Monday, March 6, 2023
Friday, March 3, 2023
नेपाल राष्ट्रिय ज्ञानमाला भजनद्वारा १ दिने सम्मेलन
नेपाल राष्ट्रिय ज्ञानमाला समिति, कीर्तिपुर चन्द्रागिरी क्षेत्रीय उपसमितिको आयोजना र गौतम बुद्ध विहार, ज्ञानमाला भजनखलः पाँगा धुसीको व्यवस्थापनमा यही १३ गते शनिवार पाँगा धुसी टोलमा भएको कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकाली नगरपालिका स्तरीय प्रतियोगितात्मक “चौथो वृहत ज्ञानमाला भजन प्रस्तुति २०७९” एक दिने सम्मेलन भव्य रुपले सम्पन्न भयो ।
कार्यक्रममा भावार्थतर्फ पालुवा कीर्तिपुर ज्ञानमाला भजनखलः, गायनतर्फ मच्छेगाउँ र संगीत तर्फ गौतम बुद्ध ज्ञानमाला भजनखलःलाई उत्कृष्टताको लागि मायाको चिनोसहित सम्मान गरिएकोथियो । साथै सोही कार्यक्रममा सहयोगी हातहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा काठमाडौं क्षेत्र नं. १० ख का प्रदेश सांसद रमा आलेमगर, दक्षिण नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ती डंगोल, कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य, कीर्तिपुर वडा नं. ५ का वडाअध्यक्ष
राजेन्द्र कुमार महर्जन, वडा नं. ८ का वडाध्यक्ष सानुमैंया महर्जन, प्रमुख अतिथि भिक्षु पियदस्सी स्थविर, नेपाली
राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष श्रीमती रमना श्रेष्ठ, बरिष्ठ गायिका ज्ञानु
राणा, सतिस महर्जन लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
भैरबनाथ तः गुथिद्वारा गुथियारहरुलाई प्रमाणपत्र वितरण
भैरबनाथ तः गुथिले गुथियारहरुलाई प्रमाणपत्र वितरण गर्न यही १२ गते शुक्रवार एक कार्यक्रमको आयोजना ग¥यो ।
गुथिका सचिव हिरावहादुर महर्जनको स्वागत तथा बद्रिलाल महर्जनको सभाध्यक्षतामा भएको सो कार्यक्रममा वागमती प्रदेशका सभासद पुकार महर्जनले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । टिका र कोखाले सम्मानित सदस्यहरुको अगाडि प्रमुख अतिथि महर्जनले नेवाः गुथि परम्पराको संरक्षण र संवद्र्धनका लागि आपूmबाट सक्दो सहयोग हुने बताएका थिए ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यका साथै गुथिका नाइकेहरुको पनि सुखद उपस्थिति रहेको थियो ।– निभा महर्जन (प्रशिक्षार्थी)
Monday, February 20, 2023
अन्तर नगरपालिका खो–खो प्रतियोगिता
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरमा अन्तर नगर खोखो प्रतियोगिता आयोजना गरेको छ ।
यही फागुन ५ देखि ९ गतेसम्म चल्ने उक्त प्रतियोगितालाई चार समूहमा विभाजित गरी खेल खेलाइएको छ ।
सहिद दिवसको अवसरमा आयोजित सो खेल भक्तपुरमा विहान ८ बजेदेखि दिउँसो १ बजेदेखि हरेक दिन खेल खेलाइने गरी टाइसिट प्रकाशित
गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगद पुरस्कृत गर्ने आयोजकले बताएको छ ।
क्रिएटिभ एकेडेमीमा नमूना प्रदेश सभाको दोश्रो अभ्यास
नगाँउ कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीमा दोश्रो नमूना प्रदेश सभा कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।
वागमती प्रदेश सभासद पुकार महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय परिवारको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरु आफै माननीयको भूमिकामा रहेर पक्ष विपक्षसहित सक्रियरुपले सहभागी भएका थिए । प्रमुख अतिथि महर्जनले आफनो मन्तव्य दिंदै नमूना प्रदेश सभा कार्यक्रम संचालनले विद्यार्थीहरुलाई अनुशासनमा राख्न सहयोग हुने बताए । साथै उनले सभासदहरुको अनुशासनबारे जानकारी दिएका
थिए । उनले विधेयक बनाउँदा
सरोकार मन्त्रालयले ड्राफ्ट बनाएकोलाई प्रस्तुत गरी दफावार छलफल गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रिन्सिपल विएन पौडेलले स्वागत मन्तव्य दिएका थिए । उनले स्वागतका क्रममा सामाजिक विषयसँग प्रत्यक्ष
सरोकार रहेर कार्यक्रमको आयोजना भएको बताएका
थिए ।
कार्यक्रममा विद्यार्थीहरुलाई प्रदेश सभामा हुने विविध पक्षबारे शिक्षकहरुद्वारा परामर्श र शुभकामना समेत दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मर्जिमान सिंहको सभाध्यक्षतामा भएको सो प्रदेशसभा कार्यक्रम विद्यार्थीहरुलाई भोगेर जीवन सिकाइ सिक्नुपर्ने बताए । उनले दुई दिने प्रदेश सभामा सरकार पक्षको काम र विपक्षीको काम के हो भन्ने कुरा जिम्मेवारीपूर्वक सिक्नुपर्ने बताएका थिए । साथै सभाको सफलताको शुभकामना दिंदै शिक्षक तथा सांसदहरुलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
Monday, February 13, 2023
राराहिल स्कूलको अभिभावक दिवस सम्पन्न
कीर्तिपुर छुगाउँस्थित राराहिल स्कुलको जुनियरहरुको अभिभावक दिवस शुक्रवार र सिनियरहरुको अभिभावक दिवस शनिवार सम्पन्न भयो ।
बाल शिक्षा विज्ञ तथा लेखक सानु अमात्यको प्रमुख आतिथ्यमा पहिलो दिनको अभिभावक दिवस सम्पन्न भए भने दोश्रो दिन कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनको सभाध्यक्षतामा अभिभावक दिवस सम्पन्न भएको
थियो ।
प्रमुख अतिथि अमात्यले सो अवसरमा घर शिक्षा नै पहिलो पाठशाला भएकोले आमा बाबुलाई पहिलो गृुरु मान्नु पर्ने बताइन् । उनले बाल शिक्षा राम्रो हुनका लागि घरको वातावरण राम्रो हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी कीर्तिपुर नपा उपप्रमुख शुभलक्ष्मी शाक्यले प्रमुख अतिथिको मन्तव्यमा कीर्तिपुर नगरपालिकामा आर्थिक कमजोर भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको कुरा जानकारी गराइन् ।
अभिभावक तथा विभिन्न व्यक्तित्वहरु उपस्थित रहेको उक्त कार्यक्रममा बालबालिकाहरुद्वारा विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । –निभा महर्जन, चन्द्रकला (प्रशिक्षार्थी)
महिनावारी सम्बन्धी कार्यमूलक अनुसन्धान गर्दै हेन र जापानीज प्राध्यापक
नेपाल स्वास्थ्य शिक्षा संघ र जापानीज प्राध्यापकहरुको टोली मिलेर संयुक्त रुपमा महिनावारीसम्वन्धी अध्यापनको विषयलाई लिएर कार्यमूलक अनुसन्धान गरिरहेको छ ।
नेपाललगायत विभिन्न एशियाली मूलकहरुमा समेत भैरहेको सो अनुसन्धानका क्रममा महेन्द्ररत्न क्याम्पस ताहाचलमा हेनले माघको २२ र २३ गते दुई दिने कार्यशाला संचालन ग¥यो । हेनका तर्फबाट प्रा.डा.
