Wednesday, September 13, 2017

वर्ष १४, पूर्णाङक ७०८, अंक १०, २०७४ असोज्र २ गते सोमबार, नेपाल सम्वत ११३७,

नेपाल राष्ट्रिय शिक्षक संगठन कीर्तिपुर नगर समितिको पहिलो अधिवेशन सम्पन्न
कीर्तिपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन कीर्तिपुर नगर समितिको पहिलो अधिवेशन काठमाडौं जिल्ला समितिका सदस्य हरिवहादुर थापाको सभाध्यक्षतामा शनिवार ३१ गते कीर्तिपुर माविको हलमा सम्पन्न 
भयो ।

कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनको प्रमुख आतिथ्य एवं उपप्रमुख सरस्वती खड्काको विशिष्ट आतिथ्यमा भएको उक्त अधिवेशनको पहिलो सत्रका अतिथिहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए ।
शुभकामना व्यक्त गर्ने क्रममा प्रमुख अतिथि रमेश महर्जनले दशैको मुखमा शिक्षकहरुको तलब वितरणमा प्राविधिक कारणले केही ढिलाई भएको तर काम भैरहेको जानकारी दिएका थिए । ढिला हुन गएकोमा क्षमायाचना गर्दै उनले दशैं अगाडि नै शिक्षकको तलब वितरण हुने प्रतिबद्धता जनाएका थिए ।
उपप्रमुख सरस्वती खड्काले सामुदायिक विद्यालयको गुणस्तरका लागि के आवश्यक रहेको माग गर्न आव्हान गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरिन् ।
स्वागतका क्रममा गणेश खनालले संघीय संरचनामा निजी विद्यालयमा पनि नगरपालिकाले लगानी गर्नु आफनो धारणा राखे । मूलुक बचाउन विद्यार्थीहरुलाई शिक्षा दिने क्रममा अब सामाजिक सद्भावका नैतिक शिक्षा दिनुपर्ने कुरा पनि उनले बताए ।
उपत्यका सचिव सानुमैया खड्काले काम जस्तै कुरा र कुरा जस्तै काम गर्न आवश्यक रहेको भन्दै शिक्षालाई समाज परिवर्तनको संवाहक बनाउन जोड दिइन् ।
नेपाल शिक्षक संघ कीर्तिपुरका अध्यक्ष कुमार बजगाइँले जयनेपाल भन्दै बालबालिकाको भविष्यको लागि शिक्षकहरुले लोकतन्त्रमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले नियमानुसार काम गर्दै गए कुनै झमेला नआउने तर सरकारले नै शिक्षकलाई चौमासिक तलब प्रदान गरेर तेश्रो दर्जाको नागरिक बनाइरहेकोमा आपत्ति जनाए ।
एमालेका सुरेन्द्र मानन्धरले शिक्षाक्षेत्रको विकासमा शिक्षकहरुले नै सुझाव दिंदै कीर्तिपुरको समृद्धिमा सहयोग पु¥याउनुपर्ने बताए ।
केन्दीय सदस्य विष्णु पोख्रेलले नयाँ संविधान अनुसार नगर कमिटीको अधिवेशन पनि नगर शिक्षालाई व्यवस्थित गर्नकै लागि हुने जानकारी दिए । सरकार शक्तिमा विस्वास गर्ने भएकाले शिक्षकका हक हितका लागि पनि शक्तिको जोरजाम आवश्यक रहेको बताउँदै संख्यात्मक एकताबद्ध भई जिम्मेवारी वहन गर्न उनले आव्हान गरे ।
काठमाडौं क्षेत्र नं. १० को प्रतिनिधित्व गर्दै बटुकृष्ण थापाले पनि शुभकामना व्यक्त गरे । उनले समृद्ध नगरका लागि शिक्षामा सरकारी लगानीको आवश्यक भएको बताउँदै पार्टीले सामुदायिक विद्यालयलाई छात्रवृत्ति र कम्प्युटर वितरण कार्यमा नपाको योजनामा हालिसकेको बताए ।
अध्यक्ष मण्डलको तर्फबाट बोल्दै केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले निर्वाचित सवैपदाधिकारीहरुलाई शुभकामना दिंदै सपथग्रहण समेत गराएका थिए । निर्वाचित पदाधिकारीहरुले आ–आफनो पदको नाममा सपथ खाएका थिए ।
प्रथम अधिवेशनबाट जुजुभाइ महर्जनको अध्यक्षतामा २९ सदस्यीय समितिको निर्माण गरिएको थियो । जसमा उपाध्यक्ष महिला अशुं मानन्धर, उपाध्यक्ष खुल्ला देवराज महर्जन, सचिव छत्रप्रसाद अर्याल, सहसचिव प्रभा पन्थी, कोषाध्यक्ष लोकलाल महर्जन, सहकोषाध्यक्ष संगिता खनाल र सदस्यहरुमा दिनेश महर्जन, फुर्सद महर्जन, दिनेश महर्जन, असिम लामा, राजेन्द्र पौडेल, रश्मी केसी, मणिक महर्जन, पूर्ण महर्जन, महेन्द्र थापा, रोनेट महर्जन रहेका छन् । त्यसैगरी महिला सदस्यतर्फ सावित्री सिवाकोटी, विना महर्जन, निलशोभा महर्जन र सुमित्रा महर्जन रहेका छन् । सेवा निवृत्ततर्फबाट २ जना सदस्यहरु मध्ये १ जनाको नाम खाली राखिएको छ भने अर्का सदस्यमा वेखामान महर्जनलाई नियुक्ति गरिएको छ ।

