मंगल माविमा सरसफाई सम्मेलन र सामाजिक परीक्षण सम्पन्न
कीर्तिपुर । मंगल माविले आफनो विद्यालयको प्रथम सरसफाई सम्मेलन यही शुक्रबार सम्पन्न गरेका छन् ।
अतिथिहरुद्वारा सम्मेलनको अवसरमा विभिन्न रंगका सात झण्डालाई विद्यालयको मूल्याङकन नतिजा बमोजिम् झण्डोत्तोलन गरिएको थियो । अब विद्यालयमा हरेक सूचकका झण्डाले सम्वन्धित क्षेत्रमा के कस्तो अवस्थामा रहेको सूचना प्रदान गर्नेछन् र निरन्तर त्यसको निगरानी गर्दै सरसफाईमा खबरदारी रहिरहनेछन् । कार्यक्रममा प्रत्येक झण्डाको सूचकबारे विद्यार्थी क्याप्टेनहरुले परिचय दिएका थिए । सो अवसरमा म र मेरो विद्यालय शिर्षकको नाटक प्रस्तुत गर्दै सरसफाईसम्वन्धी सन्देश दिइएको थियो ।
सम्मेलन कार्यक्रममा विद्यालयमा गठन भएको सफा क्लवको कोषमा एकै दिन ३७ हजार एक सय रुपैयाँ जम्मा भएको जानकारी दिइएको थियो । सफा क्लवको कोषमा यसअघि विद्यार्थीले खाजा खर्चबाट जोगाएर ७ हजार ४ सय ९२ रुपैयाँ जम्मा गरिएका थिए । उक्त
रकम सहकारी खातामा जम्मा गरिएको फोकल शिक्षक सावित्री महर्जनले जानकारी गराइन् ।
कोषका लागि योगदान पु¥याउने महानुभावहरुमा अतिथि एवं सरसफाई विज्ञ नमस्तेलाल श्रेष्ठको १२,०००।–, डा. सुदनराज पन्थी, विश्व स्वास्थ्य संगठन ११,०००।– (गीत प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो पुरस्कारका लागि ६ हजार सहित), मंगल बहुमुखी क्याम्पसका प्रदीप महर्जन, ५,०००।–, लोकलाल महर्जन, मंगल मावि प्रअ ५,०००।–, सिद्धिबहादुर महर्जन १५००।–, प्रा.डा. शिवशरण महर्जन, विव्यस पूर्व अध्यक्ष १,०००।–, सरसफाई गीत प्रतियोगिताका प्रथम र द्वितीय टोलीमध्ये प्रत्येकबाट १,०००।–, अमन महर्जन, विव्यस अध्यक्ष १०००।–, रमा पौडेल शिक्षिका ५००।–, महेन्द्र महर्जन, शिक्षक ५००।–, रकि महर्जन शिक्षक ४००।–, निलकण्ठ महर्जन ५००।–, लक्ष्मी महर्जन २००।– र विद्यालय व्यवस्थापन समितिको तर्फबाट सरसफाई कोषमा मासिक १ हजार रुपैयाँ जम्मा गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनको प्रतिबद्धतासहित रहेका छन् ।
कोषमा जम्मा भएको रकमलाई सफा क्लव मार्फत परिचालन गरिने क्लवकी संयोजक श्रृष्टि तामाङले बताइन् । विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन, महिनावारी र सरसफाईसम्बन्धी धारणा र बानी व्यहोरामा परिवर्तन ल्याउन प्रयोग गरिने उनले बताइन् । ‘हाम्रो विद्यालयमा शौचालयको पर्याप्त व्यवस्था छैन, महिनावारी हुँदा लगाएको सेनेटरी प्याड जलाउन नमिल्ने भएपनि यहाँ जलाउने गरिएको छ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि हामी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौ’ उनले बताइन् ।
विद्यालयमा महिलाका लागि ६ वटा शौचालय छन् । विद्यालयमा हाल ११७८ जना विद्यार्थी अध्ययनरत छन् ।
सफाई सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनको सभाध्यक्षतामा प्रमुख अतिथि एवं शिक्षा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले उद्घाटन मन्तव्य दिंदै सरसफाई जस्तो महत्वपूर्ण कार्यक्रम जीवनको सवैभन्दा महत्वपूर्ण पक्ष हुने बताए । कार्यक्रमले विद्यालयको उदाहरणीय पक्षलाई उजागर पार्न मदत पु¥याउने उनले बताए । प्रमुख अतिथि पन्थीले सामुदायिक विद्यालयमा विभिन्न प्रकारका समस्या हुने बताउँदै त्यसका वावजुद पनि आफूले उद्घाटन गरेको कार्यक्रमको सफलताको शुभसन्देश सवैतिर सुनाउन पाउँ भनी इच्छा व्यक्त गरे ।
कार्यक्रममा प्रिन्सिपल लोकलाल महर्जनले स्वागत मन्तव्य व्यक्त गर्दै हरेक हिसाबबाट सफल भएको आफनो विद्यालयमा कक्षा कोठाको समस्या भोग्दै आएको बताए । उनले आइसीटीलगायतको सुविधा प्रदान गर्दै हाल क्याम्पससम्म पु¥याउन सफल भएको दावी गरे । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सन्दर्भमा राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएको उनले कार्यक्रममा बताए ।
विशेष अतिथि नमस्तेलाल श्रेष्ठले सरसफाई विना केही नहुने बताए । उनले विद्यालयको मात्र नभई सिंगो ऐतिहासिक शहर कीर्तिपुरको सफाइमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए । उनले विद्यार्थीका निम्ति पढाइका अलावा अतिरिक्त क्रियाकलापको आवश्यकता रहेको औंल्याए ।