रामकृष्ण महर्जन र प्रा.डा. श्यामकृष्ण महर्जनसहितका विज्ञहरु सहभागी भएको उक्त कार्यशालामा शिक्षा शास्त्र संकायका डिन चित्रवहादुर बुढाथोकीले प्रमुख आतिथ्य गर्दै नेपालको अध्यापन स्थिति र तालिम प्राप्त स्वास्थ्य शिक्षकको यथास्थिति चित्रण बताएका थिए ।
उद्घाटन सत्रमा महेन्द्र रत्न क्याम्पसका क्याम्पस प्रमुखलगायत सरोकार व्यक्तित्व तथा जापानिज प्राध्यापकहरु समेतको उपस्थिति रहेको थियो ।
निःशुल्क मृगौला परीक्षण सम्पन्न
नयाँ छहारी नेपाल र वडा नं. ३ कीर्तिपुर नगरपालिका वडा कार्यालयको संयुक्त आयोजनामा मार्क इन्टरनेशनल किड्नी सेन्टरको प्राविधिक सहयोगमा शुक्रवार २७ गते र शनिवार २८ गते गरी दुई दिने जनचेतनामूलक निःशुल्क मृगौला परीक्षण कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा “स्वस्थ मृगौला, स्वस्थ जीवन” को
नारासहित रगतको माध्यमबाट मृगौलाको अवस्था पत्ता लगाउन प्रारम्भिक परीक्षण गरेको कुरा छहारी नेपालका अध्यक्ष दिपा महर्जनले जानकारी दिइन् ।
परीक्षणको सिलसिलामा केन्द्रका संचालक तथा अभियन्ता डा. अर्चन शमशेर रानाले कार्यक्रममा सहभागी हुने सवैलाई स्वस्थ मृगौलाका लागि पानी पिउनु अपरिहार्य हुने बताउँदै समयमै सजगता अपनाउन लागि सचेतना गरेका थिए । डा. रानाले फटाफट हिंड्ने वा दौड्ने गरेमा कसरत हुने बताएका थिए । आफनो नियमित काम गर्नुलाई भने उनले कसरत होइन भनेका थिए । लक्षण देखिनु भन्दा पहिले नै परीक्षण गर्न सकेमा उत्तम उपाय हुने उनले बताए ।
शिविरमा ३१५ जनाले रक्त परीक्षण गरेका थिए भने पुरुष र महिला गरी कूल ३९७ जनाले सहभागिता जनाएका थिए । – राजेश न्यौपाने, मुक्तिराम ओली, आशिष थेवे र नेत्र विक प्रशिक्षार्थी
Tuesday, September 17, 2019
नेपाली काँग्रेस कीर्तिपुर नगर समितिद्वारा वीपी जयन्ती मनाइयो
नेपाली काँग्रेस कीर्तिपुर नगर समिति द्व्रारा आयोजित जननायक महामानव वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको उपलक्ष्यमा वीपीको समाजवाद र वर्तमान राजनीतिक अवस्थाबारे विचार गोष्ठी सम्पन्न
गरियो ।
कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डंगोल अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौेडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि पौडेलले समाजमा भएको राजनीति समाजका सबै नीतिहरुलाई संचालन गर्ने नीति
राजनीति भएको बताए । अहिले नेपालमा राजनीति उथलपुथल भएकोले जनतामा निरासा आएको बताए । नेपाल अहिले कमजोर हुदैे गएको छ, अरुले हेप्दै आएका छन् । यस्तो गंभिर कुरालाई सवै पार्टिले मनन् गनुपर्ने उनले बताए । राजनीतिलाई सम्मानिति क्षेत्र बनाइनु पर्ने तर्क राख्दै देश विकासको लागि राजनीति आवश्यक रहेको विचार पोखे । उनले वैचारिक बहसमा अगाडि बढ्नु पर्ने कुरामा जोड दिए , लोकतन्त्रका मूल्य र मान्यतामा आधारित समाजवाद प्रजातन्त्र भन्दै मौलिक अधिकार संबिधानमा राखेका जानकारी दिए । जनतालाईे विश्वास दिलाउन सके चुनाव जितिने तर्क
राख्दै सवैलाई मेहनत गर्न अपील गरे ।
प्रमुख अतिथि पौडेलले पार्टिलाई जनताको वीचमा राख्न अझै गाह्रो भएको स्विकारे । अहिले काँग्रेससँग जनता किन आएन भन्दै प्रतिप्रश्न समेत गरे । जनता कम्युनिष्टसँग असुन्तुष्ट रहेको बेलामा उनीहरुको मन जित्न सकेमा मात्र, काँग्रेसको पोल्टामा जनता आउने नत्र हालत जस्ताको तस्तै हुने पौडेलको भनाई रहयो । नेपाली जनताको लागि दुई वटा पार्टि भनेको काँग्रेस र कम्युनिष्ट मात्र भएको अरुले जनतालाई बचाउन नसक्ने पनि उनको धारणा थियो ।
विशेष अतिथि एवं महासमिति सदस्य नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री क्षेत्र न १० का सासंद माननीय
राजेन्द्र केसी र प्रमुख बक्ता राष्ट्रिय पुन निर्माण प्राधिकरण पुर्व अध्यक्ष डा. गोविन्द्र पोखरेल, राजकुमार नकर्मी, प्रदेश नं. ३ का सभासद पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले समेत शुभकामना मन्तव्य राखेका थिए ।
कीर्तिपुर दर्पण वर्ष १६ अंक ९ २०७६ भाद्र ३० गते सोमबार
Sunday, September 23, 2018
प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न
Tuesday, March 20, 2018
कीर्तिपुर । चैत्र ३ गते शनिवार कीर्तिपुर क्षेत्रमा वृहत सरसफाई अभियान कार्यक्रमको शुरुवात भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन तथा उपमेयर सरस्वती खड्का लगायतका पदाधिकारीहरु समेत उपस्थिति रहेको सो कार्यक्रममा उनीहरुले सडकमा भएका फोहर टिपेर अभियानलाई साथ दिएका थिए ।
कार्यक्रम सफल पार्न कीर्तिपुर नगरपालिका स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनामा संयोजक एवं वडाध्यक्ष हर्ष महर्जनले विहिवार चैत्र १ गते नेवाः लहनामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए । उनीहरुले १ घण्टामा १०० रोपनीमा फोहर सफा गर्ने वृहत्त सरसफाई अभियानबारे जानकारी दिदैं पर्यटकीय नगरीको रुपमा विकास गर्न कीर्तिपुरमा नमुना सरसफाई अभियान संचालनको पहिलो पाइला हुने प्रतिकृया दिएका थिए । सफाई कार्यक्रमलाई विद्यालय, कलेज एवं संघ संस्थाले कीर्तिपुरको गेटदेखि दीखुसम्म समेट्न भएको थियो ।
कुनै पनि कार्यक्रम दिंदा त्यो कार्यक्रमलाई दीर्घकालिन तरिकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भनी योजना बनाउनु जरुरी हुन्छ । क्षणिक कार्यले उत्प्रेरणाको काम नहुने होइन । तै पनि आफनो क्षेत्रको पहिचानको लागि राज्यको जनशक्तिलाई सहि सदुपयोग गर्दै उपयोगी नीति लिन सके अझ प्रभावकारी हुने निश्चित छ । यतिबेला सर्वाङिगण विकासका लागि आमूल परिवर्तनको जरुरी छ । जनतामा निराशा छाउनबाट जोगाउनु जरुरी छ ।
चेतनाका नाउँमा घण्टौ समय बरबाद गरेर हामीले फेरि पनि अनुउत्पादनकार्यमा लागि रह्यौं भने देश विकास हुन अझ समय लाग्न सक्छ । अतः अहिलेको बढी भन्दा बढी समय नीति निर्माण र विकास निर्माणमा विताउनु जरुरी छ ।
कार्यक्रमले सफलता र असफलता लेला तर त्यसैलाई जनताको जीवनमा भिज्ने गरी समस्या समाधान हुनेगरी गहिराई सम्म जान सक्यौं भने विगतका हाम्रा कतिपय भूलहरु सच्याउन सक्ने हुन्छौं कि ?
घनिभूत छलफल, भेटघाट र कार्यान्वयन तह कहाँबाट गर्ने गरौं, विकासको सवालमा व्यवस्थित, दूरगामी कसरी हुन्छ चिन्तन मनन गरौं कार्यान्वयन पक्षलाई ध्यान दिऔं ।
नेपाल कृषि प्रधान देश हो । यस पेशामा गर्व गर्न सिक्यौ भने मात्र देशको विकास हुने पक्का छ । स्वदेशी कामलाई हेयको दृष्टिले हेर्ने र विदेशको जुनसुकै काम गर्ने नेपाली प्रवृतिलाई त्यागी स्वदेशमै कृषि पेशा अपनाउने हो भने हामी हाम्रो देशप्रति निकै गौरव गर्न सक्ने हुन्छौं ।
कीर्तिपुर क्षेत्रमा कृषि पेशामा लागेका अधिकांश कृषकहरुले आफनो पेशाप्रति निकै गौरव गरेका छन् । घर प्युठान भई हाल कीर्तिपुरमा गाई र कुकुर पालन पेशामा लाग्दै आएका दामोदर घिमिरेले आफनो पेशाप्रति गौरव गर्दै स्वतन्त्रताको पेशा अनि सहज र सजिलो आम्दानी हुने पेशाका रुपमा बताएका छन । उनका अनुसार विदेशमा जाँदा तनाव हुने र परिवारसँग टाढा रहनुपर्ने वाध्यता हुन्छ । आफूहरुको काम ४ वर्ष भैसकेको सवै परिवार मिलेर काम गरिरहेको उनीहरुको भनाइ रहेका छन् । उनीहरुले आफूहरुको पेशामा प्रोत्साहन स्वरुप सरकारले सहयोग गर्ने हो भने कृषकहरु हौसिएर पेशा अझ दीगो हुने बताउँछन् । कृषक घिमिरेले खर्च घटाएर आफनो आम्दानी वर्षको ३०–४० हजार भएको बताए ।