सोही दिन नव अध्यक्ष जुजुभाइ महर्जनको सभाध्यक्षतामा भएको  पहिलो बैठकले दशैंतिहारको अवसरमा सवैलाई स्वस्थ, समृद्ध र सुखद शान्तिको कामना गर्दै शुभकामना व्यक्त गर्ने निर्णय ग¥यो भने अर्काे बैठक असोज १९ गते मंगल माविमा वस्ने निर्णय गरिएको थियो ।

२५ हजारमा जनाधार सामुदायिक क्याम्पसको आजिवन सदस्य बन्न  सकिने


कीर्तिपुर । पाँगास्थित ऐतिहासिक जनसेवा माविमा संचालित जनाधार सामुदायिक क्याम्पसले आफनो पहिलो साधारण सभा गर्दै २५ हजारमा क्याम्पसको आजिवन सदस्यता बन्न सकिने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले नयाँ अध्यक्षको चयनको लागि तीनजनाको नाम सिफारिस गरेको छ भने क्याम्पस प्रमुख नन्दकुमारी महर्जनद्वारा पेश गरिएको आयव्यय विवरण र प्रगति विवरणलाई सर्वसम्मत पारित गरिएको 
छ । प्रक्रियागत प्रस्ताव सो सभामा प्रा.डा. रामकृष्ण महर्जनले राखे भने सभाध्यक्ष एवं पूर्व संचालक समिति अध्यक्ष माधवलाल महर्जनले क्याम्पसको भविष्य रहेको बताउँदै सहयोगी हातहरुको संख्या अझ बढदै जाने विस्वास व्यक्त गरे ।
स्मरण रहोस उक्त क्याम्पस सामुदायिक प्रयासबाट वि.सं. २०७० सालमा स्थापना भएको हो । सभामा संस्थापक सदस्यहरुका साथै अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।



