Monday, September 18, 2017

वर्ष १४, पूर्णाङक ७०८, अंक १०, २०७४ असोज्र २ गते सोमबार, नेपाल सम्वत ११३७

नेपाल राष्ट्रिय शिक्षक संगठन कीर्तिपुर नगर समितिको पहिलो अधिवेशन सम्पन्न
कीर्तिपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन कीर्तिपुर नगर समितिको पहिलो अधिवेशन काठमाडौं जिल्ला समितिका सदस्य हरिवहादुर थापाको सभाध्यक्षतामा शनिवार ३१ गते कीर्तिपुर माविको हलमा सम्पन्न 
भयो ।
कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनको प्रमुख आतिथ्य एवं उपप्रमुख सरस्वती खड्काको विशिष्ट आतिथ्यमा भएको उक्त अधिवेशनको पहिलो सत्रका अतिथिहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए ।
शुभकामना व्यक्त गर्ने क्रममा प्रमुख अतिथि रमेश महर्जनले दशैको मुखमा शिक्षकहरुको तलब वितरणमा प्राविधिक कारणले केही ढिलाई भएको तर काम भैरहेको जानकारी दिएका थिए । ढिला हुन गएकोमा क्षमायाचना गर्दै उनले दशैं अगाडि नै शिक्षकको तलब वितरण हुने प्रतिबद्धता जनाएका थिए ।
उपप्रमुख सरस्वती खड्काले सामुदायिक विद्यालयको गुणस्तरका लागि के आवश्यक रहेको माग गर्न आव्हान गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरिन् ।
स्वागतका क्रममा गणेश खनालले संघीय संरचनामा निजी विद्यालयमा पनि नगरपालिकाले लगानी गर्नु आफनो धारणा राखे । मूलुक बचाउन विद्यार्थीहरुलाई शिक्षा दिने क्रममा अब सामाजिक सद्भावका नैतिक शिक्षा दिनुपर्ने कुरा पनि उनले बताए ।
उपत्यका सचिव सानुमैया खड्काले काम जस्तै कुरा र कुरा जस्तै काम गर्न आवश्यक रहेको भन्दै शिक्षालाई समाज परिवर्तनको संवाहक बनाउन जोड दिइन् ।
नेपाल शिक्षक संघ कीर्तिपुरका अध्यक्ष कुमार बजगाइँले जयनेपाल भन्दै बालबालिकाको भविष्यको लागि शिक्षकहरुले लोकतन्त्रमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले नियमानुसार काम गर्दै गए कुनै झमेला नआउने तर सरकारले नै शिक्षकलाई चौमासिक तलब प्रदान गरेर तेश्रो दर्जाको नागरिक 
बनाइरहेकोमा आपत्ति जनाए ।
एमालेका सुरेन्द्र मानन्धरले शिक्षाक्षेत्रको विकासमा शिक्षकहरुले नै सुझाव दिंदै कीर्तिपुरको समृद्धिमा सहयोग पु¥याउनुपर्ने बताए ।
केन्दीय सदस्य विष्णु पोख्रेलले नयाँ संविधान अनुसार नगर कमिटीको अधिवेशन पनि नगर शिक्षालाई व्यवस्थित गर्नकै लागि हुने जानकारी दिए । सरकार शक्तिमा विस्वास गर्ने भएकाले शिक्षकका हक हितका लागि पनि शक्तिको जोरजाम आवश्यक रहेको बताउँदै संख्यात्मक एकताबद्ध भई जिम्मेवारी वहन गर्न उनले आव्हान गरे ।
काठमाडौं क्षेत्र नं. १० को प्रतिनिधित्व गर्दै बटुकृष्ण थापाले पनि शुभकामना व्यक्त गरे । उनले समृद्ध नगरका लागि शिक्षामा 
सरकारी लगानीको आवश्यक भएको बताउँदै पार्टीले सामुदायिक विद्यालयलाई छात्रवृत्ति र कम्प्युटर वितरण कार्यमा नपाको योजनामा हालिसकेको बताए ।
अध्यक्ष मण्डलको तर्फबाट बोल्दै केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले निर्वाचित सवैपदाधिकारीहरुलाई शुभकामना दिंदै सपथग्रहण समेत गराएका थिए । निर्वाचित पदाधिकारीहरुले आ–आफनो पदको नाममा सपथ खाएका थिए ।
प्रथम अधिवेशनबाट जुजुभाइ महर्जनको अध्यक्षतामा २९ सदस्यीय समितिको निर्माण गरिएको थियो । जसमा उपाध्यक्ष महिला अशुं मानन्धर, उपाध्यक्ष खुल्ला देवराज महर्जन, सचिव छत्रप्रसाद अर्याल, सहसचिव प्रभा पन्थी, कोषाध्यक्ष लोकलाल महर्जन, सहकोषाध्यक्ष संगिता खनाल र सदस्यहरुमा दिनेश महर्जन, फुर्सद महर्जन, दिनेश महर्जन, असिम लामा, राजेन्द्र पौडेल, रश्मी केसी, मणिक महर्जन, पूर्ण महर्जन, महेन्द्र थापा, रोनेट महर्जन रहेका छन् । त्यसैगरी महिला सदस्यतर्फ सावित्री सिवाकोटी, विना महर्जन, निलशोभा महर्जन र सुमित्रा महर्जन रहेका छन् । सेवा निवृत्ततर्फबाट २ जना सदस्यहरु मध्ये १ जनाको नाम खाली राखिएको छ भने अर्का सदस्यमा वेखामान महर्जनलाई नियुक्ति गरिएको छ ।
सोही दिन नव अध्यक्ष जुजुभाइ महर्जनको सभाध्यक्षतामा भएको  पहिलो बैठकले दशैंतिहारको अवसरमा सवैलाई स्वस्थ, समृद्ध र सुखद शान्तिको कामना गर्दै शुभकामना व्यक्त गर्ने निर्णय ग¥यो भने अर्काे बैठक असोज १९ गते मंगल माविमा वस्ने निर्णय गरिएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै मेयर रमेश महर्जन