अर्का कृषक तरकारी खेती गर्दै आएका दशरथ ठगुन्नाले अर्काको गाली खान नपर्ने, अन्य काममा भन्दा कृषिमा कम दुख हुने भएकोले आफूले कृषि पेशा रोजेको बताउँछन् ।
उनका अनुसार कृषि पेशामा लाग्नेहरुलाई सरकारले तालिम, वीउविजन र औषधि औजारको व्यवस्था गर्नु पर्दछ । १२–१३ लाख खर्च गरेर आफनो पेशा शुरु गरेकोमा अहिले आफनो परिवार सजिलै चलाउन आम्दानी पुगिरहेको उनको दावी छ । उनले विदेशमा गएर दुख खानु भन्दा स्वदेशमै बसेर कृषि पेशा अपनाउन पनि सवैलाई अनुरोध गरे ।
दाङ घर भएका जीतवहादुर पुनमगरले कीर्तिपुरमै आएर कुखुरा पालनको पेशा अपनाउँदै आएका छन् । उनले पनि विदेशमा गएर दुख खेप्नु भन्दा आफनो देशमा मेहनत गर्नु निकै फाइदा भएको बताए । उनले आफनो पेशाबाट मासिक ४०–५० हजार मात्र आम्दानी भएपनि वार्षिक १–२ लाख फाइदा गरेको बताए । कहिलेकाँहि घाटा भएपनि आफनो पेशाप्रति वितृष्णा नभएको उनको ठहर छ । हाल आफनै परिवार विशेषत बुढाबुढी मिलेर काम गरिरहेको यस पेशालाई सरकारले पनि प्रोत्साहनस्वरुप केही गरिदिए ऋणबाट डुवेका बेलामा केही भएपनि राहत हुने उनको विचार थियो ।
त्यसैगरी काभ्रे घर भई कीर्तिपुर आई गाईभैसी र कुखुरापालन गरिरहेका अम्बिका सापकोटाले आफूले औपचारिक शिक्षा प्राप्त नगरेका कारण विगतदेखि नै बाँच्ने आधारका रुपमा गाईभैसी पालन पेशा अपनाएको बताए । मासिक ६५ हजार भाडा तिरेर बाँकी भएको आम्दानीबाट परिवार चलाइरहेको उनको दावी छ । उनले दूध बेचेर जीवन चलाइरहेको तर्क गरे । सहयोगी समेतको सहयोगले आफनो पेशा चलिरहेको दावी गर्ने सापकोटाले सफा हुन नपाइने, फोहरमा डुब्नुपर्ने दुखेसो भएतापनि कसैसँग ऋण माग्न नपरेका कारण भने पेशाप्रति सन्तुष्टि रहेको बताए । उनका अनुसार आफैले मेहनत गरे राष्ट्रलाई समेत फाइदा पुग्ने उनको दावी छ ।
गाई पालनमा व्यस्त सिन्धुलीका सरोज भण्डारीले गाईपालन सहजताको लागि सरकारले दानामा सस्तो मूल्य गर्नुपर्ने बताएका छन् । उनका अनुसार पेशाले ४–५ जना साथीहरुलाई फाइदा भैरहेको छ । खर्च कटाएर ४०–५० हजार बचेको बताउने भण्डारीले गाईले एकदिनमा १०–२० लिटर दूध समेत दिने गरेको बताए । यो पेशाले मानिसलाई सहज जीवन जीउन सक्ने उनको सुझाव रहेको छ ।
रसुवा घर बताउने कुखुरा पालनमा व्यस्त अर्का कृषक लारी तामाङले ठ्याक्कै फाइदा भन्न नसकेपनि मेहनत आवश्यक भएको उनको भनाई रहेको छ । सरकारी तबरबाट कृषकहरुलाई प्रोत्साहनस्वरुप केही राहत भए यस पेशाप्रति सकारात्मक हुने उनको सुझाव रहेको छ । उनीहरुले आफनो पेशा संचालन झन्डै २ वर्षजति मात्र भएको बताए ।
(ललिता अधिकारी, सुनिल बोहरा, ग्युसी सुनुवार र तारावहादुर रिजालले गरेको
कुराकानीमा आधारित)
Saturday, February 17, 2018
कीर्तिपुर । जनसेवा मावि र जनाधार सामुदायिक क्याम्पसको संयुक्त आयोजनामा भएको जनसेवा स्पोर्टस मिट माघ २६ गते सम्पन्न भएको
छ ।
माघ २४ देखि ३ दिनसम्म संचालन भएको सो प्रतियोगिताको अन्तिम दिन पुरस्कार वितरण तथा समापनमा प्रमुख अतिथि क्षेत्र नं. ३ काठमाडौंका प्रदेशसभासद पुकार महर्जनले बधाई ज्ञापनका साथ पुरस्कार वितरण गरे भने विशेष अतिथि एवं कीर्तिपुर खेलकूद विकास समाजका अध्यक्ष प्रदिप महर्जनले कोर्डिेनेटरहरुलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका
थिए ।
प्रमुख अतिथि प्रदेशसभासद पुकार महर्जनले सो अवसरमा शुभकामना मन्तव्य दिंदै आफू सभासद भएपछि जनसेवालाई गर्नुपर्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विजेतालाई बधाई ज्ञापन गर्दै
पराजित हुनेलाई पनि धैर्य भएर अगाडि बढ्न सुझाव दिए । उनले विद्यालयको प्रगतिमा प्राचार्य नन्दकुमारी महर्जनको ठूलो हात रहेको बताए । साथै उनले विद्यालय नमूनारुपमा अघि बढिरहेकोमा पनि सन्तुष्ट व्यक्त गरे ।
समापन कार्यक्रममा स्वागत गर्दै प्राचार्य नन्दकुमारी महर्जनले प्रतियोगितामा हरतरह मेहनत गर्ने शिक्षक, विद्यार्थी, कर्मचारी सवैलाई धन्यवाद व्यक्त गरिन् । स्वागतको क्रममा उनले जनसेवा स्पोर्टस मिट सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरिन् । साथै विद्यालयको प्रमुख उद्देश्य भनेको गुणस्तरीय शिक्षा भएको बताइन् ।
समापन कार्यक्रमका विशेष अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनले प्रमुख अतिथि महर्जनलाई मायाको चिनो समेत प्रदान गरे । उनले आज विद्यालयबाट खेल्ने विद्यार्थी खेलाडीहरु भोलि राष्ट्रका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने विस्वास व्यक्त गरे । उनले स्पोर्टस मिट विद्यार्थीका लागि सुवर्ण अवसर भएको बताए । साथै स्पोर्टसलाई विद्यालयको पहिचान बनाएकोमा खुशी प्रकट गरे ।
समापनका सभापति एवं खेलकूद विज्ञ प्रा.डा. रामकृष्ण महर्जनले खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै स्पोर्टस मिटमा विजेता शिक्षिकाहरुलाई प्रमाणपत्र तथा पदक समेत वितरण गरे ।
पहिलो दिन भएको उद्घाटन समारोहमा डा. सोनेलाल साहले शुभकामना मन्तव्य दिंदै विद्यार्थीहरुलाई खेल अनुशासित तरिकाले खेल्न सल्लाह दिएका थिए । त्यसैगरी सहायक प्राचार्य दुर्गावहादुर महर्जनले पनि खेलाडीहरुलाई अनुशासित वातावरणमा उत्कृष्ट खेल प्रदर्शन गर्नगर्ने प्रतिवद्धता व्यक्त गरे । विजेतालाई बधाई ज्ञापन गर्दै
पराजित हुनेलाई पनि धैर्य भएर अगाडि बढ्न सुझाव दिए । उनले विद्यालयको प्रगतिमा प्राचार्य नन्दकुमारी महर्जनको ठूलो हात रहेको बताए । साथै उनले विद्यालय नमूनारुपमा अघि बढिरहेकोमा पनि सन्तुष्ट व्यक्त गरे ।
समापन कार्यक्रममा स्वागत गर्दै प्राचार्य नन्दकुमारी महर्जनले प्रतियोगितामा हरतरह मेहनत गर्ने शिक्षक, विद्यार्थी, कर्मचारी सवैलाई धन्यवाद व्यक्त गरिन् । स्वागतको क्रममा उनले जनसेवा स्पोर्टस मिट सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरिन् । साथै विद्यालयको प्रमुख उद्देश्य भनेको गुणस्तरीय शिक्षा भएको बताइन् ।
समापन कार्यक्रमका विशेष अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनले प्रमुख अतिथि महर्जनलाई मायाको चिनो समेत प्रदान गरे । उनले आज विद्यालयबाट खेल्ने विद्यार्थी खेलाडीहरु भोलि राष्ट्रका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने विस्वास व्यक्त गरे । उनले स्पोर्टस मिट विद्यार्थीका लागि सुवर्ण अवसर भएको बताए । साथै स्पोर्टसलाई विद्यालयको पहिचान बनाएकोमा खुशी प्रकट गरे ।
समापनका सभापति एवं खेलकूद विज्ञ प्रा.डा. रामकृष्ण महर्जनले खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै स्पोर्टस मिटमा विजेता शिक्षिकाहरुलाई प्रमाणपत्र तथा पदक समेत वितरण गरे ।
