Monday, February 20, 2023

अन्तर नगरपालिका खो–खो प्रतियोगिता

 भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरमा अन्तर नगर खोखो प्रतियोगिता आयोजना गरेको छ ।

यही फागुन ५ देखि ९ गतेसम्म चल्ने उक्त प्रतियोगितालाई चार समूहमा विभाजित गरी खेल खेलाइएको छ ।

सहिद दिवसको अवसरमा आयोजित सो खेल भक्तपुरमा विहान ८ बजेदेखि दिउँसो १ बजेदेखि हरेक दिन खेल खेलाइने गरी टाइसिट प्रकाशित 

गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगद पुरस्कृत गर्ने आयोजकले बताएको छ ।


क्रिएटिभ एकेडेमीमा नमूना प्रदेश सभाको दोश्रो अभ्यास

नगाँउ कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीमा दोश्रो नमूना प्रदेश सभा कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।

वागमती प्रदेश सभासद पुकार महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय परिवारको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरु आफै माननीयको भूमिकामा रहेर पक्ष विपक्षसहित सक्रियरुपले सहभागी भएका थिए । प्रमुख अतिथि महर्जनले आफनो मन्तव्य दिंदै नमूना प्रदेश सभा कार्यक्रम संचालनले विद्यार्थीहरुलाई अनुशासनमा राख्न सहयोग हुने बताए । साथै उनले सभासदहरुको अनुशासनबारे जानकारी दिएका 

थिए । उनले विधेयक बनाउँदा 

सरोकार मन्त्रालयले ड्राफ्ट बनाएकोलाई प्रस्तुत गरी दफावार छलफल गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रिन्सिपल विएन पौडेलले स्वागत मन्तव्य दिएका थिए । उनले स्वागतका क्रममा सामाजिक विषयसँग प्रत्यक्ष 

सरोकार रहेर कार्यक्रमको आयोजना भएको बताएका 

थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई प्रदेश सभामा हुने विविध पक्षबारे शिक्षकहरुद्वारा परामर्श र शुभकामना समेत दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मर्जिमान सिंहको सभाध्यक्षतामा भएको सो प्रदेशसभा कार्यक्रम विद्यार्थीहरुलाई भोगेर जीवन सिकाइ सिक्नुपर्ने बताए । उनले दुई दिने प्रदेश सभामा सरकार पक्षको काम र विपक्षीको काम के हो भन्ने कुरा जिम्मेवारीपूर्वक सिक्नुपर्ने बताएका थिए । साथै सभाको सफलताको शुभकामना दिंदै शिक्षक तथा सांसदहरुलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

जनसेवामा रेड हाउसले रनिङ ट्रफि उचाले

पाँगा स्थित जनसेवा माविमा फागुन ३ देखि ५ सम्म चलेको जनसेवा स्पोर्टस मिटको अन्तिम दिन पुरस्कार वितरण तथा समापन कार्यक्रममा रेड हाउसले रनिङ ट्रफि उचाले ।
कीर्तिपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रकुमार महर्जनको विशिष्ट आतिथ्यमा भएको सो समापन कार्यक्रममा नेपालको राष्ट्रिय झण्डोत्तलन सहित समापन कार्यक्रममा खेलाडीहरुको मार्चपास्ट अवलोकन गरेका अध्यक्ष महर्जनले  खेलाडीहरुलाई हार्दिक बधाईका साथ मेडल तथा प्रमाणपत्र दिंदै रेड हाउसलाई ट्रफि हस्तान्तरण गरेका थिए । मन्तव्यका क्रममा अध्यक्ष महर्जनले खेलकूदलाई व्यवस्थित गर्न र प्रतियोगिता आयोजना गर्न वडाका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा प्रअ देवराज महर्जनले स्वागतका क्रममा खेलाडीहरुलाई शारीरिक विकास र मानसिक विकासका साथै संवेगात्मक र सामाजिक विकासका लागि इसिए र सिसिए अपरिहार्य भएको भन्दै विद्यालयले वार्षिक रुपमा नियमित स्पोर्टस मिट गर्दै आएको बताए । साथै उनले खेलमा सफलता मिल्ने विद्यार्थीहरुलाई  विद्यालयको तर्फबाट छात्रवृत्तिको व्यवस्था गर्दै आएको पनि स्मरण गरे ।
पुरस्कार वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनले विद्यार्थीहरुलाई हौसला दिंदै खेलकूदले राष्ट्रको इज्जत बढ्ने बताएका थिए । विद्यालयको इज्जतका लागि विद्यार्थीहरुले योगदान दिन सक्ने भन्दै अध्यक्ष महर्जनले विजेता तथा सहभागी सवैलाई बधाई दिएका थिए ।
समाजसेवी विष्णु महर्जन, गुजे सिं, जनसेवा भुपु विद्यार्थी २०४५ समूहका अध्यक्ष हर्षमान महर्जन, व्यवस्थापन समितिका सदस्य गौतम महर्जनलगायत व्यक्तित्वको उपस्थिति रहेको थियो ।
खेलकूद कार्यक्रममा भलिबल, बास्केटबल, खोखो, कबड्डी, ब्याडमिन्टन र एथ्लेटिक्सका विभिन्न इभेन्टहरु समावेश गरिएको थियो ।

