जेष्ठनागरिकहरुलाई निमन्त्रणा गरी सम्मानका साथ भोजन गराउने चलन छ ।
अमेरिकामा भने छुट्टिएर बसेका सवै परिवारजन एकै ठाउँमा भेला भएर जेष्ठनागरिकको सम्मान गर्ने र राष्ट्रका निम्ति पु¥याउन सक्ने योगदानबारे छलफल गर्ने
गरिन्छ ।
अस्ट्रेलियामा जेष्ठनागरिक दिवस मनाइँदा भोजनका साथसाथै उनीहरुलाई वर्षाैसम्म हेरविचार गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्ने र सद्भाव प्रकट गर्ने गरिन्छ ।
आयरलैण्डमा सो दिन बालबालिकाहरुलाई वृद्धहरुको सम्मानबारे शिक्षा दिइन्छ भने भोजनका साथ चन्दा प्रदान गर्ने र जेष्ठ नागरिक नभएका
परिवारजनप्रति भाव प्रकट गर्ने समेत गरिन्छ । साथै वृद्धवृद्धाहरुका निम्ति उपहारहरु प्रदान पनि गर्ने गरिन्छ ।
समग्र समाज विकासका लागि भनी वृद्धहरुको सम्मानमा विभिन्न शुभकामना कार्ड प्रदान गर्दै, पिकनिकको आयोजना गर्दै दक्षिण अफ्रिकामा विस्व जेष्ठ नागरिक दिवस मनाइने गरिन्छ । यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरी एक आपसमा शुभकामना साट्दै ठूलाप्रति सद्भाव प्रकट गरिन्छ ।
न्युजिलैण्डमा वृद्धहरुको सम्मानार्थ कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गर्ने र रमाइला कार्यक्रमसमेत सम्पन्न गर्ने गरिन्छ ।
युकेमा पनि वृद्धहरुको सम्मानमा गिफ्टहरु प्रदान गर्ने र शुभकामना साट्दै भोजनको व्यवस्था गर्दै विश्व वृद्ध दिवस मनाइने गरिन्छ ।
जेष्ठनागरिकको सम्मानमा सामुहिक भोजनको व्यवस्थाले उनीहरुमा एक खालको उत्पे्ररणा जाग्छ । अनि त्यही मौकामा उनीहरुको विद्वताको प्रयोगलाई ख्याल गर्नुपर्ने हुन्छ । नयाँ पिढींका लागि उनीहरुको सन्देश निकै फलदायी हुन सक्छ । सामुहिकताले एक्लोपनको हिन भाव टाढा भाग्छ अनि उनीहरुलाई गरिने मायालु वातावरणले सम्वन्धमा थप गाढापन बढ्ने हुन्छ ।
वर्तमान समयमा एकात्मक
परिवारको विगविगले जेष्ठनागरिकको हेरचाहको खाँचो थप पुष्टि भएको छ । उनीहरुको सुखदुखमा रमाउन सक्ने स्वयंसेवकहरुको संख्या निकै नगन्य हुन्छ । जसले
जसरी सेवामा आवद्ध भएका छन्, तिनीहरु साँच्चिकै महान् हुन्, उनीहरुको जयजयकार अवश्य गर्नेछन् । व्यवहारिक जीवन निकै कठिन छ । आर्थिक लाभ नै सवथोक होइन तर आर्थिक नभई पनि हुँदैन । हुनेले वा सक्नेले गच्छे अनुसार सहयोग गर्ने बानी भयो भने अक्षयकोष स्थापना गरेर हुन्छ वा अन्य अनुदान प्राप्त गरेर हुन्छ वा सदस्यबाटै उपलब्ध गराएर हुन्छ, सेवा केन्द्रको निरन्तरतामा खुशी, माया, एकता, समाज, समुदाय, मनोरञ्जन सवै उपलब्ध हुन्छ । एकदिनको सम्मान र मनोरञ्जन भन्दा पनि वर्षैदिन उनीहरुका लागि विशेष दिन गर्न सके सच्चा श्रद्धा र सम्मान हुन जान्छ ।