पहिलो दिन भएको उद्घाटन समारोहमा डा. सोनेलाल साहले शुभकामना मन्तव्य दिंदै विद्यार्थीहरुलाई खेल अनुशासित तरिकाले खेल्न सल्लाह दिएका थिए । त्यसैगरी सहायक प्राचार्य दुर्गावहादुर महर्जनले पनि खेलाडीहरुलाई अनुशासित वातावरणमा उत्कृष्ट खेल प्रदर्शन गर्न सुझाव राखे ।
कीर्तिपुर । क्रिएटिभ एकाडेमीद्वारा आइटिसी सर्टिफिकेशन सम्पन्न गरिएको छ । माघ २७ गते शनिवार होटल हिलसाइडमा आयोजना गरिएको उक्त सर्टिफिकेशनमा प्रमुख अतिथि प्रा.डा.रामकृष्ण महर्जनले क्रिएटिभ एकाडेमीको कार्यप्रति सन्तुष्ट व्यक्त गर्दै भित्री मनदेखि प्रशंसा गरे । उनले आइटीसीसम्बन्धी अझ धेरै सिक्न पाए अत्यन्त खुशी हुने राय व्यक्त गर्दै विद्यार्थीका सिकाइका लागि शिक्षकहरुले सिकाईका थप प्रयत्नका उपायहरु अवलम्वन गर्नुपर्ने बताए । प्रमुख अतिथि महर्जनले मन्तव्यको क्रममा नयाँ कदमका लागि बधाई समेत व्यक्त गरेका थिए । विद्यालयका प्रिन्सिपल विएन पौडलले स्वागत गर्दै कार्यक्रममा नयाँ ल्याइएको आइटिसी कार्यक्रमलाई निडरका साथ कार्यान्वयनमा ल्याउन शिक्षकहरुलाई प्रेरणादायी निर्देशन दिए । साथै उनले प्रशिक्षकलाई समेत धन्यवाद दिए ।
विद्यालयका अध्यक्ष मर्जिमान सिंहले सभापतित्व ग्रहण गरेको सो कार्यक्रममा शिक्षकहरुको पाँचवटा समूहले आइटिसीसम्वन्धी आफूहरुले सिकेका विविध विधिहरु प्रस्तुत गरेका थिए । उनीहरुले विद्यार्थीहरुलाई भिडियोमार्फत गणित शिक्षण गर्नेतरिका, मोबाइलमार्फत शिक्षण, गुगल चलाउने तरिका, अनलाइन कार्य र इ लर्निङसम्वन्धी प्रस्तुत गरेका थिए । सभापति सिंहले सो अवसरमा आफनो विद्यालयलाई डिजिटलाइज बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गरे । साथै उनले निरन्तर सीप विकासका लागि शिक्षक टिम तयार हुनु पर्ने बताए ।
प्रशिक्षक सगुन ढुंगानाले एक अर्कालाई सिकाउँदै अगाडि बढ्न आग्रह गरे भने माइक्रोसफ्टका भुटानका प्रतिनिधि दिपेन्द्र बज्राचार्यले शिक्षकलाई दिइएको आइटिसी प्रशिक्षण विद्यार्थीहरुलाई समेत दिनुपर्ने बताए ।
शुभकामना दिने क्रममा प्रा.डा. प्रमोद ढुुंगानाले क्रियाकलापमा संलग्न शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
Monday, January 29, 2018
कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले जनसेवा मावि पाँगाको भवन शिलान्यास गर्दै सफलताको शुभकामना दिए ।
शिलान्यास शुभकामना मन्तव्यमा उनले नेवारी उखान भन्दै आफूले गजुर राख्न आएको बताउदै कीर्तिपुरनगरपालिकाका विभिन्न वडाका वडाध्यहरुसमेत उपस्थित कार्यक्रममा सफलताको शुभकामना दिन पाउँदा खुशी भएको बताए ।
त्यसैगरी सिएलपिआइयुका प्रमुख गणेश ढकालले पनि कामको सफलता सवैको प्रयासबाट हुने विस्वास गरे । उनले शैक्षिक संस्थाको भवन निर्माणमा सवैले सक्दो सहयोग गर्नुपर्ने विचार समेत व्यक्त गरे ।
जनसेवा माविका अध्यक्ष माधवलाल महर्जनले उपस्थित सम्पूर्ण स्थानीय जनता, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, महिलासमूह, शिक्षक विद्यार्थी, युवाहरुलाई धन्यवाद ज्ञापन गर्दै जनसेवा २००४ सालमा स्थापना भएको ऐतिहासिक विद्यालय भएको बताए ।
ऐतिहासिक विद्यालय भएकै कारण धेरै भन्दा
धेरै स्थानीय व्यक्तित्वहरुको योगदान रहिसकेको भन्दै उनले भवन शिलान्यासमा उल्लासमय उपस्थिति जनाएकोमा सवैप्रति खुशीका साथ आभार प्रकट गरे ।
शिलान्यास कार्यक्रममा प्राचार्य नन्दकुमारी महर्जनले समेत पूजामा सहभागिता जनाएका थिए । उनले गुभाजु बज्राचार्यको विधिवतपूजापछि सहभागी सवैलाई टिकासहित कोखा प्रदान गर्दै सम्मान गरेका थिए । अब जनसेवा माविमा भुकम्प प्रतिरोधी भवनसहित कक्षाकोठा र छात्रवास हुनेछ । साथै यसलगतै ८ कोठे रेट्रोफिटिङ कार्य पनि भैहाल्ने विद्यालयले जानकारी दिएको छ ।
निर्माण कार्यको जिम्मेवारी भ्याली कन्स्ट्रक्सनले लिएको छ भने आर्थिक लगानी नेपाल सरकार र वैदेशिक ऋण सहयोगबाट हुने बताइएको छ ।
कीर्तिपुर । काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नं. १० का प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले मञ्जुश्रीको प्रतिमा स्थापनाका लागि रत्नन्यास पूजा कार्यक्रममा सहभागी भई सम्पन्न यही माघ ८ गते चोभार सहित कीर्तिपुरको सम्वृद्धिको यात्राका लागि मञ्जुश्री प्रतिमा एक कोशेढुङ्गा सावित हुने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री के.सी.ले राजनीतिक विभेदका मुद्दा अब समाप्त भई सकेको हुँदा सवै जनप्रतिनिधीहरु अब सम्वृद्धिको यात्रामा लाग्नु पर्ने कुरामा जोड दिए । साथै उनले प्रतिमा निर्माण कार्यका लागि केन्द्रिय सरकार तथा आफ्नो सांसद विकास कोषवाट समेत यथासक्य सहयोगको लागि प्रतिवद्धता जनाए । साथै सुख्खा बन्दरगाह, वाहिरी चक्रपथ, जारी मञ्जुश्री प्रतिमा निर्माणसहितका स्थानीय गतिविधिले यस क्षेत्रलाई चाँडै एउटा धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने विश्वस्त गराए ।
जलविनायक सामुदायिक वन उपभोक्ता समूहवाट जारी ३३ फिटको मञ्जुश्रीको प्रस्तर प्रतिमा निर्माण योजना अन्तर्गत रत्नन्यास कार्यक्रम सम्पन्न भएको
हो । समूहका अध्यक्ष इन्द्रवहादुर महर्जनको अध्यक्षतामा कीर्तिपुर नगरपालिका वडा नं. ६, चोभार स्थित प्रतिमा निर्माण स्थलमा सो दिन भएको उक्त कार्यक्रममा प्रतिमा निर्माणमा हालसम्म भएको आय व्यय एवं निर्माण सम्वन्धी प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी महिला, वालवालिका तथा समाजकल्याण मन्त्री विक्रम वहादुर थापाले कार्यक्रमको गरिमा धेरै उच्च रहेको र जारी योजना सम्पन्न गर्न आफ्नो तर्फवाट ४ लाख रुपैयाँको सहयोगसहित थप सहयोगको प्रतिबद्धता जनाएका थिए ।
प्रतिमा निर्माणका लागि विशेष सहयोग गर्ने विश्व शान्तीका अभियन्ता, युरेशिया रेयुकाईका संस्थापक अध्यक्ष याशुन मासुनागाले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा ज्ञानको अपार भण्डार वोधिसत्व मञ्जुश्रीको ज्ञान मार्फत चोभार मात्र हैन समग्र नेपाल मात्र हैन सम्पूर्ण विश्वलाई डोर्याउने थलोका रुपमा विकास होस् भन्ने कामना गरे भने प्रतिमा निर्माणका लागि थप सहयोगको समेत प्रतिवद्धता व्यक्त गरे । साथै मासुनागालाई ८४ वर्ष नाघेको अवसरमा नेवारी परम्परा अनुसार सगुन दिई सम्मान गरिएको थियो भने कदरपत्र प्रदान गरी दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । गुठी संस्थानका पूर्व अध्यक्ष तथा प्रशासक पञ्चलाल महर्जनले स्थानीय स्तरमा राजनैतिक आस्थाका आधारमा नभई स्थानीय विकासको लागि सवै एक जुट भई अगाडि वढेमा चोभार क्षेत्र दु्रत गतिमा नमूना विकासका थप परियोजनाहरु अगाडि वढाउन सकिने
