Monday, December 25, 2017

सोफेस नेपालको चौधौं साधारणसभा सम्पन्न
छात्रवृत्तिको सट्टा विद्यालयलाई खेलसामग्री प्रदान गरिने
14th AGM inaugurating by prof.dr. krishna prasas gautam (dean)

कीर्तिपुर । सोफेस नेपालले  आगामी वर्षदेखि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुको सट्टा विद्यालयलाई खेलकूद सामग्री प्रदान गरिने भएको छ ।
आइतबार कीर्तिपुर माविको हलमा भएको सोफेस नेपालको चौधौं वार्षिक साधारणसभामा उक्त निर्णय भएको हो । सभाले समाजको यथेष्ट कोषको निर्माणभएपछि नेपालका विभिन्न विकट जिल्लाहरुमा समेत खेलकूद सामगी वितरण गर्ने योजना बनाउने भएका छन् । त्यसको लागि इच्छुक दाताहरुको खोजी कार्य गर्दै प्रायोजन अनुसारको ठाउँ छनौटको आधारमा सामग्रीहरु आफना सदस्यहरुमार्फत नै वितरण गरिने बताइएको छ । सोही सभामा अध्यक्ष प्रा.डा.रामकृष्ण महर्जनको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन्दकुमारी महर्जनको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
खुल्ला शेशनमा प्रमुख अतिथि प्रा.डा. कृष्णप्रसाद गौतमले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्दै सोफेस नेपालको छात्रवृत्तिको नगद रकम विभिन्न विद्यालयका प्रिन्सिपलहरुलाई हस्तान्तरण गर्नुका साथै अंक १३ सोफेस स्मारिकाको विमोचन समेत गरेका थिए । वितरित स्मारिकामा सोफेस गतिविधिसहित दुई नेपाली र दशवटा अंग्रेजी रचनासहित कूल वाह््रवटा रचना समावेश गरिएको छ ।
प्रमुख अतिथि गौतमले सो अवसरमा मन्तव्य राख्दै सोफेस नेपालको कार्यक्रम आफूलाई अति महत्वपूर्ण लागेकोले विषम परिस्थितिका वावजुद पनि आफू सहभागी हुन आएको र संस्थाद्वारा संचालित कार्यक्रमले आफूलाई निकै प्रभावित र खुशी 
पारेको बताए । उनले समाजको कार्यक्रम सानो भैकन पनि उत्कृष्ट, स्वच्छ र पारदर्शी भएको प्रतिकृया दिए । साथै उनलेछात्रवृत्ति पाउने विद्यार्थी तथा विद्यालयलाई शुभकामनासहित बधाई ज्ञापन समेत गरेका थिए ।
स्वागत मन्तव्यको क्रममा कीर्तिपुरमाविका प्रअ बद्रीप्रसाद खनालले सोफेसद्वारा गर्दै आइरहेको शारीरिक शिक्षा तथा खेलकूदसम्वन्धी कार्यक्रमले वरिपरिका विद्यालयले फाइदा पाइरहेको सन्दर्भमा निरन्तरता हुनुपर्नेमा जोड दिंदै सवैलाई स्वागत गरे । उनले आफनो विद्यालयको अवस्था साँघुरोको वावजुद पनि विगतदेखि वर्तमानसम्म सोफेसले विभिन्न खेलकुद सामाग्री प्रदान गर्दै आइरहेको उल्लेख गर्दै यसवर्ष पनि टेबलटेनिस बोर्ड, बल ब्याट प्रदान गरिएकोमा धन्यवाद ज्ञापन समेत गरे ।
मन्तव्यको क्रममा विशेष अतिथि इ. दुर्कमान महर्जनले सोफेस नेपालको कार्यक्रमले स्वास्थ्य तथा शारीरिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई निकै आकर्षण बढाएको छ भन्दै कार्यक्रमको निरन्तरतामा आफू हरदम सहयोगी बन्न तत्पर रहेको बताए । उनले समाजको सहयोगी कार्यक्रमको निरन्तरतामा अन्य विषयकालाई पनि समेट्न सके अझै राम्रो हुने अपेक्षा गर्दै आफू प्राविधिक तर्फको विद्यार्थी भैकन पनि आपनो स्वास्थ्यप्रति सजग रहनुपर्ने वर्तमान समयमा सोफेस नेपालको अझ महत्व बढिरहेको तर्क प्रस्तुत गरे ।
संस्थाका सल्लाहकारहरु माधवलाल महर्जन, प्रा.डा. हुमवहादुर बरुवाल र सुजितकुमार श्रेष्ठले सो अवसरमा पालैपालो प्रमुख अतिथि गौतम, सहनियन्त्रकद्वय विष्णु वाग्ले र पशुपति अधिकारीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सोफेस लिला छात्रवृत्ति प्रा.डा. लोकेन्द्र शेरचनमार्फत सल्लाहकार माधबलाल महर्जन, सोफेस छात्रृवृत्ति दाताहरु नन्दुमारी श्रेष्ठ, विजयकुमार महर्जन, अन्जना थापा, रसता श्रेष्ठ राज्यलक्ष्मी नकर्मी, पुष्प महर्जन, कुलनारायण पुनमाया छात्रवृत्तिका तर्फबाट सुरज महर्जन, प्रभा महर्जन, सुर्जदेवी महर्जन, नन्दकुमारी महर्जनलगायतले वितरण गरको थिए ।
सोही कार्यक्रममा सानुबुक्स एण्ड स्टेशनरी पाँगाका तर्फबाट अमिता महर्जनले एसइइ परीक्षामा औसत सर्वाेत्कृष्ट अंक ल्याउने विद्यालय जनसेवा माविलाई खेलकूद पुरस्कार प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले सरोकार सवै पक्षलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनको कार्यक्रमहरु समेत प्रस्ताव गरे । अध्यक्ष प्रा.डा. महर्जनले आफनो संस्थामार्फत छात्रवृत्ति वितरण, खेलकूद सामग्री वितरण, टेबलटेनिस प्रतियोगिता र वार्षिकरुपमा सोफेस स्मारिका प्रकाशन समेत गर्दै आइरहेको जानकारीसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