दशैं एक विचार भावना अनेक
कीर्तिपुर । दशैं नेपालीहरुको महान् चाडको रुपमा लिने गरिएको सर्वाधिक लामो विदा हुने पर्व हो । यसैलाई लक्षित गर्दै आजभोलि परम्परा भन्दा फरक तरिकाले दशैंलाई मनाउने गर्दै आएका छन् । दशैंसम्वन्धी विचार पनि आ–आफनै खालको रहेको हुनाले यस सम्वन्धी विभिन्न व्यक्तित्वहरुको विचार संकलन गर्ने काम कीदले यस हप्ता प्रयास गरेको छ ।
जनक साउद (विद्यार्थी)
उपत्यका बाहिरबाट कीर्तिपुरमा आई लामो समयदेखि अध्ययन गरिरहेको छु । यसपालिको दशैंमा घर गइन । यतै साथी भाइहरुसँग मिलेर दशैं मनाइयो । रमाइलै भयो । गाउँमा भए आफन्तकहाँ गइन्थ्यो । यहाँ त्यस्तो भएन । कीर्तिपुरको दशैं मेलामै
रम्यौं ।
ललेन्द्र शाक्य (पत्रकार)
दशैं मनाउने सन्दर्भमा खासै परिवर्तन छैन । दशैं मनाइँरहदा हुने खाने र नहुनेवीचको खाडल बढिरहेको अनुभव गर्न सकिन्छ । हुने खानेको घमण्डी व्यवहारले नहुने वर्गलाई अलि
अप्ठेरो पार्दै लगिरहेको अनुभव गर्न सकिन्छ ।
वास्तवमा दशैं अराजक बन्ने कुनै साधन होइन तर राज्य झैं जनता पनि अराजक हुँदै आएको देखिन्छ । आउँदा दिनहरुमा जनताले यस
कुरामा पक्के सचेतता अपनाउनु पर्ने देखिन्छ ।
विना महर्जन (शिक्षक)
दशैं यसपालि राम्रो भएको छ । परिवारसँगको घुमघामले निकै रमाइलो भएको छ । हुन त दशैं भनेकै परिवारजनसँगको भेटघाटको समय हो ।
अर्जुन महर्जन (समाजसेवी)
फुर्सदको समयमा सवै मिलेर खुशियाली छाउने गरी शक्तिको आराधना गरी मनाउने पर्व नै दशैं हो । यस अवसरमा सवैलाई सुख, शान्ति र समृद्धिका साथै सद्बुद्धिको लागि आशिर्वादको कामना गर्न चाहन्छु ।
धर्म महर्जन (व्यापारी)

परिवारका साथ घुमेर साइक्लिङ्ग गरेर दशैं मनाएँ । पहिला भए तास खेलिन्थ्यो तर यसपालि फरक ढंगले मनाइयो ।
कीर्तिपुरमा कृषि ज्ञान बाँड्दै प्रोलिन्नोभा
कीर्तिपुर । प्रोलिन्नोभा नेपाल एक गैरसरकारी संस्था हो । यस संस्थाको समन्वयमा सिक्ने र सिकाउने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम गर्दै सरोकार सवैपक्षसँग कृषि ज्ञान हस्तान्तरण प्रक्रियामा विगत लामो समयदेखि स्थानीय कृषि अन्वेषणको कार्यमा लाग्दै कीर्तिपुरमा दोश्रो पल्ट यही १९ गते राराहिल मेमोरियल स्कूल कीर्तिपुर र प्रोलिन्नोभा नेपालको संयुक्त आयोजनामा नेपालमा कृषि शिक्षा र कृषि विकासको लागि स्थानीय अन्वेषण विषयक सेमिनार सम्पन्न भएको छ ।