कार्यक्रममा अतिथिहरु मौनधारण गर्दै

कीर्तिपुरमा पनि चिया बगान निर्माण गरिंदै
नेपालको इलाम चियाका लागि प्रसिद्ध कमाएको ठाउँ हो । त्यसपछि काठमाडौंमै चिया बगान छ भन्ने 
कुरा पछिल्लो समयमा साँखुबाट केही किलोमिटरको यात्रा गरेपछि झण्डै मेलम्चीतिरको क्षेत्रमा चियावगान हेर्न जाने र पिकनिक मनाउनेको संख्या पनि एकताका बढेकै थियो । अब कीर्तिपुरमै चिया बगान भएपछि साँखुपारिको चियाबगानसम्म जान नपर्ने भएको छ । 
एकातिर कीर्तिपुर अस्पताल त्यसमाथि नैकापसम्म जोड्ने झोलुङगे पुल अनि त्यसपछि त्यही बाटोमा गुम्वा र समल गार्डेन भन्दै चिया गार्डेन समेत बनाएपछि कीर्तिपुर घुम्नेका लागि नौलो गन्तव्य बन्ने निश्चित छ ।
कीर्तिपुर रिङरोडलाई झण्डै दार्जिलिङ आकारमा पर्यटकीय स्थलको कल्पना गर्न सकिन्छ । जसरी दार्जिलिङमा घुम्नेका लागि विविध पर्यटकीय दृश्यावलोकन स्थलको व्यवस्था गरिएका छन, त्यसैगरी कीर्तिपुरलाई पनि त्यसप्रकारको भ्रमणस्थल बनाउन सकिएमा पक्कै पनि उपलब्धि हासिल गर्न सक्ने विज्ञहरुको विस्वास छ ।
चिया फस्टाउनको लागि सामन्यतया २१ देखि २९ डिग्रीको तापक्रम चाहिने हुन्छ । गर्मीमा अत्यधिक तातो र चिसोमा १६ डिग्रीसम्म चाहिने तापक्रम कीर्तिपुरमा विद्यमान हुने अनुमान गर्न सकिन्छ । पानी नजम्ने भिरालो, फलाम चुनढुंगा मिसिएको माटो चियाका लागि राम्रो मानिन्छ । वर्षाको सवालमा भने १५० देखि २५० सेमीसम्म आवश्यक हुने विस्वास गरिन्छ ।
कीर्तिपुरमा यही भाद्र ३१ गते शनिवार कीर्तिपुर नगरप्रमुख रमेश महर्जनको प्रमुख आतिथ्यमा चिया रोपन गरिएको छ ।
उक्त कार्यक्रममा नगरप्रमुखका साथ वडा न. ३ का वडा अध्यक्ष राजेन्द्र महर्जन र नेपाल चिया तथा कफी विकास बोर्ड्का कार्यकारी निर्देशक शेषकान्त गौतम समेत सरिक भएका थिए ।
कीर्तिपुरमा अब ३ झोलुङ्गे पुल
कीर्तिपुर । कीर्तिपुरमा अब तीन वटा झोलुङगे भएको छ । जलविनायकस्थित ललितपुर र कीर्तिपुर जोडने झोलुङगे, सुन्दरीघाटस्थित ललितपुर र कीर्तिपुर जोडन्े झोलुङगे र अब नयाँ निर्माण गरी भर्खरै उद्घाटन गरिएको नैकाप र कीर्तिपुर जोड्ने झोलुङगे पुल विशेषतः बागमती नदीलाई वारिपारी गर्न र पछिल्लो समय बल्ुख खोलालाई वारीपारी गर्न बनाइएका हल्लिने पुलहरु हुन् ।
कीर्तिपुर अस्पताल वा गुम्बा पछाडिबाट नैकाप जान मिल्ने गरी बनाइएको उक्त हल्लिनेपुल करिब १ मिटर चौडाइ र लम्बाइमा झन्डै १०० मिटरको छ । काठमाडौं जिल्ला विकासको लगानीमा बनाइएको उक्त पुलको विधिवत उद्घाटन हालका खेलकूद मन्त्री राजनकुमार केसीले गरेका थिए । कीर्तिपुरमा बनेको उक्त पुल हेर्न आजभोलि सयौं संख्यामा आउने जाने गरिरहेका छन् । 

Read the full issue at:
https://drive.google.com/open?id=0B9JEXlAZ63G1Vngwc0QzOW1icFE

Leave us a comment