धारणा राखे । उनले केन्द्रीय तथा स्थानीय सरकारले चोभार क्षेत्रको विकास र मञ्जुश्री लगायतका जारी योजनाहरु सम्पन्न गर्न आवश्यक न्युनतम पनि सहयोग पुर्याउन नसेकेको तथ्य स्पष्ट पारे । यसका लागि आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न कार्यक्रमका प्रमुख अतिथि एवं युवा तथा खेलकुद मन्त्रीलाई अपील पनि गरे । कार्यक्रममा वौद्ध विद्वान तथा गुरुहरुवाट धार्मिक विधि अनुसार रत्नन्यास पूजा गरिएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ, एशिया प्याशिफिक क्षेत्रिय कमिटीका अध्यक्ष किरण विक्रम थापा, प्रा.डा. गोपाल शिवाकोटी (चिन्तन) ले एक एक लाख तथा चोभार सुलक्षण कीर्ति विहारका अध्यक्ष डा. अनोजा गुरुमाले प्रतिमा निर्माणका लागि थप १० हजारको आर्थिक सहयोगको प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा समूहका कोषाध्यक्ष एवं मञ्जुश्री प्रतिमा निर्माण समितिका संयोजक सुजिन्द्र महर्जनले प्रतिमा निर्माणका लागि हाल सम्म लागेको खर्च जम्मा करीव १ करोड पचास लाख तथा सहयोग संकलन अर्थात आम्दानी करीव ७० लाख रहेको विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिमाको वरपर वाहेक प्रतिमा निर्माणका लागि मात्र अझ एक करोड लाग्ने अनुमान निर्माण संयोजक महर्जनले बताए । संस्थाका उपाध्यक्ष दिपक महर्जलने स्वागत तथा कार्य समिति सदस्य अम्कन कर्माचार्यले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रम सचिव सुनिता (शुभलक्ष्मी) शाक्यले संचालन गरेकी हुन् ।
Monday, December 25, 2017
छात्रवृत्तिको सट्टा विद्यालयलाई खेलसामग्री प्रदान गरिने
| 14th AGM inaugurating by prof.dr. krishna prasas gautam (dean) |
आइतबार कीर्तिपुर माविको हलमा भएको सोफेस नेपालको चौधौं वार्षिक साधारणसभामा उक्त निर्णय भएको हो । सभाले समाजको यथेष्ट कोषको निर्माणभएपछि नेपालका विभिन्न विकट जिल्लाहरुमा समेत खेलकूद सामगी वितरण गर्ने योजना बनाउने भएका छन् । त्यसको लागि इच्छुक दाताहरुको खोजी कार्य गर्दै प्रायोजन अनुसारको ठाउँ छनौटको आधारमा सामग्रीहरु आफना सदस्यहरुमार्फत नै वितरण गरिने बताइएको छ । सोही सभामा अध्यक्ष प्रा.डा.रामकृष्ण महर्जनको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन्दकुमारी महर्जनको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
खुल्ला शेशनमा प्रमुख अतिथि प्रा.डा. कृष्णप्रसाद गौतमले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्दै सोफेस नेपालको छात्रवृत्तिको नगद रकम विभिन्न विद्यालयका प्रिन्सिपलहरुलाई हस्तान्तरण गर्नुका साथै अंक १३ सोफेस स्मारिकाको विमोचन समेत गरेका थिए । वितरित स्मारिकामा सोफेस गतिविधिसहित दुई नेपाली र दशवटा अंग्रेजी रचनासहित कूल वाह््रवटा रचना समावेश गरिएको छ ।
प्रमुख अतिथि गौतमले सो अवसरमा मन्तव्य राख्दै सोफेस नेपालको कार्यक्रम आफूलाई अति महत्वपूर्ण लागेकोले विषम परिस्थितिका वावजुद पनि आफू सहभागी हुन आएको र संस्थाद्वारा संचालित कार्यक्रमले आफूलाई निकै प्रभावित र खुशी
पारेको बताए । उनले समाजको कार्यक्रम सानो भैकन पनि उत्कृष्ट, स्वच्छ र पारदर्शी भएको प्रतिकृया दिए । साथै उनलेछात्रवृत्ति पाउने विद्यार्थी तथा विद्यालयलाई शुभकामनासहित बधाई ज्ञापन समेत गरेका थिए ।
स्वागत मन्तव्यको क्रममा कीर्तिपुरमाविका प्रअ बद्रीप्रसाद खनालले सोफेसद्वारा गर्दै आइरहेको शारीरिक शिक्षा तथा खेलकूदसम्वन्धी कार्यक्रमले वरिपरिका विद्यालयले फाइदा पाइरहेको सन्दर्भमा निरन्तरता हुनुपर्नेमा जोड दिंदै सवैलाई स्वागत गरे । उनले आफनो विद्यालयको अवस्था साँघुरोको वावजुद पनि विगतदेखि वर्तमानसम्म सोफेसले विभिन्न खेलकुद सामाग्री प्रदान गर्दै आइरहेको उल्लेख गर्दै यसवर्ष पनि टेबलटेनिस बोर्ड, बल ब्याट प्रदान गरिएकोमा धन्यवाद ज्ञापन समेत गरे ।
मन्तव्यको क्रममा विशेष अतिथि इ. दुर्कमान महर्जनले सोफेस नेपालको कार्यक्रमले स्वास्थ्य तथा शारीरिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई निकै आकर्षण बढाएको छ भन्दै कार्यक्रमको निरन्तरतामा आफू हरदम सहयोगी बन्न तत्पर रहेको बताए । उनले समाजको सहयोगी कार्यक्रमको निरन्तरतामा अन्य विषयकालाई पनि समेट्न सके अझै राम्रो हुने अपेक्षा गर्दै आफू प्राविधिक तर्फको विद्यार्थी भैकन पनि आपनो स्वास्थ्यप्रति सजग रहनुपर्ने वर्तमान समयमा सोफेस नेपालको अझ महत्व बढिरहेको तर्क प्रस्तुत गरे ।
संस्थाका सल्लाहकारहरु माधवलाल महर्जन, प्रा.डा. हुमवहादुर बरुवाल र सुजितकुमार श्रेष्ठले सो अवसरमा पालैपालो प्रमुख अतिथि गौतम, सहनियन्त्रकद्वय विष्णु वाग्ले र पशुपति अधिकारीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सोफेस लिला छात्रवृत्ति प्रा.डा. लोकेन्द्र शेरचनमार्फत सल्लाहकार माधबलाल महर्जन, सोफेस छात्रृवृत्ति दाताहरु नन्दुमारी श्रेष्ठ, विजयकुमार महर्जन, अन्जना थापा, रसता श्रेष्ठ राज्यलक्ष्मी नकर्मी, पुष्प महर्जन, कुलनारायण पुनमाया छात्रवृत्तिका तर्फबाट सुरज महर्जन, प्रभा महर्जन, सुर्जदेवी महर्जन, नन्दकुमारी महर्जनलगायतले वितरण गरको थिए ।
सोही कार्यक्रममा सानुबुक्स एण्ड स्टेशनरी पाँगाका तर्फबाट अमिता महर्जनले एसइइ परीक्षामा औसत सर्वाेत्कृष्ट अंक ल्याउने विद्यालय जनसेवा माविलाई खेलकूद पुरस्कार प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले सरोकार सवै पक्षलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनको कार्यक्रमहरु समेत प्रस्ताव गरे । अध्यक्ष प्रा.डा. महर्जनले आफनो संस्थामार्फत छात्रवृत्ति वितरण, खेलकूद सामग्री वितरण, टेबलटेनिस प्रतियोगिता र वार्षिकरुपमा सोफेस स्मारिका प्रकाशन समेत गर्दै आइरहेको जानकारीसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।
छात्रवृत्ति प्राप्त विद्यार्थी तथा विद्यालयहरु
१. अन्जली बल, कीर्तिपुर मावि, कक्षा ९
२. अनिल पुलामी मगर, कीर्तिपुर मावि, कक्षा ९
३. विनोद बोहरा, कीर्तिपुर मावि, कक्षा १०
४. शिला कुमाल, कीर्तिपुर मावि, कक्षा १०
५. अम्बेस्वरी चौधरी, कीर्तिपुर मावि, कक्षा १०
६. रोशन तोलाङगी, गोरखनाथ मावि, कक्षा ९
७. अनिता मगर, गोरखनाथ मावि, कक्षा ९
८. अनिस लम्जेल, गोरखनाथ मावि, कक्षा १०
९. कुस्मिता तामाङ, गोरखनाथ मावि, कक्षा १०
१०. जोनिशा श्रेष्ठ, गोरखनाथ मावि, कक्षा १०
११. सलिना राई, जनसेवा मावि, कक्षा ९
१२. सुरेस मगर, जनसेवा मावि, कक्षा ९
१३. अनिता रुम्बा, जनसेवा मावि, कक्षा १०
१४. विशाल बस्नेत, जनसेवा मावि, कक्षा १०
१५. कोपिला कार्की, जनसेवा मावि कक्षा ११
Monday, December 18, 2017
| rocket launching |
दोश्रो टेक्निकल प्रदर्शनी कार्यक्रमको उद्घाटनस्वरुप कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले
रिबन काटेको लगतै रकेट उडाएका थिए भने पाविकेका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पनि जनसेवामै रकेट उडाएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरुले प्रदर्शनी अवलोकन गरेका थिए । त्यसैगरी विभिन्न संघसंस्थाका अतिथिहरुको पनि उपस्थिति रहेको थियो भने विनि मोतिराज खनाल र श्रोतव्यक्ति वासुदेव काफ्लेले पनि विहानै
सवेरैदेखि विद्यार्थीहरुको कामलाई हौसला दिन विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत अवसर दिनेगरी सूचना आदान प्रदानमा तल्लीन रहेका थिए । सवैले प्रदर्शनी राम्रो भएको टिप्पणी गरे ।