छात्रवृत्ति प्राप्त विद्यार्थी तथा विद्यालयहरु
१. अन्जली बल, कीर्तिपुर मावि, कक्षा ९
२. अनिल पुलामी मगर, कीर्तिपुर मावि, कक्षा ९
३. विनोद बोहरा, कीर्तिपुर मावि, कक्षा १०
४. शिला कुमाल, कीर्तिपुर मावि, कक्षा १०
५. अम्बेस्वरी चौधरी, कीर्तिपुर मावि, कक्षा १०
६. रोशन तोलाङगी, गोरखनाथ मावि, कक्षा ९
७. अनिता मगर, गोरखनाथ मावि, कक्षा ९
८. अनिस लम्जेल, गोरखनाथ मावि, कक्षा १०
९. कुस्मिता तामाङ, गोरखनाथ मावि, कक्षा १०
१०. जोनिशा श्रेष्ठ, गोरखनाथ मावि, कक्षा १०
११. सलिना राई, जनसेवा मावि, कक्षा ९
१२. सुरेस मगर, जनसेवा मावि, कक्षा ९
१३. अनिता रुम्बा, जनसेवा मावि, कक्षा १०
१४. विशाल बस्नेत, जनसेवा मावि, कक्षा १०
१५. कोपिला कार्की, जनसेवा मावि कक्षा ११
गठ बन्धन किन गन् गन् भैरहेछ ?
जनताको इच्छा चाहना वमोजिम् जनादेश दिइसकेपछि मनोवैज्ञानिक रुपले दवाव सिर्जना भैरहेको बेलामा शिर्षस्थ नेताहरुवीचको समयाभावलाई आधार मानेर विपक्षीहरुले आतंकित गरिरहेको सन्दर्भमा गठबन्धन एक हिसाबले गन् गन्को स्थितिमा पुगेको आंकलन गर्न सकिन्छ । यथार्थ नहोला किन भने शिर्षस्थ नेताहरुले यतिबेला आ–आफनो तर्फबाट स्पष्टिकरण दिइरहेको छ भने छिट्टै पार्टी एकताको कुरालाई अगाडि बढाइने प्रतिबद्धता पनि  गरिरहेको छ । यही प्रतिबद्धतालाई आधार मान्ने हो भने जनअपेक्षालाई साकार पार्न जनदवावको अतिरिक्त कार्यकर्ताको तर्फबाट पनि नेताहरुलाई दवाव दिनुपर्ने बेला आएको छ । आ–आफनो ठाउँबाट दवाव दिन सके मात्र नेकपा एमाले र नेकपा माओवादी पार्टीको 
एकीकरण प्रक्रियाले मूर्त रुप लिने संभावना रहन्छ । अन्यथा चुनाव अघि गरेको प्रतिबद्धतामा शंकाको घेरा नबन्ला भन्न सकिन्न ।
दूरदर्शी नेताहरु त्यतिबेला मान्न सकिन्छ जतिवेला जनताको चाहना र इच्छा अनुसार विशेषतः नेकपा एमाले र नेकपा माओवादी समर्थित जनताको आँकाक्षा पूरा हुन्छन् । चुनाव भएर महिनौ वित्न लाग्दा पनि गन् गन्को समाचार मात्र बाहिरिंदा जनताको मनमा चिसो पसेको हो । त्यसैले अबको दिनमा कार्यकर्ताको दवावको आवश्यकता जरुरी छ , आआफनो ठाउँबाट वाचा 
गरेको पार्टी एकताको काम छिटो  छरिटो गरी स्थायी सरकार गठनमा जोड दिए मात्र भावी यात्रा सहज र सरल हुने जनताको ठहर छ ।
Read the full issue at:
https://drive.google.com/open?id=1nlVWcbTNEm0z9OKAijO5JXcLBvc4nZ1X

Leave us a comment