प्रोलिन्नोभा नेपालका कन्ट्रि कोर्डिनेटर एवं कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. धर्मराज डंगोलले कार्यक्रमको बारेमा स्पष्ट पार्दै आपसी सचेतनामा कृषि ज्ञानको प्रचारप्रसारलाई सवै पक्षसँग पु¥याउन सके मात्र विषयवस्तुको महत्व अझ फराकिलो हुने बताए । उनले आ–आफनो पहलमा कृषि ज्ञानलाई रुपान्तरण गर्न सके आपसी सम्वन्ध बढ्ने र एक आपसको चिनाजानीको लागि पनि उक्त कार्य आवश्यक भएको औंल्याए । कीर्तिपुरमा कृषिसम्वन्धी आँकडा नभएकै कारण पहलको
जरुरी भएको भन्दै उनले कलंकीमा अब हिकासको कार्यालय आएपछि कृषिसम्वन्धी थप कार्य गर्न सहज हुने बताए । साथै आफूले पनि सकेको सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा कृषि शिक्षासम्वन्धी सरिना महर्जनले र स्थानीय कृषि अन्वेषणसम्वन्धी दिक्षा महर्जनले प्रस्तुत गरेका अध्ययन प्रतिवेदनमाथि सहभागीहरुले आ–आफना विचार समेत पोखेका थिए । यसरी विचार पोख्नेहरुमा शेषनारायण, नारायण महर्जन, जुजुभाइ महर्जन, जगत महर्जन, सुरेसचन्द्र गिरी, शिव गिरी, देवराज महर्जन र दिपक डंगोल रहे ।
वरिष्ठ पत्रकार एवं समालोचक राजेन्द्र महर्जनले आफू पनि लामो समय कृषिसँग सम्वद्ध रहेको बताउँदै फरक पेशा अपनाउन वाध्य भएको बताए । उनले कृषि पेशालाई समाज र राज्यले राखेको प्राथमिकताको आधारमा निरन्तरता हुने वा नहुने भन्ने टुंगो लाग्ने बताए । कृषि ज्ञानलाई विद्यालय र क्याम्पसमा भित्र्याउने वा शिक्षकका रुपमा भूमिका निभाई लेक्चरको माध्यमबाट कृषिशिक्षा हस्तान्तरण गर्न सकिने बताए । यस सन्दर्भमा समालोचक महर्जनले
राराहिल स्कूल र प्रोलिन्नोभाको पहल सकारात्मक भएको भन्दै माटो भन्नासाथ मानिसको सोचाई मा फोहर भन्ने चिन्तनलाई हटाई त्यसको उर्वरता एवं उत्पादनको महत्व बुझाउन सके कृषिको महत्व पनि त्यसैगरी बढ्न जाने तर्क राखे ।
विद्यालयका अध्यक्ष तुलसीदास महर्जनको सभाध्यक्षतामा भएको सो कृषि ज्ञान रुपान्तरण कार्यक्रममा उनले नयाँ पुस्ताद्वारा थालनी गरिएको कृषि ज्ञानलाई अब निर्वाहमुखी भन्दा पनि व्यवसायिकतामा बदल्दै अगाढि बढ्नुपर्नेमा जोड दिए । कृषि पेशामा अद्यावधि चुनौति भएको स्विकार्दै स्वस्थ जीवनका लागि कौशी खेती गर्नुपर्ने बताए परिवर्तित राजनीतिक सन्दर्भमा राज्यको काम लगानी र प्रविधितर्फ हुनुपर्ने भन्दै अध्यक्ष महर्जनले आफनो विद्यालय कृषि शिक्षाका लागि हरदम तयार भएको प्रतिबद्धता जनाए । साथै उनले दबाव दिनकै लागि भएपनि संस्थाको आवश्यकता भएको स्विकारे ।
कार्यक्रमको संचालनमा दिपा महर्जनले सहयोग गरिन् भने बालकृष्ण महर्जनले भौतिक सहयोग गरेका थिए ।

Read the full issue at:
https://drive.google.com/open?https://drive.google.com/open?id=0B9JEXlAZ63G1UVJpYmpoTFVGRGchttps://drive.google.com/open?id=0B9JEXlAZ63G1UVJpYmpoTFVGRGc