प्रदर्शनीपछि प्रथम तीन स्टललाई उत्कृष्ट घोषणाका लागि भोटिङको व्यवस्था समेत गरिएको प्रदर्शनीका संयोजक शिव श्रेष्ठले बताए ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी परिणाम आइसकेपछि देश अब समृद्ध राष्ट्रको संघारमा गएको आभाष छ र सवैले आभाषलाई आफनो गन्तव्य बनाउँदै सवैतर्फबाट आ–आफूले सकेको सर–सहयोग गर्ने बानी बसाल्न सक्नुपर्छ । यसो गर्नाले हामी समृद्ध राष्ट्रको पंक्तिमा अवश्य पुग्नेछ ।
यति बेला विजेता हुने मातिने र हार्ने पक्ष आतिने गर्नु हुँदैन । दुवै पक्षकाहरुलाई समायोजन गर्दै आ–आफनो दायित्व सम्झेर सकेसम्म जनतालाई सुखी समृद्धि पु¥याउने लक्ष्यका साथ अघि बढेमा मात्र वाचा गरिएका सवै लक्ष्य उदेश्य हासिल गर्न सक्ने हुन्छ । अन्यथा ५ वर्ष भनेको केही होइन । जुनसुकै पक्षको जीतमा पनि योजना र कार्यान्वयन पक्षलाई बलियो बनाउन सके मात्र विकासको लाइनमा जान सक्छ ।
विकासको आधारमा पक्ष र विपक्षको आपसी छलफलबाट योजनाबद्ध ढंगले अघि बढने हो भने कुनै अवरोध सिर्जना नहुने पक्का हुन्छ । नेपालीको खुट्टा तान्ने प्रवृतिले विकासमा वाधा पुगिरहेको विगतको तीतो अनुभवलाई अबका दिनमा चटक्कै छोड्न सक्नुपर्छ ।
जित्ने र हार्ने पक्षको चुनौति भनेकै जनताको साथमा संगै वसिरहने सक्ने शक्ति संचय हो । यसका लागि जनताको सुखदुखमा साथ दिनु हो । हर क्रियाकलापमा साथ दिएर संयमित बन्न सक्ने नेता नै वास्तवमा जनताको मनमा बस्न सक्ने सच्चा नेता हुनेछ । हैनमा चुनावी नेता मात्र भएर देश विकास कदापी नहोला ।
Monday, December 11, 2017
काठमाडौं १० मा लोकतान्त्रिकका राजन केसीको जीत
| newly elected PM Rajan KC |
चुनाव प्रचारको क्रममा बुद्धिजीवीहरुले विगतको चुनावको आधारमा अर्थात स्थानीय चुनावको आधारमा हिसाबमा बामपक्षको बढी मत प्राप्त हुने आँकलन गरेका थिए । तर नतिजा आँकलन भन्दा फरक आएपछि वामलगायत अन्य पक्षमा थप उत्सुकता जागेको बताइएको छ ।
राजनीतिमा लाग्ने होस या नलाग्ने सवै प्रकारका जनसमुदायमा नतिजाका कारण खुलदुली हुनु स्वाभाविक हो । यसैसन्दर्भमा कीर्तिपुर दर्पणले स्थानीय व्यक्तित्वहरुसँग उनीहरुको टिप्पणी लिने क्रममा आ–आफना तर्कहरु प्रस्तुत गरेको पाएको छ भने यहाँ निर्वाचनको अन्तिम मत परिणामबारे जनसमुदायद्वारा व्यक्त गरिएको समीक्षात्मक टिप्पणीलाई प्रस्तुत गरिएको छ ।
कीर्तिपुरका रामकृष्ण महर्जनका अनुसार बामहरु त्यसमा पनि माओबादीका नेताहरु प्रतिनिधि भएर गइसकेपछि पनि लोकल र स्थानीयको आवश्यकताबारे
जानकारी लिन सम्म चेस्टा नगरेका नेताहरू त्यतिबेला कार्यकर्ताहरुको मात्र भरनपोसनमा लागेको आरोप समेत सुन्ने गरेको, बिगतमा स्थानीय टोलकै संजय सिंहलाई चेतावनी मात्रै दिंदा हुनेमा हत्या गराउन समेत लगाएको, आदि इत्यादिका कारणले बामपंथीहरुको १० नं. मा हार भएको देखिन्छ । जित्नेले जितिसकेपछि पछिल्लो पटक राजेन्द्र केसीले आफ्नो ठाउँ नबिर्सिकन विभिन्न क्षेत्रमा विकासको कार्यक्रम ल्याउन सफल भएकोले पनि जनताको मन र मतदान राजेन्द्र केसीतर्फ गएको देखिन्छ ।
यसैगरी मतपरिणामका बारेमा आफनो धारणा प्रस्तुत गर्दै चोभारका खेमनाथ सिटौलाले नेपाली काँग्रेसका राजन केसीको जीतमा गठबन्धनको नेतृत्ववर्गको कमजोरीको फाइदा उठाएको टिप्पणी छ भने दुवै पार्टीको साँगठनिक स्थिति यो बेला कमजोर भएकोले होकि भनी पनि उनले आँकलन गरे । उनले गठबन्धनको समिश्रणलगायत दुवैले एक अर्कामा गर्नुपर्ने सूचना आदानप्रदानमा समेत केही कमिकमजोरी भएको औंंल्याए ।
अधिवक्ता सुजिन्द्र महर्जनका अनुसार मत परिणाम जे हुनुपर्ने हो त्यो नभएको जे नहुनुपर्ने हो त्यो भएको प्रतिकृया छ । उनले प्राविधिक रुपले कीर्तिपुर क्षेत्रमा बामगठबन्धनको पक्षमा केही त्रुटि भएको हुन सक्ने संकेत गरे । यसबाहेक उनले अन्य थुप्रै कारणले गर्दा पनि बाम पक्षमा मत कम आएको आशंका गरे । देशैभरी बामपक्षमा लहर आइरहेको सन्दर्भमा कीर्तिपुर १० नं. क्षेत्रमा कम लहर आएको टिप्पणी समेत उनले गरे ।
कतिपय नाम उल्लेख नगर्ने सर्तमा आफनो टिप्पणी गर्ने व्यक्तिले १० नं. क्षेत्रमा बाम पराजित हुनुको कारणमध्ये सूर्य चिन्ह नहुनु, प्रचार समयमा नहुनु, बाह्य उम्मेदवार भनी प्रचार गर्नु, बढी विस्वास गर्नु, विपक्षीद्वारा आर्थिक चलखेल बढी गर्नु आदिलाई मानेका छन् ।
हुन त चुनाव अपेक्षित र अनुपेक्षित हुने बेलामा तर्क र वितर्कहरु धेरै हुन सक्दछन् । तर स्थायी राजनीतिको लागि यस्ता वहस दुवै पार्टीका लागि हितकर अवश्य हुनेछन् । अबका दिनमा पनि सोझो राजनीतिबाट माथि उठेर पेशागत राजनीति गरेनौ भने राजनीतिबाट वितृष्णा नहोला भन्न सकिन्न । त्यसैले पार्टीको आधारशिला प्रक्रिया बनाएर मजबुत गर्ने र स्थायी राजनीति गर्ने व्यक्तिको चयन र छनौट गर्दै अगाडि बढेमा मात्र देशको विकास हुने संभावना छ । अन्यथा आंशिक राजनीतिको केही भर नहुने हुन सक्दछ र स्थायी राजनीति गर्नेलाई पनि हतोत्साही हुने संभावना रहन्छ ।
क्षेत्र नं १० मा पहिलो पटक नेपालभाषामा पी.एच.डी. उपाधि प्राप्त गर्ने, नेपालभाषा साहित्य, संस्कृति, धर्म, राजनीति आदि क्षेत्रमा आलोचनात्मक दृष्टि राख्ने, किन पिरोल्छ भारत नेपाललाई?, आफन्तीका कथा, भिजिट कीर्तिपुर आदि पुस्तक लगायत दर्जनौं पुस्तकका लेखक एवं क्षेत्र नं. १० मै परिचित व्यक्तित्व प्रा.डा.चन्द्रमान वज्राचार्यसित भर्खर सम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनावलगायत समसामयिक विषयबारे उनको धारणा प्रस्तुत गरिएको छ । – सं.)
१. काठमाडौं क्षेत्र नं १० मा लोकतान्त्रिक पार्टीको विजय र वामपन्थी गठबन्धनको हार भयो, यसमा यहाँको दृष्टिकोण के हो ?
– नेपालमा सैद्धान्तिक मूल्य–मान्यताको आधारमा राजनीतिक अभ्यास गर्ने राजनैतिक पार्टी नै छैन । तसर्थ सैद्धान्तिक रुपमा कसको विजय र कसको पराजय भन्ने प्रश्न उचित देखिंदैन । कसैले लोकतन्त्रको मुकुण्डो लगाएका छन् भने कसैले कम्युनिष्टको मुकुण्डो लगाएका छन् ।
राजनैतिक शक्ति प्राप्तिका होडबाजीको क्रममा हितमान शाक्यको पराजय र राजन के.सी.को विजय भएको अर्थात् राजनैतिक पार्टीको हिसाबमा माओवादी केन्द्रको हार र नेपाली कांग्रेसको जित भएको मात्र हो ।
२. राजन केसीको विजयी हुनुका कारण के जस्तो लाग्छ ?
– हितमान शाक्यको पराजय नै केसीको विजय हो ।
३. हितमान शाक्यको पराजयको कारण नि ?
– धेरै छन् । १. हितमान शाक्य यो क्षेत्रका जनतासित पूर्णत अपरिचित व्यक्तित्व हो ।
परिचित गराउने कुनै कार्यक्रम नै ल्याइएन । २. वाम–गठबन्धन हो । यो वाम–गठबन्धनले कतै सकारात्मक भूमिका खेलेको देखिन्छ भने कीर्तिपुरमा यसको असर नकारात्मक देखियो । यो भनेको कीर्तिपुरमा एमाले शक्तिले बाहिर र भित्र गरी द्वैध चरित्र देखाएको भन्ने आम जन समुदायको आरोप लागेको छ यतिखेर । तसर्थ अन्यत्र वाम–गठबन्धनबाट उम्मेदवार विजयी हुने अवसर जुटेको देखिन्छ भने कीर्तिपुर क्षेत्रमा उल्टो वाम उम्मेदवार हारेको दृष्टान्त मिल्दछ । वाम गठबन्धन नभएको भए एमाले कार्यकर्ता उम्मेदवार बनिन्थ्यो होला, जितिन्थ्यो होला । तर वाम गठबन्धनले एमाले उम्मेदवार हुन बञ्चित गरायो र यस्तो दुर्घटना भयो ।
४. यस्तो दुर्घटना हुनुको कारण के हो त ?
