Tuesday, September 17, 2019

नेपाली काँग्रेस कीर्तिपुर नगर समितिद्वारा वीपी जयन्ती मनाइयो 


मानबहादुर रोकाया 
नेपाली काँग्रेस कीर्तिपुर नगर समिति द्व्रारा आयोजित जननायक महामानव वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको उपलक्ष्यमा वीपीको समाजवाद र वर्तमान राजनीतिक अवस्थाबारे विचार गोष्ठी सम्पन्न 
गरियो । 
कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डंगोल अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौेडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि पौडेलले समाजमा भएको राजनीति समाजका सबै नीतिहरुलाई संचालन गर्ने नीति 
राजनीति भएको बताए । अहिले नेपालमा राजनीति उथलपुथल भएकोले जनतामा निरासा आएको बताए । नेपाल अहिले कमजोर हुदैे गएको छ, अरुले हेप्दै आएका छन् । यस्तो गंभिर कुरालाई सवै पार्टिले मनन् गनुपर्ने उनले बताए । राजनीतिलाई सम्मानिति क्षेत्र बनाइनु पर्ने तर्क राख्दै देश विकासको लागि राजनीति आवश्यक रहेको विचार पोखे । उनले वैचारिक बहसमा अगाडि बढ्नु पर्ने कुरामा जोड दिए , लोकतन्त्रका मूल्य र मान्यतामा आधारित समाजवाद प्रजातन्त्र भन्दै मौलिक अधिकार संबिधानमा राखेका जानकारी दिए । जनतालाईे विश्वास दिलाउन सके चुनाव जितिने तर्क 
राख्दै सवैलाई मेहनत गर्न अपील गरे । 
प्रमुख अतिथि पौडेलले पार्टिलाई जनताको वीचमा राख्न अझै गाह्रो भएको स्विकारे । अहिले काँग्रेससँग जनता किन आएन भन्दै प्रतिप्रश्न समेत गरे । जनता कम्युनिष्टसँग असुन्तुष्ट रहेको बेलामा उनीहरुको मन जित्न सकेमा मात्र, काँग्रेसको पोल्टामा जनता आउने नत्र हालत जस्ताको तस्तै हुने पौडेलको भनाई रहयो । नेपाली जनताको लागि दुई वटा पार्टि भनेको काँग्रेस र कम्युनिष्ट मात्र भएको अरुले जनतालाई बचाउन नसक्ने पनि उनको धारणा थियो ।
विशेष अतिथि एवं महासमिति सदस्य नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री क्षेत्र न १० का सासंद माननीय 
राजेन्द्र केसी र प्रमुख बक्ता राष्ट्रिय पुन निर्माण प्राधिकरण पुर्व अध्यक्ष डा. गोविन्द्र पोखरेल, राजकुमार नकर्मी, प्रदेश नं. ३ का सभासद पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले समेत शुभकामना मन्तव्य राखेका थिए ।
कीर्तिपुर दर्पण वर्ष १६ अंक ९ २०७६ भाद्र ३० गते सोमबार

Leave us a comment