नेपाल टेलिकमको सेवाको गुणस्तरीयतामा कमी

कीर्तिपुर । निजी कम्पनीहरुको प्रतिस्पर्धाका वावजुद पनि नेपालभर सर्वसुलभ टेलिफोन तथा इन्टरनेट सुविधा दिन सफल लोकप्रिय ख्यातिप्राप्त नेपाल टेलिकम पछिल्लो समयमा सेवामा गुणस्तरीयतामा ह्रास आएको टिप्पणी गरिएको छ ।
ल्याण्डलाइन टेलिफोन होस् या एडिएसल होस्, कहिले बन्द त कहिले ढिला चल्नाका कारण १९८ मा गुनासो पोख्ने ग्राहकहरुको संख्यामा एकातिरदिनप्रतिदिन बढ्दै गएका छन् भने अर्काेतिर वाध्यभएर ग्राहक स्वयं कार्यालयमा धाउन बाध्य बनेका छन् । कार्यालय प्रमुख र मर्मत संभारका कर्मचारीहरुको अथक प्रयासबाट दैनिक २०÷२५ वटा लाइन मर्मत  हुन सकेको जानकारी दिइएको छ । कार्यालयमा प्रयाप्त कर्मचारीको संख्या नहुँदा त्यस किसिमको समस्या निम्तिएको हो वा कर्मचारीको रेखदेख निर्देशनमा तालमेल नमिलेको हुनाले हो नेपाल टेलिकम कीर्तिपुरले पाएको कीर्तिपुरदेखि दक्षिणकालीसम्मको जिम्मेवारी वहनमा ग्राहकहरु सन्तुष्ट हुन सकेका छैनन । लाइन व्यवस्थापन अझै १५० देखि २०० लाइनहरु विग्रिएकै अवस्थामा छन् । धेरै रकम खर्चेर ल्याइएको टिडिएम माइग्रेशन प्रोजेक्ट पनि नयाँ भनिएपनि पुरानै प्रविधि भित्र्याइएको कर्मचारीहरु बताउँछन् ।
यतिबेला निजीसँगैको प्रतिस्पर्धाको नाममा टेलिकमको ग्राहकसेवामा झन् ह््रासमुखी सेवाले ग्राहकहरुको सन्तुष्टिमा पनि कमी आएको महशुस गरिएको छ । पाँगाका राइज महर्जन नेपाल टेलिकमको एडिएसएलदेखि दिक्क भएर वल्र्ड लिङक लिन वाध्य भएको कीर्तिपुर दर्पणलाई बताउँछन् । कतिपय संस्थागत इन्टरनेट प्रयोगकर्ताहरु पनि नेपाल टेलिकमले  ग्राहकको संख्या मात्र थप्ने तर गुणस्रतरीयतामा ध्यान नदिने भन्दै असन्तोष पोख्ने गर्दछन् । पुष्पलाल प्रतिष्ठान र कीर्तिपुर अस्पताल जस्ता अत्यावश्यक क्षेत्रहरुमा समेत मोबाइल सेवा स्पष्ट नहुनुले पनि टेलिकमको सेवा कम गुणस्तर हुन थालेको अनुमान गर्न सकिन्छ । यसै सन्दर्भमा वास्तविकता बुझ्नका लागि नेपाल टेलिकम कीर्तिपुरमा सम्पर्क गर्दा चम्पादेवी भत्केपाटीमा पेयरगेन लाइनबाट चलेका लाइनहरु २ महिनादेखि बन्द भएको अवस्थामा रहेकाछन् भने मर्मतका लागि मात्र पनि सयौं गुनासाहरु आएको थाहा भएको छ । तर गुनासालाई वास्ता गर्नुको सट्टा झन् ढिलासुस्ती हुँदै गएको ग्राहकहरुको आरोप छ । नेपाल टेलिकमका कार्यालय प्रमुख रश्मी कुंवरले कीर्तिपुर दर्पणसँगको जिज्ञासामा बन्द टेलिफोनका लाइन मर्मतका सवालमा असोज १० गते भित्र समस्या समाधान गर्ने बताएकी छन् भने कतिपय प्राविधिक कारणले हुन नसकेका अप्टिकल फाइबरका कामहरु नक्शा आइसकेको अवस्थामा चाँडै शुरु हुने आस्वासन दिएकी छन् ।
संस्थाको प्रतिष्ठामा आँच आउन नदिन कार्यालय प्रमुख जिम्मेवार भएर कर्मचारीसँगको समन्वयमा काम गर्ने हो भने समस्या त्यति ठूलो नहोला तर लामोसमयदेखि अवरुद्ध सेवा एकपछि अर्काे गर्दै चाङ बनाउँदै जाने हो भने त्यसको भार अरुलाई भन्दा जिम्मेवार व्यक्तिहरुलाई नै पर्ने निश्चित छ ।
Read the full issue at:
https://drive.google.com/open?id=0B9JEXlAZ63G1bDZDVUtKREtaVW8

Leave us a comment