Tuesday, November 21, 2017

हितमानद्वारा जनउत्तरदायित्व बन्ने घोषणा गर्दै कम्युनिष्टको पक्षमा भोट हाल्न आग्रह
gathbandan chunab prachar ko kram ma pangama antarkriya gardai

कीर्तिपुर । बामगठबन्धनका उम्मेदवार हितमान शाक्यले पाँगामा भएको चियापानमा आफनो मन्तव्य राख्दै आफनो नाममा नभई कम्युनिष्टको नाममा भोट हाल्न जनतासँग आग्रह गरे ।
उनले यसपटकको चुनाव संघियताका लागि ऐतिहासिक भएकोले व्यक्तिको नाम नहेरी कम्युनिष्ट पार्टीको जनसरकार बनाउने अभियानमा साथ दिन आग्रह गरेका थिए ।
काँग्रेसले जनतालाई झुक्याएर भोट माग्ने तर बहुमतको सरकार बनाउँदा पनि जनपक्षिय काम गर्न नसकेको भन्दै उनले पटक पटक आलोचना गरे । आफनो कुनै स्वार्थ नभएको भन्दै उनले बामगठबन्धनको दुईतिहाइसमेतको सरकार बनाउन सवैको सहयोग आवश्यक रहने भएकोले यसपटक कसैगरी पनि कम्युनिष्टलाई जिताउनुपर्ने तर्क अघि सारे ।
प्रदेश क का उम्मेदवार दिलिप महर्जनले काँग्रेसका राजन केसीले जनताको पानीको समस्यामा ध्यान नदिएको बरु आफनो दुनो मात्र सोझो बनाएको आरोप लगाए । गठबन्धनको सरकारले जनताको लागि राम्रो काम गर्ने बन्दै उनले यसपालिको चुनावमा आफनोे पट्टिको कम्युनिष्ट उम्मेदवाहरुलाई भोट दिन आग्रह गरे ।
बुद्धिजीवी रमेशमान महर्जनले कम्युनिष्टहरुको सरकारले जनपक्षीय कार्यमा धेरै टेवा पु¥याउने भएकोले सवैले सहयोग गर्नुपर्ने बताए ।
पाँगा जेष्ठ नागरिक क्लबका सचिव अर्जुन महर्जनले जेष्ठनागरिकका लागि कम्युनिष्ट सरकारले हरेक कार्यमा सहयोगी भूमिका निर्वाह हुने भएकाले जेष्ठनागरिकहरुको मत कम्युनिष्ट उम्मेदवारलाई जानुपर्ने तर्क राखे । एमालेका समानुपातिकतर्फका उम्मेदवार सुरेन्द्र मानन्धरले कम्युनिष्ट सरकारको आवश्यकताबारे बुंदागत स्पष्ट पारे । उनले एमालेको जीतपछि कीर्तिपुर नगरपालिकाले जेष्ठनागरिकहरुका लागि निःशुल्क औषधिवितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भैरहेको जानकारी दिए ।
बैकुण्ठ महर्जनको स्वागतमा सरबकुमार महर्जनद्वारा संचालित उक्त चियापान एवं अन्तत्र्रिmया कार्यक्रममा विभिन्न क्षेत्रबाट आमश्रोताहरुको उपस्थिति रहेको थियो ।

सम्पादकीय
मृत्यु गह््रौ बनाऔं
मृत्यु पहाड भन्दा पनि गह्रौं हुन्छ्न् जसले राष्ट्र र जनताका लागि सेवा गरेका हुन्छन् । मृत्यु निश्चित छ ढिला वा चाँडो, फरक यति मात्र छ, कृति छोडेर मर्ने वा एक्लै आफनै शरीर लिएर मर्ने । जीवनका विभिन्न क्षणहरुमा गरिने उनका व्यवहार र योगदान नै वास्तवमा मृत्युका समयमा गरिने अत्यावश्यक मूल्याङकन हुन् । सवैको क्रियाकलाप उस्तै हुँदैनन्, सवैको सेवा उस्तै पनि हँुदैनन् । तर समाजका यावत व्यक्तिहरुको दिनचर्यामा आघात नपर्ने गरी राष्ट्र सेवा र समुदायको सेवाको कुनै सानो कार्य मात्र गरेको भएता पनि स्वर्गिय व्यक्तिको मृतात्माको पूण्य कुराको बखानमा सहजता मिल्न जान्छ । त्यही योगदानको कदर गर्दै मृत्युको परिचायक बन्छ । जन्मपछि मृत्यु हुने कुरा उमेर पुगेका जो कोही व्यक्तिले मनन गर्न सक्दछन् । तर मरण कति बेला, कुन समय, यकिन भने गर्न कठिन छ । मानिसको पलपलमा जैविक मृत्युको संभावना छ तैपनि जीवन जीउने आशामा उ स्वार्थी भएर लम्किरहेका हुन्छन् । समाजका असल कार्यहरुलाई पनि कुनै प्रशंसा विना विरोध र अवरोधका प्रयासहरु गरिरहन्छन् । आफनो दृष्टिकोणलाई क्षणिक बनाई संकुचित भावका कार्यहरु गर्दै समय व्यतित गरिरहेका हुन्छन् । पाप धुरीबाट कराउँछ भने जस्तै एक दिन त्यस्ताको मूल्याँकन ईस्वरले पनि सही गरेर देखाउँछन् । त्यसैले हामी मानव बुद्धिमानी भनिएका व्यक्तिहरु असल बनी सवैको भलो चिताउँदै समाज उत्थान कार्यमा लाग्नुपर्छ नकि आफनो स्वार्थमा मात्र रुमलिएर जीन्दगी व्यतित गर्ने हो । सानो परिवारमा समेत परिवारका सदस्यहरुलाई माया गर्दै अघि बढ्ने हो भने त्यस्ताको मृत्युमा सहानुभूति व्यक्त गर्नेको घुइँचो लाग्छ । अन्यथा राम राम सिवाय् अरु के भन्ला ?


Read the full issue at:
https://drive.google.com/open?id=1wfDhZ6vQnbHQZs39bjMJfUtdGFOLt060

Leave us a comment