Monday, February 13, 2023

राराहिल स्कूलको अभिभावक दिवस सम्पन्न


 कीर्तिपुर छुगाउँस्थित राराहिल स्कुलको जुनियरहरुको अभिभावक दिवस शुक्रवार र सिनियरहरुको अभिभावक दिवस शनिवार सम्पन्न भयो । 

बाल शिक्षा विज्ञ तथा लेखक सानु अमात्यको प्रमुख आतिथ्यमा पहिलो दिनको अभिभावक दिवस सम्पन्न भए भने दोश्रो दिन कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनको सभाध्यक्षतामा अभिभावक दिवस सम्पन्न भएको 

थियो ।

प्रमुख अतिथि अमात्यले सो अवसरमा घर शिक्षा नै पहिलो पाठशाला भएकोले आमा बाबुलाई पहिलो गृुरु मान्नु पर्ने बताइन् । उनले बाल शिक्षा राम्रो हुनका लागि घरको वातावरण राम्रो हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी कीर्तिपुर नपा उपप्रमुख शुभलक्ष्मी शाक्यले प्रमुख अतिथिको मन्तव्यमा कीर्तिपुर नगरपालिकामा आर्थिक कमजोर भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको कुरा जानकारी गराइन् । 

अभिभावक तथा विभिन्न व्यक्तित्वहरु उपस्थित रहेको उक्त कार्यक्रममा बालबालिकाहरुद्वारा विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । –निभा महर्जन, चन्द्रकला  (प्रशिक्षार्थी)


महिनावारी सम्बन्धी कार्यमूलक अनुसन्धान गर्दै हेन र जापानीज प्राध्यापक

नेपाल स्वास्थ्य शिक्षा संघ र जापानीज  प्राध्यापकहरुको टोली मिलेर संयुक्त रुपमा महिनावारीसम्वन्धी अध्यापनको विषयलाई लिएर कार्यमूलक अनुसन्धान गरिरहेको छ ।

नेपाललगायत विभिन्न एशियाली मूलकहरुमा समेत भैरहेको सो अनुसन्धानका क्रममा महेन्द्ररत्न क्याम्पस ताहाचलमा हेनले माघको २२ र २३ गते दुई दिने कार्यशाला संचालन ग¥यो । हेनका तर्फबाट प्रा.डा.

रामकृष्ण महर्जन र प्रा.डा. श्यामकृष्ण महर्जनसहितका विज्ञहरु सहभागी भएको उक्त कार्यशालामा शिक्षा शास्त्र संकायका डिन चित्रवहादुर बुढाथोकीले प्रमुख आतिथ्य गर्दै नेपालको अध्यापन स्थिति र तालिम प्राप्त स्वास्थ्य शिक्षकको यथास्थिति चित्रण बताएका थिए ।

उद्घाटन सत्रमा महेन्द्र रत्न क्याम्पसका क्याम्पस प्रमुखलगायत सरोकार व्यक्तित्व तथा जापानिज प्राध्यापकहरु समेतको उपस्थिति रहेको थियो ।


निःशुल्क मृगौला परीक्षण सम्पन्न

नयाँ छहारी नेपाल र वडा नं. ३ कीर्तिपुर नगरपालिका वडा कार्यालयको संयुक्त आयोजनामा मार्क इन्टरनेशनल किड्नी सेन्टरको प्राविधिक सहयोगमा शुक्रवार २७ गते र शनिवार २८ गते गरी दुई दिने जनचेतनामूलक निःशुल्क मृगौला परीक्षण कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा “स्वस्थ मृगौला, स्वस्थ जीवन” को 

नारासहित रगतको माध्यमबाट मृगौलाको अवस्था पत्ता लगाउन प्रारम्भिक परीक्षण गरेको कुरा छहारी नेपालका अध्यक्ष दिपा महर्जनले जानकारी दिइन् ।

परीक्षणको सिलसिलामा केन्द्रका संचालक तथा अभियन्ता डा. अर्चन शमशेर रानाले कार्यक्रममा सहभागी हुने सवैलाई स्वस्थ मृगौलाका लागि पानी पिउनु अपरिहार्य हुने बताउँदै समयमै सजगता अपनाउन लागि सचेतना गरेका थिए । डा. रानाले फटाफट हिंड्ने वा दौड्ने गरेमा कसरत हुने बताएका थिए । आफनो नियमित काम गर्नुलाई भने उनले कसरत होइन भनेका थिए । लक्षण देखिनु भन्दा पहिले नै  परीक्षण गर्न सकेमा उत्तम उपाय हुने उनले बताए ।

शिविरमा ३१५ जनाले रक्त परीक्षण गरेका थिए भने पुरुष र महिला गरी कूल ३९७ जनाले सहभागिता जनाएका थिए । – राजेश न्यौपाने, मुक्तिराम ओली, आशिष थेवे र नेत्र विक  प्रशिक्षार्थी 


Leave us a comment