– यसको कारक–तत्वमा वाम–गठबन्धन पार्टीका प्रमुख नेताहरू नै जिम्मेवार छन् । प्रतिनिधि सभा तर्पmका उम्मेदवार हितमान शाक्य र प्रदेश सभा तर्पmका उम्मेदवार दिलीप महर्जन दुवै माओवादी केन्द्र तर्पmका भए, तर एमाले तर्पmबाट विशेष गरी कीर्तिपुर (डाँडो)का नेताहरूको कुनै स्थान भएन । दुवै सभामा माओवादी केन्द्रका हुनु तर एमालेको तर्पmबाट कीर्तिपुर क्षेत्रकै उम्मेदवारको चयन नगर्नु प्रमुख नेताहरूको कमजोरी र कीर्तिपुरकै स्थानीय नेताहरूको विरोधको चर्को स्वर नहुनु, प्रमुख नेताहरूकै ईशारामा असन्तुष्टिलाई मनभित्र पालेर अन्ततः गठबन्धनको सिद्धान्तलाई अँध्यारोमा लात हान्नु नै हितमान शाक्य र दिलिप महर्जनको दुर्घटना हुनुका प्रमुख कारणहरू हुन् । हितमान शाक्यसित यस क्षेत्रका जनताको परिचित नै नहुनु र परिचित
गराउनु पर्ने शक्तिभित्रबाट नै अन्तर्घात भएपछि त दुर्घटना त हुने नै भयो ।
अर्को कुरा, तुलनात्मक रुपमा राजन केसीको स्थानीय जनताका राम्रो प्रभाव पनि परेको छ ।
राजन केसीलाई टुरिष्ट उम्मेदवारको रुपमा हेरिएन बरु सहयोगीको रुपमा हेरे यहाँका जनताले । टुरिष्ट उम्मेदवारकै कारण र केही सहयोगी भूमिका नखेलेकै कारण प्रचण्ड जस्तो राष्ट्रिय राजनैतिक खेलाडी नै हारेको इतिहास साक्षी छँदाछँदै पुनः हितमान शाक्यलाई यो क्षेत्रमा उम्मेदवार बनाउनु भनेको वाम–गठबन्धनका प्रमुख नेताहरूको अपरिपक्व विचार, गैर–जिम्मेवारी, लापरवाही, जनविरोधी चरित्र बाहेक अरु केही होइन । आखिर हितमान शाक्य यिनै प्रमुख नेताहरूबाट बलिको बोको भए ।
५. यो चुनावबाट उपलब्धि हुने के हुने भयो त अब ?
– बीसौं अर्ब खर्चेर गरेको यो चुनावबाट हुने उपलब्धि भनेको देश अब संघीय गणतान्त्रिक मुलुक हुने भयो, बामपन्थी– गठबन्धनबाट बहुमतीय सरकार हुने भयो, सात प्रदेशमा सात मुख्य मन्त्रीहरू एक प्रधानमन्त्री रहने भयो ।
६. बहुमतीय स्थायी सरकार पनि त हुने भयो नि ?
– बहुमतीय सरकार हँुदैमा स्थायी सरकार हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । सर्वप्रथमतः
सरकारको चरित्रमा यो कुराको निर्भर रहन्छ । साँच्चै नै अब बनिने बहुमतीय सरकार जनताकै जन–सरकार बन्यो भने यसले स्थायीत्व पाउन सक्ला, अन्यथा बहुमतीय सरकारको नाममा जनतामारा सरकारको चरित्र देखाएमा दुई दिन टिक्न पनि मुश्किल पर्छ ।
७. स्थायी सरकार बन्ला जस्तो लाग्छ र ?
–‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने हाम्रो लोकोक्ति छ । नेताहरूलाई ठगहरूको रुपमा तमाम जनताले चिनिसकेका छन् । यिनै नेताहरूलाई मतदान गर्नुपर्ने बाध्यात्मक परिस्थितिकै
कारणले मात्र मतदान गरेका छन् । धेरै नै ठग नेताहरूलाई यसपाली जनताले राष्ट्रिय राजनीतिबाट पाखा लगाइदिएका छन् । जसको चरित्र नै भ्रष्ट छ, उसबाट आशा गर्ने के ? चुनावका कयौं करोड खर्च गरेर विजय हासिल गरेकाहरु स्वच्छ छविको हुनै सक्दैन । पद, पैसा र प्रतिष्ठाका लागि जेपनि गर्न तयार यिनीहरूबाट बन्ने सरकार स्वच्छ छविको हुने कुरामा आशा गर्न सकिन्न । भ्रष्टहरूको सरकार स्थायी सरकार बन्न सत्तैmन ।
८. यहाँको रिटार्यड जीवनमा यहाँको पनि त उम्मेदवारी हुनुपर्दथ्यो, जसको छुट्टै
राजनैतिक दृष्टिकोण मात्र होइन, राजनैतिक अनुभव पनि छ, जन–समुदायसित दुःख–सुखको गहिरो सम्बन्ध छ, होइन र ?
– उम्मेदवार हुने इच्छा मात्र भएर भएन, राजनैतिक पार्टीको टिकट चाहियो, राजनैतिक पार्टी भएर मात्र पुगेन ठूलै पार्टी चाहियो, स्वतन्त्र उम्मेदवारी भएर चुनावमा जितिंदैन, आम–जनसमुदायबाट नै आवश्यकताको आह्वान भएको अवस्थामा उम्मेदवार हुने अर्कै कुरो हो । हेरौं पछिका दिनहरूमा कस्तो परिस्थिति आउँछ । देश र जनताको लागि समर्पित भएरै आएको छु, यसरी नै जीवन बिताउने अठोट छ ।
९. अन्तमा केही कुराहरू बाँकी छ कि ?
कीर्तिपुर दर्पण अब १५ वर्षमा प्रवेश
Sunday, November 26, 2017
| kirtipur ma vi ko yo bhavan pachhadi naya bhavan ko silanyas |
सल्लाहकार प्रा.डा. रामकृष्ण महर्जनले आफूले नजिकबाट सहयोग गरिरहेको विद्यालयमा नयाँ भवन निर्माण हुन लागेकोमा खुशी प्रकट गरे । गुण
स्तरीय शिक्षाको लागि भौतिक संरचनाको आवश्यकता हुने उनले
बताए । सोफेस नेपालको गृह विद्यालयको रुपमा रहेकोले उनले टेबलटेनिस प्रशिक्षणमा सहयोग रहने बताए ।
जिल्ला आयोजनाका कार्यकारी गणेश ढकालले योजना २०७५ माघसम्ममा सम्पन्न गर्नुपर्ने जानकारी दिंदै नयाँ भवन भुकम्प प्रतिरोधी हुनेभएकाले विद्यार्थीहरुले ढुक्कसँग अध्ययन गर्न पाउने बताए ।
कीर्तिपुर नगरपालिकाका शिक्षा तर्फका दिनानाथ पन्थीले शुभकामना दिंदै अभिभावक र विद्यार्थीका लागि भवन आकर्षक हुने बताए ।
त्यसैगरी पुष्पसदन आमाविका संस्थापक प्रिन्सिपल महेश श्रेष्ठले आफनो तर्फबाट जुनसुकै प्रकारको सहयोग रहने बताए ।
भवन निर्माण शिलान्यास कार्यक्रममा कीर्तिपुर माविका प्रअ बद्रिप्रसाद खनालले स्वागत मन्तव्यको क्रममा २०७२ सालको भुकुम्पले गर्दा रातो स्टिकर पाएको विद्यालयले आगामी दिनमा १ करोड ७ लाखको लागतमा ८ कोठे नयाँ भवन निर्माण हुन लागेकोले सवैलाई सहयोग गरिदिन आग्रह गरे ।
यही आइतबार सम्पन्न भएको शिलान्यास कार्यक्रममा छिमेकी विद्यालयका प्रिन्सिपलहरु, वडाध्यक्ष गंगाराम महर्जन, श्रोतव्यक्ति बासुदेव रेग्मी, विद्यालय निरीक्षक मोतिराज खनाललगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
![]() |
| DR Maharjan |
वातावरण चिसिंदै गएको छ । देशमा चुनाव माहोल पनि तातिंदै गएको छ । यसवीचमा कीर्तिपुरमा भने सात गाउ“ले जात्राको शुरुवात भैसकेको छ । स्थानीय उम्मेदवारहरु आ–आफनो प्रचारकै क्रममा चाडवाड बनाउने गरी योजनामा रहेका छन् भने स्थानीय जनता आफनो सा“स्कृतिक परम्परालाई व्यवस्थापन गर्नेतिर पनि व्यस्त छन् । एककिसिमले खेतवारीको कामबाट फुर्सद पाएको समयको सदुपयोग गर्दै सात गाउ“ले जात्राको आगमन हुन्छ र काठमाडौंको दक्ष्ँिणपश्चिममा रहेका सात गाउ“हरु पा“गा, नगाउ“, कीर्तिपुर, बोसीगाउ“, सतुङगल, ल्व“कोट र मच्छेगाउ“ एकमुष्ट जात्रामा आवद्ध रहन जान्छन् । आजभोलि जनसंख्याको वृद्धिस“गै थप नया“ बस्तीहरु समेत यस जात्रामा आवद्ध हुने स्थिति पनि बढ्दो छ । विशेषगरी सात गाउ“ले जात्राको सम्वन्ध तीनथाना गाविसको बखु अर्थात बल्खु खोला नजिक रहेको पीठस“ग
रहेको छ ।
