Monday, February 13, 2023

राराहिल स्कूलको अभिभावक दिवस सम्पन्न


 कीर्तिपुर छुगाउँस्थित राराहिल स्कुलको जुनियरहरुको अभिभावक दिवस शुक्रवार र सिनियरहरुको अभिभावक दिवस शनिवार सम्पन्न भयो । 

बाल शिक्षा विज्ञ तथा लेखक सानु अमात्यको प्रमुख आतिथ्यमा पहिलो दिनको अभिभावक दिवस सम्पन्न भए भने दोश्रो दिन कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनको सभाध्यक्षतामा अभिभावक दिवस सम्पन्न भएको 

थियो ।

प्रमुख अतिथि अमात्यले सो अवसरमा घर शिक्षा नै पहिलो पाठशाला भएकोले आमा बाबुलाई पहिलो गृुरु मान्नु पर्ने बताइन् । उनले बाल शिक्षा राम्रो हुनका लागि घरको वातावरण राम्रो हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी कीर्तिपुर नपा उपप्रमुख शुभलक्ष्मी शाक्यले प्रमुख अतिथिको मन्तव्यमा कीर्तिपुर नगरपालिकामा आर्थिक कमजोर भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको कुरा जानकारी गराइन् । 

अभिभावक तथा विभिन्न व्यक्तित्वहरु उपस्थित रहेको उक्त कार्यक्रममा बालबालिकाहरुद्वारा विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । –निभा महर्जन, चन्द्रकला  (प्रशिक्षार्थी)


महिनावारी सम्बन्धी कार्यमूलक अनुसन्धान गर्दै हेन र जापानीज प्राध्यापक

नेपाल स्वास्थ्य शिक्षा संघ र जापानीज  प्राध्यापकहरुको टोली मिलेर संयुक्त रुपमा महिनावारीसम्वन्धी अध्यापनको विषयलाई लिएर कार्यमूलक अनुसन्धान गरिरहेको छ ।

नेपाललगायत विभिन्न एशियाली मूलकहरुमा समेत भैरहेको सो अनुसन्धानका क्रममा महेन्द्ररत्न क्याम्पस ताहाचलमा हेनले माघको २२ र २३ गते दुई दिने कार्यशाला संचालन ग¥यो । हेनका तर्फबाट प्रा.डा.

रामकृष्ण महर्जन र प्रा.डा. श्यामकृष्ण महर्जनसहितका विज्ञहरु सहभागी भएको उक्त कार्यशालामा शिक्षा शास्त्र संकायका डिन चित्रवहादुर बुढाथोकीले प्रमुख आतिथ्य गर्दै नेपालको अध्यापन स्थिति र तालिम प्राप्त स्वास्थ्य शिक्षकको यथास्थिति चित्रण बताएका थिए ।

उद्घाटन सत्रमा महेन्द्र रत्न क्याम्पसका क्याम्पस प्रमुखलगायत सरोकार व्यक्तित्व तथा जापानिज प्राध्यापकहरु समेतको उपस्थिति रहेको थियो ।


निःशुल्क मृगौला परीक्षण सम्पन्न

नयाँ छहारी नेपाल र वडा नं. ३ कीर्तिपुर नगरपालिका वडा कार्यालयको संयुक्त आयोजनामा मार्क इन्टरनेशनल किड्नी सेन्टरको प्राविधिक सहयोगमा शुक्रवार २७ गते र शनिवार २८ गते गरी दुई दिने जनचेतनामूलक निःशुल्क मृगौला परीक्षण कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा “स्वस्थ मृगौला, स्वस्थ जीवन” को 

नारासहित रगतको माध्यमबाट मृगौलाको अवस्था पत्ता लगाउन प्रारम्भिक परीक्षण गरेको कुरा छहारी नेपालका अध्यक्ष दिपा महर्जनले जानकारी दिइन् ।

परीक्षणको सिलसिलामा केन्द्रका संचालक तथा अभियन्ता डा. अर्चन शमशेर रानाले कार्यक्रममा सहभागी हुने सवैलाई स्वस्थ मृगौलाका लागि पानी पिउनु अपरिहार्य हुने बताउँदै समयमै सजगता अपनाउन लागि सचेतना गरेका थिए । डा. रानाले फटाफट हिंड्ने वा दौड्ने गरेमा कसरत हुने बताएका थिए । आफनो नियमित काम गर्नुलाई भने उनले कसरत होइन भनेका थिए । लक्षण देखिनु भन्दा पहिले नै  परीक्षण गर्न सकेमा उत्तम उपाय हुने उनले बताए ।

शिविरमा ३१५ जनाले रक्त परीक्षण गरेका थिए भने पुरुष र महिला गरी कूल ३९७ जनाले सहभागिता जनाएका थिए । – राजेश न्यौपाने, मुक्तिराम ओली, आशिष थेवे र नेत्र विक  प्रशिक्षार्थी 


Leave us a comment