त्यसैगरी विस्व स्वास्थ्य संघका प्रोफेश्नल अफिसर डा. सुदन
राज पन्थीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई ५, ३ र १ हजारका दरले पुरस्कृत गरेका थिए । कसैको सहयोग बिना नै मंगल माध्यमिक विद्यालयले सात झण्डे पूर्ण सरसफाई कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै उनले विद्यालयकै सक्रियतामा अगाडि बढाएको सरसफाइ कार्यक्रमलाई साकोसान सम्मेलनमा पेश गरिने बताए । यसअघि उनले पाँगास्थित जनसेवा माध्यमिक विद्यालयले गरेको पहिलो सरसफाई सम्मेलनमा बुबाको मुख हेर्ने दिन छोरीबाट प्राप्त भएको ५० हजार रुपैयाँ विद्यालयको सफाइ कोषमा जम्मा गरेका थिए ।
विशेष अतिथि एवं कीर्तिपुर नपा शिक्षा प्रमुख दीनानाथ शर्माले विद्यार्थीहरुलाई सचेत नागरिक बनाउने काममा विद्यालयले आर्थिक पारदर्शिता बनाउँदै अगाडि बढाउन सकून भनी शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यालयको तर्फबाट आर्थिक बर्ष २०७३÷०७४ को १ करोड ३६ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष सन्जय ज्ञवालीले विद्यालयको संख्याको अनुपातमा शौचालय कम भएको र छात्राका लागि सेनेटरी प्याड फेर्ने सुविधा सहितको शौचालय आवश्यक
रहेकोमा जोड दिए ।
सम्पादकीय
समाजवाद उन्मुख राजनीति
मुलुक निर्वाचनमय भएको छ । पार्टी घोषणापत्र जारी भएका छन् । उम्मेदवार र पार्टी नेता मत माग्न व्यस्त छन् । जित र हारका आँकलन भइरहेका छन् । यही क्रममा दुई ठूला दलहरु बामगठबन्धन पार्टी र नेपाली काँग्रेसवीच जुहारी पनि चल्न थालेका छन् । कम्युनिष्ट शासनको विपक्षमा उभिएर नेपाली काँग्रेसका उम्मेदवारहरु खुलेर लागेका छन् भने उता एमाले र माओवादी केन्द्र त्यसको रक्षा गर्दै कम्युनिष्ट शासन नेपाली जनताका लागि एक मात्र उपयुक्त र सुहाउँदो शासन भनी जनतालाई सम्झाई बुझाई गरिरहेका छन् । वास्तवमा चुनावको माध्यमबाट जनतालाई सचेतना जगाई आफनो पक्षमा ल्याउन सक्नु नै लोकतन्त्रको राम्रो पक्ष हो ।
घोषणापत्रका अधिकांश अनुच्छेदमा समाजवादको उल्लेख गरेको एमाले र माओवादीको पहिलो संयुक्त घोषणापत्रमा “स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार ! सुशासन र समृद्धिका लागि वामपन्थी सरकार !!” उल्लेख छ । एमाले र माओवादी गठबन्धनले मागेको दुई तिहाईले समाजवाद उन्मुख नेपाललाई विश्वकै नमूना देशमा परिणत गर्ने अभिलाषाका साथ बामपन्थी नेताहरु सक्रिय भैरहेको स्थितिमा कार्यान्वयनमा जानका लागि सवै पक्षले सहयोग गर्नै पर्छ । भनाइ र गराइ फरक पर्ने हुनाले हामीले फलाम तातेको बेलामा हिर्काउने गरी सहयोग गर्न सकेमा यतिबेला जनताको पक्षमा केही परिवर्तन गर्न अवश्य कर लाग्ने छन् ।
प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता, कानुनको राज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, शक्ति पृथकीकरण, धर्म्निरपेक्षता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय र राज्यका अङ्गमा समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषय नेपाली समाजवादका विशेषताका रूपमा भैरहदा कोही पनि नेपाली जनतालाई टाउको दुखाउनुपर्ने स्थिति देखिंदैन । सत्य कुराको पछि लाग्दा सवैको हित हुन्छ । यतिबेला काँग्रेसको “अधिनायकवाद” को आक्रमणको पत्यार गर्ने वा नगर्ने नेपाली जनताले पटक पटकको चुनावबाट बुझिसकेको अवस्था छ । त्यसैले नेता भन्दा जनता बाठा भैसकेको वर्तमान परिप्रेक्ष्यमा परिवर्तनका वाहक जनता स्वतः डटेर अघि बढ्नेमा कुनै शंका लिन नपर्ला ।
चुनावमा जुनसुकै दलले पनि आफनो पक्षमा मत ल्याउन घोषणा पत्रलाई आधार मानी काम गर्ने हुनाले जानकार पक्षका सवै सरोकारले इतिहासका विभिन्न कालखण्डमा हुँदै भएका कारक तत्वहरुको व्याख्या गर्दै र बुझदै आफनो मताधिकार सक्षम र सत्यताको पक्षमा उभिनुपर्ने हुन्छ । अन्यथा इतिहासका धरोधर पक्षहरु एकातिर जाने र देश परम्परामा चल्ने कुरामा दुई मत
नहोला ।

Read the full issue at:
https://drive.google.com/open?id=1uk4kbBHgQP_y7Oh0WbeKtEHPv-sRojJH