पौराणिक किंवदन्ती अनुसार काठमाडौंमा भएको होम यज्ञबाट छुटेर उड्दै आएका एकजोडी परेवा कीर्तिपुरको पश्चिमपट्टिको बल्खु पीठमा आएर अन्त्य भएको हुनाले तिनै परेवाको अन्त्यको हिसाबले नेपालभाषामा बखुमद अर्थात परेवाको दाहसंस्कारभयो भन्ने अर्थमा यस जात्रालाई लिइन्छ । नेपालभाषामा परेवालाई बखुं र अन्त्य (समाप्त)लाई मन्त भनिन्छ । यस अर्थमा बखुमन्त अपभ्रंस भएर बखु मरः वा बखु मलः भएको मानिन्छ । तालपत्रको आधारमा कुरा गर्दा बखुमरःको अर्थ हुन्छ, खोला किनारको जात्रा । यहा“ बखुको अर्थ खोला किनार र मरःयाको अर्थ जात्रा हो । मुःया, सिन्ह्याको रुपमा मनाइने यस सात गाउ“ले जात्रालाई वैदिक तान्त्रिक पूजास“ग जोड्ने हो भने अष्टमात्रिकाको जय जयकारको रुपमा लिने गरिन्छ । रुद्रायणी, ब्रम्हायणी, माहेस्वरी, वैष्णवी, महालक्ष्मी, इन्द्रायणी, कौमारी र सरस्वतीलाई अष्टमात्रिकाको रुपमा पूजा गर्ने चलन छ । यसैगरी भोजको सिलसिलामा गणपूजा गर्ने चलन पनि छ । गणेश, गंगा, काली, सिघिनी र व्याघिनीजस्ता पंचतत्वको प्रतीकका रुपमा अदुवा, बारा, खेपी, चपी, हिंला र प“ला राख्ने गरिन्छ ।
सात गाउ“ले जात्रा खास गरेर अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइने गरिन्छ । पूर्वजको भनाइ अनुसार कीर्तिपुरको पूर्व खोकना, दक्ष्ँिणकाली, क्वार (हाल) बाट शुरु हु“दै आउने जात्राको क्रम सात गाउ“ले जात्राको रुपमा विशेषगरी कीर्तिपुरमा नगाउ“, पा“गा र कीर्तिपुर गरी सातभन्दा बढी गाउ“हरुमा सम्पन्न हुन्छ । नेवार वस्तीमा सम्पन्न गरिने यो जात्रा मल्लकालदेखि शुरु भएको भनाई छ ।
नगाउ“ जात्राः
कीर्तिपुर र पा“गावीच अवस्थित सानो गाउ“ नगाउ“मा मनाइने जात्रा माटोका भा“डा समाई काम्ने जात्रा हो । सप्तमीमा छोयलाभू (पोलेको छोयला खाई भोज) गरिसकेपछि
औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ र भोलिपल्ट अष्टमीको दिन लाछिमा राखेको बालकुमारीमा पूजाआजा गर्ने गरिन्छ । बेलुकीपखः बाजागाजाका साथ खटमा
राखी बालकुमारीलाई पीठमा पु¥याइन्छ र राती बलिकासाथ विधिपूर्वक होमयज्ञ गरिन्छ । हरेक वर्ष यो जात्रामा एकपटकमा ५ जना गुठियारहरुलाई पंच तत्वको
प्रतिकारात्मक रक्सी, दूध, रगत, दही र जल राखेको भा“डो समाउन लगाइन्छ । यसरी भा“डो समाएकाहरुलाई बन्धन धागोले चक्र बनाई गुभाजुले विभिन्न मन्त्रवाचन गरेपछि विस्तारै विस्तारै तिनीहरु भ“ाडोसहित काम्न थाल्छन् । मध्यराती गरिने यो जात्रा जाडोका कारणले कामेको हो वा मन्त्रको कारणले कामेको हो सोध गर्न बा“की नै छ । तर तान्त्रिक अनुसार गुभाजुले जब उनीहरुको हातको भा“डो लिने र धागोको बन्धनबाट छुट्टयाउ“छ, नकाम्ने विश्वास गरिन्छ । अचम्मको कुरा त यो छ कि दूधको भा“डो बोक्ने एकजना मात्र काम्दैनन् । भोलिपल्ट पूजाआजा गरिसकेपछि बेलुकीपख बाल
कुमारीलाई बाजागाजासहित पुनः आफनै ठाउ“मा ल्याउने गरिन्छ र सवैमिलेर पंक्तिभोजमा सामेल हुन्छ । दशमीको दिन भने गुठियारहरुवीच निर्णय गर्नुपर्ने कुरामा छलफल गर्ने र नया“ सदस्यहरु थप्ने कार्यमा व्यस्त हुन्छन् ।
पा“गा जात्राः
जात्रा पीठस“ग सम्वन्धित भएकोले जात्राको संचालन कार्यमा सना गुठी सक्रिय हुन्छन् । पा“गामा दुवाल गुठी १, महर्जन गुठी ३ (तः गुथि, चि गुथि र दे गुथि), खड्गी गुठी १ र कपाली गुठी १
रहेका छन् । स्थानीय जात्रा कार्यमा गुठिहरुको आ–आफनै खालका जिम्मेवारीहरु रहेका हुन्छन् । विशेषगरी मूर्ति
सुरक्ष्ाँ व्यवस्थापनमा कपाली, जात्रा संचालनमा महर्जन गुठी, गणपूजामा दुवाल गुठी, बलिपूजामा खड्गी गुठि सक्रिय रहदै आएका छन् । सप्तमी छोयलाभूको दिन बालकुमारी पीठ देउखेलमा मण्ड म्ये (सानो रा“गो) बलि दिने र गुठिहरुले प्रसादस्वरुप मासु भाग लिने, त्यस लगतै पा“गा लाछि अवस्थित विष्णुदेवी र बालकुमारी मूर्तिलाई खटमा
राखिन्छ र बालकुमारी खटलाई सोही दिन वाजागाजासहित देउखेलस्थित पीठमा लाने
गरिन्छ र रातभरी आगोबाली जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट अष्टमीको दिन दुवै खटमा विहान सवेरैदेखि पूजा आजा गरिन्छ र सा“झपख विष्णुदेवी खटलाई पनि भाजंगलस्थित पीठमा बाजागाजासाथ पु¥याइन्छ । सोही राती श्रेष्ठहरुद्वारा गणपूजा गरिसकेपछि दुवै पीठबाट पा“गाको देफल्चामा कसैले चाल नपाउनेगरी विना आवाज सो खटलाई ल्याई पु¥याइन्छ । विहान सवेरैदेखि उक्त ठाउ“मा नवमीको दिन सिन्ह्याको रुपमा दर्शनार्थीहरुको भीड जम्मा हुन्छन् । गाउ“भरीका विभिन्न समूहहरुको वाजागाजासहितको लामवद्ध पूजाआजा र गुन्जायमानले जात्राको रौनक बढाउ“छ, यस दिन पनि बलि दिन चाहनेले बलि दिने गर्दछन् । करिव विहानको १२ बजेसम्ममा द्वारेपूजाको व्यवस्था हुन्छ, मतलब
द्वारेपूजालाई अन्तिमपूजाको रुपमा मानिन्छ । त्यसपछि सो ठाउ“बाट खट उठाई ढोकासीमा ल्याई पु¥याउने चलन छ । यसपछि खटलाई गाउ“को विभिन्न टोलटोलमा घुमाइन्छ र अन्त्यमा पा“गा लाछिमा सा“झ मूर्तिवाहेक सम्पूर्ण सजावत विगार्ने काम हुन्छ । त्यसस“गै खटयात्राको समाप्ती हुन्छ ।
कीर्तिपुर जात्राः
पा“गामा जस्तै सप्तमीको दिन छोयलाभू गरी अष्टमीको दिन कीर्तिपुर वडा नं. १ स्थित देवढोका पीठमा इन्द्रायणी र गणेशको खट लैजाने गरिन्छ । खटमा राखेको इन्द्रायणी र गणेशलाई विहानसवेरैदेखि पूजाआजा गरिसकेपछि सिन्हःयाको दिन बाजागाजासहित लस्करद्वारा टोल टोलमा घुमाइन्छ । हरेक साल गुठियारहरुको एकता र सक्रियताका कारण खटयात्रा बोक्ने जिम्मेवारी टोलटोलले वहन गर्दछन । परिणाम त कीर्तिपुरका विभिन्न टोल बाजागाजासहित परिक्रमा गर्न कुनै कठिनाइ हु“दैन । जात्रा हेर्नेको भीड हुन्छ ।
नैकाप, सतुङगल, बोसिगाउ“ र मच्छेगाउ“ जात्राः
कीर्तिपुरको पश्चिमतिरको बल्खुखोला नजिक रहेको तीनथाना गाविसमा पर्ने दोभान पीठमा सात गाउ“ले जात्राको प्रतीकका रुपमा जात्रा संचालन हुन्छ । दशमीको दिन सिन्हयाको रुपमा अघिल्लो दिन आ–आफनो ठाउ“बाट ल्याई पु¥याएका खट तथा भा“डाका मूर्तिलाई विधिपूर्वक पूजाआजापछि आ–आफनै गाउ“ (क्षेत्र)मा फिर्ता लाने चलन छ । बाजागाजाका साथ फिर्ता लगिएको आ–आफना खटसहित (घ्याम्पो) मूर्तिलाई सम्वन्धित क्षेत्रका विभिन्न टोलहरुको परिक्रमापछि जात्रा समाप्त हुन्छ र मूर्तिलाई विधिपूर्वक पुनः पहिलेकै ठाउ“मा प्रतिस्थापन गर्ने गरिन्छ ।
बल्खुको जात्राको एउटा विशेषता के हो भने बाजाको तालमा खटलाई नचाउने र आफूपनि सोही तालमा नाच्ने र समूहका अन्य सहभागीहरु पनि त्यसैगरी नृत्यमा सहभागी हुने गरिन्छ । यसो गर्दा दर्शकहरु पनि मनोरञ्जन लिन व्यस्त भैरहेका हुन्छन् ।






