Monday, December 18, 2017

प्राविधिकको प्रदर्शनीले जनसेवामा आकर्षण थर्पिदै
rocket launching
कीर्तिपुर । जनसेवा माविका इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरु प्रदर्शनीका लागि लामो समय अभ्यास गर्दै आखिरपुरै एक दिन प्रदर्शनीका दिन खुव हौसिए र रमाए । कारण थियो आफनो मेहनत र प्रतिभा आफनै साथीहरु र अतिथिहरुका अगाडि निर्धक्क प्रस्तुत गर्न पाएकोमा । भविष्यका कर्णधार इन्जिनियरका रुपमा विविध संरचनाको निर्माण गर्दै आफनो मेहनतलाई सवैका सामु बयान गर्दा , मेडियाका अगाडि प्रस्तुत गर्दा साँच्चिकै ज्ञान, धारणा र सीपले सुसज्जित विद्यार्थीका रुपमा लायक देखिन्थे ।
दोश्रो टेक्निकल प्रदर्शनी कार्यक्रमको उद्घाटनस्वरुप कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले 
रिबन काटेको लगतै रकेट उडाएका थिए भने पाविकेका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पनि जनसेवामै रकेट उडाएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरुले प्रदर्शनी अवलोकन गरेका थिए । त्यसैगरी विभिन्न संघसंस्थाका अतिथिहरुको पनि उपस्थिति रहेको थियो भने विनि मोतिराज खनाल र श्रोतव्यक्ति वासुदेव काफ्लेले पनि विहानै 
सवेरैदेखि विद्यार्थीहरुको कामलाई हौसला दिन विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत अवसर दिनेगरी सूचना आदान प्रदानमा तल्लीन रहेका थिए । सवैले प्रदर्शनी राम्रो भएको टिप्पणी गरे ।
प्रदर्शनीपछि प्रथम तीन स्टललाई उत्कृष्ट घोषणाका लागि भोटिङको व्यवस्था समेत गरिएको प्रदर्शनीका संयोजक शिव श्रेष्ठले बताए ।
विजेता हुने मातिने र हार्ने आत्तिने गर्नु हु“दैन
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी परिणाम आइसकेपछि देश अब समृद्ध राष्ट्रको संघारमा गएको आभाष छ र सवैले आभाषलाई आफनो गन्तव्य बनाउँदै सवैतर्फबाट आ–आफूले सकेको सर–सहयोग गर्ने बानी बसाल्न सक्नुपर्छ । यसो गर्नाले हामी समृद्ध राष्ट्रको पंक्तिमा अवश्य पुग्नेछ ।
यति बेला विजेता हुने मातिने र हार्ने पक्ष आतिने गर्नु हुँदैन । दुवै पक्षकाहरुलाई समायोजन गर्दै आ–आफनो दायित्व सम्झेर सकेसम्म जनतालाई सुखी समृद्धि पु¥याउने लक्ष्यका साथ अघि बढेमा मात्र वाचा गरिएका सवै लक्ष्य उदेश्य हासिल गर्न सक्ने हुन्छ । अन्यथा ५ वर्ष भनेको केही होइन । जुनसुकै पक्षको जीतमा पनि योजना र कार्यान्वयन पक्षलाई बलियो बनाउन सके मात्र विकासको लाइनमा जान सक्छ । 
विकासको आधारमा पक्ष र विपक्षको आपसी छलफलबाट योजनाबद्ध ढंगले अघि बढने हो भने कुनै अवरोध सिर्जना नहुने पक्का हुन्छ । नेपालीको खुट्टा तान्ने प्रवृतिले विकासमा वाधा पुगिरहेको विगतको तीतो अनुभवलाई अबका दिनमा चटक्कै छोड्न सक्नुपर्छ ।
जित्ने र हार्ने पक्षको चुनौति भनेकै जनताको साथमा संगै वसिरहने सक्ने शक्ति संचय हो । यसका लागि जनताको सुखदुखमा साथ दिनु हो । हर क्रियाकलापमा साथ दिएर संयमित बन्न सक्ने नेता नै वास्तवमा जनताको मनमा बस्न सक्ने सच्चा नेता हुनेछ । हैनमा चुनावी नेता मात्र भएर देश विकास कदापी नहोला ।
Read the full issue at:
https://drive.google.com/open?id=1qHc-W6eXax8VywIHM5d_wOUiOeUijgha

Leave us a comment